कलेजो फेरेको मान्छे
होमनाथ सुवेदी
वुडब्रिज, भर्जिनिया
११/११/२०१४
श्री पुन्डारी अर्यालको “आज कलेजो फेरेको मान्छे” पुस्तकको नाम सुन्दासाथ मलाई ‘फ्योदार मिखाइलयविच दोस्तोयेव्स्की’को नाम याद आयो । ‘फ्योदार मिखाइलयविच दोस्तोयेव्स्की’ ११ नोभेम्बर १८२१, मास्कोमा जन्मे र नौ फरवरीमा १८८१ म ५९ वर्षमा मरेका एक विश्वप्रसिद्ध रसियन लेखक हुन् । उनको नाम यहाा आउनुको कारण के भने त्यस्ता लेखकलाई पनि जारले फाासीमा लट्काएको थियो । त्यो मृत्यु आन्तिम क्षणमा उनले मृत्युलाई जीवनसित कसरी साक्षात्कार गरे भन्ने कुरा उनले पछि माफी भएर बाचेपछि लेखेका कृतिहरुले देखाएका छन् अस्तित्ववादलाई शिखरमा लान उनको यो मृत्युवरण फिर्तीको घटनाले ठुलो रोल खेलेको छ । त्यो फाासी बेहोर्नु परेको घटानाले उनलाई झन गरिहो दार्शनिक पनि बनायो र यी पुस्तक लेखेर अमर भए : उपन्यास स् अपराध और दंड, द ब्रदर्स करमाजोव, द इडियट, पुअर फॉक, द डबल, अंकल्स ड्रीम, द हॉउस ऑफ द डेड, नोट्स फ्रॉम
अंडरग्राउंड, द गेम्बलर, द एटर्नल हसबेंड, अनफिनिश्ड, द विलेज ऑफ स्टेपांचिकोवो, ह्यूमिलिएटेड एंड इंसल्टेड, डेमोन्स, द एडोलेसेंट कहानियाँ स् ईमानदार चोर तथा ज्ञड अन्य कहानियाँ निबंध संग्रह स् विंटर नोट्स ऑन समर इंप्रेशन्स, अ राइटर्स डायरी
त्यही कुरो मृत्युको काखमा पुगेर फर्केका पुन्डरीको यो कलेजो फेरेको मान्छेले याद दिलायो र त्यस्तै बाटोमा यो कृति आयो । मृत्युबाट फर्के पछि साहित्यको यात्राबाट साहित्यकार रुद्र ज्ञवालीको शब्दमा अमरत्वको यात्रामा पदार्पण गर्नुभएको छ पुण्डरी अर्यालले ।
‘कलेजो फेरेको मान्छे’ पुन्डरी अर्यालले लेखेको आत्मकथा हो । यसको प्रकाशन २०७१/२०१४ मा विवेक सिर्जनशील प्रकाशन कालिका स्थान काठमाडौंबाट गरिएको हो ता पनि यो न्युयोर्कमा नै लेखिएको र यही रैथानेले लेखेर मुद्रण मात्र नेपालमा गराएकोले यो अमेरिकाको त्यो पनि डायस्पोराको रचना हो । यसमा १२८ पृष्ट छन र ३१ वटा च्याप्टर छन् ।
यसको भूमिका डा.कपिल लामिछानेले लेखेका छन् । भूमिकाले यसलाई आत्मकथाहरुको पंक्तिमा उच्चकोटीको डायस्पोरिक आत्मकथा भनेका छन् । डायस्पोरिक साहित्यमा हुनु पर्ने अभिलक्षणमा एक एक बुादासित यो कृतिलाई कसी लाएर डायस्पोरिक आत्मकथा भनेका छन् । डायस्पोरिक आत्मकथा लेखकहरुले यो पुस्तकको भूमिका पढ्न अत्यन्त उपयोगी हुन्छ । डा. कपिल लामिछानेको यो अभिव्यक्ति अत्यन्त मार्मिक छ ।
