बन्दना:
शान्ताकारं भुजकसयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्णम् शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं
बन्दे बिष्णु भवभयहरं सर्वलोकै नाथकम् ।।
त्वमेव माता च पिता त्वमेव |
त्वमेव बन्धुश्च सखा त्वमेव ||
त्वमेव बिद्या द्रविणं त्वमेव |
त्वमेव सर्वम् मम देव देव ||
महाभारत कथा धेरै जसो हिन्दुहरुले पढेकै हो | आदि अनादी कालदेखि यसको व्याख्या गरिएको थियो र छ | मैले सतही मात्र बुझेको थिए | बुवाले भागवत गीताको अध्ययन गरेमा र त्यसलाई अनुसरण गरे जिबन जिउन बहुतै सरल हुन्छ । जीबन र जगतको बारेमा सोचाईको तौर तरिका फरक हुन्छ,भन्नु हुन्थ्यो | म साइन्सको बिद्यार्थी मैले त्यसलाई बुझ्न कहिल्यै कोशिश गरिन र पढिन | संस्कृत भाषा मलाइ अन्ततै क्लिष्ट लाग्ने हुनाले पनि मेरो ध्यान त्यता गएन | मेरो जीवनले अर्कै मोड लिईसकेको छ | मेरो कलेजोको प्रत्यारोपण भएपछी मेरी भान्जी बुनु जुनुले गितोपनिषद (भागवत गीता) स्वामी प्रभुपादले स्थापना गरेको हरे कृष्ण हरे राम सस्थाले प्रकाशित पुस्तक नेपालबाट पठाइकी थिइन |मैले पढेको थिइन | यो अंग्रेजीमा छ | अंग्रेजी पनि सतप्रतिशत नै बुझ्न सक्दिन | ती मेरा भान्जिहरुले मलाइ यो पुस्तक पठाउनुको रहस्य बुझिन | मैले उनीहरुलाई भरखर हाइस्कुल पढ्दै गरेका सम्झिरहेको थिए | उनिहरु त ज्ञानी भैसकेका रहेछन |नेपालबाट गिफ्टको रुपमा उनीहरुले भागवत गीताको पुस्तक पठाउनु यो संयोगमात्र होइन, यसको मर्म बुझेर जीवनलाइ धन्य बनाउन र ईश्वरसंगको सामिप्य समेत पाउन सकिन्छ भन्ने ठानेर, मैले यसलाई पढने र बुझ्ने चेष्टा जागेको छ | कवि लक्ष्मी प्रसाद देवकोटाले समेत मर्ने अन्तिम समयमा “आखिर श्री कृष्ण रहेछ एक” भन्ने शब्द उच्चारण गर्नु भएको भन्ने सुनेको थिए |
वहालाई एक प्रगतिशील र भौतिकवादी कवि र श्रष्टाको रुपमा धेरै समालोचकहरुले भनेका थिए तर अन्तिममा वहाको मुखबाट यो शब्द निस्कनुले वहालाई जिबन बाच्ने क्रममा हरेक मान्छे भौतिक बादी बन्दोरहेछ त्यस्तै वहा पनि हुनुभयो तर अन्तिम समयमा भनिएको शब्दले वहा भौतिकबादी मात्रै हुनुहुन्थेन, वहा आध्यामिक यथार्थपरक महान साहित्यकार हुनुहुन्थ्यो भन्ने लाग्छ मलाइ | वहाको व्यक्तित्वको बारेमा मैले ब्याख्या गर्न सक्दिन म त्यो लेवलमा पुगेको पनि छैन | तर सन्दर्भ भगवतगीताको आएको हुनाले मैले यो कुरा उल्लेख गरेको मात्र हो | जसमा भगवतगीता साक्षात् श्री कृष्णको बाणी हो भनिएको छ | पढ्दै गर्दा म संगै मेरा मित्रहरुले पढने र बुझ्न कोशिस भयो भने म धन्य हुने छु | त्यसैले मैले पढ्दै गर्दा संगसंगै यो वेव साइडमा पोस्ट गर्दै जानेछु | यसमा मैले बुझ्न नसकेको कुरा तपाइहरुले सुझाब पक्कै दिनु हुनेछ |
महाभारतमा भगवान श्री कृष्णले हरेक तरहले सम्झाउदा पनि अनेक बखेडा गरि कौरवपक्षले पाण्डबहरुलाई अंश दिन चाहनन, अन्तत महाभारत युध्द हुने निश्चित हुन्छ | नाताले कौरब र पाण्डबहरु श्री कृष्णका भान्जा भाइ र दाइ पर्दछन | कौरबले कृष्णका सेना युध्दको लागि माग्छन, सो भगवान कृष्णले दिन्छन | युद्ध हुने निश्चित भएपछी कृष्णले पान्डबलाइ दिने कुरो हुदैन | युध्दको लागि चाहिने शक्ति कौरबले लगिसकेको थियो | त्यो बचन उहाले फिर्ता लिने कुरो भएन | पाण्डबले भगवान श्रीकृष्णसंग वहाको साथ मागे | तर भगवान श्रीकृष्णले सो युध्दमा हतियार नछुने कसम खाइ सकेका छन् | निहत्या भएपनि श्री कृष्णलाइ पान्डबहरुले युध्द भूमिमा लैजान वहाको साथ् माग्छन | भगवान श्री कृष्ण महाभारत युध्दमा पान्डबतर्फ अर्जुनको सारथी बनेर युध्दमा सरिक हुने बताउनु हुन्छ | हस्तिनापुर दरवारमा धृष्टरास्ट्र अन्धा राजा हुन्छन | पान्डबहरु राजा पाण्डुका पुत्र थिए | धृष्ट रास्ट्र राजाको प्रतिनिधी भएर राज्य गरेका थिय | उनका जेठा छोरा दुर्योधनलाइ राजा बनाउन हर तरहले कोशिश गरेका हुन्छन र पाण्डबमाथि गरेका अपराधलाइ माफी दिदै राजा बनाउन दुर्योधनका मामा सकुनी समेतले उक्साएका थिए |
उनको महत्वाकांक्षा र अदुर्दर्शिताले महाभारत युध्द हुने निश्चित भैसकेको थियो | धृष्टरास्ट्र पनि आफ्नो छोराको जीत निश्चित हुने ठानेका थिए | उनि अन्धा थिए । युध्दलाई प्रत्यक्ष हेर्न सम्भव थिएँन | उनले युध्द हेर्न चाहेको व्यक्त गरे उनका पिता बेदब्याससंग | बेदब्यासले धृतराष्ट्रलाई महाभारत युध्द हेर्नकै लागी दिव्यदृष्टिको शक्ति प्रदान गर्न थालेको बेला आफ्नै आँखाले महाभारत युध्दमा हताहत भएका आफ्ना प्रिय पुत्रहरुको भयाभह दृश्य देख्न कठिन हुने हुदा बेदब्यासले उनलाई दिब्य दृष्टि दिन खोजेपनी | उनि डराएर आफ्नो प्रिय पात्र संजयको लागि दिव्यदृष्टि माग्छन | बेदब्यासले संजयलाई युध्द अबधिको दृश्य महाराजलाइ बर्णन गर्न दिव्यदृष्टि बरदान दिन्छन | भागवत गीता, महाभारत युध्द भुमिको प्रत्यक्ष युद्धको दृश्य बर्णन महाराज धृतरास्ट्रलाइ संजयले बताएको ग्रन्थ हो | जसमा भगवान श्रीकृष्णको मुखार बिन्दुबाट बोलिएको शब्दहरु छन | यो परापुर्व कालदेखि अहिलेसम्म पनि भगवानका बचनको उत्तिकै महत्व छ,उत्तिकै प्रभाव छ | जति व्याख्या गरेपनि त्यो अधुरो छ | यस ग्रन्थलाई मैले व्याख्या गर्न खोज्नु अन्धाले हात्तीलाई छाम्नु जस्तै हो | मेरो बुध्दिले जति सक्छु, पढछु, बुझ्ने कोशिस गर्छु र त्यसको बर्णन गर्ने कोशिस गर्ने छु | यो मेरो कृष्णार्पण हुने छ |
धृतराष्ट्र अन्धा भएकै कारणले राजाको जेष्ठ पुत्र भएर पनि उनले राजगद्दीमा बस्नै नपाएको कारणले उनिभित्र बहुतै हिन भावना थियो |पान्डुलाइ ऋषिको श्राप परेपछि उनि श्राप मोक्ष्यको लागि बनबासमा जान्छन | पान्डुका साथमा पत्नी कुन्ती, कान्छि पत्नी माद्री छोरा युधिष्टर, भिम, र अर्जुन गएका हुन्छन ।उनि बनबास जाने भएपछी धृष्टरास्ट्र पान्डुको प्रतिनिधि राजा बनेका थिए |कान्छिपत्नी माद्रीका छोरा नहकुल र सहदेवको बनबास भएकै समयमा जन्म भै हुर्केका थिए |पाण्डुको मृत्यु भएपछी, कुन्ती र पांच भाइलाइ हस्तिनापुर दरबारमा फिर्ता बोलाएको हुन्छ | युधिष्टर युवराज भएकोले उनलाई हस्तिनापुरको राजा बनाउन राज्याभिषेकको लागि बिबाद हुन्छ | त्यसपछि युधिष्टरलाइ राजाहुनबाट षडयन्त्र शुरु हुन्छ | दुर्योधनलाई मामा सकुनीले उकसाउन्छन् | जुवा खेलाउने र द्रोपदी बस्त्र हरण सम्मका कुकृत्य गर्न दुर्योधन पछी पर्दैन | अन्तत: पान्डवहरुले हस्तिनापुर बाट केहि पनि नपाउने पछी, युध्द मात्र एक उपाए थियो | यो युध्दले कि त पाण्डव हरु सखाप हुने थिए या त कौरव पक्ष्य सखाप हुने छन् | कौरव पक्ष्य धेरै सबल थिए धेरै राजाका सेनाहरु उनीहरुको साथ थिए | पाण्डवका पक्ष्यमा उनीहरुलाई अन्याय भयो भन्ने केहि राजाले मात्र सहयोग गरेका थिए | एक्लो अर्जुनले मात्र सो युध्द जित्न सक्ने सम्भावना थिएँन | तर युध्दले अर्कै मोड लिन्छ कि भनेर धृत राष्ट्र ससंकित थिए किन कि स्वयं श्री कृष्ण पाण्डवका पक्ष्यमा थिए | त्यसैले संजयलाई कुरू क्षेत्र मा के भएको छ भनि निकै उत्सुक भै सोध्छन |
श्रीमद्भगवद्गीता- अध्याय-१
धृष्टराष्ट्र उवाच धर्मक्षेत्रे कुरूक्षेत्रे समवेता युयुत्सव:|
मामका:पान्डवाश्चैव किमकुर्वत सन्जय ||१||
संजय उवाच
द्रष्ट्वा तु पाण्डवानीकं व्युढ़म् दुर्योधनास्तदा /
आचार्यमुपसंगम्य राजा बचनमब्रवित् //२//
पष्येताम् पान्डुपुत्राणामाचार्य महतीम् चमुम् |
व्युढाम् द्रुपद्पुत्रेण तव शिष्यण धीमता ||३ ||
अत्र शुरा महेष्वासा भिमार्जुनसमा युधि |
युयुधानो विरटश्च द्रुपदश्च महारथ : ||४||
धृष्टकेतुश्च्कितान: काशिराजश्च विर्यवान् |
पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नारापुंगव: ||५||
हे संजय धृतराष्ट्रले संजयलाई भन्छन हे संजय धर्मभूमी कुरुक्षेत्रमा युध्दको लागि तम्तयार मेरा र पान्डुका पुत्रहरुले के गरे ? संजयले राजालाई भने : यस समयमा राजा दुर्योधनले पान्डबका व्युह रचानायुक्त सेना देखेर द्रोणाचार्यसंग गएर भने | हे आचार्य ! तपाईका बुध्दिमान शिष्य द्रुपद पुत्र धृष्टधुम्नले निर्माण गरिएको ब्यूह ब्यबस्थापन मा खडा भएका पाण्डु पुत्रका बिशाल सेनालाई हेर्नुस |यी सेनामा अर्जुन र भिम समान ठुला ठुला धनुर्धर बिरहरु सात्यकि, विराट र महारथी द्रुपद पनि छन् |
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च विर्यवान |
सौभद्रो द्रोपदेयाश्च सर्व एव महारथा: ||६ ||
अस्माकंतु विशिष्टा ते तान्निबोध व्दिजोत्तम |
नायका मम सैन्यस्य संज्ञार्थ तान्ब्रवीमी ||७||
भवान्भिष्मश्च कर्णश्च कृपश्च समीतिम्जय: |
अश्वस्थामा विकर्णस्य सौमदत्तिस्तथैव च ||८||
अन्य च बहाव: श्वुरा मदर्थे त्यक्तजिविता 😐
नानाशस्त्रप्रहरणा: सर्वे युध्दविशारदा: || ९||
अपर्याप्तं तदस्माकं बलं भिश्माभीरक्षितम् |
पर्याप्तं त्विदमेतेषाम बलं भीमाभिरक्षितम् ||१०||
अर्थ: पराक्रमी युधामंयु , बलवान उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु र द्रोपदिका पाचैवटा छोरा र सबै बलवान र महारथी छन् | दुर्योधनले आफ्ना सेनापति लाइ भन्छन हे ब्राह्मण श्रेष्ठ ! तपाइको जानकारीको लागि मेरो पक्षका सेनापतिहरुको को को छन् मैले तपाईलाई भन्छु | दुर्योधन भने , एक त तपाइँ स्वयं हुनुहुन्छ ,अनि पितामह भिष्म ,त्यसतै कर्ण , गुरु कृपाचार्य ,अश्वस्थामा , विकर्ण, र सोम्दत्तका पुत्र भुरीश्रवा | अरु धेरै सुरवीरहरु आधुनिक हतियारले युक्त भएर मेरै लागि आफ्नो जिबन समर्पण गरेका सम्पूर्ण सेना पनि युध्दको चतुर खेलाडी छन् | पाण्डवका भिमव्दारा सेनालाई ध्यानपूर्वक गरिएको रक्षा सिमित छ | भीष्म पितामहबाट रक्षित हाम्रो सेना अपार शक्तिशाली छ |
अयनेषु च सर्वेषु यथाभागमवस्थिता :।
भिष्ममेवाभिरक्षन्तु भवन्त: सर्व एव हि ।।११॥
तस्य संजयन्हर्ष कुरूबृध्द: पितामह:|
सिंहनादं विनद्धोच्चै: शंख दध्मौ प्रतापवान् ||१२||
तत: शंखाश्च भेर्यश्च पणवानाक्गोमुखा: |
सहसै वाभ्यहन्यंन्त स शब्दस्तुमुलोअभावत् ||१३||
तत: श्वेतैर्हयेयुक्ते महती स्यन्दने स्थितौ |
माधव: पान्डवाश्चैव दिव्यौ शंखौ प्रद्ध्मतु : ||१४||
पान्चजन्यं हृषिकेशो देवदत्तं धनन्जय |
पौण्ड्रम् दध्मौ महाशंखम् भिमकर्मा वृकोदर:||१५||
त्यसैले आ-आफ्नो मोर्चामा रहदै भिश्मपितामहलाई सबै तिरबाट रक्षा गरौ | यसरी दुर्योधनले द्रोणाचार्य समक्ष्य सुनाएको बचन सुनेपछि कौरवमा सर्वश्रेष्ठ प्रतापी बृध्द भिष्मले दुर्योधनलाई हर्षित पार्ने गरि गर्जदै शिंह नाद गरि शंख फुके | त्यसपछि एकै चोटी शंख ,मृदंग आदि बाजा बज्न थालेर भयानक आवाज गुन्जमान भयो | त्यस्तै सहस्र स्वेत घोडायुक्त अति उत्तम रथमा विराजमान भएका भगवान श्रीकृष्ण र अर्जुनले पनि अलौकिक शंख बजाए | भगवान श्रीकृष्णले पान्चजन्य नामक , अर्जुनले देवदत्त नामक शंख बजाए र बलाशाली भीमसेनले पौण्ड्र नामक महाशाखा बजाए |
अनन्त विजयम् राजा कुन्तिपुत्रो युधिष्ठिर: |
नहकुल: सहदेवश्च: सुघोषमणिपुष्पकौ ||१६ ||
काश्यश्च परमेश्वास: शिखण्डी च महारथ: |
ध्रिष्ट्धुम्रो बिराटश्च साटीकिश्चापराजिता ||१७||
द्रूपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते |
सोभद्रश्च महाबाहु: शंखान्दध्मु पृथक्पृथक् ||१८||
स घोषो धार्तराष्ट्राणाम् हृदयानी व्यदारयत् |
नभश्च पृथीविम् चैव तुमुलोअभ्यनुनादयन् ||१९||
अथ व्यवस्थितान्दूष्टवा धार्तराष्ट्रान्कपिध्वज: |
प्रवृत्ते शश्रसम्पाते धनुरुधम्य पाण्डवा : ||
हृषिकेशम् तदा बाक्यमिदमाह महिपते ||२०||
भावार्थ: कुन्तिपुत्र राजा युधिष्ठिरले अनन्तविजय नामक शंख र नहकुल र सहदेवले सुघोश र मणिपुर नामक शंख बजाए | त्यस्तै काशीराज, महारथी शिखण्डी, धृष्ट धुम्न, बिराट, अजेय, सात्यकी तथा राजा द्रुपद र द्रोपदिका पांच भाइ साथै बलवान हात भएका सुभद्रा पुत्र अभिमन्यु यी सबैले आ-आफ्नो अलग अलग शंख बजाए | तत्पश्चात धृतराष्ट्रका पुत्र कौरवहरुले पनि गगनभेदी शंखनाद गरि आकाश र धरतीलाई कम्पन गराएर हृदय विदारक शब्दायमान गराए | हे राजन यसपछि कपिध्वज अर्जुनले उभिएर धृत राष्ट्रका पुत्रहरुलाई हेरे अनि यो बेला धनुष उथाउएर् ऋषिकेश श्रीकृष्ण महाराज संग भन्दछन
हृषिकेशम् तदा बाक्यमिदमाह महिपते |
अर्जुन उवाच सेनयोरुभयोर्मध्ये रथम् स्थापय मेअच्युत ||२१||
यावादेतान्नीरीक्षेअहम् योद्धुकामान्वस्थितान् |
कैर्मया सह योध्दव्यम्समीन्रणसमुधमे ||२२||
योत्स्यमानानवेक्षेअहं य एतेअत्र समागता 😐
धार्ताराष्ट्रस्य दुर्बुध्देर्युध्ये प्रियचिकिर्षव:||२३ ||
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत |
सेनायोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तम् ||२४||
भिष्मदोणप्रमुखत: सर्वेषाम् च महिक्षिताम |
उवाच पार्थ पश्येतान्समवेतान्कुरुनिती ||२५||
अर्थ: तत्पश्चात धृतराष्ट्रका पुत्र कौरवहरुले पनि गगनभेदी शंखनाद गरि आकाश र धरतीलाई कम्पन गराएर हृदय विदारक शब्दायमान गराए | हे राजन यसपछि कपिध्वज अर्जुनले उभिएर धृत राष्ट्रका पुत्रहरुलाई हेरे अनि यो बेला धनुष उठाएर् ऋषिकेश श्रीकृष्ण महाराज संग भन्दछन हे कृष्ण हे अच्युत मेरो रथलाई दुवै सेनाको बिचमा लगेर खडा गरिदिनुस | ताकी यो महा भारतमा युध्द चाहना राख्ने वा युध्दको कामना गर्ने लाइ र यो युध्द ब्यापारमा मैले क- कससँग युध्द गर्न लायक छन् म राम्रै संग हेरु भनेर अर्जुनले भन्दछन | अर्जुनले भनेका हुन्छन दुर्बुध्दीमति भएको दुर्योधनको युध्दलाई बिजय बनाउन चाहने जो जो राजाहरु यी सेनामा छन् तिनीहरुलाई हेर्ने छु | संजयले ध्रित राष्ट्रलाइ भन्छन यतिबेला भगवान श्रीकृष्णले उक्त भब्य रथलाइ भिष्म , द्रोणाचार्य , र सम्पूर्ण राजाहरुको सामुन्ने खडा गरेर युध्दका लागि तम्तयार भएका यी कौरवहरुलाई हेर अर्जुन ! भनेर भन्नु भएको छ |
तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान |
आचार्यान्मातुलान्भ्रात्रिन्पुत्रान्पौत्रान्सखिंस्तथा ।|२६॥
श्वसुरान्सुहृदश्चैव सेनायोरुभयोरपी |
तान्समीक्ष्य स कौन्तय: सर्वान्बन्धुनवस्तितान |||२७ ||
कृपया परयाविष्टो विषीदन्निदमब्रवित् |
अर्जुन उवाच दृष्टवेमं स्वजनं कृष्ण युयुत्सूम् समुपस्थितम् |।२८ ॥
सिदन्ति मम गात्राणइ मुखम च परिश्रुष्यति |
वेपथुश्च शरिरे मे रोमहर्षश्चजायते ।।२९॥
न च शंकोम्यवस्थातुम भ्रम्तिव च मे मन: |
निमित्तांनी च पश्यामी विपरितानी केशव ||३०||
भावार्थ: तत्पश्चात अर्जुनले दुवै सेनामा उपस्थित भएका पिताको भाइहरु पितामह , आचार्य गुरुहरु, भाइका छोराहरु, मामाहरु, नातिहरु, ससुरालिहरु, आफना सुह्रिदयि मित्रहरु देख्छन |यसरि युध्दका भूमिमा उपस्थित सम्पूर्ण बन्धु बान्धवहरु देखेर अन्त्यन्तै भावुक करुणायुक्त भै कुन्ती पुत्र अर्जुनले शोक गर्दै यसो भन्छन, हे कृष्ण ! यो युध्द लड़नको लागि इच्छुक स्वजन समुदायहरुलाई देखेर मेरा सबै अंगहरु शिथिल हुदै मुख सुख्दै आयो | शरीर कम्पमानका साथै स्तब्द रोमान्चक हुदै मेरा हातबाट गाण्डिव झर्छ | शरीर तप्त हुदै छ र मेरो मन भ्रमित भैरहेको छ । त्यसैले हे कृष्ण म यहा खडा हुन् पनि सकिरहेको छैन |
निमित्तांनी च पश्यामी विपरितानी केशव |
न च श्रेयोअनुपश्यामि हत्वास्वजनमाहवे ।।३१॥
न कांक्षे विजयं कृष्ण न च राज्यं सुखानी च |
किं नो राज्येन गिविंद किं भोगैर्जीवितेन वा ||३२||
येषामर्थे कांक्षितं नो राज्य भोगा: सुखानी च 😐
त इमेवस्थिता युद्धे प्राणांस्त्याक्तत्वक्ता धनानि च ||३३||
आचार्य: पितर: पुत्रास्तथैव च पितामहा: |
मातुला: श्वशुरा: पौत्रा: श्याला: सम्बन्धिनस्तथा ||३४ ||
एतान्न हन्तुमिक्ष्यामी घ्रतोअपी मधुसूदन |
अपि त्रैलोक्यराज्यस्य हेतो: किं नु महिकृते ||३५ ||
अर्थ: हे केशव सबै लक्षणले बिपरित कुरा मात्र देख्दछु, युध्दमा आफ्ना कुललाई मारेर कल्याण देख्दिन | हे कृष्ण, मलाइ विजय चाहिदैन, म राज्य र शुख पनि चाहन्न | हे गोविन्द, मलाइ यो राज्य र राजसी भोग मेरो जिवनमा के प्रयोजन छ ? किनकि हामीलाई जुन राज्य, शुख र बैभव जसको लागि चाहिएको तिनै जन गुरुजन, काका, दादा, मामा, ससुरा, नाति, साला, तथा सम्पूर्ण आफंन्तहरु आफ्नो धन र जीवनको आश मारेर युध्द भूमिमा खडा भएका छन् | त्यसैले हे कृष्ण, हे मधुसुदन! राज्यको कुरै छोडौ | मलाइ तिनै लोकको राज्य पाइन्छ भने पनि वा सुखभोग पाइन्छ भनेपनि म यिनीहरुलाई मार्न चाहन्न |
निहत्य धार्तराष्ट्रान्न: का प्रीति: स्याज्जनार्दन |
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिन :।।३६ ॥ |
तस्मान्नार्हा वयं हन्तुं धार्ताराष्ट्रान्सबान्धवान् |
स्वजनं हि कथं हत्वा सुखिन: स्याम माधव ||३७ ||
यद्यप्येते न पश्यन्ति लोभो पहत चेतस: |
कुलाक्षयकृतं दोषं मित्रदोहे च पातकम् ||३८||
कथं न ज्ञयेमस्माभि: पापादस्मान्निवर्तितुंम् |
कुलक्षयकृतं दोषं प्रपश्यभ्दिर्जनार्दन ||३९||
कुलक्षय पणश्यन्ति कुलधर्मा: सनातन: |
धर्मेनष्टे कुलं कृत्न्समधर्मोअभिभ वत्युत ||४० ||
अर्थ: हे माधव धृतराष्ट्रका पुत्रहरुलाई मारेर हामीलाई के प्रशन्नता हुन्छ र !यी आततायीहरुलाई मारेर त हामीलाई पाप मात्रै लाग्ने छ | आफ्ना बान्धव धृतराष्ट्रका पुत्रहरुलाई मार्न म योग्य छैन किन कि आफ्नो कुटुम्बहरुलाई मारेर म कसरि सुखी हुन् सक्छु ? यद्यपी यिनीहरु लोभबाट भ्रष्ट चित्त भएका कुललाई नाश गर्न उद्दत र मित्रहरुलाई बिरोध र धोकाघडी गर्न नचुक्नेहरु पापलाई देख्दैनन ! हे कृष्ण, कुलनाशक दोषलाइ जान्ने हामीहरु त किन यस पापबाट हटन बिचार किन नगर्ने, किन नसोच्ने ! यसकोलागि बिचार गर्ने पर्छ | किन भने कुलको नाश भयो भने सनातन कूलधर्म नाश हुन् जान्छ, धर्मको नाश भए पापले हामीलाई थिच्ने छ | पाप बढे पछी कुलका स्त्रीहरु दुषित हुने छन् र स्त्री दुषित भएर वर्णसंकर जन्मन्छन |
संकरो नरकायैव कुलन्घानां कुलस्य च |
पतन्ति पितरो ह्येषाम् लुप्तपिन्ड़ो दकक्रिया: ||४१ ||
दोषैरेतै: कुलन्घानां वर्णसंकरकै: |
उत्साद्धेन्ते जातिधर्मा: कुलधर्माश्च शाश्वता:||४२ ||
उत्सन्नकुलधर्माणाम् मनुष्याणाम् जनार्दन |
नराके नियतं वासो भवतित्यनुश्रुश्रम ||४३ ||
अहो बत मह्त्पापं कर्तुं व्यवसिता वयम् |
यद्राज्य सुख लोभेन हन्तुं स्वजनमुद्यता: ||४४ ||
यदि मामप्रतिकारमशस्रं शास्रपाणय:|
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ||४५ ||
संजय उवाच
एवमुक्तार्जुन: संखे रथोपस्य उपविशत् |
विसृज्य सशरं चापं शोकसंविन्गमानस: ||४६||
अर्थ : संजयले भन्छन : रणभूमिमा शोकले उव्दिग्न मन बनाएर यस्तो कुरा भन्दै अर्जुन बाणसहित धनुष त्यागेर रथको पछाडी गै थचक्क बस्छन | यी वर्णसंकरहरु कुलाघाती र कुललाई नरकमा लैजानको लागि हुन् ,यिनहरुबाट प्राप्त जल र पिण्ड ले पितृलोक पनि निचो हुनेछन | यी वर्ण संकर दोष कै कारणले कुल्घातिहरुको कुलधर्म र जातिधर्म नष्ट हुन जान्छ | हे जनार्दन नष्ट भएको कुलाधर्मा वाला मनुष्यका अनन्त कालसम्म नरकको बास हुन्छ भन्ने कुरा सुनेको छु |
अहो हामि बुद्धिमान भएर पनि राज्य सुख भोगको लोभले आफ्ना कुललाई बिनास गर्न उद्दत भएका छौ , मलाइ अपशोस छ | शस्त्रधारी धृतराष्ट्रका पुत्रहरुले यदि म निसश्त्र हुदा कुरुक्षेत्रमा मारे भने पनि मेरो लागि अन्त्यन्तै कल्याणकारी हुने थियो |
( कुरूक्षेत्रमा घटेका प्रत्येक सजिव बर्णन धृतराष्ट्रलाइ संजयले श्रीकृष्णबाट प्राप्त दिव्यदृष्टिको माध्यमबाट संजयले सुनाएको दृश्य बर्णन हो )
अथश्रीमद्भगवतद्गीताको अर्जुनाविशादयोगनामको प्रथम अध्याय समाप्त ।
श्रीमद्भगवद्गीता- अध्याय-२
संजय उवाच
तं तथा कृपयाबिष्टमश्रुपुर्णाकुलेलक्षणम् |
विषिदन्तमिदं वाक्यमुवाच मधुसुदन: ||१||
श्री भगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् |
अनार्यजुष्टमस्वर्ग्यमकिर्तिकरमर्जुन ||२||
ल्कैब्यं मा स्म गम: पार्थ नैतात्त्वय्युपपध्यते ||३||
अर्जुन उवाच
कथं भिष्ममहं संख्ये द्रोणम् च मधुसूदन |
इषुभी: प्रतियोत्स्यामी पूजार्हावरिसूदन ||४||
गुरुनहत्वा हि महानुभावान्
श्रेयो भोक्तुं भैक्ष्यमपिह लोके |
हत्वार्थ कामांस्तु गुरुनीहैव
भुन्जीय भोगांरुधिरप्रदिग्धान्||५||
न चैतव्दिद्म: कतरन्नो गरीयो
यव्दा जयेम यदि वा नो जययु: |
यानेव हत्वा न जिजीविषाम
स्तेअवस्थिता: प्रमुखे धार्ताराष्ट्रा: ||६||
अर्थ :संजयले भन्दछन उपरोक्त प्रकारबाट करुणायुक्त, आखामा आशु संगै व्याकुल भएका अर्जुनलाई भगवान मधुसुदन अर्थात कृष्णजीले यस्तो बचन भंदंछन | हे अर्जुन तिमि यस्तो विषम स्थलमा आएर यो अज्ञानता के अभिप्रायले गरिराखेका छौ ? किनभने यो कुरा यो बेलामा श्रेष्ठ पुरुषको आचरणले त गर्दैनन् , न यस्ले तिमीलाई स्वर्ग दिन्छ न त किर्ति नै दिन्छ | त्यसैले हे अर्जुन ! नपुंसकता जस्तो कुरा नगर, यो तिम्रो लागि योग्य छैन | हे मेरा परमतप ! तुच्छ हृदयको दुर्बलतालाई त्यागेर युध्दको लागि खडा होउ | तब अर्जुनले भन्दछन हे मधुसुदन मैले रणभूमिमा भिष्मपितामह र द्रोणाचार्यलाइ कसरि बाणले आक्रमण गर्न सक्छु किनकि हे मधुसुदन ! यी दुवै नै मेरा पुजनीय हुन् | त्यसैले यी महानुभाव र गुरुजनहरु नमार्दा भिक्ष्या मागेरै खान पनि कल्याण कारक ठान्दछु किनभने गुरुजनलाइ मारेर आशु र रगतमा लटपतिएको कामरुप भोग नै त मैले भोग्ने छु | हामीले के गर्दा श्रेष्ठ हुन्छ वा यो युध्द हामीले जित्छौ कि कौरवले जित्छन भन्ने कुरा को पनि कुनै ठेगान छैन तर पनि धृतराष्ट्रका पुत्रहरू हाम्रो सामन्ने छन् यिनीहरुलाई मारेर म बाच्न चाहन्न |
कार्पन्यदोषोपहतस्वभाव:
पृच्छामी त्वां धर्मसमुढचेता: |
यच्छ्रेय: स्यान्निच्श्रीतं ब्रुही तन्मे
शिष्यस्तेअहं शाधि मां त्वा प्रपन्नम् ||७||
न हि प्रपश्यामी ममापनुद्या
अवाप्य भुमावासपन्तमृर्ध्दं
राज्यं सुराणामपी चाधिपत्यम् ||८||
अर्थ: त्यसैले कायरतापुर्वक स्वयं दोषी मान्ने र धर्म चित्तप्रति मोहित हुने म तपाईलाई सोध्छु कि कुनै पनि कल्यान्कारक साधन होस् तपाइँले मलाइ भन्नुस म् गर्न तयार छु | किन कि म तपाइको शिष्य हु , म तपाइको शरणमा छु, मलाइ शिक्षा दिनुहोस | किनभने भूमिमा निष्कन्टक धनधान्य सम्पन्न राज्य र देवताहरु सामिप्य भएर पनि मैले त्यसको कुनै उपयताता देख्दिन जो कि मेरा इन्द्रियहरुलाई सुकाइ दिने शोकलाई नास गर्न सकोस !
