HomePage

कबिता- वृक्ष

नआदि कालदेखि उभिएका छन् यी रुखहरु, वृक्षहरु र बनस्पतीहरु कतै मान्छेहरु सास फेर्न नसकेर मर्छन कि भन्दै यो धरती मरुभुमी हुन्छन कि भन्दै औतो जडिबुटी  पाउनन कि भन्दै मान्छेले प्रत्येक पल  फालेका दुषित श्वासलाई बिष पान गर्दै निलेका छन यी रुख, वृक्षहरू खडा छन धरतीमा अनादि कालदेखि आदिबासी बनेर वृक्ष रुख एवं बनस्पति कार्बन खाएर अक्सिजन दिन्छन प्राणीहरुलाइ प्राणीका  हुन प्राण दाता चरा चुरुन्गिका बासदाता मान्छेका चुलो चौका देखि घर…
पुरा पढ्नुहोस-

गजल- नाटक कतिन्जेल गर्छौ साथी

  माथि पुगेर आफ्नै धरातल कतिन्जेल भुल्छौ साथि बेइमानिको कमाइमा राज कतिन्जेल गर्छौ  साथि   आफु माथि पर्दा सबै कुरा भयो न्यायोचित भन्छौ तल पर्नेबित्तिकै किच किच कतिन्जेल गर्छौ साथि   त्यहि कुरा आफुले गर्दा ठिक ठाक छ भनिरन्छौ अरुले सोहि कुरा गर्दा कतिन्जेल रना पर्छौ साथि   गरेको ति पाप नपखाले म्म कहा मुक्ति पाउछौ चैन दिने छैन पापले साधु कतिन्जेल बन्छौ साथि   सुखको सपनामा  हामी जनता सदा…
पुरा पढ्नुहोस-

सबैलाई यस्तै लाग्दो हो !

एउटा गित लेख्ने मन छ गित बन्दै बनेन | तस्विर बनाउने मन छ तस्विर बन्दै  बनेन | राम्रो कविता लेख्ने मन छ राम्रो बन्दै बनेन | निरोगी भइ बाच्ने मन छ रोगले छोड दिएन | खुशी भएर बाच्ने मन छ दुखले साथ छोडेन | नाम कमाउने मन छ | गीतकार भएर, संगीतकार भएर, कवि भएर, लेखक भएर, कलाकार भएर , नेता भएर, खेलाडी भएर, बिध्दान भएर, धनवान भएर, समाजसेवी भएर,…
पुरा पढ्नुहोस-

म को हुँ  ?

यो प्रश्नले लगभग सबै मानिसहरुलाई  सताएकै छ । मलाइ पनि म ससानो हुदा म को हुँ  ? भनेर कहिले काही मनमा आइराक्थ्यो । पछि गएर संसारिक बन्धनमा परिसकेपछि यी प्रश्नको न उत्तर नै  खोज्न थालियो न त चिन्तन नै गरियो । समयसंगै बिचार र प्रसंग फेरिदै जाने रहेछ । म एउटा भौतिक बादी चिन्तन बोकेको मान्छे, जिबनको उत्तरार्ध जब म ४५  बर्षको हुदा कजेको रोग liver cirrhosis को प्रभावले बेहोस…
पुरा पढ्नुहोस-

नयाँ बर्षमा

बिनासित्ती बितेर गयो यो साल पनि क्यालेण्डरका पानाहरुजस्तै पल्टिदै गए जिन्दगीका पानाहरु दिशाहीन मानसिकता कहिले जन्म कुण्डलीमा कहिले हस्तरेखाका विश्लेषणमा त्यसे बितेर गयो समय   फगत आशा  र भरोशामा यसैगरि कयौं साल बिते अव आउने प्रत्येक नयाँ बर्षले साथ दिने छ भन्ने भ्रममा प्रत्येक वर्ष नया क्यालेन्डर फेर्ने काम मात्रै भयो समयसँग गुनासो मात्रै रह्यो विना लक्ष्य र गन्तव्य के गर्न सक्थ्यो र समयले उमेरमा बुढो बनाउने बाहेक केही गर्नै…
पुरा पढ्नुहोस-