‘म पुष्करिणी जस्तो भैरहवा मै जमेको छु पुन्डरीजी नाइल नदी झै गतिशील अमेरिकी नेपाली डायस्पोरा भएका छन् ।’
सिद्धार्थ साहित्य परिषद भैरहवाका अध्यक्ष डा. कपिल लामिछाने हुादा त्यो संस्थाको महासचिव रहेका पुन्डरीको अमेरिका प्रस्थान र कलेजो फेरेको मान्छे संस्कृति नै नयाामा पुरेको पुन्डरीलाई कपिलजीले दिएको अभिव्यक्ति सही र एकदम घत लाग्दो छ ।
यो पुस्तकमा अर्को भूमिका साहित्यकार रुद्र ज्ञवालीको छ । अमरत्वको यात्रामा शीर्षक दिएर लेखिएको यो भूमिकाको अभिव्यक्ति शैलि कति मीठो औपन्यासिक रहेछ यो पंक्तिकारलाई कुनै बेला रुवायी र कुनै बेला हासायी यी अमरत्वको यात्रा भूमिकाले । पुन्डरी अर्याल का जेठान हुन् रुद्र ज्ञवाली । उनको बैनीको वैधव्यको जीवनको दर्दनाक दृश्यको सान्निध्यमा पुग्दा उनलाई अनुभूति भो त्यसको प्रस्तुति पुरा औपन्यासिक छ । त्यति हैन यसको मूल भनाई चाहि ज्वाइ अब साहित्य लेखेर अमर बन्ने बाटोमा लाग्नु भएको छ । यो कलेजो फेरेको मान्छे त्यसकै प्रमाण हो ।
जुनसुकै पुस्तकमा पनि लेखिएको हुन्छ । तर यसको लेखकीय पुस्तकको यौटा छुट्टै च्याप्टर जस्तै हुने गरी ‘मेरो पुनर्जन्मको बकपत्र’ लेखेका छन् । पुस्तक पढेर फेरि यो लेखकीय पढे पछि पुन्डरी अर्यालका तीन नाम राख्न उपयुक्त देखिन्छ ।
१. यन्त्र मानव – शरीर यौटा अर्कैको कलेजोको यन्त्र जोडेर रोबोट मानव बनाएको छ मेडिकल साइन्स ।
२. अज्ञात मानव – अज्ञात व्यक्तिको कलेजो प्रत्यारोपण गरेर पुन्डरीको मृत शरीर हिडेको छ । यो कलेजो कस्को हो अभिज्ञेय छ ।
३. मृत्युञ्जय – पुन्डरी मरिसकेका थिए तर आजको विज्ञान र प्रविधिको सहाराले अमेरिकामा उनले मृत्युलाई जितेर जिउादो उभिदै अमरत्वको लागि साहित्यलाई सही पक्ष भएको अवधारणा बनाएर यो कृति प्रस्तुत गरेका छन् । पुन्डरी अर्यालका नाम यन्त्र, अज्ञात र मृत्युञ्जय यी तीन नाम उपयुक्त देखिन्छ ।
‘कलेजो फेरेको मान्छे’ यो आत्मकथा हो । आख्यानेतर गद्य विधामा समसामयिक साहित्यमा एकदम चर्चित र प्रसिद्ध विधा हो यो । बि पी कोइरालाको ‘आत्मवृत्तान्त’ प्रसिद्ध थियो । साहित्यमा ऐले जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ २०६४ प्रसिद्ध भएको छ, त्यस्तै हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ २०६९, विनोद चौधरीको ‘आत्मकथा’ २०७० चर्चित छन् । यस सन्दर्भलाई पुन्डरीको यो पुस्तकको स्थान डा. लामिछाने यसरी निर्धारण गर्छन् –