संजय उवाच
एवमुक्ता हृषिकेशं गुडाकेश: परन्तप: |
न यात्स्य इति गोविन्दमुक्ता तुष्णी बभुव ह ||९||
तमुवाच हृषिकेश: प्रहसन्निव भारत |
सेन्योरुभयोर्मध्ये विषीदंतामिदं वच: ||१०||
श्री भगवानुवाच
अशोच्यानान्वशोचास्त्वं प्रज्ञावादांश्च भाषसे |
गतासुनगतासुन्श्च नानुशोचन्ति पंडिता: ||११||
नत्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा: |
न चैव नभविष्याम: सर्वे वयमत: परम् ||१२||
अर्थ: संजय भने , हे राजन ! निद्रालाई जित्न सक्ने अर्जुनले अन्तर्यामी भगवान श्रीकृष्णलाइ यस अर्थ “म युध्द गर्दिन “ स्पष्ट संग भन्दै चुप हुन्छन | तत्पश्चात हे भारत्बंशी धृतरात्र ! अन्तरयामी श्री कृष्णले दुवै तर्फी सेनाको बिचमा शोक गरेर बसेका अर्जुन तर्फ फर्केर मुस्काउदै यस्तो बचन भन्दछन ; हे अर्जुन न त तिमी शोक गर्न लायक आफन्तको लागि गरिरहेका छौ, न त पण्डितको बचनलाइ नै भनिरहेका छौ | असली पण्डितहरु त जसको प्राण गैसकेको छ( मरिसकेका ) र जसको प्राण गएको छैन (जिउदै ) छन् | तिनीहरुका लागि शोक गर्दैनन् | किनभने आत्मा नित्य (निरन्तर ) छ | यसैले शोक गर्नु पर्ने कुनै कारण छैन | वास्तवमा भन्ने भने यस्तो कुनै जुग छैन अर्थात् समय छैन जहा म थिइन् , तिमी थिएनौ वा यी राजाहरु थिएनन ! यस्तो पनि हुदैन जो भविष्यमा नरहेका होउ |
देहिनोअस्मिन्यथा देहे कौमारं यौवनं जरा |
तथा देहान्तरप्राप्तिधिरस्तत्र न मुह्यति ||१३||
मात्रास्पर्शास्तु कौन्तेय शितोष्णसुखदु:खदा |
आगमापायिनोअनित्यास्तान्स्तितिक्षस्व भारत ||१४||
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ |
समदु: खसुखं धिरं सोअमृतत्वाय कल्पते ||१५||
नासतो विद्यते भावो नाभावो विद्यते सत: |
उभयोरपि दृष्टोअन्तस्त्वनयोस्तत्त्वदर्शिभि: ||१६||
अविनाशी तु तव्दीव्दी एन सर्वमिदं ततम् |
विनाशमव्ययस्यास्य न कश्चीत्कर्तुमर्हति ||१७||
अर्थ: किनकी जिवात्मा सरिर (देह) बालक ,युवा, र बृध्द अवस्था परिणत हुन् जान्छ | यस्तो कुरामा धिर पुरुष मोहित हुदैनन् अथवा स्थुल शरीरको अज्ञानताले आत्मालाई गिराउछ | जस्तै एउटा सरिरबाट अर्को सरिर प्राप्त गर्नको लागि सुक्ष्म सरिरको बिकारले पनि अज्ञानता तिर गिराउदछ | यस्तो तत्व बुझ्ने धिर पुरुष यस्तो कुरामा मोहित हुदैनन | हे कुन्तिपुत्र ! सर्दी गर्मि, दुख, सुख, महसुस गराउने इन्द्रिय र इच्छा अनिच्छा, लोभ मोह आदि बिषयगत संयोगहरु त क्षणभन्गुर र अनित्य हुन् | त्यसैले हे भरतबंशी अर्जुन तिमिले त्यसलाई सहन गर | किनकि हे श्रेष्ठ पुरुष ! दुख सुखलाइ समान सम्झने वाला धिर पुरुषलाई इन्द्रिय बिषयले ब्याकुल गर्न सक्दैन | ति मोक्ष्यको लागि योग्य हुन्छन | अनि हे अर्जुन असत बस्तुको त अस्तित्व हुदैन र सत्य को अभाव पनि हुदैन त्यसैले यी सत्य र असत्य बीच तत्वज्ञानी पुरुषहरु हेरिरहेका छन् | यहि निर्णयले नाश रहित बस्तुहरु सम्पूर्ण जगतमा व्याप्त छ किनकि अविनासी बस्तु(सत्य)लाइ कसैले बिनाश गर्न सक्दैन |
अन्तवन्त इमे देहा नित्यस्योक्ता: शरीरिण: |
अनाशिनोअ प्रमेयस्य तस्माद्युध्यस्व भारत ||१८||
य एनं वेत्ति हन्तारं यश्चैनं मन्याते हातम |
उभौ तु न विजातिनौ नायं हन्ति न हन्यते ||१९||
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् |
कथं स पुरुष: पार्थ कं घातयती हन्ति कम् ||२०||
वासांसि जिर्णानि यथा विहाय
नवानि गृण्हाती नरोअ पराणि |
तथा शरिराणी विहाय जिर्णा
न्यन्यानि संयाती नवानि देहि ||२१||
अर्थ: यो नाश रहित अप्रमेह नित्यस्वरूप जिवात्माको विद्यमान सबै शरीर नाशवान भनिएको छ | त्यसैले हे अर्जुन तिमि युध्द गर | जसले यो आत्मालाई मर्नेवाला सम्झन्छ र जसले आत्मालाई मरेको मान्दछ | तिनीहरुले आत्माको बारेमा जानेका छैनन् किनभने यो आत्मा कसैले न मार्छ सक्छ, न त आत्मा मर्छ नै ! यो आत्मा न कहिले जन्मन्छ, न त मर्दछ | आत्मा जन्मेर मर्दैन , किनकि यो त अजन्मा, नित्य, शाश्वत र पुरातन हो | शरीर नाश भएर पनि यो नाश हुदैन | हे अर्जुन ! जुनपुरुष यो आत्मा नाशारहित, नित्य, अजन्मा र अब्यय छ भनि बुझ्दछ, त्यस्तो पुरुषले कसरी अरुलाई मार्न लगाउछ र मार्न सक्छ |
वासान्सि जिर्णानी यथा विहाय
नवानि ग्रिन्हाती नरोअ परानी |
तथा शरिराणी विहाय जिर्णा
न्यन्यानी संयाती नवानि देहि ||२२||
नैनं छिन्दन्ति शश्त्रानी नैनं दहती पावक: |
न चैवम् क्लेदयन्त्यापो न शोषयति मारुत: ||२३||
अच्छेद्योअयमक्लेद्योअ शोष्य एव च |
नित्य: सर्वगत: स्थाणुरचलोअयं सनातन: ||२४||
अर्थ : यदि तिम्ले शरीरको वियोगलाइ शोक गर्छौ भने पनि उचित हुने छैन किन कि जस्तै मान्छेले पुरानो कपडा फालेर नया कपडा फेर्नु जस्तै हो |त्यस्तै गरि मनुस्य (जीव)ले पनि पुरानो शरीरलाई लाइ त्यागेर नया शरीरको धारण गर्दछ | हे अर्जुन ! यो आत्मालाईलाइ कुनै शाश्त्रले काटन सक्दैन, न त आगोले नै जलाउन सक्छ न तपानीले भिजाउ सक्छ, न वायुले सुकाउन सक्छ | किनकि यो आत्मा अच्छेद्य छ , यो आत्मा अदाह्य अक्लेद्य , र अशोश्य छ र यो आत्मा नि: शन्देह नित्य,सर्वब्यापक, अचल, स्थिर रहनेवाला सनातन छ |
अव्यक्तोअयमचिन्त्योअयमविकार्योअयमुच्यते |
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ||२५||
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम |
तथापि त्वं महावाहो नैनं शोचितुमर्हसि ||२६||
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च |
तस्मादपरिहार्यअर्थे न त्वं शोचितुमर्हसि ||२७||
अव्यक्तादीनी भुतानी व्यक्तमध्यानी भारत |
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ||२८||
आश्चर्यवत्पश्यति कश्चिदेन
माश्चर्यवव्ददती तथैव चान्य:|
आश्चर्यवच्चैनमन्य: श्रीनोती
श्रुत्वाप्येनं वेद न चैव कश्चित् ||२९||
यो आत्मा अव्यक्त अर्थात इन्द्रियहरुका अबिषय वा मनका सुन्य र विकार रहित कहिल्यै नबदलीइने भनिएको छ | त्यसैले हे अर्जुन यस आत्मालाइ जानेर पनि तिमि शोक गर्दैछौ , यो कथंचित उचित छैन र शोक गर्न योग्य पनि होइन |यदि तिमीले यो (आत्मा ) सधै जन्मने र मर्ने वाला मान्यौ भने पनि हे अर्जुन यस्तो प्रकारले यिनिहरुकालागी शोक गर्ने लायक छैनन | किनकि हरेक प्राणि अर्थात मनुष्य जन्मनेहरुको मृत्यु र मृत्यु पछी जन्म निश्चित छ भन्ने कुरा त्यसैले पनि शिध्द हुन्छ | त्यसैले समाधान बिना अकारण यस्तो कुरामा शोक गर्न लायक छैन |यी भीष्मादीहरुका शरीर मायावी भएकोले नै अनित्य छन् | यी शरीरको लागि शोक गर्नु उचित छैन किनकि सम्पूर्ण प्राणी जन्म अगाडी र मृत्यु पश्चात अर्थात मरेपछि पनि बिना शरीरवाला नै हुने छन् | केवल बिचको समयमा मात्रै शरीर भएको प्रतित हुन्छ भने यस्तो बिषयमा किन चिन्ता लिन्छौ | हे अर्जुन यो आत्मत्व एकदमै गहन र चिन्तन योग्य बिषय हो , यसैले कुनै महापुरुष जब आत्मा लाइ आश्चार्य को रुपमा देख्छ र अर्को कोइ महापुरुषले नै आत्माको जब आश्चर्यरुप तत्व बर्णन गर्छ र अन्य कोइ यो आत्माको आश्चर्य अलौकिक कुरा सुन्दछ र कोइ कोइ यसको बारेमा सुनेर पनि आत्माको बारेमा जान्दैनन |
देही नित्यमवध्योअयं देहे सर्वस्य भारत |
तस्मात्सर्वाणी भुतानि न त्वं शोचितुमर्हसी ||३०||
स्वधर्ममपी चावेक्ष्य न विकम्पितुमर्हसी |
धर्म्याध्दी युध्दाच्छ्रेयोअ न्यत्क्षत्रियास्य न विद्यते ||३१||
यदुच्छया चोपपन्नं स्वर्गव्दार्मपावृतम |
सुखिन: क्षत्रिया: पार्थ लाभंते युध्दमीदृशम् ||३२||
अथ चेत्वमिमं धर्यं संग्रामं न करिष्यसी |
तत: स्वधर्मं किर्तिं च हित्वा पापमवाप्स्यसि ||३३||
अकिर्तींचापि भुतानि कथयिश्यन्ति तेअव्याम् |
सम्भावितस्य चाकिर्तिर्मरणादतिरिच्यते ||३४||
अर्थ:हे अर्जुन ! यो आत्मा सम्पूर्ण सरिरमा सधै अवध्य ( जसलाई मार्न नसक्ने )रुपमा रहन्छ |त्यसैले सम्पूर्ण भुत प्राणिहरुको निम्ति तिमीले शोक गर्न योग्य छैन | आफ्नो धर्मलाइ हेरेर पनि तिमीले डर मान्नु पर्ने छैन, किनकि धर्मयुक्त युध्द भन्दा क्षत्रीयको लागि कर्तव्य र कल्याणकारक अरु केहि छैन | हे पार्थ ! आफै प्राप्त भएको स्वर्गको ढोका यस प्रकारले प्राप्त युध्द त भाग्यवान क्षत्रियले मात्र पाउछन | र यदि तिमीले यो धर्म युक्त संग्राममा भाग्छु भने स्वधर्म र कीर्तिको नास हुने छ र पापमा पर्ने छौ | र भविष्यका थुपै कालसम्म तिम्रो अकिर्तीको बारेमा भन्नेछन र यस्तो अकिर्ती तिमी जस्तो महा पुरुषलाइ मरण भन्दा पनि नराम्रो हो |
मयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथा:|
येषां च त्वं बहुमतो भुत्वा यास्यसि लाघवम् ||३५||
अवाच्यवादांश्च बहुन्वदिष्यन्ति तवाहिता:|
निन्द्न्तस्तव सामर्थ्य ततो दु:खतरं नु किम् ||३६||
हतो वा प्राप्स्यति स्वर्गं जित्वा वा भोक्ष्यसे महिम् |
तस्मादुत्तिष्ट कौन्तेय युध्दाय क्रितनिश्चय:||३७||
सुख दुखे समे कृत्वा लाभालाभौ जयाजयौ |
ततो युध्दाय युजस्व नैवं पापमवाप्स्यसि ||३८||
अर्थ: जसले गर्दा तिमी महापुरुष हुदाहुदै पनि तुच्छ अपमान मात्रै पाउने छौ | महारथिहरुले तिमीलाई हार्ने
डर र भयले युध्दबाट भागेको मान्ने छन् र तिम्रा सत्रुहरुले तिम्रो सामर्थलाइ निन्दा गर्दै भन्नु नभन्नु बचन भन्ने छन् त्यो तिम्रोलागि त्यो भन्दा दुखको कुरा के हुन् सक्छ ! त्यसैले तिम्रोलागी युध्द गर्नु सब प्रकारले उपयुक्त छ किन भने कि त मरेर स्वर्गलाई प्राप्त हुन्छ कि त युध्द जितेर पृथ्वीको भोग गर्न पाउने छौ त्यसैले हे अर्जुन ! युध्दकोलागी निश्चिन्त भएर खडा हौ | यदी तिमीलाई स्वर्ग र राज्यको इच्छा छैन भने पनि सुख दुख , लाभ -हानि र जय पराजयको समान मानेर पनि युध्दको लागि तयार हौ | त्यसैले पनि युध्द गरेर कमसेकम तिमीले पाप बाट मुक्त हुने छौ |
एषा तेअभिहिता सांख्ये बुध्दिर्योगे त्विमां श्रुणु |
बुध्द्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसी ||३९||
नेहाभिक्रमनाशोअस्ति प्रत्यवायो न विद्यते |
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ||४०||
व्यवसायात्मिका बुध्दिरेकेह कुरू नन्दन |
बहुशाखा ह्यानान्तश्च बुध्द्योअव्यवसायिनाम् ||४१||
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चित: |
वेदवादररता : पार्थ नान्यदस्तिती वादीन: ||४२||
कामात्मान: स्वर्गपरा जन्मक्रमफलाप्रदाम् |
क्रियाविशेषबहुलां भोगैश्चर्यगतिं प्रति ||४३||
अर्थ: हे पार्थ बुध्दी तिमीलाई ज्ञानयोगको बिषयमा भनिएको हो र अब यसलाई निष्काम कर्मयोगको बिषयमा सुन, जुन बुध्दिमत्ता भएका तिमी कर्मको बन्धनलाइ राम्रैसंग नाश गर्दै छौ | यो निष्काम कर्मयोगमा प्रारम्भ वा बिज नाश हुदैन र बिपरित फलदोष पनि हुदैन | यसैले यो निष्काम कर्मयोगरूप धर्मको थोरैअंश साधनले महान जन्म-मृत्युरुप डरबाट उद्दार गरिदिन्छ | हे अर्जुन ! यो कल्याणमार्गमा निश्चयात्मक बुध्दी एउटै छ र सकामी (अज्ञानी ) पुरुषको बुध्दिहरु धेरै प्रकारका अनन्त हुन्छन | हे अर्जुन जो सकामी पुरुष केवल सुनेको फल , स्वर्ग नै सर्वश्रेष्ठ हुन्छ भनि मान्छन र यो नै सबै हो भन्दछन |ती अविवेकी मानिसहरु कर्मफल दिनेवाला र ऐश्वर्य भोग प्राप्तिको लागि गरिने कार्यलाई नै शोभायुक्त र उपयुक्त बचन भन्दछन |
भोगैश्चर्यप्रप्तक्तानां तयापहृतचेतप्ताम् |
व्यवसायात्मिका बुध्दि: समाधौ न विधियते || ४४||
त्रैगुन्यविषया वेदा निश्त्रै गुण्यो भवार्जुंन |
निर्व्दन्दो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान ||४५||
यावानर्थ उदपाने सर्वत: सम्प्लुतोदके |
तावान्सर्वेषु बेदेषु ब्राह्मणस्य विजानत ||४६||
कर्मन्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोअस्त्वकर्मणि ||४७||
अर्थ: भोग र ऐश्वर्यमा आसक्ति पुरुष यस्तो किसिमको शब्दाबानीबाट प्रभावित भएका हुनाले त्यस्ता पुरुषका अन्तस्करणमा सुनिश्चित बुध्दी हुदैन | हे अर्जुन सम्पूर्ण वेदको गुणलाइ संसारको बिषयगतमा प्रकाश पार्ने र अनुसरण गर्ने क्षमता राख्दछौ, त्यसैले तिमी निश्कामी सुख दुखबाट मुक्त, नित्य बस्तुमा स्थित योग र क्षेम (प्राप्तिको लालसा र प्राप्त बस्तुको रक्षा ) नभएको र आत्मापरायण हौ | राम्रोसंग ब्रह्मलाइ जान्ने र बुझ्ने ब्राह्मणलाइ सम्पूर्ण वेदको प्रयोजन नभए जस्तै ब्रह्मानन्दलाइ प्राप्ति गरिसकेपछि आनन्दको लागि वेदको आबस्याकता हुदैन | त्यसैले तिम्रो कर्म गर्ने मात्र अधिकार हो फलको लागि कदापि होइन अर्थात फल तिम्रो हातमा छैन, त्यसैले फलको कामना र वासनायुक्त नभैकन आफ्नो कर्म र कर्तब्य गर |
योगस्य: कुरू कर्माणी संगम त्यक्त्वा धनन्जय |
सिद्धयसिद्धयो: कुरू समो भुत्वा समत्वं योग उच्चते ||४८||
दूरेण ह्यवरं कर्म बुध्दियोगाध्दनन्जय |
बुध्दौ शरणमन्विच्छ कृपणा: फलहेताव:||४९||
बुध्दियुक्तो जहातिह उभे सुकृत दुस्कृते |
तस्माध्योगाय युज्यस्व योग: कर्मसु कौशलम् ||५०||
कर्मजं बुध्दियुक्ता हि फलं त्याक्त्वा मनिषीण: |
जन्मबंधविनिर्मुक्ता: पदं गच्छन्त्यनामयम् ||५१||
यदा ते मोहकलिलं बुध्दिर्व्यतितरिश्यति |
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ||५२||
अर्थ : हे धनन्जय ! सम्पूर्ण आसक्तिलाई त्यागेर सिध्दी असिध्दिलाई सम भाव राखी आफ्नो कर्तव्य अर्थात कर्म गर यहि कर्मलाइ योग भनिन्छ | सकाम बुध्दीबाट गरिने कर्म अन्त्यन्त तुच्छ हुन्छ त्यसैले फलको कामना युक्त कर्मले दुखी बनाउछ तसर्थ समभाव युक्त बुध्दिलाई ग्रहण गर | सम्बुध्दी पुरुष पाप पुण्य यहि लोकमा त्याग दिन्छन, त्यसैमा लिप्त हुदैनन् | सम्बुध्दी रुप योग नै कर्मयोगको कौशलता र चतुरता हो यहि नै कर्म बन्धनबाट मुक्त हुने उपाए हो | यसैले सम्बुध्दी योगको लागी चेष्टा गर | बुध्दियोग युक्त ज्ञानी पुरुष कर्मबाट उत्पन्न हुने फललाई त्यागेर जन्मरुप बन्धनबाट मुक्त भै अमृतमय परमपद प्राप्त गर्दछन | हे अर्जुन जुन समयमा तिम्रो मोहरूपबुध्दी दलदलबाट पार पाउछ तब तिमी सुन्ने योग्य र सुनेको बैराग्य प्राप्त हुने छ |
श्रुतिविप्रतीपन्ना ते यदा स्थास्यति निश्चला |
समाधावचला बुध्दिस्तदा योगवाप्स्यसी ||५३||
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव |
स्थितधि: किं प्रभाषेत किमासीत वजेट किम् ||५४||
श्री भगवानुवाच
प्रजहाती यदा कामान्सर्वान्पार्थ मनोगतान् |
आत्मन्येवात्मना तुष्ट: स्थितप्रज्ञस्तदोच्यते||५५||
द:खेश्वनुव्दिन्गमना: सुखेषु विगतस्पृह: |
वितरागभयक्रोध: स्थितधिर्मुनिरुच्यते ||५६||
य: सर्वत्रानभिन्सेहस्तत्तत्प्राप्य श्रुभाश्रुभम् |
नाभिनन्दति न व्देष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ||५७||
यदा संहरते चायंकुर्मोअंगानीव सर्वश:|
इन्द्रियाणीन्दीयार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ||५८||
विषया विनिवर्तन्ते निराहारस्य देहिन: |
रसवर्जं रसोअप्यस्य परम् दृष्व्टा निवर्तते ||५९||
अर्थ:यस्तो प्रकारको भगवानको वचनलाइ सुने पछी अर्जुनले श्रीकृष्णलाई सोध्छन हे केशब समाधिमा भएका स्थिर पुरुषको लक्षण के हुन् र यस्ता पुरुष कसरि बोल्छन ? कसरी बस्छन ? कसरि हिदछन ? तत्पश्चात श्रीकृष्ण भन्नुहुन्छ ! जुन समयमा यस्ता पुरुषले मनमा भएका कामनालाई त्याग दिएका हुन्छन र त्यस समयमा आत्माबाट आत्मैमा सन्तुष्ट हुने वाला पुरुषलाइ स्थिरबुध्दिवाला भन्दछन | दुख र शुखाबस्थामा हुदा न विस्मात न अतिहर्ष नभैकन समभाव र रिस, राग, क्रोध, भय नभएको ब्यक्तिलाइ नै स्थिर बुध्दिवाला भन्दछन | जो पुरुष अरुबाट अपहेलित हुदा क्रोधित अर्थात व्देष र सम्मान पाउदा प्रसन्न हुदैन दुवै अबस्थामा सम भाव राख्न सक्दछ त्यो व्यक्तिको स्थिर बुध्दी हो | कछुवाले आफ्ना अंगलाई जसरि संकुचित गर्न सक्छ त्यस्तै प्रकारले यस्ता पुरुषले आफ्ना इन्द्रियाहरुलाई अन्तर्मनमा समेटन सक्दछ त्यही ब्यक्तिको बुढी स्थिर हुन्छ | मनुष्य बिषयगत कुरालाई ग्रहण नगरेर बिषयमा त निबृत हुन्छ तर राग छुटेको हुदैन र स्थिर बुध्दिवाला मनुष्य त रागलाई पनि परमात्मालाइ साक्षात्कार गरि त्यसबाट पनि निवृत अर्थात मुक्त हुन्छ |
यततो ह्यपी कौन्तेय पुरुषस्य विपश्चित 😐
इंद्रियाणी प्रमाथिनी हरन्ति प्रसभं मन: ||६०||
तानी सर्वाणी संयम्य युक्त आसीत मत्पर: |
वशे हि यस्येन्द्रियाणी तस्य प्रज्ञा प्रतिष्ठिता ||६१||
ध्यायतो विषयान्पुंस: संगस्तेशुपजायाते |
संगात्संजायते काम : कामात्क्रोधोअभिजायते ||६२||
क्रोधाभ्दवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: |
स्मृतिभ्रंशादबुध्दिनाशो बुध्दिनाशात्प्रणश्यति ||६३||
राग व्देषविमुक्तैस्तु विषयानिन्दीयैश्चरन् |
आत्म वश्येर्विधेयात्मा प्रसादमधिगच्छति ||६४||
अर्थ; हे अर्जुन जसले गर्दा बुध्दिमान पुरुष प्रथम स्वभाव इन्द्रियहरुलाई बलपूर्वक हरण गरिदिन्छ | सम्पूर्ण इन्द्रियलाई वशमा गरि ममा समाहित चित्त गरेमा त्यस पुरुषको इन्द्रिय वशमा हुन्छ र उसको बुध्दी स्थिर हुन्छ | हे अर्जुन !मनबाट इन्द्रिय वशमा गरि ममा समर्पण नभएमा बिषयबस्तुमा चिन्तन हुनगई आसक्ति अर्थात कामना बढदछ, त्यो कामना पूर्ण नहुदामा क्रोध उत्पन्न हुन्छ | क्रोधले अविवेकि बनिन्छ र यस्ले स्मरणशक्ति भ्रमित हुन्छ, अर्थात ज्ञानशक्ति, बुध्दी नाश हुनगई मानिसले आफ्नो श्रेयकर प्रतिष्ठाबाट तल खसाल्छ | राग व्देष रहित पुरुष आफ्नो वशमा भएको इन्द्रियव्दारा बिषयलाई भोग्दै आत्मिक प्रसन्नता र पवित्रता प्राप्त गर्दछ |
प्रसादे सर्वदु:खानां हानिरस्योपजायते |
प्रसन्नचेतसी ह्याश्रु बुध्दि: पर्यवतिष्ठते ||६५||
नास्ति बुध्दिरयुक्तस्य न चायुक्तस्य भावना |
न चाभावयत: शान्तिरशान्तास्य कुट: सुखम् || ६६||
इन्द्रियाणाम् हि चरतां यन्मनोअनुविधियते |
तदास्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ||६७||
तस्माद्यस्यमहाबाहो निगृहीतानी सर्वश: |
इंद्रियाणीन्दियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ||६८||
या निशा सर्वभूतानाम् तस्यां जागर्ति संयमी |
यस्यां जागृति भुतानी सा निशा पश्यतो मुने: ||६९||
आपुर्यमाणम चलप्रतिष्ठं समुद्रमाप: प्रविशन्ति यव्दत् |
तव्दत्कामा यं प्रवीशन्ति सर्वे स शान्तिमान्पोति न काम कामी ||७०||
विहाय कामान्य: सर्वान्पुमांश्चरति नि: स्पृह: |
निर्ममो निरहन्कार: स शान्तिमधिगच्छति ||७१||
एषा ब्राह्मी स्थिति: पार्थ नैनाम् प्राप्य विमुह्यति |
स्थित्वास्यामन्त कालेअपि ब्रह्मनिर्वाणमृच्छति ||७२||
अर्थ: उक्त प्रसनता, निर्मलता र पवित्रता भएर निजमा दुखको प्रभाव रहदैन अर्थात सुखी रहन्छ , प्रसन्न चित्त व्यक्तिको बुध्दी तत्काल स्थिर हुन्छ | हे अर्जुन साधना नभैकन मनुस्यको अन्तस्करणमा उत्तम बुध्दी हुदैन |जसले गर्दा अन्त: करणमा वा आत्मामा आस्तिक भाव पनि हुदैन र बिना आस्तिक भावले मनुस्यमा शान्तिहुदैन | अशान्ति मनुष्य कसरि सुखी हुन् सक्छ ? किनकि सागरमा हुरीले डुंगालाइ बिचलित बनाउन र डुबाउन सक्छ त्यसैगरी इन्द्रियहरुमा मन राखेमा एउटै इन्द्रिय भ्रमित भए मनुस्यको बुध्दी हरण गरिदिन्छ | हे महाबाहो ! सब प्रकारको बिषयगत इन्द्रियाहरुलाइ वशमा राख्न सक्ने मनुष्यको बुध्दी स्थिर हुन्छ | हे अर्जुन ! सबै भुत प्राणीहरुको आत्म नियन्त्रितको लागि रात्रि जाग्राम हो भने योगी पुरुशहरुकोलागी रात्रि हो अर्थात सांसारिक सुखमा सम्पूर्ण भुत प्राणिहरू जाग्राम हुन्छन,भने तत्व ज्ञानीहरु परमात्मा प्राप्तिको लागि जाग्दछन | स्थिर बुध्दिवाला मनुष्य नदिहरु समुन्द्रमा विलिन हुदाको जस्तै आकांक्ष्याहरु निरन्तर अविचलित भै पूर्ण शान्ति प्राप्त हुन्छन भने कामना भोगीहरु सदा अतृप्त र अशान्त हुन्छन | जो मनुष्य सम्पूर्ण कामनालाई त्यागेर, ममतारहित, अहंकार रहित, हुन्छन तिनीहरुलाई सहानी प्राप्त हुन्छ | हे अर्जुन ! यो ब्रह्मालाई प्राप्ति गरेको मनुस्यको स्थिति हो र यसलाई प्राप्त गरेर मोहित नभैकन अन्ताकाल सम्म निष्ठावान भै ब्रह्मानंद प्राप्त गर्दछ |