भाकलमा अल्झेका हामीहरु

हे सत्यदेवी माइ मलाइ छोरो जन्मियोस ! फलानो मरिजाओस ! मलाइ सम्पत्ति आओस ! मेरो नोकरी लागोस ! मेरो छोरीको बिहे राम्रो केटोसँग होओस ! मेरो सौता मरोस ! उसलाई बिघ्न परोस ! मेरो छोरो जाचमा पास होस् । फलानोलाइ नराम्रो रोग लागोस ! तपाइलाइ आउने साल बोको चढाउने छु । सबैले मरिन्जेल चिच्याएर बर माग्नु पर्छ रे ! सत्यदेबी बहिरी छन् रे ! एउटै वर् मागे पाइञ्छ रे !…
पुरा पढ्नुहोस-

डी. भी. लटरी

संसारकै सपनाको देश, संसारका मानिसहरुको गन्तब्य स्थान मानीएको धरती कै सपन्नशालि, शक्तिशाली देश हो पनि अमेरिका । डी. भी. परेको दिनदेखि नै उ साह्रै उत्साहित थियो । नेपालमा उसको सरकारी अफिसरको जागिर थियो । बंगलो घर थियो । डिभी परेदेखिनै छर छिमेकीले बधाई दिन आईरहेका थिए  । कयौ दिन पार्टी चल्यो घरमा, उसलाई अलि डर पनि लागि रहेको थियो । उसले सोचने गर्थ्यो । अमेरिका गएर राम्रै हुन्छ भन्ने पनि…
पुरा पढ्नुहोस-

कसरि पिडा थप्न सक्छु?

  चोटका तिम्रा घाउमा, कसरि नुन छर्न सक्छु ? दुखेका तिम्रा मनमा,  कसरि पिडा थप्न सक्छु?   मैले माया गरेकै हो तिम्लाई नबुझे र हो तिम्ले तिम्लाइ कसरि दुखमा, अझ पिडा थप्न  सक्छु?   शितल छाया दिने मनथ्यो, तिम्लाई जिन्दगिभरि जीवनका दुखका क्षणमा, कहा दुख देख्न सक्छु ?   मायाको संसार श्रीष्टि गर्ने, मन थियो तिमीसंग तिमिलाई यो मनबाट कहाँ, मैले फ्याक्न सक्छु ?   सक्छु म तिम्रो पिडामा, छटपटिन…
पुरा पढ्नुहोस-

कविता-के गर्ने होला ?

प्रजा माथि राजाको शासन पैलाका भए राजा गए नेता आए राजाजस्तै उनी भए भन्न त भन्छन उनीहरु,जनताले चुनेको आफ्नै भलो गर्छन खै, जनताको सुनेको   उहिले भूमिगत भै जनताका घरमा बस्थे जनताको शुख खातिर मर्न कम्मर कस्थे मुलुक स्वर्ग बनाएर   उन्ले दुखहर्ने भन्थे चिन्दैनन उनीहरु, उन्लाई कस्ले  बनाएथे   छपन्न भोगले डकारेका अहिले  उन्ले बिर्सेका छन अतित भुलेका छन उन्ले जनताको घराँ रुखासुखा खाको उन्ले त्यस्ताले नगरेको अब गरिदेला  कस्ले…
पुरा पढ्नुहोस-

समिक्षात्मक भूमिका – अन्तिम प्रहरमा विचरण गर्दा

  अन्तिम प्रहरमा विचरण गर्दा ‰बालकृष्ण भट्टराई कवि परिचय तत्कालीन लुम्बिनी अञ्चल, रूपन्देही जिल्ला, शङ्करनगर गा.वि.स. (हाल तिलोत्तमा नगरपालिका) निवासी ममतामयी माता खिमादेवी अर्याल र श्रद्धेय पिता यज्ञप्रसाद अर्यालका पुत्ररत्नका रूपमा वि.सं. २०१९ साल ज्येष्ठ २९ गते सोमवार यस पृथ्वीमा पर्दापण गरेका पुण्डरीप्रसाद अर्याल वि.सं. २०४४ सालदेखि बर्मेली टोल भैरहवामा स्थायी रूपमा बसोबास गर्दै आएका, ईसवीय सन् २००३ देखि अमेरिकाको न्यूयोर्क सहरमा बसाइ सरेका र सन् २०१८ देखि टेक्सास राज्यको…
पुरा पढ्नुहोस-