“नेपाली उपन्यासमा होमनाथ सुवेदीको ‘यमपुरीको महल’ (२०६४) बाट डायस्पोराको प्रारम्भ भएको हो र यस दिशामा राजबको ‘मोटेल अमेरिका’ (२०६७) लगायतका उपन्यासहरु देखा परेका छन् । पुन्डरी अर्यालको ‘कलेजो फेरेको मान्छे’ आत्मकथा हो र यो यही नेपाली डायस्पोरिक साहित्यका लाममा उभिन आएको छ ।” प्राध्यापक लामिछानेको मूल्याङ्कनसित यो पंक्तिकार पनि सहमत छ ।
‘कलेजो फेरेको मान्छे’ आत्मकथामा ३१ वटा शीर्षक छन् । ती मध्येमा पहिलो हो – ‘जहाा म पुगिरहन्छु’ । पुन्डरी अर्यालको जन्म लुम्बिनीको रुपन्देहीको शङख नगरमा २०१९/१९६२ जेष्ठ १९ मा भएको हो । शिक्षा आयुर्वेदा डाक्टर विवाह केलौदी गुल्मीका रुक्माङ्गत ज्ञवालीकी माहिली छोरी लक्ष्मीसित २०४१ साल मंसिर १७ गते विवाह भयो । घरको स्कुलमै गणित विषय ९, १० क्लासमा पढाउन थाले तर उनको बि एस सी थिएन । त्यसैले पछि पढाउन मिलेन । त्यो पेशा छोडेर भैरहवामा आई २०४२ सालमा बन्दना स्टेशनरी चलाए । त्यसबाट फाइदा भएन । घाटा पर्ला जस्तो भए पछि २०४३ सालमा छापाखाना खोले । त्यो छापाखाना एक जमानामा भैरहवाकै स्तरीय छापाखाना मध्ये एक भयो । धेरै क्रान्तिकारी पत्रिकाहरु त्यहीबाट छापिए । उनले २०४६ सालमा जग्गा किने घर बनाए । घरको झयालका
पल्ला हाल्दा हुरीले हुत्याएर आफू, झयालका पल्लासितै तल खसेर खुट्टा भााचियो । पाल्पाको अस्पतालमा २ महिना बसेर प्लास्टरहरुसित डिस्चार्ज भए । यो घटनाले उनको दाहिने घुडो कमजोर भयो । त्यसवेला प्रेसको काम धेरै छ कम्पोजिटरले छोडेर हिड्दा उनकी श्रीमती लक्ष्मीले आफै कम्पोज गरेर पनि कस्टमरलाई माल बुझाएर पैसा उठाई अस्पताल खर्च भरिन् । लक्ष्मीको यो हिम्मत तारिफ गर्न लायक छ ।
२०५१ मा शङखनगरमा हाइभिजिन सिनेमा हल बनाएर चलाए तर त्यो चलेन घाटा सहित बन्द गर्नु पर्यो । बन्दना स्टेशनरी भाइलाई चलाउन दिएका थिए । अब उनले आफै चलाउन खोज्दा पुरा ऋणमा चलेको रहेछ । त्यो सब भाइको भैसकेको रहेछ । अर्को भाइले दुकान बुटवल सार्यो । जग्गा जमिन सब धितोमा थियो । श्रीमती, २ जिउकी, त्यो पनि बिरामी, साना बच्चा, घर खर्च थिएन, कस्तो आपत थियो उनलाई त्यस बेला! यो पुस्तकले भन्छ ।