श्रीमद्भगवद्गीता- अध्याय -३
श्लोक १देखि ३ सम्म
अर्जुन उवाच
ज्यायसि चेत्कर्मंणस्ते मता बुध्दिजनार्दन |
तक्तिम कर्मणि घोरे मां नियोजयसी ||१||
व्यामिश्रेणेव वाक्येन बुध्दिं मोहयसिव मे |
तदेकं वद निश्चित्य एन श्रेयोअहमा पुन्याम ||२||
श्री भगवानुवाच
लोकेअस्मिन्व्दीविधा निष्ठा पुरा प्रोक्ता मयानघ |
ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम् ||३||
अर्थ: अर्जुनले भन्दछन हे जनार्दन यदि कर्म भन्दा ज्ञान नै सर्वश्रेष्ठ छ भने मलाइ किन भयानक युध्दकर्म गर्न लगाउनुहुन्छ ? तपाइँका सम्मोहन बचनले मलाइ भ्रमित बनाएको छ, त्यसैले निश्चय गरेर भन्नु होस् कि जुन कार्य गर्दा मेरो कल्याण होओस | तत्पश्चात श्रीकृष्ण भगवानले भन्नुभयो, हे निष्पाप अर्जुन ! यो लोकमा दुइ प्रकारका निष्ठाधारी व्यक्ति हुन्छन एक हुन्छन ज्ञानी जो ज्ञान योगबाट स्वयंमा मनन गर्ने र अर्का निष्काम कर्म योगबाट कर्म गर्ने |
न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते |
न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति ||४||
न हि कश्चीत्क्षणमपी जातु तिष्ठत्यकर्मकृत |
कार्यते ह्यवश: कर्म सर्व: प्रकृतिजैर्गुनै: ||५||
कर्मेन्दीयाणी संयम्य य आस्ते मनसा स्मरण |
इन्दियार्थान्विमुढात्मा मिथ्याचार: स उच्यते ||६||
यस्त्वीन्द्रियाणी मनसा नियम्यारभतेअर्जुन |
कर्मेन्द्रियै: कर्मयोगमसक्त: स विशिष्यते ||७||
अर्थ: कुनै पनि मार्गको अनुसार कर्मको स्वरुपलाई त्याग्न आबस्याकता छैन, किनभने मनुस्यले कर्मलाई नगरेर न त निश्कर्मता प्राप्त हुन्छ र न त कर्मलाइ त्याग गरेर मात्र भगवान नै साक्षात्कार बन्ने सिध्दी प्राप्त हुन्छ | किनकि कुनै पनि मनुष्य कर्मलाई त्याग गर्नै सक्दैन किनकि मनुस्यले कुनै समयको क्षणमा पनि कामै नगरी रहन सक्दैन, प्रकृतिको गुणबाट नियन्त्रित भै कर्म गर्दछन | कोइ कसैले कर्मेंद्रियहरुलाई हठ गरेर रोकी इन्द्रियको भोगको मनले चिन्तन गरिरहेका हुन्छन त्यस्ता मुढबुध्दी मनुष्यलाइ मिथ्याचारी र दम्भी भनिन्छ | हे अर्जुन ! जो मनुस्यले इन्द्रियाहरुलाई नियन्त्रित गरेर अनासक्त भै कर्मैन्द्रियाहरुले कर्मयोगको आचरण गर्दछन ती मनुष्य श्रेष्ठ हुन् |
नियतं कुरू कर्म त्वं कर्म ज्यायो ह्यकर्मण: |
शरिरयात्रापी च ते न प्रसिध्दयेदकर्मण: ||८||
याज्ञार्थात्कर्मनोअन्यत्र लोकोअयं कर्मबन्धन: |
तदर्थं कर्म कौन्तेय मुक्तसंग: समाचर ||९||
सहयज्ञा: प्रजा: सृष्टवा पुरोवाच प्रजापति : |
अनेन प्रसविष्यव्धमेष वोअस्त्विष्ट कामधुक् ||१०||
देवान्भावयतानेन ते देवा भावयन्तु व : |
परस्परं भावयन्त : श्रेय; परमवाप्स्यथ ||११||
इष्टानन्भोगान्ही वो देवा दास्यन्ते यज्ञभाजिता: |
तैर्दत्तानप्रदायेभ्यो यो भुन्क्ते स्तेन एवं स: ||१२||
यज्ञशिष्टाशिन: सन्तो मुच्यन्ते सर्वकिल्बिषइ : |
भुन्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ||१३||
अर्थ: त्यसैले शास्त्रबिधि अनुसार नियमन गरे मुताबिक स्व धर्म रुप कर्मलाई गर, कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हुन्छ | कर्म नगरेमा तिम्रा शरीर निर्वाह शिध्द हुने छैन | हे अर्जुन ! बन्धनको डरले पनि कर्मलाइ त्याग गर्नु पनि उपयुक्त हुदैन, किन भने यज्ञ निमित्त गरिएको कर्म बाहेक अन्य कर्ममा लागेको मनुष्य कर्म व्दारा बाधिन्छन |त्यसैले हे अर्जुन आसक्ति रहित परमेश्वरलाइ समर्पित गरि भलाइको आचरण गर | कर्म नगर्नु पनि तिमीले पापमा पर्नु हो किनकि ब्रह्माले यज्ञ सहित प्रजाको रचना गरि यस यज्ञ व्दारा नै तिमीहरुको बृध्दि र इच्छा पूर्ति कामना दिनेवाला हुन्छन | त्यसैले तिमीहरुले यज्ञ व्दारा देवताको आराधाना गर, देवताले तिमीहरुको उन्नति गर्ने छन् | यस प्रकार आपसमा कर्तब्य सम्झी उन्नति गर्दै परम कल्याण प्राप्त हुने छ |यज्ञ कर्मव्दारा देवताको स्मृतिले देवताले बिना मागे प्रिय भोग प्रदान गर्ने छन् | त्याग बिनाको कर्म बाट प्राप्त भोग गर्ने मनुष्य चोर समान हो | यज्ञबाट बचेको अर्थात परमेश्वरलाई अर्पेरमात्र अन्नलाइ खाने मनुष्य श्रेष्ट पुरुष हो, जुन पापबात मोक्ष पाउछन र जसले सरिर पोषण कै लागि मात्र पकाउने खाने मात्र गर्दछन् ती व्यक्तिहरुले पापलाई नै खाएका हुन्छन |
अन्नाभ्दवन्ति भुतानी पर्जन्यादन्नसम्भव: |
यज्ञाभ्दवती पर्जन्यो यज्ञ: कर्मसमुभ्दव: ||१४||
कर्म ब्रह्मोभ्दवं विध्दी ब्रह्माक्षरसमुभ्दवम् |
तस्मात्सर्वगतम् ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ||१५||
अर्थ : किनकि सम्पूर्ण प्राणि अन्नबाटै उत्पन्न भै जीवित भएका हुन्छन, अन्न वृष्टिअर्थात बर्षा बिना अन्नको उत्पति हुदैन र यज्ञ कर्म बिना बर्षा हुदैन, यो कर्म बिधि बेदबाट उत्पन्न भएको हो | बेद परमेश्वरबाट उत्पत्ति भएको हो, बेदका सार सर्वव्यापी अक्षरहरुमा परमात्मा सदैव यज्ञबाटै प्रतिष्ठित हुनुहुन्छ |
एवं प्रवर्तितं चक्रं नानुवार्तयतिह: य: |
अधायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ||१६||
यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानव: |
आत्मन्येव वह सन्तुष्टस्तस्य कार्य न विद्धाते ||१७||
निव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन |
न चास्य सर्वभुतेषू कश्चीदर्थवेपाश्रय : ||१८||
तस्मादसक्त सततं कार्य कर्म समचर |
असक्तो ह्याचरंनकर्म परमाप्नोति पुरुष ||१९||
कर्मनैव हि सम्सिध्दिमास्थिता जनकादय 😐
लोकसंग्रहमेवापी सम्पश्यन्कर्तुमर्हसी ||२०||
भावार्थ : हे अर्जुन ! परम्परा अनुसार र शास्त्र अनुरुप सृष्टिचक्रलाई अनुशरण गर्दैन र कर्तव्यपथमा चल्दैन, इन्द्रियाव्दारा बिशयाभोगको लम्पट भै पापमय जिबन व्यर्थमा बाचेको गरेको हुन्छ | तर जो आत्म ज्ञानी महापुरुष आत्मस्वरुपमै आनन्द रही आत्म स्वरुपमा तृप्त रहन्छ भने उक्त पुरुषका निम्ति गर्नु पर्ने कर्तब्य बाकि हुदैन | किनभने यस संसारमा त्यस्ता आत्मज्ञानी महापुरुषले न त कुनै कर्म गरेबाट कुनै प्रयोजन हुन्छ ,न कुनै कर्म नगरेबाट उसको हानि वा अनर्थ नै हुन्छ , यस्ता पुरुषलाइ भविष्यमा हुने कुनै स्वार्थको अभिलाषा र सम्बन्ध हुदैन र यस्ता पुरुषले लोक कल्याण हेतु मातै कर्म गरेका हुन्छन |त्यसकारणले हे अर्जुन तिमि अनासक्त निरन्तर कतब्य कर्म गर्दै जाउ , निश्चयनै फलको इच्छा नराख्ने व्यक्ति स्व कर्म गर्दा गर्दै मोक्ष्य रुप परमापद प्राप्त गर्ने छ | जनकादी ज्ञानी पुरुषहरुले आसक्तिरहित कार्य गरेर नै परम सिद्धि प्राप्त गरे |त्यसैले लोकसंग्रहलाइ हेरेर विचारेर तिमी कर्म गर्न योग्य छौ, त्यसैले लोकलाई शिक्षा दिनकै लागि पनि उचित कर्म गर्ने पर्दछ |
यद्यदताचरती श्रेष्ठस्तत्तदेवेतरो जन |
स यत्प्रमाणम् कुरुते लोकस्तदनुवर्तते ||२१||
न मे पार्थास्ति कर्तव्यं त्रिषू लोकेषू किन्चन |
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ||२२||
भावार्थ : श्रेष्ठ पुरुषले जे जस्तो आचरण वा काम गर्दछन त्यसैको अनुसरंगर्दै साधारण पुरुषले पनि त्यहि आचरण गर्दछन | त्यसैले श्रेष्ठ पुरषले राम्रा काम को आदर्शलाई स्थापित गर्दछ |साधारण जनसमुदाय पनि त्यसैको अनुसरण गर्दछन | यदि मैले कर्तब्य कर्म गर्न छोडिदिए भने यी सबै लोक नष्ट भ्रष्ट्र हुनेछ | अनि म् अव्यवस्थित जीवन उय्पन्न गर्ने वर्ण शंकरको कर्ता वा कारक हुने छु समस्त प्रजाको विनासक हुने छु |
यदि ह्यहं न वर्तेयं जातु कर्मन्य तन्द्रित: |
मम वर्त्मानुवर्तन्ते मनुष्या: पार्थ सर्वश: ||२३||
उत्सिदेयुरिमे लोका न कुर्यां कर्म चेदहम |
संकरस्य च कर्ता स्यामुपहन्यामिमा: प्रजा:||२४||
सक्ता: कार्मान्य विव्दान्सो यथा कुर्वन्ति भारत |
कुर्याव्दीव्दिन्स्तथासक्तश्चिकिर्षुलोकसंग्रहम ||२५||
न बुध्दिभेदं जन्यदज्ञानाम् कर्मसंगीनाम् |
जोषयेत्सर्वकर्माणी विध्दान्युक्त: समाचरन् ||२६||
भावार्थ: हे पार्थ यदि म आलस्यरहित भै कदाचित कर्तब्य कर्ममा लागिन भने ठुलो अनर्थ हुने छ | किनकि सबै मनुष्य मेरै मार्गलाई अनुसरण गर्ने छन् |त्यसैले यदि मैले कर्तब्यकर्म छोडिदिए भने सबै मनुष्य नष्ट भ्रष्ट हुने छन् र अब्यबस्थित जिबन उत्पन्न गर्ने वर्ण शंकरको कर्ताको कारक भै समस्त प्रजाको बिनासक बन्ने छु | हे भरत बंशीय अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी मनुष्य जुन प्रकारका कर्म गरेका हुन्छन भने ज्ञानी मनुष्य आसक्तिरहित लोकहित समाज कल्याण बनाइराख्ने निष्काम कर्म गर्ने हुन्छन | परमात्ममा समाहित चित्त भएको ज्ञानी पुरुष आसक्ति र अज्ञानीहरुको बुध्दिमा भ्रम वा विचलन पैदा नगराओस र उनीहरुले स्वयम शास्त्रविदित समस्त कर्म सम्पन्न गर्दै अरुलाई पनी सोहि मुताविक कर्म गर्न लगाओस |
विश्वाश अथवा वफादारी, इमान्दारीतापुर्वक कर्म लाइ निष्ठा भनिन्छ | एकथरी ज्ञानमा बिश्वास गर्ने हुन्छन भने अर्को थरि कर्ममा हुन्छन | मायाबाट उत्पन्न हुने सम्पूर्ण गुणहरु स्समावेश नै गुणहरुमा ज्ञानयोगमा
(अध्याय ३, श्लोक २७ देखि ३० )
प्रकृते: क्रियमाणानि गुनै: कर्माणी सर्वश: |
अहंकारबिमूढाटमा कर्ताहमिति मन्यते ||२७||
तत्ववित्तु महावाहो गुणकर्मविभागयो: |
गुणा गुणेषु वर्तंन्त इति मत्वा न सज्जते ||२८||
प्रकृतेर्गुणसम्मुढा: सज्जन्ते गुणकर्मेसु |
तान्कृत्स्नविदो मन्दान्कृत्स्नविन्न विचालयेत ||२९|
मयी सर्वाणी कर्माणी सन्न्यस्याध्यात्मचेतासा |
निराशीर्निर्ममो भुक्ता युध्यस्व विगतज्वर: ||३०||
भावार्थ : सबै प्रकारका प्रकृतिका गुण सत्व, रज, तम गुणहरुव्दारा समस्त कर्महरु गरिएका हुन्छन | तरपनि जसको अन्तस्करण अहंकारको भावनाले मोहित भएको हुन्छ यस्तो अज्ञानी व्यक्ति प्रकृतिका गुणहरु व्दारा गरिएको कर्महरुको कर्ता म नै हुँ भन्ने ठान्दछ |हे शक्तिशाली बाहु भएका अर्जुन ! गुण विभाग र कर्म विभागको तत्व रहस्य जान्ने ज्ञानी पुरुष प्रकृतिका सबै गुणहरु आ-आफ्नो बिषयगत गुणहरुमा संलग्न हुन्छन भन्ने ठानेर आसक्त हुदैनन् |प्रकृतिका गुणहरुबाट अत्यन्त मोहित भएका व्यक्तिहरु गुणका कर्महरुमा ज्यादै आसक्त हुने गर्दछन |सबै कुरा राम्ररि नबुझेका मन्दबुध्दी भएका अज्ञानी पुरुषलाइ सर्बज्ञानी पुरुषले भ्रम र विचलनमा नपार |
भगवान श्री कृष्ण अर्जुनलाई आज्ञा गर्नु हुन्छ – हे अर्जुन आत्मामा स्थिर भएको चेतना र अध्यात्म बुध्दिले समस्त कर्महरु फल प्राप्ति र आशा नराखी म् मेरो भन्ने भावना त्यागेर निश्चिन्त भएर म ( श्री कृष्ण ) मा समर्पण भै युध्द गर |
ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवा: |
श्रध्दावन्तो अ नसूयन्तो मुच्यन्ते तेअपि कर्ममि : ||३१||
ये त्वेतदभ्यसूयान्तो नानुतिष्ठन्ति मे मतम् |
सर्वज्ञानविमुढान्स्तान्विध्दी नष्टानचेतस: ||३२||
सद्रीशं चेष्ठते स्वस्या:प्रकृतेर्ज्ञानवानपि |
प्रकृतिं यान्ति भुतानी निग्रह : किं करिष्यति ||३३||
इन्द्रियस्येन्द्रिय स्यार्थे रागव्देशौ व्यवस्थितौ |
तयोर्न वशमागच्छेत्तौ ह्यास्य परिपन्थिनौ ||३४||
श्रेयान्स्वधर्मो विगुण: परधार्मात्स्वनुष्ठीतात् |
स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह : ||३५||
भावार्थ: जो मनुष्य कुनै व्देष रिस राग नलिई श्रध्दा विश्वास युक्त भै मेरो मत (भनाइ ) सदा अनुसरण गर्दछन तिनीहरु सदा सम्पूर्ण कर्मबंधनबाट मुक्त हुने छन् | परन्तु जो मानिस मप्रति इर्श्या गरि दोषारोपण गरि मेरा उपदेशको पालना गर्दैनन् समस्त ज्ञानमा अज्ञानी भएका मनुष्यको नास हुने छ |ज्ञानी बिध्दान पुरुस पनि आफ्नो स्वभाव अनुरुप नै आचरण (कर्म) गर्दछन | समग्र प्राणीहरु प्रक्र्रितिमा नै प्राप्त हुन्छन, स्वभाव अनुरुप कर्म गर्दछन, त्यसैले कसैको दमनले वा हठले के गर्न सक्छ र ? सबै इन्द्रियाहरुको शब्दादिबिषयमा राग व्देष स्थित छन्. त्यसैले कुनै पनि मनुष्य राग व्देषको वशमा नपरोस, यस्ले मनुश्यको कल्याण मार्गमा बिघ्न गर्ने ठुला सत्रु हुन् |राम्रो आचरणबाट पालना गरिएको अरुको धर्म भन्दा थोरै गुण भए पनि आफ्नो धर्म अतिउत्तम छ |आफ्नो स्वधर्ममा रहेर मर्नु पनि कल्यानाकारक नै हुन्छ र अरुअको धर्ममा भयादायक हुन्छ |
अर्जुन उवाच
अथ केन प्रयुक्तोअयं पापं चरति पुरूष: |
67अनिच्छन्नपी वाष्र्णेय बलादिव नियोजित:||३६||
श्रीभगवानुवाच
काम एष क्रोध एष राजोगुणसमुद्भव : |
महाशनो महापाप्मा विध्दयेनमिह वैरिणं ||३७||
धूमीनावृयाते वन्हीर्यथादर्शो मलेंन च |
अथोल्वेनावृतो गर्भस्तथा तेनेदमावृतम ||३८||
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्य वैरिणा |
कामरुपेण कौन्तेय दुष्पूरेणानलेन च ||३९||
इन्द्रियाणीमनो बुध्दीरस्याधिष्ठानमुच्यते |
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम् ||४०||
भावार्थ : अर्जुनले बिन्ति गर्दछन, हे कृष्ण ! किन मनुष्यले आफुले नचाहदा न चाहदै बलात जबरजस्ती नियोजित गरेको जस्तै पापका आचरण गरेका हुन्छन ? भगवान श्री कृष्ण भन्नु हुन्छ राजोगुन बाट उत्त्पन्न काम वासना नै क्रोध हो | यो खन्चुवा वा बिशयभोगबात कहिले नघाउने मनुष्य पापी हुन् भनेर यसैलाई तिमीले सत्रु हुन् भनि जानी राख ! जसरी प्रकाशमय अग्नि आफैबाट निस्केको अन्धकाररुपी धुँवाले ढाकिएको हुन्छ ,जसरी एनालाई धुलोले ढाकिएको हुन्छ, जसरि गर्भलाई सालले ढाकिएको हुन्छ, त्यसरीनै ज्ञान पनि कामवासनाव्दारा ढाकिएको हुन्छ |हे अर्जुन ! अग्नि समान कहिले तृप्ति नहुने वाला कामरूप अतृप्त भैरहने ग्यानिहरुको लागि नित्य सत्रु भै मानिसमा ढाकिरहेको हुन्छ | मन बुध्दी इन्द्रियहरु कामवासनाका बासस्थान हुन् | यी काम बासना, काम ब्रितीले मन, बुध्दी, इन्द्रियहरुको माध्यमव्दारा जीवात्माको ज्ञानलाइ अन्धकारमय बनाएर आच्छादित गर्दछ यसले जीवात्मालाइ मोहित पार्दछ |
तस्मात्त्वमिन्द्रियाण्यादौ नियमि भरतर्षभ |
पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञान नाशनम ||४१||
इंद्रियाणी पराण्याहुरिन्द्रियेभ्य: परं मन: |
मनसस्तु पराबुध्दिर्यो बुध्दे: परसस्तु स: ||४२||
एवं बुध्दे: परम् बुद्ध्वा संस्तभ्यात्मानमात्मना |
जही सत्रुं महाबाहो काम रुपम् दुरासदम् ||४३||
भावार्थ: त्यसैकारण भरतबंशमा श्रेष्ठ अर्जुन ! तिमीले सबभन्दा पहिले इन्द्रियाहरुलाई वशमा राख र अनि ज्ञान र बिज्ञान दुबैको बिनाशक पापी काम भावनालाई नष्ट गर | ग्यानिजनाहरु इन्द्रियहरुलाई स्थुल सरिर भन्दा पर अर्थात श्रेष्ठ ,बलवान र सुक्ष्म ठान्दछन, मन इन्द्रिय भन्दा पनि ज्यादै पर छ | मन भन्दा पर(श्रेष्ठ) बुध्दी छ | बुध्दी भन्दा पनि ज्यादै पर छ , त्यो आत्मा हो | यस प्रकार बुध्दी भन्दा पर सुक्ष्म एवं श्रेष्ठ आत्मालाई जानेर शुध्दी बुध्दी व्दारा मन अहंकार लाइ रोकेर, स्थिर गरेर हे अर्जुन अन्त्यन्त दुराजय र दुरा साध्य काम रुप सत्रुलाई जितेर दमन गर |
श्रीमद्भगवद्गीता- अध्याय -४
श्री भगवानुवाच:
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् |
विवस्वानन् मनवे प्राह मनुरिक्ष्वाकावे अ ब्रवीत् ||१||
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदु 😐
स कालेनेह महता योगो नष्ट : परन्तप ||२||
स एवायंमाया तेअद्य योग: प्रोक्त: पुरातन: |
भक्तोअसि मे सचेती रहस्यं ह्येतदुत्तमंम् ||३||
भावार्थ: मैले यस विनाशी योगको कुरा सूर्यलाई बताएको थिए, सुर्यले आफ्नो पुत्र वैवस्वत मनुलाई बताए र मनुले आफ्नो पुत्र राजा इक्ष्वाकुलाइ बताए भनि भगवाबन श्री कृष्ण भन्नुभयो | हे परम्तप अर्जुन ! यस प्रकार परम्पराबात प्राप्त भएको यस योगलाई राजर्शिहरु पनि जान्दथे, तर समयको धेरै अन्तरालसम्म यसको बिकाश भएन र यस जगतमा योगको परम्परा लोप हुन् पुग्यो | हे अर्जुन तिमी मेरा प्रिय भक्त तथा पात्र हौ , त्यसैले त्यही पुरातन परम्परा योग आज मैले यहा तिमीलाई बताए | किनभने यो योग अति उत्तम र रहस्यपूर्ण र गोप्य राख्न योग्य बिषय छ |
अर्जुन उवाच:
अपरं भवतो जन्म परम् जन्म विवस्वत:|
कथमेतव्दिजानियां त्वमादौ प्रोक्तवानिती ||४||
भगवानुवाच
बहुनी मे व्यतितानि जन्मानी तब चार्जुन |
तान्यहं वेद सर्वाणी न त्वं वेत्थ परन्ताप ||५||
अजोअपि संन्नव्ययात्मा भुतानामिश्वरो अपि सन् |
प्रक्रितीं स्वामधिष्ठाय संभवाम्यात्ममायमा ||६||
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत |
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ||७||
अर्जुनले बिन्ति गर्दै भन्नुहुन्छ ! हजुरको जन्म अहिले (व्दापरको अन्त्यमा ) भएको छ | तर विव्स्वान अर्थात सुर्यको जन्म भने धेरै अगाडी भएको थियो | कसरि मैले मानौ कि श्रीष्टिको आदिका सूर्यलाई पहिले नै हजुरले योगको बारेमा भनेको कुरा ? भगवान श्रीकृष्णले भन्नु हुन्छ, हे अर्जुन ! मेरो र तिम्रो अनेकौ जन्म बिती सक्यो,म ती सबै जन्मको बारेमा जान्दछु तर तिमी थाहा पाउदैनौ | तिम्रो र मेरोयहि अन्तर छ | म जनमा अविनासीस्वरूप हुदा हुदै पनि र समस्त प्राणीहरुको परमेश्वर भएर पनि म् आफ्नो प्रकृतिलाई (दिव्यरुप) अधिनमा राखेर आफ्नो योगमायाको दिव्य योग शक्ति व्दारा प्रकट हुन्छु | हे भरतबंशी अर्जुन, जहिले जहिले धर्मको हानि अधर्मको बृध्दि हुन्छ , तब तब म आफ्नो स्वरूपलाइ प्रकट गर्दछु | अर्थात साकररुपमा यस धरतीमा मनुस्यको सामन्ने अवतरित हुन्छु |
परित्राणाय साधुनाम् विनास्हाय च दुष्कृताम् |
धर्मसंस्थापनार्थाय सम्भवानी युगे युगे ||८||
जन्म कर्म च me दिव्य मेवं यो वेत्ति तत्त्वत: |
त्यक्त्वा देहं पुनर्जन्म नेती मामेती सो अर्जुन ||९||
विरतारागभयक्रोधा मन्माया मामुपाश्रिता 😐
बहवो ज्ञानतपसा पूता मद्भावामागता:||१०||
भावार्थ : साधु सज्जन जनाको रक्षार्थ र उद्दारको लागि, पाप कर्म गर्ने दुष्टहरुको संहारको लागी र धर्मलाई राम्रैसंग स्थापना गर्नको लागि म युग युगमा प्रकट हुन्छु |हे अर्जुन ! मेरो जन्म र कर्म दिव्य एवं अलौकिक छ | यस प्रकार जो मनुष्य मेरो यथार्थ स्वरुपलाई जान्दछ उसले आफ्नो शरीर त्यागेपछि फेरी अर्को जन्म लिनु पर्दैन र मलाइ नै प्राप्त गर्दछ | जो मनुष्य अनन्य प्रेमपूर्वक मेरो आश्रयमा रहने भक्त उपर्युक्त ज्ञान रुप तपबाट पहिले गरिएका राग भय क्रोध नष्ट भै मेरै स्वरुपलाई प्राप्त गरिसकेका छन् |
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् |
मम वर्त्मानुवर्तन्ते मनुस्या : पार्थ सर्वश :||११||
काङ्क्षेन्त: कर्मणाम् सिध्दिं यजंत इह देवता:|
क्षिप्रम् हि मानुषे लोके सिध्दीर्भवती कर्मजा ||१२||
चातुर्वन्यम् मया सृष्टम् गुणकर्मविभागश: |
तस्य कर्तारमपि मां विध्द्यकर्तारमव्ययम् ||१३||
न मां कर्माणी लिम्पन्ति न मे कर्मफले स्पृहा |
इति मां यो अ भिजानाती कर्मभिर्न स बध्यते ||१४||
भावार्थ :कर्मको फलमा मेरो कुनै तृष्णा वा लालसा छैन त्यसैले मलाइ कर्महरुले लिप्त गर्दैनन् | जसले मलाइ यस प्रकारले जान्दछन त्यो कर्म बन्धनमा बाधिदैन |
हे अर्जुन ! जो भक्त जुन प्रकारले मेरो भक्ति भजना गर्दछन , म तिनीहरुलाई त्यसरी नै अपनाउछु | किनकि सम्पूर्ण मनुष्य भक्तजन सबै प्रकारले मेरै मार्गलाइ अनुसरण गर्दछन | यो प्रिथ्विलोकका मनुष्य कर्मको फल तत्कालै प्राप्त गर्न चाहनेहरुको लागि अन्य देवताको पुजन गर्दछन किनकि यसबाट यसको कर्मबाट प्राप्त हुने सिद्दीको फल चाडै नै प्राप्त हुन्छ |गुण कर्मको विभाजन अनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र सुद्र- चार बर्णहरुमा म व्दारा रचिएको हो |सृष्टि रचनाको कर्मको कर्ता पनि मै नै हुँ | तर पनि तिमीले मलाइ अव्यय अकर्ता नै जानी राख |
एवं ज्ञात्वा कृतम् कर्म पूर्वैरपी मुमुक्षुभी: |
कुरू कर्मैव तस्मात्त्वं पूर्वै: पूर्वतरम् कृतम् ||१५||
किं कर्म किमकर्मेती कवयोअप्यत्र मोहिता |
तत्ते कर्म प्रवक्ष्यामी यज्ज्ञात्वा मोक्ष्यसेअ शुभात् ||१६||
कर्मणों ह्यपी बोध्दव्यम् बोद्धव्यं च विकर्मण: |
