अर्कपुष्पी :

अर्कपुश्पी, चिरवेल , धुधिवेल , जीवन्ती /(Arkapuspi): Holostemma Creeper (Ringed Swallow-Wort) अर्कपुश्पी एक रुखमा एजेरुको रुपमा लहरादार बनस्पती हो । यो लहरा र फुलबाट दुध जस्तो देखिने सेतो पदार्थ निस्कन्छ । यसको फल चित्रमा देखाए जस्तै फुल र गुच्छाकार फल फल्छ । अथवा अर्कपत्थरी पोथ्रा वर्गमा पर्ने लहरायुक्त वनस्पति हो । यो औषधीय गुणले भरिपूर्ण यो वनस्पति उष्णक्षेत्रमा पाइने गर्दछ । यसको फूल प्याजी रंगमा बाहिर सेतोले घेरिएको तथा वासनादार हुन्छ ।

आयुअर्वेद अनुसार

स्वाद : तिक्त , विर्य potency – उष्ण गुण – लघु , रुक्ष , प्रभाव- कफ वात सन्तुलन

Antipyretic, anti diabetic, anti bacterial, anti inflammation, antioxidant , expectorant,

१. महिलाहरूको पाठेघरबाट पानी बग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. मुत्र बिकार र पथ्थारिमा लाभ पुर्याउछ ।

मधुमेह, ज्वरो, छालाको रोग, आँखाको रोग, रक्त अल्पता, रक्तदोष, अरुची पाचन क्रिया , र स्वास प्रस्वास रोग मा समेत फाइदा पुर्याउछ । अर्कपुष्पीको ४००-६०० ग्राम कलिलो मुना पकाएर खानाले मधुमेह, पिसाब सम्बन्धी रोग, गर्मीले हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसको लहराको रस, लेदो तथा चुर्ण ३-५ ग्राम, काँढापानी १ माना तथा २०-३० ग्राम अर्क दिनमा ३-५ पटक लिने गर्नाले पत्थरी रोग निको हुन्छ । अर्क पुष्पि मुत्रल शोथघ्न, शीतल, प्रदर–प्रमेहनाशक मानिन्छ । यसको कलिलो सागपातलाई पकाएर २–३ पाउ ३–५ पटक खाँदा केही क्षणमै लाभ प्राप्त गर्न सकिन्छ । औषधीय प्रयोग गर्दा मुत्रविकार र पत्थरीको रोगमा पनि लाभ पुर्याउँछ ।

साइड इफेक्ट : गर्भवती महिनाले दाकतार्को सल्लाह लिएर मात्रै प्रयोग गर्नु होला ।