उनले सिनेमा हलको जग्गा बेचेर ऋण तिर्नेतिर लागे । यो क्रममा उनी जग्गा जमिन किनबेचमा अग्रसर भए । २०५१ मा लुम्बिनी बचत तथा ऋण सहकारी संस्था दर्ता गरे । २०५३ मा लुम्बिनी आवास तथा वित्तिय संस्था स्थापना गरे । यिनीहरु चलेका छन् अझै । तर २०५५ मा वृद्धाश्रम दर्ता गरेको त्यो भने अनाथ भएको जस्तो उनलाई लागेको छ । यसरी हेर्दा पुन्डरी एक साधारण अमेरिकाको रेष्टुरेन्टमा काम गर्ने वैेटर मात्र नभएर बिशेष काम गर्ने अनुभव र ज्ञान भएका एक असल व्यक्तित्व हुन् भन्ने देखिन्छ । उनको जीवनमा एकतिरको ढोका बन्द भए, अर्को ढोका खुलेको छ । त्यसै बीच २००२ मा अमेरिकाको न्युयोर्क आएका हुन् । यहाा आउनु अगि राष्ट्रको लागि उनको परिवारले दिएको वलिदानको कथा छुट्टै छ । नेताहरुको बैमानीले नै माओवादी फैलिएको हो ।
‘उन्मुक्तिका कुराहरु’ पढ्दा पुन्डरीको राजनैतिक चेतनाको हदको परिचय पाइन्छ । उनका दाजु बाबु राम अर्याल त चार–चार वर्ष प्रजातन्त्रको लागि जेलमा बसेका थिए । आज नेपालमा “प्रजातन्त्र र समाजवादका भन्ने शब्द जनतालाई झुक्याउन मात्रै बनाएका छन् नेताहरुले” भन्ने पुन्डरीको यो आत्मकथाको भनाइ छ ।
पहिले ३ महिनाको भिसा लाग्यो । सिकागो आएर पुन्डरी र लक्ष्मी यौटा रेष्टुरेन्टमा काम गरेर बसे । ६ महिना भित्र नेपाल फर्किए ।
६ महिना पछि नेपाल फर्केको बेलामा उनका माहिला दाजु ओम प्रकाश विरामी भएर मरे । २००२ को कुरा थियो यो ।
दोस्रो पटक २००३ मा अमेरिका आए । २ महिनाको भिसा दिएको थियो । न्युयोर्क आए एयरपोर्टबाट आफै टयाक्सीमा रिजवुड गएका थिए । ग्रिनकार्डको प्रक्रिया चलाए १ वर्ष पछि श्रीमती छोराछोरी ल्याए । यो प्रोसेसमा श्रीमती लक्ष्मीजीको सहयोग ठूलो रहेको देखिन्छ ।
२०६५ माघ १४ मा आमा बित्नु भयो । आमाको काज क्रिया नेपाल गएर गरी अमेरिका फर्के ।
२००९ को सेप्टेम्बर २७ को दिन देखि ७ दिन सम्म माउन्ट सिनाई हस्पिटलमा विचेत भइ लडी कोमाबाट जागे । यो उनको प्रलयको दिन थियो ।
मृत्युको स्पर्श मा स्वयम विधिबाट स्वर्गीय दाजु आमा र भाउज्यूसित भेट गराएका छन् ।
लिभर सिरोसिस भएका मान्छे जहाा भएको हो त्यो आगको ट्रान्सप्लान्ट गरिएन भने मर्छन् त्यसको अर्को औषधी छैन । छोरी बन्दनाको विवाह प्रवेश खनालसित न्युयोर्क मै भयो । वर पाल्पाली नै थिए संयोगले जात गाउा सबै मिल्यो ।
सङ्कटमाथि सङ्कट त्यसै बेला लक्ष्मीको गर्धनमा स्टिल प्लेट राखेर अपरेशन गर्नु पर्यो ।
२०१२ देखि पुन्डरीको दाहिने कोखा दुख्न थाल्यो । कोलम्बिना अस्पतालमा हुादा कृष्ण ज्ञवालीसित पचासौं जन्म दिनको कुरा गर्दा संस्कृति भञ्जनमा पीडा व्यक्त भएका छन् । त्यहाा दियो बालेर जन्मदिन मनाइयो । यहाा बत्ती मारेर मनाइन्छ । त्यहाा काट्नेकुट्ने केही थिएन यहाा अमेरिाकामा केक काट्नु पर्छ, निभाउनु पर्छ । मनोसाास्कृतिक तरिकाले एकालाप छ । अत्यन्त प्रासङ्गिक छ (पृ.६३) ।