अकर्मणश्य बोध्दयं गहना कर्मणों गति: ||१७||
कर्मन्यकर्म य: पश्येदकर्मणि च कर्म य: |
स बुध्दिमान्मनुश्येषु स युक्त: कृत्स्नकर्मकृत् ||१८||
यस्य सर्वे समारम्भा: कामसंकल्पवर्जिता: |
ज्ञानाग्नीदग्धकर्माणाम् तमाहू: पण्डितं बुधा: ||१९||
त्यक्त्वा कर्मफलासंग नित्यतृप्तो निराश्रय: |
कर्मन्यभिप्रवृत्तोअपि निव किन्चित्करोती स:||२०||
यस प्रकार जानेर बुझेर नै पहिलेका मोक्ष चाहनेले पनि कर्म गरेका थिए | त्यसैले तिमीले पनि पूर्वजहरुले गर्दै आएका कर्मलाई निरन्तरता देउ | कर्म के हो ? अकर्म के हो ? कर्म अकर्मको बारेमा बिध्दान वर्गले निर्णय गर्न नसकेको त्यस बिषय बस्तु प्रति मोहित अर्थात आकर्षित भएका हुन्छन | त्यसैले म् तिमीलाई कर्म के हो भनि बताउने छु , जसबाट timi अशुभ वा स्संसारिक कर्म बन्धनबाट मुक्त हुने छौ | असल, राम्रो कर्म र खराब वा नराम्रो कर्मको बारेमा जान्नु र बुझ्नु पनि पर्दछ |अकर्म अर्थात् कर्म नगरिकन चुपचाप बस्ने क्रियाको स्वरुप पनि थाह पाउनु पर्छ | त्यसैले कर्मको भेद थाहा पाउन ज्यादै कठिन छ |जो कर्ममा अकर्म वा कर्मको अभाब देख्दछ अनि अकर्मलाई कर्म देख्दछ | सम्पूर्ण कर्म गर्ने गराउने पनि त्यहि अर्थात परमेश्वर हो भनि बुझदछ त्यहि मनुष्य नै बुद्धिमान हो | सम्पूर्ण आरम्भ गरिएका कर्महरु कामना र संकल्परहित छन् समस्त शुभ शुभाशुभ कर्महरु ज्ञानरुपी अग्निव्दारा जलेर भाषम भएका छन् | त्यस्तो महापुरुषलाई ग्यानिजन बुध्दिमान पण्डित भन्ने गर्दछन |जो पुरुष कर्म र कर्मफलको आसक्तिलाई त्यागेर कसैको आश्रयबात रहित हुन्छ र सदा सन्तुष्टि भै नित्य तृप्त रहन्छ, त्यो पुरुष कर्ममा पुरै संलग्न रहेर पनि बन्धनमा पर्ने पर्ने केहि कर्म गरिरहेको हुदैन |
निराशिर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रह: |
शरीरं केवलं कर्म कुर्वन्नाप्नोप्ति किल्बिषम् ||२१||
यद्रिच्छालाभसंतुष्टो व्दंव्दातितो बिमत्सर : |
सम: सिध्दावसिध्दौ च क्रित्वापी न निबध्यते ||२२||
जो पुरुष आशारहित छ, जसले आफ्नो चित्त र आत्मालाई वश गरेको छ र सम्पूर्ण परिग्रह उपभोग्य सम्पदा त्यागिसकेको छ, त्यस्तो पुरुषले केवल शरीर धान्नको लागि मात्र गरिने फलासक्तिराहित शारीरिक कर्म गर्दा कुनै पाप वा अनिष्टरुप प्रतिफल पाउदैन | आश नगरी संयोगवश प्राप्त भएको बस्तुमा सन्तुष्ट रहन्छ | जसमा डाह इर्श्या पाइदैन सुख दुख सम भाव व्दंदबाट मुक्त छ जो कार्य सिध्दी वा असिध्दी दुबैमा समभाव राख्दछ | यस्ता पुरुष कर्म गरेर पनि कर्म बन्धनमा पर्दैन |
गतसँगस्य मुक्तस्य ज्ञानवस्थितचेतास: |
यज्ञायाचरत: कर्म समग्रं प्रविलियते ||२३||
ब्रह्मार्पण ब्रह्म हविर्ब्राह्माग्नौ ब्राह्मणा हुतम |
ब्रह्मैव तेन गंताव्यं ब्रह्मकर्म समाधिना ||२४||
दैवमेवापरे यज्ञम् योगिन: पर्युपासते |
ब्रह्माग्नावपरे यज्ञम् यग्येनैवोपजुह्वती ||२५||
जो मनुस्यको चित्त ज्ञानमा अबस्थित भएको छ | त्यस्ता व्यक्तिहरुको अभिमान सुन्य मुक्तात्मा भै सबै कर्महरु बिलिन हुन् पुग्दछ | यज्ञमा अर्पण गर्न लागिएका द्रब्य, सुरो , कर्ता र अग्नि सबै ब्रह्म हुन्, ब्रह्म रुप ब्राह्मण ब्रह्मरुप कर्ममा समाधिस्त भइ गरिएको कर्मले पाउन पर्ने फल पनि ब्रह्मस्वरूप हुन्छ | कोइ योगिजन परमेश्वरको उपासना भावले यज्ञ अनुष्ठान गर्दछन भने केहि ब्रह्म्बेत्ता ज्ञानीजनहरुले ब्रह्म् रुप अग्निमा आत्मरुप यज्ञलाइ हवन गर्दछन र परमात्मामा एकाकार हुन्छन |
श्रोत्रादिनिन्द्रीयान्यन्ये सम्यमाग्निशु जुव्हती |
शब्दादीन्विशयानान्य इन्द्रियाग्निशु जुव्हती ||२६||
सर्वाणीन्द्रियकर्माणी प्राणकर्माणी चापरे |
आत्मसम्यमयोगान्गौ जुव्हती ग्यान दिपिते ||२७||
द्रव्ययज्ञास्तपोयज्ञा योगयाज्ञास्तथापरे |
स्वाध्यायज्ञाश्च यतय: संग्शिताव्रता : ||२८||
अपाने जुव्हती प्राणं प्रानेअपानम् तथापरे |
प्राणापानागतिरुदध्वा प्राणायामपारायाणा :||२९||
अपरे नियताहारा : प्राणान्प्राणेशु जुव्हती |
सर्वेअप्येते याग्यबोदो यज्ञक्षपितकल्मषा : ||३०||
अर्थ : केहि योगिजनहरु श्रोत्र आदि सम्पूर्ण इन्द्रीयहरूको संयमरुप अग्निमा हवन गरेका हुन्छन | अर्काकाले योगीहरू शब्दादी सम्पूर्ण बिषयहरुको इन्द्रियरुप अग्निमा हवन गर्दछन | अर्काथरी योगिजन इन्द्रियहरुको सम्पूर्ण कर्मको र प्राणको सम्पूर्ण क्रियाहरुको ज्ञानबाट प्रदीप्त आत्मसंयम योगरुप अग्निमा हवन गर्दछन | (सच्चिदानन्द परमात्मा भन्दा अरु कसैलाई चिन्तन न गरि यी इन्द्रिय र कर्मको हवन गरेका हुन्छन ) | केहि पुरुष धन सम्पति सम्बन्धि यज्ञ गर्ने खाले हुन्छन कति जनहरु तपस्यारूप यज्ञ गर्ने खाले हुन्छन | कतिपय योगरुप यज्ञ गर्ने खाले हुन्छन भने कतिपय जनहरु अहिंसादि तीक्ष्ण ब्रतसंगत यत्नशील स्वध्यायरूप ज्ञानयज्ञ गर्नेखाले हुन्छन | अर्काखाले कतिपय योगिजनहरु अपानवायुमा प्राण वायुलाइ हवन गर्दछन त्यसै पनि केहि योगिजन प्राणवायुमा अपांवायुलाइ हवन गर्दछन र अन्य कयौ नियमित भोजन गर्ने पुरुष प्राणायाम परायण व्दारा प्राण र अपां गतिलाई रोकेर प्राणलाइ प्राण मा हवन गर्दछन | यी सबै साधक उल्लेखित यज्ञोव्दारा पापलाई नाश गर्ने वाला र यज्ञको महत्व जान्नेवाला हुन् |
यज्ञशिष्टामृतभुजो यान्ती ब्रह्म सनातनम् |
नायं लोकोअस्त्ययज्ञस्य कुतोअन्य: कुरुसत्तम ||३१||
एवं बहुविधा यज्ञा वितता ब्रह्मणों मुखे |
कर्मजान्विध्दी तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे ||३२||
श्रेयान्द्रव्यम याध्यज्ञाज्ज्ञानयज्ञ : परन्तप |
सर्वं कर्माखिलं पार्थ ज्ञाने परीसमाप्यते ||३३||
तव्दिध्दी प्रणीपातेन परिप्रश्नेन सेवया |
उपदेक्ष्यन्ति ते ज्ञानम् ज्ञानीनस्तात्त्वदर्शिन:||३४||
हे कुरूक्षेत्र अर्जुन ! यज्ञबाट बचेको अमृतको अनुभव गर्ने योगिजनहरु पर्ब्रह्म परमात्मालाइ प्राप्त गरेका हुन्छन | यज्ञ नगर्ने मनुष्यको लागि त मनुष्य लोकमा पनि सुखदायक हुदैन भने परलोक कसरि शुखादायक हुन् सक्छा ? यस्तै प्रकारका यज्ञबेदको बाणीमा सविस्तार भनिएको छ | ति सबै तिमीले मन इन्द्रिय, र सरिराको क्रियाव्दारा सम्पन्न हुने कुरा जान, या तत्व जानेर यसको अनुष्ठानव्दारा तिमि कर्मबंधनबात मुक्त हुने छौ | हे परमतप अर्जुन ! द्रव्यमय यज्ञको भन्दा ज्ञानयज्ञ अन्त्यन्त श्रेष्ठ हुन्छ, अर्थात सम्पूर्ण कर्म ज्ञानमा समाप्त हुन् जान्छ | त्यस ज्ञानलाइ तिमीले तत्वदर्शी ज्ञानीजानको समिप गएर बुझ, उनलाई प्रणाम गरि सेवा गरेर कपट घमण्ड छोडेर सरलता पुर्वकप्रश्न गरेसी ति ज्ञानी महात्माले तिमीलाई तत्वज्ञानको उपदेश दिनेछन |
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसी पाण्डव |
येन भुतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयी ||३५||
अपिचेदासी पापेभ्य:सर्वेभ्य: पापकृत्तम 😐
सर्ब ज्ञानप्लवेनैव वृजिनं सन्तरिश्यसी ||३६||
यथैधांसी समिध्दो अग्निर्भस्मसात्कुरुतेअ र्जुन् |
ज्ञानाग्नी: सर्वकर्माणी भस्मसात्कुरुते तथा ||३७||
न हि ज्ञानेन सदृशम् पवित्रमिह विद्धते |
तत्स्वयं योगसंसिध्द: कालेनात्मानी विन्दति ||३८||
श्रध्दावान्ल्लभते ज्ञानं तत्पर: संयतेंद्रिय: |
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छती ||३९||
अज्ञछ्षाश्रद्दधानश्च संशयात्मा विनश्यति |
नायं लोकोअस्ती न पारो न सुखं संशयात्मन: ||४०||
योग सन्न्यस्तकर्माणम् ज्ञानसंछिन्नसंशयम् |
आत्मवन्तं न कर्माणी निबन्धन्ति धनन्जय ||४१||
तस्मादज्ञानसम्भुतं ह्रीत्स्थं ज्ञानासिनात्मन: |
छित्त्वैनं संशयम् योगमातिष्ठोत्तिष्ठ भारत ||४२ ||
यी कुराहरुलाई जानेपछी हे अर्जुन तिमीले यस प्रकारका मोहमा पर्ने छैनौ | हे अर्जुन ज्ञानव्दारा निशेष भावले सम्पूर्ण प्राणीलाई सर्बप्रथम आफ्नो अन्तरात्मामा देख्ने छौ | ततपश्चात म वासुदेव सच्चिदानन्दघन परमात्माको रुपमा देख्ने छौ | जिमात्मा र परमात्माको एकत्वभावको अनुभूत गर्ने छौ | हे अर्जुन ! यदि तिमि सम्पूर्ण पापीहरु भन्दा बढी पाप गर्ने वाला छौ भने पनि निश्चयनै ज्ञानरुपी डुंगाबाट सबै पापरुपी क्लेश्मय समुन्द्रबाट तर्न सक्ने छौ |हे अर्जुन ! जसरि दन्किरहेको अग्निले सबै किसिमका बस्तु र इन्धन जलाएर भष्म बनाउन सक्दछ | त्यसरी नै ज्ञानरूप अग्निले सबै कर्म बासनाका पापहरुलाई जलाएर भष्ममय पार्दछ | यस संसारमा ज्ञानसमान पवित्र निसन्देह अरु केहि छैन |जसले कर्मयोगव्दारा सिध्दी प्राप्त गरि शुध्दकारण भएको व्यक्तिले आफ्नो ज्ञानले स्वत: आफ्नो आत्मा साक्षात्कार भएको अनुभूति गर्दछ | इन्द्रीय नियन्त्रित बिषय बिकारबाट निबृत र ज्ञान प्राप्तिको साधना परायण श्रध्दावान व्यक्तिले मात्र ज्ञान प्राप्त गर्न सक्दछ | त्यस्ता व्यक्ति मात्रै तत्कालै भागवत प्राप्ति परम शान्ति प्राप्त गर्न सक्दछ |
विवेकहीन, श्रध्दारहित र शंकालु व्यक्ति परमार्थबाट भ्रष्ट हुन् जान्छ | यस्ता ससंकित प्रकृतिका मनुस्यको लागि न यो संसार छ, न त परलोक नै छ र शुख र आनन्द नै पाउन सक्दछ |हे धनन्जय ! जसको योगव्दारा समस्त कर्महरूलाई परमात्मामा समर्पण गरेका हुन्छन र ज्ञान र बिबेकव्दारा समस्त संशय र शंकालाइ नष्ट भएका छ यस किसिमको जितेंद्रिय आत्मवान व्यक्तिलाइ कर्महरुले बन्धन पार्न सक्दैन | त्यसै कारण हे भारतबंशी अर्जुन ! तिम्रो हृदयमा अबस्थित अज्ञानरुपी आफ्नो शंका संशयलाइ विवेक ज्ञानरुप तरवारले काटेर फाल | अत: कर्मयोगमा स्थित रहेर संशयरहित भै युध्दको लागि खडा भएर उठ !
ओम तत्स दिती श्रीमद् भगवद् गीतासुपनिषत्सु ब्रह्म बिध्यायां योगशास्त्रे श्री कृष्णार्जुन सम्बादे ज्ञान-कर्म- संयास्योगो नाम चतुर्थोअध्याय : |
श्रीमद्भगवद्गीता- अध्याय-५
अर्जुन उवाच :
संन्यासं कर्मणाम् कृष्ण पुनर्योगं च शंससी |
यच्छ्रेय एतयोरेकम् तन्मे ब्रुहि सुनिश्चतम ||१||
श्री भगवानुवाच
संन्यास: कर्मयोगश्च नि: श्रेयसकरावुभौ |
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिश्यते ||२||
ज्ञेय: स नित्यसंन्यासी यो न व्देष्टि न काङ्गक्षति |
निर्व्दन्व्दो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते||३||
साङ्गख्ययोगौ प्रिथग्बाला: प्रवदन्ति न पंडिता: |
एकमप्यास्थित: सभ्यगुभयोर्विन्दते फलाम् ||४||
यत्सांख्यै: प्राप्यते स्थानं तध्योगैरपि गम्यते |
एकं सांख्यम् च योगम् च य पस्यति स पस्यती||५||
भावार्थ: अर्जुनले बिन्ति गर्दछन ! हे कृष्ण हजुरले कर्मको परित्याग सन्यासको कुरा गर्नुहुन्छ र र पनि कर्मयोगको प्रसंशा पनि गर्नुहुन्छ | कर्मकै अनुष्ठान गर्ने कुरामा जोड दिनुहुन्छ | त्यसैले यी दुइमध्ये मेरो लागि उपयुक्त कल्याणकारी मार्ग बन्न सक्छ त्यसलाई भन्नुहोस | यो सुनेर भगवान श्री कृष्णले भन्नुहुन्छ: कर्म सन्यास र कर्मयोग यी दुवै परम कल्याणकारक छन् तर कर्मसंयास भन्दा निस्वार्थ निष्काम कर्मयोग नै श्रेष्ठ छ | हे महाबाहू अर्जुन जो पुरुष न कसैको व्देष रिसराग गर्छ न त कुनै कुराको आकांक्षी बन्दछ |त्यस्ता कर्मयोगी पुरुष सदैब सन्यासी नै ठहर्छन |रिस राग वदेश , सुख दुख र व्दंदरहित हुनाले त्यस्ता मनुष्य सुखपुर्बक संसारबन्धनबाट मुक्त हुन्छन |
अग्यानिजन सन्यास र कर्मयोगलाई बेग्लाबेग्लै फल दिने भनि बताउछन तर ज्ञानी पुरुष त्यसो भन्दैनन् किनकि यी दुइ मध्ये एकमा संयम भै स्थित भएमा दुबैको फलरुप परमात्मा प्राप्त हुन्छ |सान्ग्ख्ययोगका साधकहरु अर्थात ज्ञानयोगीहरुले परम धाम प्राप्त गर्दछन, त्यस्तै कर्मयोगीजनाले पनि उत्तिकै परमधाम प्राप्त गर्दछन |त्यसैले जो पुरुषले ज्ञानयोग र कर्मयोगलाइ एक समानरुपमा देख्दछ त्यो नै यथार्थ कुरा देख्दछ |
संयासस्तु महाबाहो दु:खमाप्तु मयोगत 😐
योगयुक्तो मुनिर्ब्रह्म नचिरेणाधिगच्छाति ||६||
योगयुक्तो विशुध्दात्मा विजितात्मा जितेंद्रिय |
सर्वभुतात्मभुतात्मा कुर्वन्नपि न लिप्यते ||७||
नैव किं चित्करोमिति युक्तो मन्येत तत्ववित् |
पश्यन्श्रीन्वस्प्रिश्न्जिघ्रन्नश्रन्गच्छन्स्वपन्श्वसन् ||८||
प्रलापन्विसृजन्गृव्हन्नुन्मिषन्नीमिषन्नपि |
इन्द्रियाणीन्द्रीयार्थेषू वर्तंत इति धारयन् ||९||
ब्रह्यन्याधाय कर्माणी संगंत्यक्त्वा करोति य:|
लिप्येते न स पापेन पद्मपत्रमिवाम्भ सा ||१०||
अर्थ : परन्तु हे अर्जुन ! कर्मयोग बिना कर्म परित्याग स्वरूप सन्यास अन्त्यन्त कठिन छ | निष्काम कर्मयोग गर्ने कर्मयोगिले मात्र शिघ्र परब्रह्म परमात्मालाइ प्राप्त गर्दछ | जसको मन आफ्नो वशमा छ जितेंद्रिय एवं विशुध्द अन्त:करण छ र सम्पुर्न प्राणीको आत्मारूप परमात्मा नै जसको आत्मा छ , यसकिसिमको कर्मयोगी कर्म गरिरहेको अबस्थामा पनि कर्ममा बाधिएको हुदैन | अर्थात लिप्त हुदैन |
तत्वबेत्ता युक्त पुरुष जसलाई सान्ख्ययोगी भन्दछु यिनीहरु सुत्दा, हेर्दा, खादा, पिउदा, हिडदा,हरेक इन्द्रियादी कर्म गर्दा पनि आफुलाई निशन्देह मैले स्वयं केहि कार्य गरिरहेको छैन र केहि गरेको पनि छैन भन्ने ठान्दछ |जो पुरुषले पर्ब्रह्म परमेश्वरमा आफ्नो सम्पूर्ण कर्महरूलाई अर्पण गरि आसक्तिलाई त्यागेर कर्म गर्दछ त्यो पुरुस पानीबाट कमलको पात स्पर्श्राहित भए झैँ पापमा लिप्त हुदैन अर्थात उसलाई प्रवाहित पार्क सक्दैन |
कायेन मनसा बुध्द्या केवलै रिन्द्रियैरपी |
योगिन: कर्मकुर्वन्ति सङ्गम् त्यक्त्वात्मशुध्दते || ११||
युक्त: कर्मफलंत्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् |
आयुक्त : कामकारेण फाले सक्तो निबध्यते ||१२||
सर्व कर्माणी मनसा संन्यस्यास्ते सुखं वशी |
नवव्दारे पुरे देहि निव कुर्वन्न कारयन् ||१३||
न कर्तृत्वं न कर्मणि लोकस्य सृजति प्रभु 😐
न कर्मफलसंयोगम् स्वभावस्तु प्रवर्तते ||१४||
नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभु: |
अग्यानेनावृतं ज्ञानं तेन मुह्यन्ति जनताव: ||१५||
अर्थ : कर्मयोगीहरुले केवल इन्द्रियव्दारा मन बुध्दी,आसक्ति,अभिमानहरुलाई त्यागेर आत्म शुध्दिकरणका लागि कर्म गर्दछन | कर्मयोगी पुरुष सम्पूर्ण कर्मको फललाई त्यागेर भागवतप्राप्तिरुप परम शान्ति प्राप्त गर्दछ | तर सकाम पुरुष भने कर्मफल भोगको आसक्तले कर्मबंधनमा बाधिन्छ | इन्द्रियादी जसको वशमा हुन्छ त्यस्तो शान्ख्ययोगको आचरण गर्ने व्यक्ति समस्त कर्मलाई त्याग गरि न त आफु स्वयम केहि गर्दछ न त इन्द्रियलाई कर्ममा लिप्त गराउदछ र नवव्दारवाला शरीर रुपी महलमा सबै कर्मलाई त्यागगारी आनन्दपूर्वक परमात्मा स्वरुपमा स्थित रहन्छ |
परमेश्वरले मनुस्यलाई न त कर्तापन, न त कर्म , न त कर्मफलको संयोजन रचना गरेका हुन्छन | यो स्वत प्रबृत रुपमा अर्थात मायाविरुपमा चलिराखेको हुन्छ |सर्वव्यापी परमेश्वरले न त कसैको पापकर्म र न त कसैको शुभ कर्म लाइ ग्रहण गर्नुहुन्छ | परन्तु ज्ञानलाई अज्ञानताले ढाकिरहेको हुनाले त्यस्ता कर्ममा अज्ञानी मनुष्य मोहित भएका हुन्छन |
ज्ञानेन तु तद्ज्ञानं येषां नाशितमात्मन: |
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तात्परम् ||१६||
तद्बुध्दयस्तदात्मानास्तन्निष्ठास्तत्परायाणा 😐
गच्छन्त्यपुनारावृत्तिम् ज्ञाननिर्धुतकल्मषा:||१७||
बिद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि |
शुनि चैव च्वापाके च पंडिता: समदर्शिन :||१८||
इहैव तैर्जित: सर्गो येषाम् साम्ये स्थितं मन: |
निर्दोषम् हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिता: ||१९||
न प्रहृष्येत्प्रियम् प्राप्य नोव्दिजेत्प्राप्य चाप्रियम् |
स्थिरबुध्दीरसम्मुढो ब्रह्मविद् ब्रह्मणि स्थित :||२०||
अर्थ: अन्तस्करणमा स्थित अज्ञानलाई परमेश्वरको तत्वज्ञानबाट नष्ट गरिएको हुन्छ र त्यस ज्ञानले सुर्यको समान त्यस आत्मतत्व परमात्मालाई प्रकाशित गर्दछ | जसको मन बुध्दी आत्मा र निष्ठा परमात्मामा एकीकृत भएको छ | यसरि परमात्मामा एकिभाव भै रहने व्यक्ति परमेश्वर कृपा ज्ञानले पापरहित भै परमगति प्राप्त गर्दछ | विध्दान ज्ञानी पण्डितजन बिद्या र विनयले भरिपूर्ण ब्राह्मण, गाइ, हाती कुकुर र चाण्डालमा समदर्शी वा समदृष्टीले हेर्ने गर्दछन | जसको मन एकत्व भाव अर्थात समभावमा निश्चल भएर रहेको हुन्छ तिनीहरुले जीवित अबस्था मै सम्पूर्ण संसारलाई वा जन्म बन्धनलाई जितिसकेका हुन्छन | किनभने पर्ब्रह्म परमात्मा निर्दोष र सम रहने हुदा तिनीहरु पनि पर्ब्रह्म परमात्मामा निश्चल अर्थात स्थित भै रहन्छन |जो व्यक्ति आफुलाई प्रिय बस्तु पाएर हर्षित र अप्रिय बस्तु पाएर दुखि हुदैन त्यो व्यक्ति मोह र सन्देहरहित ब्रह्मवेत्ता सरह पुरुष भै परमेश्वर परमात्मामा नै एकिकृतभावले सदा स्थित हुन्छन |
बाह्यस्पर्शेश्वसक्तात्मा विन्दत्यात्मनी यत्सुखम् |
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ||११||
ये हि संस्पर्शजा भोगा दु:खयोनय एव ते |
आध्यन्तवन्त : कौन्तेय न तेषु रमते बुध : ||२२||
शंकोतिहैव य: सोन्ढु प्राक्शरीरविमोक्षणात् |
काम क्रोधोभ्दवं वेगं स युक्त: स सुखी नर ||२३||
योअन्त सुखो अन्तरारामस्तथान्तर्ज्योतिरेव य: |
स योगी ब्रह्मनिर्वाणम् ब्रह्मभूतोअधिगच्छति ||२४||
लभन्ते ब्रह्मनिर्वाणमृषय: क्षीणकल्मषा 😐
छिन्नव्दैधा यातात्मान : सर्वभुतहिते रता :||२५||
अर्थ: जुनव्यक्ति बाहिरी बिषयगत आसक्तिहरुमा रहदैन, त्यस्ता ब्यक्ति ध्यानमग्न भैरहदा असिम आनन्द प्राप्त गर्दछ र त्यसपछि परब्रह्म समाधिरुप योगमा स्थित भै अक्षय सुख आनन्दको अनुभव गर्दछ | जुन इन्द्रिय र बिषयगत संयोजन ले उत्पन्न भएका सुख भोगहरु छन् ति सबै भोगमा भासिदै जान्छन र ति सबै दुखका कारण हुन् | यी सुख भोग क्षणिक र अनित्य छन् | हे कुन्तिपुत्र अर्जुन बुध्दिमान र विवेकी व्यक्ति परिणाम दुखित बनाउने क्षणिक सुखभोगमा रम्दैनन र आनन्दित पनि हुदैनन् | जो मानिस यस्लोकमा जीवित हुदासम्म काम क्रोधबाट उत्पन्न हुने वेगलाइ सहन गर्न सक्दछ वा सक्षम हुन्छ त्यही व्यक्ति योगी हो र त्यहि व्यक्ति सुखी पनि हो | जो व्यक्ति अन्तरआत्मामा न सुखको अनुभूति गर्दछ र त्यसैमा रमाउछ जसको आत्मा ज्ञानज्योति स्वरूप छ, यस्ता सांख्ययोगी सच्चिदानन्द पर्ब्रह्मा संग एकाभाव हुदै शान्त परब्रह्म स्वरूप बनेर निर्वाणरुप ब्रह्मानंद प्राप्त हुन्छ | जसको पापादी दोषहरु नष्ट भएका छन् जसको ज्ञानव्दारा संसय संदेहहरु हटेका छन् र सम्पूर्ण प्राणिको हितमा रत छन् जसको मन एकाग्रभावले परमात्मामा स्थित छ त्यस्ता ब्रह्मबेत्ता व्यक्ति शान्त ब्रह्मालाई प्राप्त गर्दछ |
कामक्रोधवियुक्तानां यतीनां यतचेतासाम् |
अभितोब्रह्मनिर्वाणं वर्तते विदितात्मनाम् ||२६||
स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुवान्तरे भ्रुवो 😐
प्राणापानौ समौ कृत्वा नासाभ्यांतरचारीणौ ||२७||
यतेंद्रिय मनोबुध्दिर्मुनिर्मोक्षपरायाण: |
विगतेच्छाभयक्रोधो य: सदामुक्त एव स: ||२८||
भोक्तारं यज्ञ तपसाम् सर्ब लोक महेश्वरम् |
सुहृदय सर्व भुतानाम ग्यात्वा शान्तिमृच्छति ||२९||
भावार्थ : जो व्यक्ति काम क्रोधबाट मुक्त छन् जसले मन बुध्दी चित्तलाई जितेका छन् र परमेश्वरलाई परमात्मालाई साक्षात्कार गरेका छन् त्यस्ता शिध्द ब्यक्तिलाई सबै तिरबाट निर्वाणस्वरूप शान्त पर्ब्रह्म परमेश्वररुपले परिपूर्ण रहन्छन | शब्द स्पर्शआदि बाहिरि भोग्य बस्तुलाइ अन्तस्करणबाट बाहिर निकाली अर्थात चिन्तनबाट मुक्त भै आँखाको दृष्टिलाई आँखी भौ को बिचमा स्थिर गरि नाकको भित्रि भागमा विचरण गर्ने उर्ध्वगामी प्राणवायु र अदोगामी अपांन वायुलाइ सम राखेर इन्द्रिय मन बुध्दीलाइ वशमा राखी इच्छा भय क्रोध सुन्य मोक्ष परायण व्यक्ति छ त्यो सदा मुक्त रहन्छ | मेरा भक्तले म बासुदेवलाइ सबै यज्ञ र तप भोग गर्ने भोक्ता समस्त लोकको महान इश्वर तथा समस्त प्राणिलाओ सुह्रिदय दयालु र प्रेमी हुन् भनि जानेर परम शान्ति प्राप्त गर्दछ |
इति पंचामोध्याय: |
श्रीमद्भगवद्गीता- अध्याय-६
भगवानुवाच !