‘अत्यास लाग्दा दिनहरु’ मा पुग्दा जीवन र काल एक साथ उभिएको देखेर भयभीत भएका पुन्डरी बााच्न प्रयास गर्छन् । गलामा फाासी लटकाएका अपराधी जस्तै ।
दिसम्बर ५, २०१२ को दिन प्रत्यारोपण भयो । कलेजाले १५० वर्ष काम गर्छ रे तर अरु अड्ग टिक्दैनन् । जे भए पनि प्रत्यारोपण गरिएका कलेजोको रिजेक्शन शरीरले गर्न भएन । नेपालमा भएको भए पुन्डरीलाई लगि सक्थ्यो । अमेरिकाले बचाएको हो भन्छ यो कृतिले । लक्ष्मीको हेराइमा पुन्डरी असल पति र कहिल्यै छोड्न न हुने पति हुन् । उनीप्रति उनी सर्वतोभावेन समर्पित छिन् । छोरी आफ्नो पिता पुन्डरीको बारेमा स्क्रिनमा के लेख्छिन् भने ‘हाम्रो बुबा असल मान्छे हुनुहुन्छ । असल मान्छेको चाहना सबैलाई हुन्छ । भगवानलाई पनि असल मान्छेको खााचो हुन्छ । त्यसैले मेरो बुबालाई भगवान्ले पनि चााडै लान खोजेका छन् (पृ.७४)।’ पुन्डरी मृत्युका घडीमा पूर्वस्मृति गर्छन् र व्यवहारमा पछि आफ्नै साथ दाजु बाबुराम अर्याल दाजुलाई पाउाछन् । बाबुराम एक आदर्श व्यक्ति छन् । उनी पंचायतका विरोधी र प्रजातन्त्रको लागि चार चार वर्ष जेल बसे । कायलनामा लेखेदेखि छोड्ने कुरा सरकारबाट आएको थियो तर उनले स्वाभिमानी भएर इन्कार गरेका हुन् र आज सम्म उनले नेपाल सरकारबाट फाइदा उठाएका छैनन् (पृ.७६)। दाजुप्रति पुन्डरीको सद्धाव छ ‘मान्छे हुनुका कारणले बाबुराम दाइका केही मानवीय कमी कमजोरी होलान् तर मेरा लागि पिता सरह अभिभावक हुनुहुन्छ बाबुराम दाइ (पृ.९१)।’
‘फ्योदार मिखाइलयविच दोस्तोयेव्स्कीको अस्तित्वको मूर्त चित्र, पात्र वा नायक सड्कटको क्षणमा भएको बेलामा मात्र हुन्छ भन्ने कुरा फेरि याद आयो । उनलाई फाासीको सजाय दिएको थियो जारले । उनको फाासीको अनुभूति ‘अपराध र दण्ड’ उपन्यासमा अस्तित्व चेतनाको रुपमा उत्रेको छ । त्यसले धेरैलाई अस्तित्व के हो ? कस्तो हुन्छ? यो जानकारी दिएको थियो । त्यस्तो जानकारी यो कलेजो फेरेको मान्छेको फेर्नु अघि मृत्युको मुखमा भएको बेला, ‘अहम्’ को अस्मिताको अस्तित्वको चित्र कस्तो रहेछ ! त्यो पढ्न मलाई मात्र हैन धेरैलाई यसले लालायित बनाउाछ ।
पुस्तक पढ्दै जाादा यस्तो लाग्छ उनी मृत्युको कठघराबाट फुत्किएर आएपछि अब उनको त्यसरी मृत्युबाट बचाउने यो यो देश अमेरिका र यता उताका आफन्तहरुप्रति अगाध श्रद्धाभाव प्रकट हुन्छ र सर्वत्र एक प्रकारको कैवल्य र शब्दव्रह्ममा अमरत्व प्राप्त गर्ने व्यवहार मात्र त्यहाा लेखेको देख्न पाइन्छ ।
कलेजो प्रत्यारोपण र निदानमा यस रोगबाट ग्रसितको प्राविधिक जानकारी पनि पुन्डरीले दिएका छन् (पृ.९३) । धर्म, जाति, देश र देश बाहिर, व्यक्ति र राजनीति सम्पूर्णको बारेमा भावुक भएर मात्र हैन तथ्य र सत्य प्रस्तुत गर्दै सूक्तिहरु हर एक पानामा भरिएका छन् । अङ्गदानको महत्व दर्शाएका छन् र लेखेका छन् – “मैले पनि मेरो अङ्ग मरणोपरान्त दान दिन मेरो परिवारलाई भनेको छु (पृ.१००) ।”
यो पुस्तक लेख्दा पुन्डरी अमेरिका बसेको दस वर्ष पुगिसकेको छ । उनी अमेरिकाका नेपाली डायस्पोरा यानी आप्रवासी भएका छन् । उनको इच्छित देश अमेरिका हो । त्यसैले वहाा अमेरिकामा न्युयोर्कको गुणगान गरेका छन् भने अन्तमा आफ्नो देश पनि यस्तै भैदिए हुने इच्छा राखेका छन् । अमेरिका भित्रका नेपालीको साास्कृतिक, धार्मिक, आर्थिक राजनैतिक, सामाजिक सबै पक्षको विवेचना गरिएको छ (पृ.१०५) । डायस्पोरिक साहित्यका यी अभिलक्षण हुन् । यस्ता धेरै प्रसङ्ग छन् । यी ज्ञानको लागि सूचना मूलक छन् । फाइदाका छन् तर आत्मकथाको प्रसङ्गमा पुन्डरीको जीवनको दैनिक प्रयोगमा न आएर केही निवन्ध लेखी त्यो वीचमा राखे जस्तो पनि देखिएको छ । अन्त्य पछिको प्रारम्भले समग्र आत्मकहानीलाई जोड्छ । त्यसो भन्नुभन्दा पनि कलेजाको प्रत्यारोपणको पूर्वापरको जीवन प्रस्तुत गर्दछ ।
आत्मकथा स्वभावैले प्रथम दृष्टि विन्दुमा हुने गर्दछ ता पनि ‘लक्ष्मीको हेराइमा म’ तृतीय पुरुष दृष्टिविन्दुमा रचना गरेका छन् । त्यस्तै न्युयोर्कको वर्णन र अमेरिका भित्रका नेपालीको वर्णन स्वतन्त्र खण्डहरु लाग्छन् ता पनि ती आ–आफ्ना उद्देश्यको लागि अत्यन्त सफल खण्डहरु छन् ।
पुन्डरीको भाषा अंग्रेजी मिसिएको भए पनि डायस्पोराको बोलचालको भाषामा मिल्छ । अनि तत्सम शब्द र बिम्बहरुको प्रयोगले पुन्डरीलाई पुनर्जन्मवादीहरुको शब्दमा पुर्वजन्ममा साहित्यकार भएर ऐले पुन: पुनर्जीवनमा
लेख्न सुरु गरेको प्रमाणित गर्दछन् । यही कुरा भूमिकारहरुले पनि पुष्टी गरेका छन् ।