अनाश्रित : कर्मफलम् कार्यं कर्म करोति य: |
स सन्नासी च योगी च न निरग्निर्न चाक्रिय : ||१||
यं सन्नासमिति प्राहुर्योगम् तं विध्दी पाण्डव |
न ह्यसन्न्यस्तसंकल्पो योगी भवति कश्चन ||२||
आरुरुक्षोर्मुनेर्योगम् कर्म कारणमुच्यते |
योगारुढ़स्य तस्यैव शम : कारणमुच्यते ||३||
यदा ही नेंद्रियार्थेषू न कर्मस्वनुषज्जते |
सर्व संकल्पसन्न्यासी योगारुढस्तदोच्यते ||४||
उध्दरेदात्मनात्मानम् नात्मानमवसादयेत |
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन : || ५||
भावार्थ : भगवानले भन्नुहुन्छ ! जो मनुष्य कर्मफलको इच्छा र चाहना नराखी कर्म कर्तब्य गर्दछ, त्यस्तो व्यक्ति वास्तविक योगी र सन्यास हो | खालि अग्निकर्म त्याग गर्ने सन्यासी हुन् सक्दैन र मात्र कर्म योग त्याग्ने योगी हुन् सक्दैन |हे अर्जुन ! जसलाई कर्मको त्यागरुप सन्यास हो भन्दछन त्यसलाई तिमि निष्काम कर्मयोग भनेर जान जसले संकल्प, इच्छा स्वार्थभाव सान्सारिक बासनालाइ परित्याग नगरेका व्यक्ति योगी होइन | योग साधनामा जान इच्छा राख्ने मननशिल व्यक्तिका लागि निष्काम कर्म गर्नु नै योगको प्राप्तिको साधन हो भनिएको छ | योगमा लिन भएको मनुष्यका लागि कर्मबाट निबृत र संकल्प परित्याग गर्नु नै कल्याणकारी साधन बताइएको छ | योगसाधनामा लिन भएको व्यक्ति इन्द्रियादी भोगमा आसक्त हुदैन र सम्पूर्ण संकल्प र कर्महरूलाई त्याग गरेको अवस्थालाई योगारुढ़ भनिन्छ | मानिस आफुले सांसारिक भवसागरबाट, अध-पतन हुनबाट जोगिएर आफैलाई उद्दार गरोस अर्थात जोगियोस | किनभने मानिसको आफु नै मित्रु हो भने आफु नै सत्रु पनि हो |
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जित: |
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ||६||
जितात्मन : प्रशान्तस्य परमात्मा समाहित: |
शितोष्णसुखदु:खेषु तथा मानापमानयो: ||७||
ज्ञानविज्ञानतृप्तात्मा कुटस्थो विजितेंद्रिय: |
युक्त इत्युच्यते योगी समलोष्टाश्मकान्चन ||८||
सुह्रिन्मीत्रार्युदासिनमध्यस्थव्देष्यबन्धुषू |
साधुश्वपि च पापेषु समबुध्दीर्विशिष्यते ||९||
योगी युन्जित सततमात्मानम् रहसि स्थित: |
एकाकी यतचीत्तात्मा निराशिरपरिग्रह : ||१०||
भावार्थ :जो जिवात्माले मन र इन्द्रियलाई वशमा राख्न सकेको छ त्यो आफु नै आफ्नो मित्र हो जसले मन र इन्द्रियलाई जित्न सकेको हुदैन त्यसको लागि स्वयं आफु नै शत्रु समान सत्रुभावमा रहने छ | जो पुरुष गर्मि जाडो र सुख दुख र मान अपमानमा पनि सदा शान्त रही उसको अन्तस्करणकका चित्त ब्रितिहरु शान्त एवं विक्रितिराहित भएका हुन्छन त्यस्ता चित्त्तात्माहरु ज्ञानमा सच्चिनन्द परमात्मा मा स्थित हुन्छन |जसको अन्तस्करण ग्यान विज्ञानले तृप्त हुन्छन जसको चित्त स्थित्ति बिकाररहित छ जितिन्द्रिय छ जसले संसारिक बस्तुलाई मुल्यहीन समान ठान्दछ त्यस्ता व्यक्तिले परमात्मालाई साक्षात्कार गर्दछ भनिएको छ | सबैलाई हित गर्ने मित्र बैरी, पक्षपात रहित, मध्यस्थ भाव राख्ने सबैलाई समान भाव राख्ने व्यक्ति नै सर्बश्रेष्ट योगी ठहर्छ | मन र इन्द्रियलाई वशमा राख्ने वाला, संग्रहरहित भै आत्माको निरन्तर परमेश्वरमा चित्त लगाइ ध्यान मग्न रहनु सच्चा योगीको कर्म हो |
शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मन : |
नात्युच्छ्रीतं नातिनिचं चैलाजिनकुशोत्तरम् ||११||
तत्रै कांग्र मन: कृत्वा यतचित्तेन्द्रियक्रिय: |
उपविश्यासने युज्ज्याध्योगमात्मविशुध्दये ||१२||
समं कायशिरोग्रिवं धारान्नचल स्थिर: |
सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशाच्श्वानवलोकयन् ||१३||
प्रशन्तात्मा विगतभीर्ब्रह्म चारिव्रते स्थित: |
मन: संयम्य मच्चितो युक्त आसित मत्पर: ||१४||
युन्जन्नेवं सदात्मनं योगी नियतमानस : |
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति ||१५||
नात्यन्श्रतस्तु योगोअस्ति न चैकान्तमनान्श्रत |
न चाती स्वप्नशिलस्य जाग्रतो नैव चार्जुन ||१६||
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु |
युक्तस्वप्नावबोधस्य योगो भवति दु:खहा ||१७||
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते |
नि: स्पृह: सर्वकामेभ्यो युक्त इत्युच्यते तदा ||१८||
यथा दीपो निवातस्ठो नेंगते सोपमा स्मृता |
योगिनो यतचित्तस्य युन्जतो योगमात्मन : ||१९||
यत्रो परमाते चित्तं निरुध्दं योगसेवया |
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनी तुष्यति ||२०||
भावार्थ:
कुश, मृगछाला र कपडा बिछ्याइएको पबित्र स्थानमा न त तल न माथि भएको स्थान बनाइ त्यस्तो आशनमा बसेर मनलाई एकाग्र बनाइ इन्द्रियाहरुलाई वशमा राखी अन्त्स्करणको शुध्दीको लागि योगाभ्यास गर्नु पर्दछ |सरिर शिर मेरुदण्ड र घाटिलाई शिधा अचालरुपमा राखेर आफ्नो नाकको अग्र भागमा दृष्टि दिदै अन्य दिशा तर्फ अबलोकन नगरिकन स्थिर शान्त भएर ध्यान माग्न हुनु पर्दछ |जो ब्रह्म चारी ब्रतमा छ जसको अन्तस्करण शान्त पबित्र बनाएर चित्ताब्रितिलाई नियन्त्रित गरि ममा चित्त लगाउदै मेरै परायण भै स्थिर बन | संयमित मन भएको आत्मालाई निरन्तर म अर्थात परमेश्वरको स्वरुपमा ध्यानमामाग्न हुदै जानाले ममा भएको परमानन्द परम शान्ति मिल्दछ | हे अर्जुन यो योग न त् धेरै खाने, न बिल्कुल नखानेलाइ, न त धेरै सुत्नेलाई, न त सदा जागा बस्नेलाई नै शिध्द हुन्छ | संयमित व्यक्तिले मात्र शिध्द गर्न सक्दछ | यथा योग्य आहार बिहार, कर्ममा यथा योग्य चेष्टा र यथायोग्य शयन र जागरण गर्ने व्यक्ति नै शिध्द हुने छन् |नियन्त्रित चित्त मन बुध्दी केवल आत्मामा सिमित हुनगई स्थिर बन्न पुग्दछ | निरासक्त ध्यानमा लिन भएको योग युक्त बन्दछ |जसरी हावा नचलेको स्थानमा दियो चलायमान हुदैन त्यसै गरि परमात्मा उपमा ध्यानमा निमग्न भै चित्तलाई आफ्नो वशमा राख्न सक्ने योग पुरुष भन्दछु |योग अनुष्ठान व्दारा बाहिरि ब्रितिबाट निरुध्द भएको चित्त माथि उठदछ र सो अबस्थामा साधक समाधिबाट परमात्माको ध्यानले शुध्द भएको ज्ञानले परमात्माको साक्षात्कार हुन् पाउदछ र सच्चिदानन्दमा सन्तुष्टि भै आफुमा तृप्त भै आनन्द प्राप्त गर्दछ |
सुखमात्यन्तिकं यत्तद् बुध्दी ग्राह्यमतिन्द्रियम् |
वेत्ति यत्रा चैवायं स्थीतश्चलति तत्त्वत: ||२१||
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं तत: |
यस्मिन्स्थितो न दु:खेन गुरुणापि विचाल्यते ||२२||
तँ बिद्याद् दु:खसंयोगवियोगं योगसंज्ञितम् |
स निशचायेन योक्ताव्यो योगोअ निर्विन्नचेतासा ||२३||
संकल्पप्रभावान्कामान्स्त्यक्त्वा सर्वानाशेषत:|
मनसैवेन्द्रियाग्रामं विनियम्य समन्तत: ||२४||
शनै शनैरुपरमेद् बुध्या धृतिगृहितया |
आत्मसंस्थं मन: कृत्वा न किन्चिदापी चिन्तयेत् ||२५||
भावार्थ :
इन्द्रियको पहुच भन्दा परको केवल सुक्ष्म बुध्दी अंतर्ज्ञानव्दारा ग्रहण गर्न योग्य अनन्त एबम आनन्द छ, त्यस आनन्दमय अबस्थामा अनुभूति गर्दछ र त्यसै अबस्थामा स्थिर रही योगी परमात्मा स्वरूपबाट बिचलित हुदैन |
यस प्रकारको परम आनन्द प्राप्त गरिसकेपछि अर्को कुनै पनि लाभलाई सो भन्दा बढी लाभ हो भनि ठान्दैन र परमात्मा स्वरूप प्राप्त भएपछी कठोर दुखले पनि बिचलित हुन् सक्दैन | जसले सांसारिक बिषयको संसर्गबाट उत्पन्न दुखको संयोगबाट छुटाउछ यसैको नाम योग तत्व हो |यो योगको अभ्यास बिचलित नभैकन उत्साह युक्त चित्तले दृढ निश्चयका साथ् गर्नु कर्तब्य हो | संकल्पबाट उत्पन्न हुने सम्पूर्ण कामनाहरु निशेष रुपले त्याग गरेर मनले सबै प्रकारले इन्द्रियको समुदायको समययता पुर्बक रोकेर योगाभ्यास गर्नु पर्दछ |चंचल मन जो स्थिर रहन सक्दैन जो श्ब्दादी बिषयहरुमा संसारमा विचरण गर्दछ, त्यस बिषयलाई हटायर परमात्मामा चित्त लगाएयोस |
यतो यतो निश्चरति मनश्चन्चलमस्थिरम् |
ततस्त्तो नियम्यैतदात्मन्येव वंश नयेत् ||२६||
प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् |
उपैति शान्तारजसं ब्रह्मभूतमकल्मषम् ||२७||
युन्जन्नेवं सदात्मानं योगी बिगतकल्मष : |
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ||२८||
सर्बभुतस्थमात्मानं सर्वभुतानि चात्मनि |
इक्षते योगयुक्तात्मा सर्वत्र समदर्शन : ||२९||
यो माँ पश्यति सर्वत्र सर्व च मयि पश्यति |
तस्याहं न प्रणस्यामि स च मे न प्रणश्यति ||३०||
भावार्थ : यो चंचल र अस्थिर मन जता संसारिक मोहमा विचरण गर्दछ | त्यताबाट बिषयगत कुराबाट खिचेर वशमा राखी पटक पटक आत्मा परमात्मामा लिन वा आकर्षक गर्नु पर्दछ |जसको मन स्थिर र शान्त भएको हुन्छ जो बासनामय मलपापबाट मुक्त छ, जसको राजोगुन शान्त भैसकेको छ यसकिसिमको ब्रह्ममय बनेर सचिदानन्द ब्रह्मको साथ् एकोभाव भएको योगीलाइ मात्र सर्वोचचा सुख र आनन्द प्राप्त हुन्छ |
समस्त पापरहित निष्पाप योगी निरन्तर योगबाट आत्मालाई परमात्मामा समाहित गर्दै सुखपुर्वक पर्ब्रह्मा परमात्माको सम्पर्कबाट प्राप्त हुने परमसुख आनन्दको अनुभूति गर्दछ | योगव्दारा आत्मा परमात्मा मा एकोभाव भएको छ जो सबैमा सम्भावाले रहेको देख्दछ र भेद्दृष्टि गर्दैन यस्तो सिद्दीयोगी सबै प्राणि हरुलाई आत्मामा स्थित भएको देख्दछ |जो पुरुष सबै ठाउहरुमा सबै प्रानिहरुमा सबिको आत्मरूप म (बासुदेव/ कृष्ण ) लाइ देख्दछ र समस्त प्रानिहरुमा म एकिभावाले म अन्तर्गत देख्दछ त्यसको लागि म अकिल्यै अदृश्य हुन्न | त्यो पनि मेरोलागि परोक्ष वा अदृश्य हुदैन |
सर्वभुतस्थितं यो मां भाजत्येकत्वमास्थित: |
सर्वथा वर्तमानोअपि स योगी मयी वर्तते ||३१||
आत्मौपम्येन सर्वत्र समं पश्यति योअर्जुन |
सुखं वा यदि वा दु:खं स योगी परमोमत : ||३२||
अर्जुन उवाच
योअयं योगस्त्वया प्रोक्त: साम्येन मधुसुदन |
एतस्याहं न पश्यामी चंचलात्वात्स्थितिं स्थिराम ||३३||
चन्चलं हि मन: कृष्ण प्रमाथि बल्वाद्दृढम् |
तस्माहम् निग्रहं मान्य वायोरिव सुदुष्करम् ||३४||
श्री भगवानुवाच
असंशयं महाबाहो मानो दुर्निग्रहम् चलम् |
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ||३५||
भावार्थ : जो पुरुष एकोभावमा स्थित भै समस्त प्रानिहरुको हृदयमा अबस्थित म बासुदेब परमेश्वरलाइ भजन गर्दछ वा उपासना गर्दछ त्यस्ता योगी अर्थात मेरा अनुयायी सबै प्रकारका क्रियाशिलामा रहेर पनि सदा ममा नै स्थित रहेका हुन्छन | हे अर्जुन जो योगी सुखमा होस् वा दुखमा होस् आफ्नै सरह सुख दुख मान्दछ र सम्पूर्ण जनालाई समभाव दृष्टिले हेर्दछ र महसुस गर्दछ त्यो व्यक्तिलाइ नै सर्बश्रेष्ठ मानिन्छ | अर्जुनले बिन्ति गर्दछन : हे मधुसुदन हजुरले समभाव रुप योगको बारेमा बताउनु भयो मनको चंचलता ले गर्दा म यस योगमा स्थिर र अचल रहने अबस्था मैले देख्दिन | किनकि हे श्रीकृष्ण ! यो मन बडा चंचल, प्रमथनशिल स्वभाव, दृढ र बलवान छ त्यसैले यसलाई वशमा गर्न र रोक्न भनेको त बायुलाई वशमा गर्नु जस्तै दुष्कर र कठिन छ भन्ने ठान्दछु | भगवान श्री कृष्ण बताउनु हुन्छ: हे महाबाहो अर्जुन, निशन्देह मन ज्यादै चंचल र कठिनापुर्बक बंशमा हुने वाला छ | तर हे अर्जुन निरन्तर अभ्यास वा बैरागीव्दारा मनलाई बश र निग्रह गर्न सकिन्छ |
असंयतात्मना योगो दुष्प्राप इति मे मति: |
वश्यात्मना तु यतता शक्योअ वाप्तुमुपायत:||३६||
अर्जुनोवाच
अयती: श्रध्दयोपेतो योगाच्चालितमानस |
अप्राप्य योगसंसिध्दिं कां गतिं कृष्ण गच्छति ||३७||
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति |
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मण: पथि ||३८||
एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषत: |
त्वदन्य: संशयस्यास्य छेत्ता न ह्युपपध्यते ||३९||
श्रीभगवानुवाच :
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विध्यते |
न हि कल्यानाक्रित्कच्श्रीददुर्गतिं तात गच्छति ||४०||
भावार्थ: आफ्नो मनलाई वशमा राख्न नसक्ने व्यक्तिले योग प्राप्त गर्न समर्थ हुदैन अर्थात कठिन हुन्छ | तर मनलाई बन्शिभुत छ र स्वाधीन मन भएको प्रयत्नशील व्यक्तिले साधनाबाट योग प्राप्त गर्न सक्छ भन्ने मेरो धारणा छ | अर्जुनले भन्नु हुन्छ हे कृष्ण ! जो पुरुष योगमा श्रध्दा राख्दछ तर योगसाधनामा संयम अप्नाउदैन उसको मन बिचलन भएको व्यक्तिलाइ योगको सर्बोच्च सीध्दी भगवान साक्षात्कार हुन् सक्दैन, यस्तो व्यक्तिलाई कस्तो गति प्राप्त होला ?
हे शक्तिशाली बाहु भएका श्रीकृष्ण भगबत प्राप्त मार्गमा मोहित र आश्चर्यबिहिन व्यक्ति फाटेको बादल जस्तै छिन्न भिन्न ग्यान मार्ग र कर्म मार्गबाट नष्ट भ्रष्ट हुदैन र ? हे कृष्ण मेरो सन्देहहरुलाई सम्पूर्णरुपमा हटाउन हजुरनै योग्य र समर्थ हुनुहुन्छ | किनकि तपाइँ बिना अर्को कसैबाट यस शंदेहलाइ मेटाउन सक्ने ब्यक्तित्व प्राप्त गर्न सम्भव छैन | भगवान श्रीकृष्णले भन्नुहुन्छ : हे अर्जुन त्यस्ता पुरुषको न यस लोकमा बिनास हुन्छ न त परलोकमा नै | किनकि हे प्रिय अर्जुन ! जसले आत्मा उद्दार कल्याणकारीको लागि अर्थात भागवतप्राप्तिको लागि जसले कर्म गर्दछ त्यस्ता पुरुषको दुर्गति प्राप्त हुदैन |
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वती: समा: |
शुचिनां श्रीमतां गेहे योगभ्रष्टोअभिजायते ||४१||
अथवा योगिनामेव कुले भवति धिमताम् |
इतध्दी दुर्लभतरं लोके जन्म यदिदृशम् ||४२||
तत्र तं बुध्दिसंयोगं लभते पौर्वदेहिकम् |
यतते च ततो भूय : संसिध्दौ कुरुनन्दन ||४३||
पूर्वाभ्यासेन तेनैव हृयतेह्यावशोअपि स: |
जिज्ञासुरपी योगस्य शब्दब्रह्मातिवर्तते ||४४||
प्रयन्ताध्यतामानस्तु योगी संशुध्दकिल्बिष |
अनेकजन्मसंसिधास्ततो याति परां गतिम् ||४५||
भावार्थ : जो व्यक्ति योग भ्रष्ट भै बिचलन भै सफलता प्राप्त गर्न सकेको छैन त्यस्तो व्यक्ति पुन्यकर्मलोकमा पुगेर धेरै बर्षसम्म भोग गर्दछ र भोग क्षय पश्चात पवित्र आत्मा भएको घरमा जन्म लिन पाउदछ | अर्थात ग्यान सम्पन्न योगिहरुको कुलमा जन्म लिन पाउदछ , तर यस प्रकारको जन्म त्यो यस लोकमा अन्तन्तै दुर्लभ मानिन्छ | यस कुलमा जन्मेपछि उसले पुर्बजन्ममा संचय गरेको बुध्दी संयोग सम्बुध्दिरूप योगको संस्कार अनायासै प्राप्त हुन्छ | पुर्ब संस्कारको प्रभावले फेरी उसले परमात्मा प्राप्ति सिध्दिको लागि पहिले भन्दा बढी प्रयत्नशील हुने छ |योगमा बिचलन भएको भए पनि पुर्बजन्ममा गरेको अभ्यासले निसन्देह योग्भ्यासमा आकर्षित हुन्छ र सम्बुध्दी योगका जिज्ञासु सकाम कर्मोफललाइ अतिक्रमण गर्दछ | परन्तु प्रयन्तपुर्बक अभ्यास गर्दै गरेमा अनेक जन्ममा संचित संस्कारले सिध्दी प्राप्त गरेर सम्पूर्ण पापबाट मुक्त भै परमगति प्राप्त गर्दछ |
तपस्विभ्योअधिको योगी ज्ञानिभ्योअपि मतोधिक: |
कर्मिभ्यश्चाधिको योगी तश्माध्योगी भवार्जुन ||४६||
योगिनामापी सर्वेषां मग्दगतेनान्तरात्मना |
श्रध्दावान्भाजाते यो मां स मे युक्ततमो मत: ||४७||
भावार्थ : योगी पुरुष तपस्वी र शास्त्र ग्यानिहरु भन्दा श्रेष्ट मानिएको छ र सकाम गर्नेहरु भन्दा पनि योगी श्रेष्ठ छ त्यसैले हे अर्जुन तिमि योगी होउ | सम्पूर्ण योगीहरू मध्ये जो योगी म मा समाहित भै अन्तरआत्माले मलाइ निरन्तर भज्दछ त्यो योगी मेरा लागि परम श्रेष्ठ मानिन्छ |
ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीक्रिश्नार्जुं सम्बादे आत्मसंयाम्योगो नाम षष्टोअध्याय ||६||
श्रीमद्भगवद्गीता- अध्याय-७
श्री भगवानुवाच
मय्यासक्तमना पार्थ योगं युन्जन्मदाश्रय : |
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छ्रीणु ||१||
ज्ञानं तेअहं सविज्ञानमिदं वक्ष्यामयशेषत : |
यज्ज्ञात्वा नेह भुयोअन्यज्ज्ञाताव्यमवशिष्यते ||२||
मनुष्याणाम् सहस्रेशु कश्चीध्यतति सिध्दये |
यततामपि सिध्दानां कश्चीन्मां वेत्ति तत्वत ||३||
भुमिरापोअनलो वायु: खं मानो बुध्दिरेव च |
अहंकार इतियं मे भिन्ना प्रकृतिरष्टधा ||४||
अपरेयमितस्त्वन्यां प्रक्रितिं विध्दि मे पराम् |
जिवभुता महाबाहो ययेदं धार्यते जगत् ||५||
भावार्थ : भगवान श्रीकृष्णले भन्नु हुन्छ – हे पार्थ म मा अनन्य प्रेमले मेरै परायण भै दत्तचित्त भएर योग साधनामा लागेका तिमि निसन्देह जुन प्रकारले सम्पूर्ण विभूति, बल एश्वर्यहरुको गुणले मलाइ जान्ने छौ त्यो समग्र ग्यानलाइ तिमिले सुन | म तिमीलाई बिज्ञानसहित यो आत्मतत्वज्ञान समग्र रुपमा बताउछु |जसलाई जाने पछि फेरी यो जगतमा जान लायक केहि बाकि रहने छैन |हजारौ मानिसहरुमा कोइ एक मात्र मलाइ प्राप्त गर्नको लागि प्रयास गर्दछ र टी प्रयन्त गर्ने महात्माहरु मध्ये कोइ एक मात्र मलाइ यथार्थरुपले जान्दछ \पृथ्वी जल अग्नि वायु आकाश मन बुध्दी र अहंकार समेत गरि आठ प्रकारका जड प्रकृति छन् | यी मेरा आठ प्रकारका जड प्रकृति हुन् \ हे महाबाहो ! यस भन्दा पर अर्को जिवरुपा मेरो परा (चेतन) प्रकृति छ भन्ने जान जुन परा चेतन प्रकृतिबाटै समस्त जगत धारण गरिन्छ \
एतध्योनीनि भुतानि सर्वाणीत्युपधारय |
अहं कृत्स्रस्य जगत: प्रभव: प्रलायस्तथा ||६||
मत्त: परतरं नान्यत्किंचिदस्ती धनन्जय |
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ||७||
रसोअहमप्सु कौन्तेय प्रभास्मि शशिसुर्ययो: |
प्रणव: सार्ववेदेशु शब्द: खे पौरुषम् नृशु ||८||
पुन्यो गन्ध: प्रिथिव्यां च तेजश्चास्मि विभावसौ |
जिवनं सर्वभुतेशु तपश्चास्मि तपस्वीशु ||९||
बिजं मां सर्वभुतानाम् विध्दी पार्थ सनातनम् |
बुध्दिर्बुध्दीमतामस्मी तेजस्तेजस्विनामहम् ||१०||
भावार्थ : हे महाबाहो समस्त भुतप्राणि परा र अपरा प्रकृतिका कारणहरुबाट नै बाट उत्पन्न भएका हुन् | समस्त जगतको उत्पत्ति र संहार गर्ने पनि मै हु, तिमीले यो कुरा जान | हे धनन्जय म भन्दा अर्को कुनै परम कारण छैन | समस्त जगतलाइ एक सुत्रमा धागोले उनिएको मणिजस्तै म मा नै उनिएको छ | हे अर्जुन ! म जलमा रस(स्वाद) हुं | चन्द्रमा र सुर्यमा प्रकाश हु | सम्पूर्ण बेदमा ओमकार हु, आकाशमा शब्द हू, मनुस्यमा पुरुषत्व (सामर्थ) हु | म पृथ्वीमा पवित्र सुगन्ध हुँ, अग्निमा तेज म हुँ, सम्पूर्ण भुत अर्थात प्रानिहरुमा प्राण हुं र तपस्विमा म तप पनि हु | हे अर्जुन ! समस्त प्राणीहरुको सनातन बिज हुम, बुध्दिमानको बुध्दी र तेजस्विको तेज पनि हुम भनेर मलाइ जान |
बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुध्दो भुतेषू कामोअ श्मि भारतर्षभ ।।११।।
ये चैव सात्त्विका भावा राजासास्तामसाश्च ये ।
मत्त एवेति तान्विध्दी न त्वहं तेषु ते मयि ।।१२॥
त्रिभीर्गुणमयैर्भावैरेभी: सर्वमिदम् जगत् ।
मोहितं नाभिजानाती मामेभ्य: परमब्ययम् ।।१३॥
दैवी ह्येषा गुणमयी मम माया दुरात्यया ।
मामेव ये प्रपध्यन्ते मामामेतां तरन्ति ते ।।१४॥
न मां दुष्कृतिनो मूढा : प्रपध्यन्ते नराधमा : ।
माययापहृतज्ञाता आसुरं भावमाश्रिता : ।।१५॥
भावार्थ :
हे भारत श्रेष्ठ अर्जुन ! म बलवान शक्तिशालीहरुका आसक्ति र कामनारहित बल र शक्तिको सामर्थ हुं र समस्त प्राणीहरुमा धर्म र शास्त्रहरुको अनुकुल काम र लालसा हुम् । जो सत्व गुणबाट उत्पन्न हुने सात्विक भाव छन्, रजोगुण र तमोगुणबाट उत्पन्न हुने राजस, तामस भावहरु छन् ति सबै म बाट उत्पन्न भएको कुरा जान । परन्तु बास्तबमा म ति भावको बसमा छैन र ति गुणहरु ममा छैनन् अर्थात मेरा अधिनमा छन् । सत्व, रजो र तमो गुणहरुको भावबाट यो सारा संसार प्रानिजगत मोहित भैरहेका छन् । त्यसैले कसैले पनि तिनै गुण हरुभंदा पर अविनासी भनेर मलाइ जान्दैनन् । किनकि यी अलैकिक त्रिगुणमयी मेरा माया अन्त्यन्त दुरुस्त छन् । परन्तु जो व्यक्ति केवल मलाइ मात्रै भज्दछ, मेरा शरणमा आउदछ, त्यसले मात्रै तिनिहरुले मात्रै यी मायावी भावबाट पार पाउदछ, मुक्त हुन्छन । मायाव्दारा जसको ग्यान नाश भएको छ, जसले आसुरिभावलाइ धारण गरेको छ । जसले निच र दुष्कर्म गर्ने मोहमा परेको छ त्यस्ता मानिसहरु मेरा शरणमा पर्दैनन र मलाइ भज्दैनन ।
चतुर्विधा भजन्ते मां जना: सुकृतिनोअर्जुन ।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।।१६॥
तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते ।
प्रिय हि ज्ञानिनोअ त्यार्थमहं स च मम प्रिय : ।।१७॥
उदारा: सर्व एवैते ज्ञानी त्वात्मेव मे मतम् ।
आस्त्थित: स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ।।१८ ।।
बहुनां जन्मनामन्ते ज्ञानवान्मां प्रपध्यते ।
वासुदेव: सर्व्मिति स महात्मा सुदुर्लभ : ।।१९ ।।
कामैस्तैस्तैरहृताज्ञना: प्रपध्यन्ते अन्यदेवता : ।
तं तं नियममास्थाय प्रक्रित्या नियता: स्वया ।।२०।।
भावार्थ : हे भारतबंशीय श्रेष्ठ अर्जुन ! (अर्थार्थी,) धन सम्पतिको लागि, संकट निवारणको लागि, (जिज्ञासु) भागवत खोजीको लागि, र मलाइ यथार्थ रुपमा बुझेको ज्ञानी, यी चार प्रकारका भक्तजनले मेरो आराधना गर्दछन ।
यी चार थरि मध्ये नित्य मेरो एकोभावाले भक्ति गर्ने ज्ञानी भक्त अति उत्तम हो । किनकि जो अनन्य भक्तिभावले ।।मलाइ प्रेम गर्दछ र जान्दछ । यस्ता ज्ञानीपुरुषको म अन्त्यन्त प्रिय छु । र ति ज्ञानी पनि मेरा अति प्रिय छन् । यी चारै प्रकृतिका मनुस्य असल चित्त र उदार छन् तर ज्ञानिभक्त चाहि मेरो आत्मा स्वरुप हो । अनेक जन्म- जन्मान्तरको अन्त्यमा तत्वज्ञान प्राप्त मनुष्य परमेश्वर परमात्मा बासुदेव नै सबै हुनुन्हुन्छ भनि मेरो शरणागत हुन्छ । तर यस्तो ज्ञानवान ज्ञानी पाउन अन्त्यन्त दुर्लभ छ । बिशय भोगहरुको कामनाव्दारा विवेकज्ञान हराएका आफ्नो स्वभावले प्रेरित भएर उनका नियम धारण गरेर अन्य देवताहरुको पुजा आराधना गर्दछन ।
यो यो यां यां तनुं भक्त : श्रध्दयार्चितु मिच्छति ।
तस्य तस्याचलां श्रध्दां तामेव विद्धाधाम्यहम् ।।२१॥
स तया श्रध्दया युक्तस्तस्याराधनमिहते ।
लाभाते च तत: कामान्मयैव विहितान्हि तान् ।।२२॥
अन्तवत्तु फलं तेषां तभ्दवत्यल्पमेधसाम् ।
देवान्देवयजो यान्ति मभ्दक्ता यान्ति मामपि ।।२३॥
अब्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुध्दय: ।
परं भावमजानन्तो ममाव्यय मनुत्तमम् ।।२४॥
नाहं प्रकाश : सर्वस्य योगमायासमावृत :।
मुढोअ यं नाभिजानाति लोको मामजमव्ययम ।।२५॥
वेदाहं समतीतानी वर्तमानानिं चार्जुन ।
भाविष्याणि च भूतानी मां तु वेद न कश्चन ।।२६॥
इच्छाव्देषसमुत्थेन व्दंदमोहेन भारत ।
सर्वभूतानी सम्मोहं सर्गे यान्ति परन्तप ।।२७॥
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम् ।
ते व्दन्दमोहनिर्मुक्ता भजन्ते मां दृढव्रता: ।।२८।।
जरामरणमोक्षाय मामाश्रीत्य यतन्ति ये ।
ते ब्रह्म ताव्दिदु: क्रित्स्रामध्यामं कर्म चाखिलम् ।। २९॥
साधि भुताधिदैवं मां साधियज्ञम् च ये विदु: ।
प्रयाणकाले अ पी च माम् ते विदुर्युक्तचेतस :।।३०॥
भावार्थ: जो जो सकाम भक्तजन छन ति भक्तजनले जुन जुन देवताको स्वरुपलाइ श्रध्दाले पुजन गर्दछन तिनै देवताप्रति म ति भक्तजनलाई अटल श्रध्दा स्थिर गर्न चाहन्छु । त्यस व्यक्तिले श्रध्दाले युक्त भै त्यस देवको पुजन गर्दछ र उस देवबाट पनि मेरै बिधान अनुसार उसको इच्छित भोगको फल निश्चित रुपमा पाउदछ । परन्तु अल्पबुध्दी भएका तिनीहरुको त्यो फल क्षणिक र नास्वान हुन्छन । ति देवताको आराधना पुजा गर्ने भक्तहरु तिनै देवतालाई पाउदछन । मेरा भक्त जसरि मलाइ भजे पनि अन्तमा मलाइ नै पाउदछन । बुध्दिहीन मनुष्य हरु मेरो सर्बोत्तम अविनासी परमभावलाइ जान्दैनान र तिनिहरुले मलाइ मन इन्द्रियदेखि पर परमात्माको ( अव्यक्त अप्रकाश नै) मनुश्यभाती जन्मेको ब्यक्तिभाबको प्राप्त भएको मान्दछन । आफ्नो योगमायाबाट लुकिएको म सबैसंग प्रत्यक्ष हुन् सक्दिन । त्यसैले यी अज्ञानी जनसमुदाय मलाइ अजन्मा अबिनाशिनी परमेश्वर मान्दैनन । अर्थात मनिश्य सरह हुन् भन्ने भ्रममा छन् । हे अर्जुन म यी समस्त प्रानिहरुलाइ जान्दछु जो पहिले भैसकेका छन् जो अहिले छन् र भविष्यमा हुनेवाला छन तर मलाइ भने कसैले चिन्दैनन र जान्दैनन् । हे भारत बंशीय अर्जुन संसारमा इच्छा र व्देषबाट उत्पन्न हुने सुख र दुख व्दंदरूप मोहको कारणले समस्त प्राणीहरु उत्पन्न हुनासाथ सम्मोहनमा परेर अज्ञानता प्राप्त गर्दछन । परन्तु राम्रो र पवित्र कर्म गर्ने जसको पाप नष्ट भएको छ र तिनीहरु सुख दुखको व्देष राग र मोहबाट मुक्त भै निर्भयले मेरो भजन गर्दछन । जो मेरा शरणमा आइ जन्म मरण बाट छुटकारा पाउन प्रयास गर्दछन ति पुरुष ब्रह्म, सम्पूर्ण अध्यात्म र कर्मलाइ जान्दछन ।जो मनुष्यले अधि भुत र अधी देव र अधि यज्ञसहित मलाइ जान्दछन । ममा चित्त समाहित भएका ति मनुष्यहरु अन्तकाल ( प्राण जाने क्षण ) पनि निश्चय मलाइ जानि रहन्छन ।
ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीक्रिश्नार्जुं सम्बादे ज्ञानबिज्ञानयोगे नामसप्तमो अध्याय ||
श्रीमद्भगवद्गीता- अध्याय-८
अर्जुन उवाच :
किं तदब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम |
अधिभुतं च किं प्रोक्तमधिदैवं किमुच्यते ||१||
अधियज्ञ : कथं कोअ त्र देहेअस्मिन्मधुसुदन |
प्रयाणकाले च कथं ग्येयोअसी नियतातमभि : ||२||
श्री भगवानुवाच :
अक्षरं ब्रह्म परमं स्वभावोअ ध्यात्ममुच्यते |
भुताभावोभ्दवकरो विसर्ग: कर्म संगयत : ||३||
अधिभुतं क्षरो भाव: पुरुषश्चाधिदेवतम् |
अधि यज्ञोअहमेवात्र देहे देहाभ्रीतां वर् ||४||
अन्ताकाले च मामेव स्मरंमुक्ता कलेवरम् |
य: प्रयाति स मभ्दावं याति नास्त्यत्र संशय: ||५||
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् |
तं तमेवैती कौन्तेय सदा ताभ्दावभावित : ||६||
तस्मात्सर्वेशु कालेशु मामनुस्मर युध्य च |
मय्यर्पितमनोबुध्दिर्मामे वैश्यस्यसंशयम् ||७||
अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना |
परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन् ||८||
कविं पुराणमनुशासितार मनोरनियां समनुस्मरेध्य |
सर्वस्य धातारमचिन्त्यरूपमादित्यबर्णम् टमस: परस्तात् ||९||
प्रयाणकाले मनसाचलेन भक्त्या युक्तो योगबलेन चैव |
भुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैति दिव्यम् ||१०||
भावार्थ : अर्जुनले बिन्ति गर्नु हुन्छ ! हे पुरुषोत्तम, यो वह ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत कसलाई भनिएको हो ? र अदिदेव कसलाई भनिन्छ ? अधियज्ञ के हो ? यो यहा यस देहमा कसरि रहन्छ ? र संचित चित्त भएका ज्ञानी पुरुषव्दारा अन्तकालमा कुन प्रकारले तपाईलाई जान्न र अनुभूति गर्न सकिन्छ ?
भगवान श्री कृष्ण भन्नु हुन्छ !
परम अक्षर अनश्वरतत्व सर्बोच्च ब्रह्म हो | जिवात्मको आफ्नो स्वभावरूप आत्म रुपलाई अध्यात्म भनिन्छ | प्राणीहरुको भौतिक सरिरको भावलाई उत्पन्न गर्ने सृजशील शक्ति नै कर्म हो | नाशवान तथा परिवर्तनशील सबै पदार्थ अधिभूत हुन हिरण्यगर्भ ब्रह्मा र बिराटपुरुष हरु अधिदैव हुन् | देहाधारिमा श्रेष्ठ अर्जुन ! यो शरीर रुपी प्राणीमा अंतरयामिरुपले रहने म (बासुदेव ) नै अधियज्ञ हुम | त्यसरी नै जो पुरुष अन्तकालमा अर्थात मरणसमयमा मेरो नामले मलाइ स्मरण गरेर शरीर त्याग गर्दछ त्यो मनुष्य मेरै स्वरुपलाई प्राप्त गर्दछ यसमा कुनै संशय छैन | हे कुन्तिपुत्र अर्जुन ! जुन जुन मनुष्यले अन्तकालमा जुन जुन कुराको स्मरण गर्दै सम्झन्छ र आफ्नो सरिर त्याग गर्दछ | उसको भावानुसार परलोकमा प्राप्त गर्दछ | त्यसैले हे अर्जुन ! सबै समयमा मलाइ स्मरण गरिरहू र युध्द पनि गरि आफ्नो कर्तब्य पालन गर | म मा एकाग्र भै मन बुध्दी र समर्पण गर्ने तिमीले मलाइ नै निशन्देह प्राप्त गर्ने छौ | अभ्यास नियमानुसार योगमा संलग्न भएर एकाग्र चित्त भै मनुष्यले परमेश्वरको चिन्तन ध्यान गर्नाले त्यस्ता पुरुषले प्रकाश स्वरूप परमेश्वरलाई नै प्राप्त गर्दछ | जसले सर्बग्य कबि, पुरातन, अनुशासन, सुक्ष्म भन्दा सुक्ष्म सबैको धारण गर्न पालन पोषण गर्ने अचिंत्य स्वरूप, सुर्यकै समान चेतन प्रकाश स्वरूप र अबिध्यारूप तम भन्दा अतिपरका शुध्द सच्चिदानन्द परमेश्वरलाइ स्मरण गर्दछ उनैलाई प्राप्त गर्दछ |त्यो मनुष्य जसले अन्तकालमा योगशक्तिव्दारा नै आफ्नो प्राणलाई अखिभौ को माझमा राम्ररी स्थापित गरेर अचल मनले स्मरण गरेर ध्यान गर्दछ उसले दिब्य रुप परम पुरुष परमात्मालाई नै प्राप्त गर्दछ |
यदक्षरं वेदविदो वदन्ति विशन्ति यध्यतयो वितरागा: |
यदिच्छन्तो ब्रह्मचर्य चरन्ति तत्ते पदं संग्रेण प्रवक्ष्ये ||११||
सर्वव्दाराणी संयम्य मनो हृदि निरुध्य च |
मूर्ध्न्याधायात्मन: प्राणमास्थितो योगधारणाम् ||१२||
ओमित्यकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् |
य: प्रयाति त्यजन्देहं स याति परमां गतिम् ||१३||
अनन्यचेता: सततं यो मां स्मरती नित्यश: |
तस्याहं सुलभ: पार्थ नित्ययुक्तस्य योगिन:||१४||
मामुपेत्य पुनर्जन्म दुखालयमाशाश्वतम् |
नाप्नुवान्ति महात्मान: संसिध्दिं परमां गाता: ||१५||
आब्रह्मभुवनाल्लोका: पुनारावर्तिनोअर्जुन |
मानुपेत्य तु कौन्तेय पुनर्जन्म न बिध्यते ||१६||
सहस्त्रयुगपर्यन्तमहर्यदब्रह्मणों विदु:|
रात्रिं युगसहस्त्रान्तां ते अहोरात्रविदो जना: ||१७||
अव्यक्तादव्यक्तय: सर्वा: प्रभावन्तेहरागमे |
रात्र्यागमे प्रलियन्ते तत्रैवाव्यक्तासंज्ञके ||१८||
भुतग्राम: स एवायं भुत्वा भुत्वा प्रलियते |
रात्र्यागमेअ वश: पार्थ प्रभावत्यहरागमे ||१९||
परास्तस्मात्तु भावो अ न्यो अ व्यक्तो अ व्यक्तात्सनातन |
य: स सर्वेशु नश्यत्सु न विनाश्यति ||२०||
भावार्थ: बेदबेत्ता बिध्दानहरुले जसलाई सच्चिदानन्द परम पद अबिनासिनीरुप भन्दछन जसमा राग व्देश आसक्तिरहित महात्माहरु प्रवेश गर्दछन र परमपद परमात्मतत्वलाई प्राप्त गर्न चाहने ब्रह्मचारीले ब्रह्मचार्यको आचरण गर्दछन त्यस अक्षर परमानन्दतत्व परमपद म तिमीलाई संक्षेपमा बताउछु | सबै इन्द्रिय व्दारहरुलाई रोकेर मनलाई हृदयाकमलमा स्थिर गरेर शिरमा प्राण स्थापित गरि योग धारणमा स्थिर भै ओम एक अक्षर रुप ब्रह्मलाइ उच्चारण गरेर म निर्गुण ब्रह्मको स्मरण गर्दै शरीर त्याग गरेर जो जान्छ, उसले परमगति प्राप्त गर्दछ | हे अर्जुन अन्य बिषयमा ध्यान नदिई एकाग्रचित्त भै सधै मेरै वा म बासुदेबलाइ स्मरण गर्दछ त्यो नित्य निरन्तर म मा समाहित भैरहने भक्तको लागि म सदैव सजिलै प्राप्त भैरहंछु |परम सीध्दी महात्मजनहरु म लाइ प्राप्त गरेपछि फेरी दुखको घर एबम क्षण भंगुर अनित्य मानिएको पुरर्जन्म प्राप्त गर्दैनन् | हे अर्जुन ब्रह्मलोक पर्यन्त सबैलोक पुनारावर्ती हुन्छन परन्तु हे कुन्तिपुत्र मलाइ प्राप्त गरेपछि भने पुनर्जन्म मा आउनु पर्दैन | ब्रह्माको जो एक रात छ त्यो मानिसको हजार चतुरयुगसम्मको अबधि मानिएको छ त्यस्तै रातलाई पनि एक हजार चतुर्युगसम्मको अवधि हुन्छ | यस चतुर्युगको अवधिलाई जननेवाला योगिजनले काल तत्व पनि जान्दछ | ब्रह्माजिको दिन प्रारम्भ भएपछी अव्यक्त बाट सम्पूर्ण प्रानिजगत द्रिश्य जगतको श्रीष्टि हुन्छ र ब्रह्माको रात परेपछि त्यहि अव्यक्त स्वरूप सुक्ष्म सरिरमा समस्त प्राणिजगत बिलिन हुन् पुग्दछ | हे पार्थ ! पहिले जे थियो उनी भुत (प्रानिजगत)समुदाय बारम्बार उत्पन्न भै प्रकृति बश भएर ब्रह्माजिको रातसंगै लिन हुन् पुग्दछ र ब्रह्माजिको दिन प्रारम्भ भएसंगे फेरी प्रकट हुन्छ | परन्तु त्यस अव्यक्त भन्दा परको अर्को विलक्षण सनातन अब्यक्तभाव छ त्यो नै परम दिब्य पुरुष समस्त प्राणीहरुको नाश हुदा पनि नष्ट हुदैन |
अव्यक्तो अ क्षर इत्युक्तस्तमाहू: परमां गतिम् |
यं प्राप्य न निवर्तन्ते तध्दाम परमं मम् ||२१||
पुरुष: स पर: पार्थ भक्त्या लभ्यस्त्चनन्यया |
यस्यान्त: स्थानि भुतानी येन सर्वमिदं ततम् ||२२||
यात्रा काले त्वनावृत्तिमावृत्तिं चिव योगिन 😐
प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ ||२३||
अग्निज्योतिरह: शुक्ल: षन्मासा उत्तरायम् |
तत्र प्रयाता गच्छति ब्रह्म ब्रह्मविदो जना ||२४||
धुमो रात्रिस्तथा कृष्ण: षन्मासा दक्षिणायनम् |
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ||२५||
शुक्लकृष्णे गती ह्योते जगत: शाश्वते मते |
एकया यात्यनावृतिमन्ययावर्तते पुन: ||२६||
निते सृति पार्थ जानन्योगी मुह्यति कश्चन |
तस्मात्सर्वेशु कालेशु योगयुक्तो भवार्जुन ||२७||
वेदेशु यज्ञशु तप:सु चैव दानेशु यत्पुन्यफलं प्रदिष्टम् |
अत्येति तत्सर्वमिदं विदित्वा योगी परं स्थानमुपैति चाध्यम् ||२८||
भावार्थ : अव्यक्त अक्षर नामक अब्यक्त भावलाइ परम गति भनिन्छ | जसलाई प्राप्त गरेपछि फर्केर आउदैनन र चाहन्नन पनि किनकि त्यहि मेरो परम धाम हो | हे पार्थ त्यो अव्यक्त अनश्वर एबम सर्ब व्यापक परम पुरुषलै त अनान्यभाक्तिभावाले मात्र पाउन सकिन्छ जसमा समस्त प्राणिभुत्जगत रहेको छ र जसबाट यप ब्रह्माण्ड ब्याप्त छ |हे भरत श्रेष्ठ अर्जुन ! जुन समय काल मा शरीरलाई त्याग गरेर गएका योगिजन फर्केर नआउने(अनाब्रिती) गतिमा पुग्दछन | जुनकालमा शरीर त्यागेर गएका योगिजन फेरी फर्केर आउने (आबृति) गतिमा प्राप्त गर्दछन | मैले दुइ कालका बारेमा भन्दछु | जुन काल या मार्गमा अग्निदेव प्रकाश दिन शुल्क पक्ष्यका, उत्तरायणका छ महिना अभिमान देवता पर्दछन त्यस मार्गमा शरीर त्यागेर गएका ब्रह्म्बेत्ता योगिजनहरु उपयुक्त देवताद्वारा ब्रह्मलोक प्राप्त गर्दछन |
जुन काल समयमा मार्गमा धुवा तथा रात कृष्ण पक्ष्य छ, छ महिना दक्षिणायन काल पर्दछ | त्यस मार्गबाट शरीर त्यागेर गएका सकाम कर्म गर्ने भक्त चंदर्मको ज्योति प्राप्त गरेर ( पुन्य फल भोगेर) फेरी फर्केर आउदछ | किनकि शुक्ल र कृष्णपक्ष्य प्रकाशमय र अन्धकारमय जगत सनातनकालदेखी नै चलिआएको हो शुक्लपक्ष्य देवयान मार्गहो यसमार्गबाट जानेले पछी फर्केर आउनु पर्दैन र परम्गति पाउदछ | अर्को मार्ग कृष्ण पक्ष्य अन्धकारमय पित्रियान मार्गबाट जानेले फेरी फर्केर आउन पर्दछ, जन्म मरणको प्रक्रियामा आउदछ | हे अर्जुन यी दुवै मार्ग तत्व जान्ने कुनै पनि योगी आकर्षित (मोहित) हुदैन | यसकारण हे अर्जुन तिमिपनी सबै कालमा योगले परिपूर्ण होउ | बेदाध्ययन , यज्ञनुश्थान,तपस्या दान गर्ने कर्मलाइ पुन्यफल बताइएको छ | यी तत्व रहस्यलाई जानेपछि योगी पुरुष भक्तले त्यो सबै पुन्यफललाइ अतिक्रमण गरि परमेश्वरको सर्बोच्च सनातन परमधाम प्राप्त गर्दछ |
ओं तत्सदिती श्रीमद्भागवत्गितासूपनिषत्सु ब्रह्मबिध्यां योगशास्त्रे श्रीकृष्णअर्जुनासम्बादे
अक्षरब्रह्मयोगो नामाष्टमो अध्याय : //८//
श्रीमद्भगवद्गीता- अध्याय-९
श्री भगवानुवाच
इदं तु ते गुह्यतमं प्रवक्क्ष्यम्यनसूयवे |
ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेअशुभात् ||१||
राजबिध्या राजगुह्यं पवित्रमिदमुत्तमम् |
प्रत्यक्षावगमं धमर्यं सुसुखं कर्तुमव्ययम् ||२||
अश्रद्दधाना: पुरुषा धर्मस्यास्य परन्तप |
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवतर्मनी ||३||
मया ततमिदम् सर्वं जगदव्यक्तमूर्तिना |
मत्स्थानि सर्वभुतानि न चाहं तेश्ववस्थित: ||४||
न च मात्स्थानि भुतानि पश्य मे योगमैश्वरम् |
भुतभ्रिन्न च भुतास्ठो ममात्मा भुताभावन : ||५||
भावार्थ: इर्ष्या रहित भक्त तिमीलाई बिज्ञान सहितको गोप्य ज्ञान बताउने छु, जसलाई जानेपछि तिमि सबै अशुभबाट मुक्त हुने छौ | यो बिज्ञानसहित ज्ञान समस्त विद्याको राजा हो र प्रत्यक्ष अनुभवबाट थाहा हुने सबै गोपनीय ज्ञानको पनि राजा हो | यो ज्ञान धर्म अनुकुल छ,अतिशुध्द, अतिश्रेष्ठ र गर्न लायक छ | यो ज्ञान बुझ्न सजिलो, गर्न सजिलो छ र अबिनाशिनी छ | हे परन्तप अर्जुन ! जो मनुष्य यस धर्म प्रति श्रध्दा गर्दैन त्यसले मलाइ प्राप्त गर्न सक्दैन र सदा मृत्युरुप संसार चक्रमा घुमिरहन्छ | यो सम्पुर्ण जगत अब्यक्तमुर्ति म बाट व्याप्त छ | समस्त प्राणिजगत मेरो संकल्पको आधारमा म मा अबस्थित छन् तर म तिनमा स्थित छैन | सबै प्राणीहरु म मा रहेका पनि छैनन् | मेरो इश्वरीय योगशक्तिलाई हेर जबकी प्राणिहरु उत्पन्न गर्ने र भरण पोषण गर्ने भएर पनि मेरो आत्मा तिनमा छैन र तिनमा निवास गर्दिन |
अध्याय ९, श्लोक ६ देखि १० सम्म
यथाकाशस्थितो नित्यं वायु: सर्वत्रगो महान |
तथा सर्वाणी भुतानी मत्स्थानीत्युपधारय ||६||
सर्वभूतानी कौन्तेय प्रकृतिं यान्ति मामिकाम् |
कल्पक्षये पुनास्तानि कल्पादौ विसृजाम्यहम् ||७||
प्रक्रितिं स्वामवष्टभ्य विसृजामि पिन: पुन: |
भुताग्राममिमं क्रित्स्नमवशं प्रकृतेर्वशात् ||८||
न च मां तानि कर्माणी निबंधन्ति धनन्जय |
उदासिनवदासिनमसक्तम् तेषु कर्मसु ||९ ||
मयाध्यक्षेण प्रकृति: सुयाते सचराचरम् |
हेतुनानेन कौन्तेय जगव्दिपरिवर्तते ||१०||
भावार्थ: जसरि सबैतिर चल्ने महान वायु आकाशमा नित्य रहेको हुन्छ | त्यसरीनै सम्पूर्ण प्राणि ममा नै स्थित छन् भन्ने तिमीले बुझ | हे कुन्तिपुत्र ! कल्पको क्षय भएपछी सारा प्रानिजगत मेरो त्रिगुनिमय प्रकृतिमा लिन हुन्छन र कल्पको प्रारम्भमा मैले नै फेरी तिनीहरुलाई सृष्टि गर्दछु | प्रकृतिको वशमा परेर पराधिन यो समग्र प्रानिजगतलाइ आफ्नो प्रभृति मायाशाक्तिलाई अंगालेर बारंबार रचना गर्छु | हे अर्जुन म ति कर्ममा आसक्त छैन उदासिन जस्यो मात्र देखिएको छु | र कर्महरुले म परमेश्वर लाइ बन्धनमा पार्दैनन | हे कुन्तिनान्दन ! म अध्यक्ष्य भएको त्रिगुनामायी प्रकृतिबाट चर अचर सहित समस्ताजगतको श्रीष्टि हुन्छ | यसैकारणबाट जगतको परिबर्तन भैरहंन्छ |
अवजानन्ति मां मुढा मानुषीम् तनुमाश्रीतम् ।
परं भावमजानन्तो मम भुतमहेश्वरम् ।।११॥
मोघशा मोघकर्मणों मोघज्ञाना विचेतस : ।
राक्षसिमासुरीं चैव प्रकृतीं मोहनीं श्रीता: ।।१२॥
महात्मानास्तु मां पार्थ दैवीं प्रकृतिमाश्रीता :।
भजन्त्यनन्यमनसो ज्ञात्वा भुतादिमव्ययम् ।।१३॥
सततं किर्तयन्तो मां यतन्तश्च दृढव्रता: ।
नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते ।।१४॥
ज्ञानायज्ञेन चाप्यान्ये यजन्तो मामुपासते ।
एकत्वेन प्रिथक्त्वेन बधुवा बिश्वतोमुखम् ।।१५॥
भावार्थ: मेरो परम दिब्यभावलाई नजान्ने मुढ (मुर्ख) मनुश्यहरुले सामान्य मनुस्यको रुपधारण गरेको भनि म सम्पूर्ण प्राणीजगतको इश्वरलाई तुच्छ सम्झी अपहेलना गर्दछन । उनीहरु व्यर्थको आशा, व्यर्थको कर्म गर्ने, व्यर्थ र बिबेकहिन ज्ञान भएका अज्ञानीहरु मानिसलाई आकर्षित पार्ने राक्षसी र आसुरी प्रवृति धारण गर्दछन । हे पार्थ ! दैवी प्रकृतिमा आश्रित र अबलम्बन गरेका महात्माजनहरु चाहि म (बासुदेव) परमेश्वर लाइ सबै मनुष्यले सनातन र अनश्वर अक्षरस्वरूप आदिकारण जानेर एकाग्र अनन्यभावले मलाइ नै भज्दछन । दृढ निश्चयवान भक्त सदा मेरो नाम र गुणको गुनगान भजन गर्दै मलाइ(परमेश्वर) नै प्राप्त गर्न मलाइ नै नित्य नमन गर्दै ध्यानमग्न भएर अनन्य प्रेमभावले मेरो उपासना गर्दछन । मेरा भक्तजनले ज्ञान रूप यज्ञ व्दारा ध्यान गर्दै परब्र्ह्मा परमात्मा एकत्वभावसहित मेरो उपासना गर्दछन र एकखाले मनुस्यहरु धेरै प्रकारले स्थित मेरो बिराट स्वरुप परमेश्वरलाई फरकभावले उपासना गर्दछन ।
अहं क्रतुरहं यज्ञ: स्वधाहमहमौषधम् ।
मन्त्रोअहममेवाज्यमहमंगीरहं हुतम् ।।१६॥
पिताहमस्य जगतो माता धाता पितामह :।
वेधं पवित्रमोङ्कार ऋक्साम यजुरेव च: ।।१७।।
गतिर्भर्ता प्रभु : साक्षी निवास: शरणम् सुहृत् ।
प्रभाव: प्रलय: स्थानं निधानं बिजमव्ययम् ।।१८॥
तपाम्यहमहं बर्षं निगृह्णाम्युत्सृजामी च ।
अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन ।।१९॥
त्रैविद्या मां सोमपा: पूतपापायज्ञैरिष्ट्वा स्वर्गतीं प्राथयन्ते ।
ते पुण्यमासाद्य सुरेंद्रलोक मन्श्रन्ति दिव्यान्दिवि देवभोगान् ।।२०॥