यो कृतिको नायक पुन्डरी अर्याल कलेजो फेरेको मान्छे मृत्युञ्जयी हो । अविज्ञेय मानव हो । हो यो यन्त्रमानव, एक एलियन हो । यो हिजो जे थियो त्यसको नागरिक न भएर अर्को कलेजोको राष्ट्रमा बााचेर पनि पूर्वावर जीवन जिउन बाध्य छ आज । यो एक डायस्पोरा हो । द्वैध जीवन नेपाल अमेरिकामा लिइरहेछ । त्यो पुन्डरी अर्याल हिज नेपालको थियो आज अमेरिकन छ । हिजको जीवन स्मृतिमा मात्र रहेर आज पुनर्जीवन लिएर बााचिरहेछ । नयाा सपनाका सपना बुन्दै विगतको मरेको साहित्यिक सेवा भावलाई पुनरुज्जिवित गर्दै अमरत्वको यात्रामा यात्रारत छ । साहित्य एक शब्द व्रह्मसित खेल्ने लोक हो । यसमा खेल्ने अमरत्व प्राप्त गर्दछ । त्यो यन्त्रमानव आज यसको ज्ञाता भएको छ । त्यो अज्ञात कलेजो आज र यो वृद्धत्व उसलाई प्राप्त भएको छ कि यन्त्रमानव मात्र भएर न जिउने हो र मानवीय अमरत्व प्राप्त गर्ने हो भने साहित्यको यायावर बन्नुपर्छ भन्ने ज्ञान बुद्धत्व लिएर पुन्डरी यो कलेजो फेरेको मान्छे पुस्तकका पानाहरुमा अनुदित भएर आएका छन् ।
यद्यपि पुन्डरी ‘म केही जान्दिन, म केही हैन !’ यसो भनेर इषद्को रुपमा पाठकको अगाडि प्रस्तुत हुन्छन् तर यो कुरा अविस्मरणीय छ कि पुन्डरीको पूर्वजन्म नेपालको लुम्बिनी भैरहवामै पनि सिद्धार्थ साहित्य परिषदको महासचिव रहेर प्रेस चलाएर पञ्चायत विरोधी पत्रिकाहरु मुद्रण गरेका तारिक बोकेर नास्तिक अस्तित्ववादी साहित्यकारको खेमामा रही प्रशस्त अनुभव बटुलेर आएको कुरा यही कलेजो फेरेको मान्छेले न ढााटिकन भन्छ । त्यसैले पनि यो कलेजो फेरेको मान्छे स्वयम्लाई अस्तित्वपूर्ण प्रमाणित गर्न सक्षम छ । विश्वस्नीय छ किन कि यो यथार्थ हो प्रत्यक्ष भएको घटना हो । वैध छ किन कि आत्मकथाको रुपमा यसका सबै कलेवर बैध छन् । मानव जीवनको हुनुपर्ने उद्देश्य अनुरुप अर्थपूर्ण छ । भलै उनी यो पुस्तकमा नास्तिक अस्तित्वावादी छैनन् । उनी आफ्नो जीवन दिने ईश्वरमाथि आभारी भएको देखिन्छ । यस्ता सानातिना कुरा छोडिदिनुपर्छ । खास कुरा त मूल थलोको स्मृति र भक्तिले आपनो चीजको मायाले उनलाई नेपालबाट डायस्पोरा बनायो भने प्राकृति मान्छेबाट कलेजो फेरिको मान्छे बनायो, यौटा कहिल्यै न फाट्ने पुस्तक बनायो । सबभन्दा ठुलो कुरा यही हो । यो पुस्तक हर एक नेपाली मात्र हैन मानव मात्रले पढ्न लायक छ ।
अन्तमा पुन्डरीको यो साहित्यको नवजीवन दीर्घायु होस् । जसको उपयोगिता उनी व्यक्तिलाई मात्र नभएर नेपाली समुचा र मानव मात्रको लागि उपयोगी सिद्ध होस् र अमरत्व प्राप्त गरोस् । यस्तै पुन्डरी अर्यालको साथ दिने होनहार जीवन साथी लक्ष्मी उनका आत्मजा बन्दना र आत्मज विशाल तथा विपिनको सदा साथ रहोस् । यो
कृतिको विमोचन कार्यक्रममा उपस्थित विद्वा्न्, विदुषीहरुको यो कृतिसित सदा लगाव रहोस् ।