भावार्थ : म नै कर्ता हुँ, म यज्ञ हुँ , म नै स्वधा हुँ , म औषधि हुँ , घ्रित हुँ , म नै अग्नि हुँ र हवनरूप क्रिया पनि म नै हुँ ।समस्त जगतको उत्पन्न गर्ने पिता, जन्मदात्री माता र धारनपोषण गर्ने धाता र म हुँ पितामह बाजे पनि म हुँ । ज्ञान पनि म हुँ , पवित्र ओमकार अक्षर र ऋग्वेद, साम्बेद, तथा यजुर्बेद पनि म नै हुँ । प्राप्त योग्य परम्गतिअर्थात परम धाम पनि म हुम् , भरण पोषण गर्ने भर्ता सबका स्वामी पनि म नै हुम, सबै कुरा देख्न र थाहा पाउने साक्षी र सबैले शरण लिन योग्य बासस्थान निवास पनि मा नै हुँ । सबैको हित गर्ने, जगतको उत्पत्ति प्रलय स्थितिका आधार र निधान र अबिनासिनी कारण पनि मै नै हुम । हे अर्जुन म नै सुर्यरूपमा ताप हूँ , मैले नै पानीलाई शोषण गर्दछु र बादलबनाएर बर्षात ब्रिष्टि गराउछु ।म नै अमृत हूँ र म नै मृत्यु हुँ, मै नै सत् , असत पनि हुँ । जो व्यक्ति तिनै बेदलाई जानेर बेदोक्ति कर्म गर्दछ र सो को सोमरस पान गर्दछ । त्यस्ता कर्म योगीले यज्ञव्दारा मलाइ पुजा अर्चना गरि स्वर्गको चाहना गर्दछ । त्यो व्यक्ति आफ्नो कर्मको फल प्राप्त गरि स्वर्गमा देवताको दिब्यभोगा प्रात गर्दछ ।
ते तं भुक्त्वा स्वर्गलोकं विशालंक्षिणे पुण्ये मर्त्यलोकं विशन्ति ।
एवं त्रयिधर्ममनुप्रपन्नागतागतं कामकामा लभन्ते ।।२१॥
अनन्याश्चिन्तयन्तो मां ये जना: पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ।।२२॥
ये अ प्यन्यदेवता भक्ता यजन्त्ये श्रध्दयान्विता: ।
ते अपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ।।२३॥
अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।
न तु मामभिजानन्ति तत्त्वेनातश्च्यन्ति ते ।।२४॥
यान्ति देवव्रता देवान्पितृन्यान्ति पितृव्रता: ।
भुतानी यान्ति भुतेज्या यान्ति मध्याजिनोअपी माम् ।।२५।।
भावार्थ: यज्ञ कर्म गर्ने मनुष्यले आफ्नो पुन्यकर्मफल स्वरुप स्वर्गमा भोग गरि पुन्यसमाप्त भै पुन मृत्युलोकमा नै प्राप्त गर्दछन ।अत: सकाम कर्म गर्नेहरु पून्यको प्रभावले स्वर्गमा जाने र पून्यको क्षीण भएपछी पुन मृत्युलोकमा फर्किन्छन । जो मेरा अनन्य भक्त छन् तिनले निश्कामले निरन्तर मलाइ नै भज्दछन र चिन्तन गर्दछन त्यस्ता भक्त जनको योग र क्षेम अर्थात पुन्यकर्मफलको सरक्षण जिम्मा पनि मैले नै वहन गर्दछु ।हे अर्जुन ! जो मनुष्यले यद्यपि अन्य देवतालाइ अनन्य भाव श्रध्दाले पुजा अर्चना गर्दछन, तिनीहरुले पनि अन्तत मलाइ नै पुजेका हुन्छन । किनकि सम्पूर्ण यज्ञको भोक्ता र स्वामी नै मै हुँ । तर ति भक्तजनले म परमेश्वर भनेर यथार्थ रुपले यो तत्व जान्दैनन् र ति च्युत हुन् गइ जन्ममरण भवसागरको चक्रमा परिरहंछन । देवतालाई पुजन गर्ने भक्तले देवतालाई नै प्राप्त गर्दछन र पितृ पुजन गर्नेहरु पित्रिलाइनै प्राप्त गर्दछ । भुतलाइ पुजन गर्नेले भुतप्राणिलाइ प्राप्त गर्दछन भने मलाई पुजन गर्ने मेरा भक्तजनहरुले मलाइ नै प्राप्त गर्दछन । परमेश्वरको भक्ति नै सर्बोकृष्ट छ ।
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्रामि प्रयतात्मन : ।।२६॥
यत्करोषी यद्न्श्रासि यज्जुहोषी ददासि यत् ।
यत्तपस्यति कौन्तये तत्कुरुष्व मदर्पणम् ।।२७॥
शुभाशुभाफलैरेवं मोक्ष्यसे कर्मबन्धनै : ।
संन्यासयोगयुक्तात्मा विमुक्तो मामु पैष्यसी ।।२८॥
समोअहं सर्वभुतेषु न मे व्देश्योअस्ति न प्रिय: ।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ।।२९॥
अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् ।
साधुरेव स मन्तव्य: सम्यग्व्यवसितो हि स : ।।३०॥
क्षिप्रं भवति धर्मात्मा शाश्वच्छान्तीं निगच्छाती ।
कौन्तये प्रतिजानिही न मे भक्त: प्रणश्यती ।।३१॥
मा हि पार्थ व्यपाश्रित्य येअ पी सयु: पापयोनय ।
स्त्रियो वैश्यास्तथा शुद्रास्ते अपि यान्ति परां गतिम् ।।३२॥
किं पुनर्ब्राह्मणा: पुण्या भक्ता राजर्षयस्ताथा ।
अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ।।३३॥
मन्मना भव मभ्दक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यति युक्त्वैवमात्त्मानं मत्परायण ।।३४॥
भावार्थ : मेरा भक्तले प्रेमपुर्बक पत्र फुल, फल र जलले अर्पण गर्दछ त्यस्ता पवित्र चित्त बुध्दि भएका भक्तले प्रेमपुर्बक अर्पण गरिएको पत्रम पुष्पम फललाई प्रेम पुर्बक ग्रहण गर्दछु । हे अर्जुन तिमीले जुन कर्म गर्दछौ । जुनसुकै कुरा भोगगर्दछौ । जे खान्छौ, जे दान दातव्य गर्दछौ, जे जसको पुजन गर्दछौ सबै कुरा मलाइ अर्पण र समर्पण गर । यस प्रकार सबै कर्म र फल मलाइ अर्पण गर्नाले शुभ र अशुभ अर्थात पाप पुन्यका फल दिने कर्मरूप बन्धनबाट मुक्त हुने छौ । तिमीजस्तो सन्यास योग युक्त चित्त भएको पुरुषले कर्मबन्धन्बाट मुक्त भै मलाइ नै प्राप्त गर्दछौ । म सबै प्राणि समुदायमा सम छु समभाव व्यापकतामा रहेकोछु । मेरो अप्रिय कोइ छैन र प्रिय पनि कोइ छैन तर जो कोइ भक्त मलाइ प्रेमले भज्दछ, तिनीहरु म मा छन् र म पनि तिनमा छु । यदि अन्त्यन्त दुराचारी व्यक्ति पनि अनन्य भक्तिभावले मलाइ भज्दछ भने त्यसलाई साधु वा धर्मात्मा मान्नु पर्दछ किनकि त्यो व्यक्ति ले निश्चय गरि उपयुक्त काममा लागेको हो, अर्थात निश्चयगरेर नै परमेश्वरको भजन गर्न लागेको हो । त्यस्ता व्यक्ति चांडै नै धर्मात्मा बन्दछ र उसले निरन्तर रहने चिरस्थायी परम्शान्ति प्राप्त गर्दछ । हे कुन्ती नन्दन ! तिमि यस कुरामा निश्चित हौ कि मेरा भक्त कहिल्यै नाश हुने छैनन् । हे अर्जुन ! स्त्री, पुरुष, वैश्य , शुद्र तथा पापयोनिमा जन्मेका चान्डाल जो कोइ पनि होस् जो मेरो शरणमा आउदछन ति सबै परम गतिमा प्राप्त गर्दछन । पवित्र कुलमा जन्मेका ब्राह्मण तथा राजर्षी पनि मेरै शरण लियर मात्रै परम गति प्राप्त गर्दछन । त्यसैले दुखमय र क्षण भंगुर यस मनुष्य जुनी भएर पनि निरन्तर मलाइ नै भज । मलाइ नै मनमा बसाउ, मेरो भक्त बन, मेरो पुजा अर्चना गर्ने वाला होउ, मलाइ नै साष्टांग प्रणाम गर यसप्रकारले आत्मामा मलाइ धारण गरेर मेरै भक्त बनि म मा तल्लिन भएर नै तिनीले मलाइ प्राप्त गर्न सक्दछौ ।
ओम इति तत्सदिती श्रीमद्भागवत्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुन सम्बादे राज बिध्याराजगुह्ययोगो नाम नवमोअध्याय : ।।९॥
श्रीमद्भगवद्गीता- अध्याय-१०
श्री भगवानुवाच
भूय एव महाबाहो श्रीणु मे परमं वच: ।
यत्तेअहं प्रियमाणाय वक्ष्यामी हितकाम्यया ।।१॥
न मे विदु: सुरगणा प्रभवं न महार्षय :।
अहमादिहि देवानां महर्षिणां च सर्वश: ।।२॥
यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम् ।
असम्मूढ़: स मर्त्येषू सर्वपापी: प्रमुच्यते ।।३॥
बुध्दिर्ज्ञानमसम्मोह: क्षमा सत्यं दम: शम:।
सुखं दु :खं भवो अभावो भयं चाभयमेव च ।।४॥
अहिंसा समता तुष्टिस्तपो दानं यशोअ यश: ।
भवन्ति भावा भुतानां मत्त एव पृथग्विधा : ।।५॥
भावार्थ: भगवान श्रीकृष्ण भन्नु हुन्छ- हे महाबाहु अर्जुन ! तिमि फेरी पनि मेरा परम उपयोगी कुरा सुन, जुन कुरा तिमीलाई प्रिय लाग्ने छ र तिम्रो प्रसन्नता रहने हितको कामना सहित बताउछु । मेरो प्रभाव र उत्पतिलाइ न देवतागण न महर्षिहरुले नै जान्दछन किनकि म नै देवता र महार्शिहरुको पनि साबि प्रकारले मूलकारण हुं । जसले मलाई अजन्मा अनादि र समस्तालोकोको इश्वर्स्वरूप जान्दछ । त्यो मानिसहरुमा ज्ञानवान सम्पुर्ण पापहरुबाट मुक्त हुन्छ । बुध्दि ज्ञान, सम्मुढता क्षमा, सत्य इन्द्रियानिग्रह आत्मासम्यम सुख दुख, उत्पति, प्रलय , अस्तित्व , अभाव भय, अभय, अहिंशा, समता, सन्तोष तपस्या, दान , किर्ति अपकिर्ती, यसप्रकारका बिभिन्न भावहरु र अवस्थाहरु प्राणि जगतमा उत्पन्न हुने मेरै कारणले गर्दा हुन्छ ।
महर्षय: सप्त पुर्बे चत्वारो मनवस्तथा ।
मभ्दावा मानासा जाता येषां लोक इमा: प्रजा ।।६॥
एतां विभुतीं योगं च मम यो वेत्ति तत्वत: ।
सोअविकम्पेन योगेन युज्यते नात्र संशय :।।७॥
अहं सर्वस्य प्रभवो मत्त : सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावासमन्विता:।।८॥
मच्चित्ता मग्दतप्राणा बोधयन्त : परस्परम् ।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ।।९॥
तेषां सततयुक्तानां भजतां प्रितिपुर्वकम् ।
ददामि बुध्दियोगं तं येन मामुपयान्ति ते ।।१०॥
भावार्थ :
सात महर्षिजन र सो पुर्बका सनकाअदि चार रिशिजन मेरो मन र संकल्पबाट पैदा भएका हुन् जो ममा श्रध्दा भाव राख्दछन र जसबाट यी संसारका सबै प्रानिजन उत्पन्न भएका हुन् । जसले मेरा विभूतिलाई अर्थात योगमायालाई जान्दछ । त्यो पुरुष अविचल भक्तियोगबाट युक्त हुन्छन भन्नेमा कुनै सन्देह छैन ।म नै सम्पूर्ण जिव जगतको उत्पत्तिको मूल कारण हु, म (परमेश्वर) नै बाट सृष्टि संचालित छ भन्ने भावयुक्त तत्वज्ञानीले मेरो भजन गर्दछन । ममा चित्त लगाउने , प्रण समर्पण गर्ने , परस्परमा मेरो रहस्यको बोध गराउने र मेरो लिलाचरित्रको गुनगान गर्ने भक्तजन नै यो जगतमा सन्तुष्ट भै म बासुदेवको सामिप्य प्राप्त गरि रमण गर्न सक्दछ । नित्य निरनात्र मेरो ध्यानमा लागिरहने र प्रेम पुर्बक मेरै सेवा गरिरहने ति भक्तजनलाई म बुद्धि योग तत्वज्ञान दिन्छु जसबाट तिनीहरुले मलाई प्राप्त गर्दछन ।
तेषामेवानुकम्पार्थमहमज्ञानजं तम:।
नाशयाम्यात्मभावस्ठो ज्ञानदिपेन भास्वता॥ ११॥
अर्जुन उवाच !
परं ब्रह्म परं धाम पवित्रं परमं भवान ।
पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम ।।१२॥
आहुस्त्वामृशय: सर्वे देवर्षीर्नारदस्था ।
असितो देवलो व्यास: स्वयं चैव ब्रविषी ।।१३॥
सर्वमेतादृतं मान्य यन्मां वदासी केशव ।
न हि ते भगवन्व्यक्ति विदुर्देवा न दानावा:।।१४॥
स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
भुतभावन भुतेश देवदेव जगत्पते ।।१५॥
वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभुतय:।
याभिर्विभुतिभिर्लोकानिमांस्त्वं व्यापी तिष्ठसी ।।१६॥
कथं विद्यामहं योगींस्त्वां सदा परिचिन्तयन् ।
केषु केषु च भावेषु चिन्तो असि भगवन्मया ।।१७॥
विस्तरेणात्मनो योगं विभुतीं च जनार्दन ।
भूय : कथय तृप्तिर्ही शृण्वतो नास्ति मेअमृत ।।१८॥
श्री भगवानुवाच
हन्त ते कथयिष्यामी दिव्या ह्यात्मविभुतय : ।
प्राधान्यत: कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य ।।१९ ॥
भावार्थ : हे अर्जुन तिनीहरुको अनुग्रहको लागि उनकै अन्तस्करणमा स्थित भै म स्वयं ले नै अज्ञान जनित अन्धकारलाई प्रकाशमय ज्योति व्दारा नष्ट गरि दिन्छु । अर्जुनले बिन्ति गर्दछन : हे भगवान ! हजुर परम ब्रह्म , परम धाम र परम पवित्र हुनुहुन्छ, किनकि सबै रिशिहरुले तपाइलाइ सनातन, दिब्य पुरुष , देवताका पनि आदि देव, अजन्मा र सर्वव्यापी पनि हुनुन्हुन्छ भनि बताउछन । त्यसैगरी देवर्शी नारद असित र देवल र ब्यासले पनि यहि भन्नुहुन्छ र स्वयं हजुरले पनि यहि कुरा भन्नुहुन्छ । हे केशब ! जे कुरा मलाइ भन्नुभयो,सबै कुरा सत्य मान्दछु । हे भगवान तपाइका व्यक्त लिलामय स्वरुपहरुलाइ न देवताले नै जान्दछन न त दानवहरुले नै जान्दछन । हे पुरुषोत्तम ! हे प्रानिजगतलाई उत्पन्न गर्ने इश्वर देवताका पनि देवता ! हे जगतका परिपालक हजुर स्वयं आफ़ैलॆ आफैलाई जान्नुहुन्छ । त्यसैले स्वयंका दिब्य स्वरुपहरु जे जति छन् तिनीहरुको समग्ररुपमा बताउन तपाइँ नै समर्थ हुनुहुन्छ । यी दिब्य स्वरुप व्दारा तपाइँ नै सबै लोकहरुमा रहनु भएको छ । हे योगेश्वर ! नित्य निरन्तर हजुरको ध्यान गरेर म कसरि जान्न बुझ्न सक्छु ? हे भगवन हजुरको कुन कुन भाव र रुपमा मैले चिन्तन ध्यान गर्न सक्दछु ? हे जनार्दन ! आफ्नो योगशक्ति र बिभुतिहरुलाई बिस्तारपुर्बक बताइरहनुहोस । किनकि तपाइको अमृतमय बचनलाइ सुनेर मेरो मन कहिले तृप्ति भएन र अरु सुनिरहन उत्सुकता भैरहन्छ । श्री भगवानले भन्नु हुन्छ ! हे कुरूश्रेष्ठ अब मैले जे जे मेरा दिब्य बिभूतिहरु छन् त्यसको तिम्रालागी प्रमुख र मुख्य रुपको प्रधानताको रुपमा बताउने छु, किनकी मेरो बिस्तारको अन्त छैन ।
अहमात्मा गुडाकेश सर्वभुताशयस्थित:।
अहमादिश्च मध्यं च भुतानामन्त एव च ।।२०॥
आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् ।
मरिचिर्मरुतामस्मि नक्षत्रणामहं शशी ।।२१॥
वेदानां सामवेदोअ स्मि देवानामस्मि वासव:।
इन्द्रियाणां मनश्चास्मि भुतानामस्मि चेतना ।।२२।।
रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।
वसूनां पावकश्चास्मी मेरु : शिखारिणामहम् ।।२३॥
पुरोधसां च मुख्यं मां विध्दी पार्थ बृहस्पतिम् ।
सेनानिनामहं स्कन्द: सरसामस्मि सागर: ।।२४॥
महर्षिणां भृगुरहं गिरामस्म्येकमक्षरम् ।
यज्ञानां जपयज्ञो अस्मि स्थावराणां हिमालय: ।।२५॥
अश्वत्थ: सर्ववृक्षाणां देवर्षीणां च नारद : ।
गन्धर्वाणां चित्ररथ: सिध्दानां कपिलो मुनि :।।२६॥
उच्चै: श्रवसमश्वानां विध्दि माममृतोभ्दवम् ।
एरावतं गजेन्द्राणां नराणां च नराधिपम् ।।२७॥
आयुधानामहं वज्रं धेनुनामस्मी कामधुक् ।
प्रजनश्चास्मि कन्दर्प: सर्पणामस्मि वासुकि :।।२८॥
अनंतश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितृणामर्यमा चास्मि यम: संयमतामहम् ।।२९॥
प्रल्हादश्चास्मी दैत्यानां काल: कलयतामहम् ।
मृगाणां च मृगेन्द्रो अहम् वैनतेयश्च पक्षिणाम् ।।३०॥
भावार्थ :
हे गुडाकेश अर्जुन ! समस्त प्राणिहरुका हृदयमा स्थित भएको आत्मा म नै हुम । सम्पूर्ण प्राणिजगत र पदार्थको आदि, मध्य र अन्त्य पनि मै हुँ । अर्थात उत्त्पत्ति, स्थिति र लय पनि मै हुं । व्दादश आदित्यहरुमा म वामनरूप बिष्णु हुम, प्रकाशमा तेजिलो किरणबाला सुर्य हुं, उनपचास बायुदेवको तेजरुप मरिची हुँ र नक्षत्रहरुको अधिपति चन्द्रमा पनि नै हुं । चारै वेदहरुमा साम्बेद म हुँ , देवगणहरुमा इन्द्र हुम् , इन्द्रियहरुमा मन हुँ , प्राणीजनमा चेतना, ज्ञानशक्ति र जीवन शक्ति पनि मै हुँ । एकादश रुद्रहरुमा म शङ्कर हुँ , यक्ष र राक्षसहरुमा धनका स्वामी कुबेर हु , अष्ट वशुहरुमा म अग्नि हुँ , उच्च शिखारहरुमा म सुमेरु पर्वत हुँ । पुरोहितहरुमा देवगुरु बृहस्पति भनेर जान मलाई, हे पार्थ सेनापतिहरुमा स्कन्द र जलाशयहरुमा समुन्द्र सागर हुँ । महार्शिहरुमा भृगु हुं, बाणीहरुमा एक अक्षर ओमकार हुँ, सबै प्रकारका यज्ञमा जपयज्ञ हु, स्थिर रहने अचल बस्तुहरुमा हिमालय पर्वत हुं । सबै वृक्षहरुमध्येमा पिपल हुँ , देव ऋषी हरुमा नारद हुँ , गन्धर्वहरुमा चित्ररथ हुँ , सिध्दऋषीहरुमा कपिलमुनी हूँ । घोडाहरुमा अमृतसंगै उत्पन्न उच्चै श्रवा नामक घोडा हुँ , हात्तीहरुमा एरावत नामको हात्ती र मानिसहरुमा राजा भनि मलाइ जान । म अश्त्रशास्त्रहरुमा वज्र हुँ, गाइहरुमा कामधेनु गाइ हुँ , सन्तान पैदा गर्ने कामदेव हुँ, र सर्पहरुमा सर्प राज बासुकी हुँ । म नागहरुमा शेष नाग हूँ , जलदेवतामा म वरुण हुँ , पितृहरुमा पितृ राज अर्यमा हुँ र दण्ड दिने शासकहरूमा यमराज हुँ । म दैत्यहरुमा प्रल्हाद हुँ , गणना गर्नेमा काल र समय हुँ , पशुहरुमा मृगराज शिंह र पंक्षीहरुमा गरुढ़ मै नै हुँ ।
पवन: पवतामस्मि राम: शास्त्रभृतामहम् ।
झषाणां मकरश्चास्मी स्त्रोतसामस्मि जान्हवी ।।३१॥
सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन ।
अध्यात्मविध्या बिध्यानां वाद: प्रवदताम् ।।३२॥
अक्षराणामकारोअस्मी व्दंव्द: सामासिकस्य च ।
अहमेवाक्षय: कालो धाताहं विश्वतोमुख:।।३३॥
मृत्यु: सर्वहरश्चाहमुभ्दवश्च भविष्यताम् ।
किर्ति: श्रीर्वाक्चनारीणां स्मृतिर्मेधा धृति: क्षमा ।।३४॥
बृहत्सामतथा साम्नां गायत्री छन्दसामहम् ।
मासानां मार्गशीर्षो अहमृतूनां कुसुमाकर :।।३५॥
ध्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोअस्मी व्यवसायोअस्मी सत्त्वं सत्त्ववतामहम् ।।३६॥
वृष्णानां वासुदेवोअस्मी पान्डवानां धनन्जय :।
मुनिनामप्यहं व्यास: कविनामुशना कवि :।।३७॥
दण्डो दमयतामस्मि नीतिरस्मी जिगीषताम् ।
मौनं चैवास्मी गुह्यानां ज्ञानं ज्ञानवतामहम् ।।३८॥
यच्चापि सर्वभुतानां बिजं तदहमर्जुन ।
न तदस्ति विना यत्स्यान्मया भुतं चराचरम् ।।३९॥
नान्तोअस्ती मम दिव्यानां विभुतिनां परन्तप ।
एष तूद्देशत: प्रोक्तो विभुतेर्विस्तारो मया ।।४०॥
यद्यव्दिभुतिमत्सत्त्वं श्रीमादूर्जितामेव वा।
तत्तदेवावगच्छ त्वं मम तेजोंआशासंभवम् ।।४१॥
अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन ।
विष्टभ्याहमिदं कृत्स्त्रमेकांशेन स्थितो जगत् ।।४२॥
भावार्थ: म पवित्र गर्नेवाला वायु हुँ , शस्त्रधारिहरुमा श्रीराम हुँ , जलचरहरुमा गोही हुँ , समस्त नदीहरुमा भागीरथी गङ्गा हुँ । हे अर्जुन! शृष्टिहरुको आदि अन्त्य र मध्य पनि मै नै हुँ, म बिध्याहरुमा अध्यात्मबिध्या ब्रह्मबिध्या हुँ, विवाद गर्नेहरुको तत्वनिर्णयको लागि गरिने वाद तर्क पनि म हुँ । म अक्षरहरुमा अ’ कार हुँ , र समासहरुमा द्वन्द समास हुँ , म नै अक्षयकाल कालको पनि महाकाल हुँ , चौतर्फी मुख भएका बिराट्स्वरूप सबै लाई धारण पोशण गर्नेवाला विधाता पनि मै हुँ ।म सबैको संहार गर्ने मृत्यु हुँ र उत्पत्तिको मूल कारण पनि मै हुँ , नारीहरुमा कृति हुँ, श्रिमा शोभा हुँ बाकमा बाणी हुँ, स्मृति, मेधा, धृति, र क्षमा हुँ । गाउन उपयुक्त गीतहरुमा बृहत्साम हुँ, छन्दहरुमा गायत्री छन्द हुँ, महिनाहरूमा म मङ्सिर महिना हुँ र ऋतुहरुमा बसन्त ऋतु हुँ । म छल गर्नेहरुमा जुवा हुँ, तेजस्विहरुको तेज हुँ, जित्न चाह्नेवालाको म विजय हुँ । निश्चय गर्ने वालाको म निश्चय हुँ, र सात्विक मनुष्यकोलागि सात्विकभाव पनि म हुँ । वृष्णीवंशीमा म बासुदेव हु, र पाण्डवहरुमा तिमि अर्जुन नै म हुँ, मुनिहरुमा वेदव्यास र कविहरुमा शुक्राचार्य पनि मै हुँ ।म दमनगर्नेको लागि दण्ड दिने शक्ति हुँ, जित्न चाहनेवालाको लागि नीति हुँ, गोप्यमा मौन र ज्ञानिहरुको तत्वज्ञान पनि मै नै हुँ । हे अर्जुन ! म नै समस्त प्राणीहरुको उत्पत्तिका कारण हुँ, किनकि जगतका चर अचरका कुनै प्राणीहरु यस्ता छैनन जो म बिनाको होस्, । हे परन्तप अर्जुन, मेरा दिव्य शक्तिको कुनै अन्त छैन । यहा बताइएका मेरा चमात्कारी शक्तिहरुको बिस्तार एक्छेउमात्र तिमीलाई भनेको हुँ । जो जो चमत्कारी एश्वर्ययुक्त, शक्तिशाली, प्रभावशाली बस्तु वा प्राणिहरु छन् ति सत्व र बस्तुहरुलाई मेरो तेजको एक अंशबाट उत्पन्न भएको जान । अथवा हे अर्जुन ! धेरै कुरा जानेर तिमीलाई केहि काम प्रयोजन छैन । तिमीले यतिमात्र जाने हुन्छ कि म यस सम्पूर्ण जगतलाई आफ्नो योगशाक्तिको एक अंश मात्रले ब्यापक रुपले धारण गरेर रहेको छु ।
ओम तत्सदिती श्रीमदभागवतगीतासूपनिषत्सु ब्रह्म विध्यां योगशास्त्रे श्री कृष्णर्जुन सम्बादे विभुतियोगो नाम दशमोअध्याय :।।१०।।
श्रीमद्भगवद्गीता- अध्याय-११
अर्जुन उवाच
मदनुग्रहाय परमं गुह्यमध्यात्मासंज्ञितम् ।
यत्त्वयोक्तं वचस्तेन मोहोअयं विगतो मम ।।१॥
भवाप्ययौ हि भुतानां श्रुतौ विस्तरशो मया ।
तत्त्व: कमलपत्राक्ष माहात्म्यमपी चाव्यम् ।।२॥
एवमेतध्यथात्थ तवमात्मानं परमेश्वर ।
द्रष्टुमिच्छामि ते रुपमैश्वरं पुरुषोत्तम ।।३॥
मन्यसे यदि तच्छक्यं माया द्रष्टुमिति प्रभो ।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ।।४॥
श्री भगवानुवाच
पश्य मे पार्थ रुपाणी शतशोअथ सहस्रश ।
ननाविधानि दिव्यानि नानवार्णाकृतानि च ।।५॥
पश्यादित्यान्वसून् रुद्रानश्विनौ मरुतस्तथा ।
बहुन्यदृष्टपुर्वाणी पश्याश्वर्याणि भारत ।।६॥
इहैकस्थं जगतकृत्स्नं पश्याध्य सचराचरम् ।
मम देहे गुडाकेश याच्चान्यद्द्रष्टमिच्छसि ।।७॥
न तु मां शक्यसे द्रष्टमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षु: पश्य मे योगमैश्वरम् ।।८॥
संजय उवाच
एवमुक्त्वा ततो राजन्महायोगेश्वरो हरि : ।
दर्शयामास पार्थाय परमं रुपमं रुपमैश्वरम् ।।९॥
भावार्थ :
अर्जुनले बिन्ति गर्नुहुन्छ : मलाइ अनुग्रहगरि, करुणाभावराखी हजुरबाट परम गुह्य अध्यात्मका बारेमा जुन बचन आज्ञा गर्नु भयो । त्यसबाट मेरो अज्ञान नष्ट भै मोह भंग भयो । किनकि हे कमलपत्र रुपी नेत्र भएका भगवन, मैले हजुरबाट प्रानिजगतको उत्पत्ति र प्रलयका बारेमा र हजुरको अक्षय अबिनासिनी महिमा बिस्तारपुर्बक सुन्न पाए र सुनेको छु । हे परमेश्वर ! हजुरले आफुलाई जे जस्तो बताउनु भएको छ, त्यहि कुरा जस्ताको तस्तै ठिक दुरुस्त हो, अबस्य हजुर परम पुरुष हुनुहुन्छ । हे पुरुषोत्तम हजुरको ज्ञान, शक्ति, बल, बिर्य र तेजयुक्त ऐश्वर्य रुपलाइ मैले प्रत्यक्ष देख्न चाहन्छु । हे प्रभु, यदि मैले तपाइको त्यो परम अलौकिक विश्व स्वरुपको दर्शन पाउने ठान्नुहुन्छ भने हे योगेश्वर त्यसो भए मलाइ हजुरको आफ्नो त्यो अविनासिनी अव्यय-स्वरुपको दर्शन गराई बक्सियोस । भगवान श्री कृष्ण भन्नु हुन्छ ! हे पार्थ अर्जुन, अब तिमीले मेरा अनेक तरहका नाना बर्ण र आकृतिहरु भएका सयकडौ अनि हजार थरिका अलौकिक दिब्यरुपलाई हेर । हे भरतबंशी अर्जुन ! तिमीले ममा आदित्यहरुलाई, रुद्रहरुलाई, दुवै अश्विनी कुमारहरुलाई र वायुहरुलाई हेर र त्यसरी नै तिमीले कहिल्यै नदेखेका आश्चार्यमे स्वरुप र दृश्यहरुलाई अबलोकन गर । हे निद्राविजयी अर्जुन ! यो मेरो सरिरमा एक ठाउमा अबस्थित चर अचर सहित सम्पूर्ण जगतलाइ र अरु पनि जे हेर्न चाहन्छौ त्यो सबै विश्व ब्रमाण्ड यहि हेर । परन्तु तिमि यो पार्थिब चरम चक्शुले त् मलाइ र मेरो इश्वरीयरुपलाई देख्न सक्दैनौ, त्यसैले म तिमीलाई दिव्यदृष्टि प्रदान गर्दछु । त्यसैव्दारा तिमि मेरो इएश्वरिय दिव्य योगशाक्तिलाई अवलोकन गर । संजयले भने : हे महाराजा यस प्रकार आज्ञा भएपछि
महान योगेश्वर सर्ब पाप हरण गर्ने श्री हरि कृष्णले अर्जुनलाई परम इश्वरीय दिब्य स्वरुपको दर्शन गराउनु भयो ।
अनेकवक्त्रनयनमानेकाभ्दुत् दर्शनम् ।
अनेकदिव्याभरणं दिव्यानेकोध्यतायुधम् ।।१०॥
दिव्यमाल्याम्बरधरं दिव्यगन्ध्यानुलेपनम् ।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ।।११॥
दिवी सूर्यसहस्त्रस्य भवेध्युगपदुत्थिता ।
यदि भा: सदृशी सा स्याभ्दासस्तस्य महात्मन:।।१२॥
तत्रैकस्थं जगत्कृतस्नं प्रविभक्त्मनेकथा ।
अपश्यद्देवदेवस्य शरिरे पान्दवस्तदा ।।१३॥
तत : स विस्मयाविष्टो हृष्टरोमा धनन्जय : ।।
प्रणम्य शिरसा देवं कृतांजलिरभाषत ।।१४॥
अर्जुन उवाच
पश्यामि देवांस्तव देव देहे सर्वांस्तथा भुतविशेषसंघान् ।
ब्रह्माणमीशं कमलासनस्थमृषीन्श्च सर्वानुरगांश्च दिव्यान् ।।१५॥
भावानुवाद: विश्वरूप परमेश्वरको त्यो बिराटस्वरुपमा अनेक मुख र नयनहरु भएका रुपमा अनेक अदभुत आश्चर्य अनेकौ दिव्य अलंकार र आभुसणले सिङ्गारिएको जसका हातमा अनेक शस्त्रहरु उठाइएका दिव्य माला र बस्त्र धारण गरिएको र दिव्य सुगन्ध चन्दन सर्वाङ्ग सरिरमा लेपन गरिएको यस किसिमको सबै प्रकारले आश्चर्यपूर्ण अनन्त सिमा सबै तर्फ मुख भएका बिराट स्वरुप परम देव परमेश्वरलाइ अर्जुनले देखे अर्थात दर्शन गरे । त्यो बिराट स्वरुप को आकाशमा हजार सुर्योंको एकैसाथ उत्पन्न प्रकास तेज हो, त्यस्तो तेज, प्रकाश परमात्मा विश्वरूप परमेश्वर लाइ तेजमय दर्शन पाउनु बिरलै हुन्छ । पान्डु पुत्र अर्जुनले त्यस समय अनेक प्रकारले विभाजित अलगअलग लोक सम्पूर्ण जगतको देवताहरुका पनि देवता भगवान श्री कृष्णको सरिरमै अवस्थित भएको देखे ।त्यसपछि आश्चार्य चकित भै रोमाञ्चित भएका धनंजय अर्जुनले आफ्नो शिर झुकाएर विश्वरूपधारी परमेश्वरलाई श्रध्दा भक्ति सहित दुवै हात जोडी प्रणाम गरेर बिन्ति गर्न लागे : हे देवादिदेव ! म हजुरको सरिरमा सम्पूर्ण देवताहरुलाई स्थावर जंगम रुप प्रानिजगतलाइ देखिरहेको छु । त्यसै गरि कमलको आसनमा विराजमान ब्रह्माजीलाई भगवान शंकरजी र समग्र ऋषिजन र दिब्यसर्पहरुलाई पनि देखेरहेको छु ।
अनेकबाहुदरवक्त्रनेत्रं पश्यामि त्वां सर्वतोअनन्तरुपम् ।
नान्तं न मध्यं न पुनस्तवादिंपश्यामि विश्वेश्वर विश्वरूप ।।१६॥
किरिटिनं गदिनं चक्रिणन् च तेजोराशिं सर्वतो दीप्तिमन्तम् ।
पश्यामि त्वां दुर्नीरीक्ष्यं समन्तादिप्तानलार्कध्युतिमप्रमेयम् ।।१७॥
त्वमक्षरं परमं वेदितव्यंत्वमस्य विश्वस्य परं निधानम् ।
त्वमव्यय: शाश्वतधर्मधर्मगोप्ता सनातनस्त्वं पुरुषो मतो मे ।।१८॥
अनादिमध्यान्तमनन्त विर्यमनन्तबाहु शशिसुर्य नेत्रम् ।
पश्यामि त्वां दीप्तहुताशवक्त्रं स्वतेजसा विश्वमिदं तपन्तम् ।।१९॥
ध्यावापृथिव्योरिदमन्तरं हि ब्याप्तं त्वयैकेन दिशाश्च सर्वा :।
दृष्ट्वाभ्दुतं रुपमुग्रं तवेदं लोकत्रयं प्रव्यथितं महात्मन ।।२०॥
भावार्थ : हे विश्वरूप ! म हजुरलाई अनेकौ हातहरु, पेट, मुख र आँखाले युक्त सर्बत्र अनन्तरुप फैलिएको देखिरहेको छु । हे विश्वरूप हजुरको न अन्त्य न त मध्य, न त आदि नै देख्दछु । म हजुरलाई मुकुट धारण गरेको गदा हातमा लिएको, चक्र लिएको चारै तर्फबाट प्रकाशमय तेजको पुञ्जको रुपमा देखिरहेको छु । अत हजुरको स्वरुपलाई बडो कठिनका साथ देख्न सकिने हुनाले प्रखर सुर्य समान दैदिप्यमान, प्रमेयस्वरुप देख्दछु । मे महात्मन हजुर नै जान्न योग्य परम अक्षर परमब्रह्म हुनुहुन्छ । हजुरनै यस जगतको परम आश्रय हुनुहुन्छ । हजुर नै शाश्वत सनातन धर्मको रक्षक हुनुहुन्छ । त्यसैले हजुर अब्यय सनातन परम पुरुष हुनुहुन्छ भन्ने यस्तो मेरो मत छ । म हजुरलाई आदि मध्य र अन्त्यहीन, अनन्त शक्ति सामर्थले युक्त अनन्त बाहुहरु भएका चन्द्र सुर्य रुप नेत्र भएका प्रज्वलित अग्निरूप मुख भएका, आफ्नो तेजले यो जगतलाइ नै
सन्तप्त गराउने रुपमा देख्दछु । हे महात्मन यो स्वर्ग र पृथ्वीको बिच आकाश तथा सम्पूर्ण दिशाहरु पनि हजुरबाट नै परिपूर्ण छ । हजुरको यो अलौकिक र भयङ्कर रुपलाइ देखेर तिनै लोक व्यथित र भयभित भएका छन् ।
अमी हि त्वां सुरसङ्घा विशन्ति केचिभ्दिता: प्राञ्जलयो गृणन्ति ।
स्वस्तित्युक्त्वा महर्षिसिध्दसङ्घा: स्तुवन्ति त्वां स्तुतिभि: पुष्कलाभि :।।२१॥
रुद्रादित्या वसवो ये च साध्याविश्वेअश्विनौ मृतश्वोश्मपाश्च ।
गन्धर्वयक्षासुरासिध्दसंघाविक्षन्ते त्वां विस्मिताश्चैव सर्वे ।।२२॥
रुपं महत्ते बहुवक्त्रनेत्रंमहाबाहो बहुबाहुरुपादम् ।
बहुदरं बहुदंष्ट्राकरालंदृष्ट्वा लोका: प्रव्यथितास्तथाहम् ।।२३॥
नभ: सपृशं दिप्तमनेकवर्णं व्यात्तानंन दिप्तविशालनेत्रम् ।
दृष्द्वा हि त्वां प्रव्यथितान्तरात्मा धृतिं न विन्दामि शमं च विष्णों ।।२४॥
दंष्ट्राकरालानी च ते मुखानि दृष्टैवकालानलसन्नि भानि ।
दिशो न जाने न लाभे च शर्म प्रसिद देवेश जगन्निवास ।।२५॥
भावार्थ:
हे विश्वरूप ! यी सबै देवताहरु हजुरमा नै प्रवेश गरिरहेका छन् । तिनमा कोइ भयभित भै हात जोडेर हजुरकै गुनको महिमा गाइरहेका छन् , महर्षि र सिध्दा पुरुष कल्याण होस् शान्ति होस् भनि स्तोत्र वाचन गरि हजुरकै स्तुति गरिरहेका छन् । जो यी रुद्रहरु आदित्यहरु वसुहरु साध्यगुन विश्वदेवाहरु दुवै अश्बिनिहरु र वायुगणहरु छन् यसै गरि पित्रिसमुदाय गन्धर्व यक्ष सिध्द समुहहरु सबै आश्चार्यचकित भै हजुरलाई नै हेरिरहेका छन् । हे महाबाहो ! हे प्रभु अनेक मुख र आँखाहरु, अनेकौ बाहुहरु, तिघ्राहरु र खुट्टाहरु धेरै पेटहरु अनेकै दाराहरु भएका बिकराल आकृतिरुप भएका हजुरको बिराटरुप देखेर सबै प्राणीहरु र म स्वयम पनि भयभित भै ब्याकुल भएका छौ । हे बिश्नो हे प्रभु ! आकाश छुने देदिप्यमान, अनेक बर्णरुप र रंग भएका आँ गरेर मुख बाएका धपक्क बलेका जस्तै ठुला ठुला आँखा भएका हजुरलाई देखेर निशन्देह मेरो अन्त: करण ज्यादै भयले कापिरहेका छ । मैले धर्य र शान्ति पाउन सकेको छैन ।
दाराहरुले बिकराल देखिने प्रलायकालिन दन्किरहेको अग्निकै समान मुखहरुलाई देखेर मैले दिशाहरुलाई समेत जान्दिन र सुख पनि पाउदिन । त्यसैले हे जगतका आधार हे देव ! प्रसन्न हुनुहोस ।
अमी च त्वां धृतराष्ट्रस्य पुत्रा : सर्वे सहैवावनिपालसंघै :।
भिष्मो द्रोण: सुतपुत्रस्तथासौ समास्मदियैरपि योधमुख्यै ।।२६॥
वक्त्राणि ते त्वरमाणा विशन्ति दंष्ट्राकरालानि भयानकानी ।
केचिव्दालग्ना दशनान्तरेषु संदृश्यन्ते चुर्णितैरुत्तमाङ्गै ।।२७॥
यथा नदीनां बहवोअम्बुवेगा:समुन्द्रमेवाभिमुखा द्रवन्ति ।
तथा तवामी नरलोकविराविशन्ति वक्त्राण्यभिविज्वलन्ति ।।२८॥
यथा प्रदिप्तं ज्वलनं पतंगाविशन्ति नास्हाय समृध्दवेगा : ।
तथैव नाशाय विशन्ति लोकास्तवापि वक्त्राणि समृध्दवेगा ।।२९॥
लेलिह्यसे ग्रसमान: समन्ता ल्लोकान्समग्रान्वदनैर्ज्वलभ्दि :।
तेजोभिरापूर्य जगत्समग्रंभासस्तवोग्रा: प्रतपन्ति विष्णो ।।३०॥
भावार्थ : यी सबै धृतराष्ट्रका पुत्रहरू, अरु राजाहरुको समूहसहित हजुरको बिशाल मुखमा प्रवेश गरिरहेका छन् । त्यसै गरि पितामह भिष्म, गुरु द्रोनाचार्य तथा कर्ण पनि हाम्रो पक्षका महत्वपूर्ण योध्दाहरु पनि सबै दारा सहितको हजुरको डरलाग्दो भयानक मुखमा बेगले पसिराखेका छन् र कोइको टुक्रा भै हजुरको दातमा टाउको सहित तासिएका देखिएका छन् । जसरी जलप्रवाहको बेगले नदीहरु सामुन्द्र तर्फ बगेका हुन्छन त्यस्तै गरि नर्लोकका बिरहरू पनि हजुरको यो भयङ्कर प्रज्वलित मुखमा प्रवेश गरिरहेका छन् ।जसरि प्तालिहरु नाश हुनाको लागि बलेको बत्तीको ज्योतिमा बेगले पुग्दछन त्यस्तै गरि यी सब जनहरु आफ्नो बिनासकोलागी अति बेगसंग दौडदै हजुरकै मुखमा प्रवेश गरिरहेका छन् । हे बिश्नो हजुरले ति सम्पूर्ण जनहरुलाई प्रज्वलित भै बलिरहेको मुखले गाँस हालेर सबैतीरबाट स्वाद्लिदै चाटी रहनु भएको छ । आफ्नो अग्निमय ज्योतिले सारा जगतलाई पुरै ढाकेर हजुरको प्रचण्ड तेज व्दारा सबैतिर फैलाई सन्तप्त पारिरहेको छ ।
आख्याहि मे को भावानुग्ररुपो नमोस्तुनमोअस्तु ते देववर प्रसिद।
विज्ञातुमिच्छामि भवन्तमाध्यंन हि प्रजानामि तव प्रवृत्तिम् ।।३१॥
श्री भगवानुवाच
कालोअस्मी लोकक्षयकृत्पवृध्दो लोकांसमाहर्तुमिह प्रवृत्त : ।
ऋतेअपि त्त्वां न भविष्यन्ति सर्वे येअवस्तिथा: प्रत्यनीकेषु योद्धा:।।३२॥
तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व जित्वा शत्रुन्भुङ्क्ष्वा राज्यं समृध्दम् ।
मयैवैते निहता : पुर्वमेव निमित्तमात्रं भव सव्यसाचिन् ।।३३॥
द्रोणं च भिष्मं च जयद्रथं च कर्ण तथान्यानपि योधविरान् ।
माया हतांस्त्वं जहि मा व्यथिष्ठायुध्यस्व जेतासि रणे सपत्नान् ।।३४॥
संजय उवाच
एतच्छुत्वा वचनं केशवस्य कृतान्जलिर्लेपमान: किरिटी ।
नमस्कृत्वा भूय एवाह कृष्णसगग्ददं भीतभीत : प्रणम्य ।।३५॥
अर्जुन उवाच
स्थाने हृषीकेश तव प्रकिर्त्या जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षान्सि भीतानि दिशो द्रवन्ति सर्वे नमस्यन्ति च सिध्दसङ्घा ।।३६॥
कस्माच्च ते न नमेरन्महात्मन् गरियसे ब्रह्मणोअप्यादिकत्रे ।
अनन्त देवेश जगन्निवास त्वमक्षरं सदसात्तात्परं यत् ।।३७॥
त्वमादिदेव: पुरुष: पुराणस्त्वमस्य विश्वस्य परं निधानम् ।
वेत्तासि वेध्यं च परं च धाम त्वाया ततं विश्वमनन्तरुप ।।३८॥
वायुर्यमोअग्निर्वरुण: शशाङ्क : प्रजापतिस्त्वं प्रपितामहश्च ।
नमो नमस्तेअस्तु सहस्रकृत्व : पुनश्च भूयोअपी नमो नमस्ते ।।३९॥
नम : पुरस्तादथ पृष्ठतस्ते नमोअस्तु ते सर्वत एव सर्व ।
अनन्तविर्यामितविक्रमस्त्वंसर्वं समाप्नोषी ततोअसी सर्व: ।।४०॥
सखेति मत्वा प्रसभं यदुक्तंहे कृष्ण हे यादव हे सखेति ।
अजानता महिमानं तवेदंमया प्रमादात्प्रणयेन वापि ।।४१॥
यच्चावहासार्थमसत्कृतोअसि विहारशय्यासन भोजनेषु ।
एकोअथवाप्यच्युत तत्समक्षंतत्क्षामये त्वामहमप्रमेयम् ।।४२॥
पितासि लोकस्य चराचरस्य त्वमस्य पूज्यश्च गुरुर्गरियान् ।
न त्वत्समोस्त्यभ्यधिक: कुतोन्योलोकत्रयेअप्यप्रतिमप्रभाव ।।४३॥
तस्मात्प्रणम्य प्रणिधाय प्रसादये त्वामहमिशमिड्यम् ।
पितेव पुत्रस्य सखेव सख्यु: प्रिय प्रियायार्हसि देव सोढुम् ।।४४॥
अद्रृष्टपुर्वं हृषीतोअस्मि दृष्ट्वा भयेन च प्रव्यथितं मानो मे ।
तदेव मे दर्शय देवरुपं प्रसिद् देवेश जगन्निवास ।।४५॥
किरिटिनं गदिनं चक्रहस्तमिच्छामि त्वां द्रष्टुमहं तथेव ।
तेनेव रुपेण चतुर्भुजेन सहस्रबाहो भव विश्वमुर्ते ।।४६॥
श्री भगवानुवाच
माया प्रसन्नेन तवार्जुनेदं रुपं परं दर्शितमात्मयोगात् ।
तेजमयं विश्वमनन्तमाध्यं यांमे त्वदन्येन न दृष्टपूर्वम् ।।४७॥
न वेदयज्ञाध्ययनैर्न दानैर्न च क्रियाभिर्न तपोभिरुग्रै: ।
एवंरुप: शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर ।।४८॥
मा ते व्यथा मा च विमुढभावोदृष्ट्वा रुपं घोरमिदृडममेदम् ।
व्यपेतभी: प्रितमना: पुनस्त्वंतदेव मे रुपमिदं प्रपश्य ।।४९॥
संजयवाच
इत्यर्जुनं वासुदेवस्तथोक्त्वा स्वकं रुपं दर्शयामास भूय: ।
आश्वासयामास च भितमेनं भुत्वा पुन : सौम्यवपुर्महात्मा ।।५०॥
अर्जुन उवाच
दृष्ट्वेदं मानुष रुपं तव सौम्यं जनार्दन ।
इदानीमस्मी संवृत: सचेता: प्रकृतीं गत:।।५१॥
श्री भगवानुवाच
सुदुर्दर्शमिदं रुपं दृष्टवानसि यन्मम ।
देवा अप्यस्य रुपस्य नित्यं दर्शनकांक्षीण :।।५२॥
नाहं वेदैर्न तपसा न दानेन न चेज्यया ।
शाक्य एवंविधो द्रष्टुं दृष्टवानसी मां यथा ।।५३॥
भक्त्या त्वनन्यया शक्य अहमेवंविधो अर्जुन ।
ज्ञातुं द्रष्टुं च तत्वेन प्रवेष्टुं च परन्तप ।।५४॥
मत्कर्मकृन्मत्परमो मभ्दक्त: सङ्गवर्जित: ।
निर्वैर: सर्वभुतेषु य: स मामेति पाण्डव ।।५५॥
अर्जुन बिन्ति गर्नुहुन्छ : उग्ररुप धारण गर्ने हजुर को हुनुहुन्छ ? मलाइ बताई बक्सियोस । हे देवताका देव हजुरलाई नमस्कार छ । तपाइँ प्रसन्न हुनुहोस । आदिपुरुष हजुरलाई बिशेषरुपमा जान्न चाहन्छु । किनकि मैले हजुरको प्रवृतिलाई जानेको छैन ।भगवान श्री कृष्णले भन्नु भयो : म लोकलाई नास गर्ने बिकराल महाकाल हुँ । अहिले म सारा लोकलाई संहार गर्न लागि रहेको छु । त्यसैले जो यो रणभूमिमा स्थित प्रतिपक्षी योध्दा छन् ति सबै तिमीबिना पनि रहने छैनन् । तिमीले युध्द नगरे पनि यिनीहरुको नाश हुनेछ । त्यसैकारण तिमि युध्दको लागि खडा होउ र यश प्राप्त गरेर सत्रुलाई क्षय गरि धन धान्यले सम्पन्न राज्यको भोग गर । यी सब सुरबीर पहिले नै म बाट मारिसकेका छन् । हे सव्यसाची तिमि अब केवल निमित्त मात्र होउ । द्रोणाचार्य, भिष्मपीतामह तथा जयद्रथ र कर्ण र अन्य बिरयोध्दाहरुलाई बध गर जो मबाट मारीइ सकेका छन् । नडराउ ब्याकुल पनि नहोउ युध्दमा निश्चय जित्ने छौ त्यसैले युध्द गर ।
संजयले बिन्ति गर्नुहुन्छ : केशब भगवानको यो बचन सुनिसकेपछि काँपिरहेका मुकुटधारी अर्जुनले हात जोडेर नमस्कार गरे । फेरी पनि डराई डराई झुकेर प्रणाम गरि श्रीकृष्ण समक्ष गदगद भै भगभग बोलीले अर्जुनले बिन्ति गर्नु भयो । हे अन्तरयामी भगवान सारा जगत नै हजुरको नाम गुण र प्रभावले किर्तन बाट आनन्द बिभोर भै हर्षित भैरहेका छन्, प्रेममा अनुराग प्राप्त भैरहेका छन् । डराएका राक्षसगणहरु चारै तर्फबाट भागि रहेका छन् र सम्पूर्ण सिध्द पुरुषहरु हजुरलाई नमस्कार गरिरहेका छन् । हे महात्मन हजुर जस्तो ब्रह्माको पनि आदिश्रष्टालाइ यिन जनहरुले किन नमस्कार नगरुन । किनकि हे अनन्त हे देवाधिपति हे जगन्निबास हजुर नै सत असत, त्यो भंदा पनि परम अनश्वर अक्षर तत्व छ, त्यो पनि हजुरनै हुनुहुन्छ । हजुरनै आदिदेव श्रीष्टीकर्ता र सनातन पुरुष हुनुहुन्छ ।
हजुर नै यस संसारको परम आधार र आश्रय हुनुहुन्छ । हजुर नै जान्न योग्य, हजुर नै परम धाम हुनुहुन्छ । हे अनंतरुप भगवान यो सारा जगत हजुरबाटै परिपूर्ण र व्याप्त छ । हे बिश्वेस्वर , हजुरनै बायु, यमराज, वरुण, चन्द्रमा, प्रजापति ब्रह्मा र हजुर नै परपीतामह हजुरनै । हे परमेश्वर यस्ता हजुरलाई हजार बार नमस्कार छ । हजुरको लागि बारम्बार नमस्कार गर्दछु । हे अनन्त शक्ति सम्पन्नवाला परमेश्वर हजुरलाई अगाडी र पछाडिबाट नमस्कार छ हे सर्बेश्वर हजुरलाई सबैतिरबाट नमस्कार छ ।
किनकि हजुर अनन्त पराक्रमशालि र समस्त जगतमा व्याप्त हुनुहुन्छ, त्यसैले हजुर नै सर्ब स्वरुप हुनुहुन्छ । हजुरको यो महिमा र प्रभाव लाइ नजानेर मैले हजुरलाई मित्र साथि मानेर प्रेमले होस् वा प्रमादले होस् हे कृष्ण हे यादव हे साथि भनेर बिनासोचे बिचारी जे जति भने त्यो क्षमा चाहन्छु । यसैगरि घुमफिर गर्दा होस् या कुनै खेलमा होस् ठट्टा जिस्किदा होस् बस्दा उठ्दा सुत्दा खादा होस् वा अगाडी पछाडी अन्यको सामुन्ने अपमानित गरेको हुन् सक्छु । मैले हजुरलाई अपमान गरेको छु भने हे अच्युत त्यसको लागि म अप्रमेयस्वरूप हजुरसँग क्षमायाचना गर्दछु ।
हजुर यस चराचर जगतको पिता हुनुहुन्छ । सबैभन्दा ठुलो गुरु हुनुहुन्छ र पुजनीय हुनुहुन्छ । अनुपम प्रभावशाली अतुलनीय तुलना गर्ने नमिल्ने तिनै लोकमा अर्को कोइ छैन फेरी हजुर भन्दा बढी को नै हुन् सक्छ ! त्यसैकारण हे इश्वर म आफ्नो सरिर झुकाएर साष्टांग प्रणाम गर्दै आराधाना गर्ने योग्य परमेश्वर हजुरको प्रसंन्नाताको लागि प्रार्थना गर्दछु । पिताले पुत्रको झैँ, साथिले साथीको झैँ, पतिले आफ्नी प्रिय पत्नीको गल्ति सहन गरे जस्तै हे देव प्रभु हजुरले मलाइ आफ्नो प्रिय शिष्य सम्झी अपराधलाइ सहन गरिदिनुस । पहिले कहिल्यै नदेखेको यो आश्चार्यमय रुपलाई देखेर दर्शन पाएर म प्रसन्न र हर्षित भएको छु । साथै डरले मेरो मन पनि कापिरहेको छ । त्यसैले हे प्रभु मलाइ त्यही चतुर्भुज स्वरुप नै दर्शन गराइबक्सियोस । हे जगन्नाथ हे देवताका स्वामी प्रसन्न हुनुहोस । शिरमा मुकुट धारण गरेको हातमा गदा तथा चक्र लिएको म त्यसै रुपमा दर्शन गर्न चाहन्छु । त्यसैले हे बिस्वस्वरुप हे हजार हात भएका भगवान हजुर उही चतुर्भुज रुपमा प्रकट होइबक्सियोस । भगवान ले भन्नुहुन्छ : हे अर्जुन मैले प्रसन्न भएर अनुग्रह पुर्बक मेरो आफ्नो परम योगशाक्तिको प्रभावले दिव्य योगशाक्तिबाट तीमिलाई देखाएको छु । जुन रुप तेजोमय छ, बिश्वब्यापक र सार्वभौम छ अनन्त असिम छ जसलाई तिमीले भन्दा अगाडी कसैले देखेको छैन । हे अर्जुन मनुष्यलोकमा तिमीबाहेक यसप्रकारको विश्वरूप न त बेद, न त् यज्ञहरुको अध्ययनले न दानले, न कर्मको अनुष्ठानले, न उग्र तपले नै यस्तो बिराट स्वरुप तिमि बाहेक अरुमा नै देखिन सक्दछु । मेरो यसप्रकारको बिकराल रुपलाई देखेर तिमीलाई भय र व्याकुलता नहोस र मुढ़भाव पनि नहोस । तिमि भय मुक्त भै प्रेम पुर्बक प्रसन्न भएर मेरो शंख चक्र गदा पद्मयुक्त चतुर्भुज रुपलाई फेरी दर्शन गर ।
संजयले भन्दछन : भगवान बासुदेव कृष्णले अर्जुनलाई यसप्रकार भन्दै फेरी आफ्नो त्यो चतुर्भुज रुपलाई दर्शन गराउनु भयो । पुन महान आत्मा भएका श्रीकृष्णजीले आफ्नो सौम्य सुन्दर शान्त भै कृष्णको रुप धारण गरि भयभित अर्जुनलाई सान्त्वना दिनुभयो । अर्जुनले भने : हे जनार्दन हजुरको सौम्य एवं शान्त मनुश्यरूपलाइ देखेर अब म स्थिर भै आफ्नो स्वभाविक स्थितिमा पुगेको छु ।
भगवानले भन्नुहुन्छ : जुन रुपको दर्शन पाउन अन्त्यन्त दुर्लभ छ त्यहि रुप तिमीले देखेका छौ । यो सुदर्शन हो देवता पनि यो रुप दर्शनको लागि इच्छुक भैरहेका हुन्छन । तिमीले मलाइ जस्तो रुपमा देख्यौ यस प्रकारको चतुर्भुज रुप न बेद अध्ययन व्दारा, न तपस्याले, न दानले र न यज्ञबाट देख्न सकिन्छ । हे शत्रुतापन अर्जुन अनन्य चित्तभक्तिबाट नै यस प्रकारको चतुर्भुजरुप भएको मलाइ तत्व पुर्वक जान्न, देख्न र प्रवेश गर्नको लागि एकोभावबाट प्राप्त हुन सक्छु । जो पुरुष म बासुदेवका लागि कर्म गर्दछ जसको परम गति नै म छु जो मेरो भक्ति गर्छ जो आसक्तिरहित छ, जो समग्र प्रानि जगतसंग बैरभाव गर्दैन, हे पान्डूपुत्र त्यस्ता मनुष्यले अबस्य मलाइ पाउदछ । ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे विश्वरुपदर्शनयोगो नामैकादशो अध्याय:।।११॥
श्रीमद्भगवद्गीता- अध्याय-१२
अर्जुन उवाच
एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।
ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमा: ।।१॥
श्री भगवानुवाच
मय्यावेश्य मानो ये मां नित्ययुक्ता उपासते ।
श्रध्दया परयोपेतास्ते मे युक्त्ततमा मता :।।२॥
ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्यपासते ।
सर्वत्रगमचिन्त्यं च कुटस्थमचलं ध्रुवम् ।।३॥
सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुध्दय: ।
ते प्राप्नुवन्ति मामेव सर्वभुतहिते रता : ।।४॥
क्लेशोअधिकतरस्तेषामव्यक्तासक्ताचेसाम् ।
अव्यक्त हि गतिर्दु:खं देहवध्दिरवाप्यते ।।५॥
अर्जुनले बिन्ति गर्नुहुन्छ : यस पकार निरन्तर ध्यानमा लागिपरेका जो भक्तजनले हजुर्को उपासना गर्दछन । जुन अव्यक्त अबिनाशिनी परब्रह्मको श्रेष्ठ भावले उपासना गर्दछन यी दुवै प्रकारका उपासक्मध्ये कुन उत्तम योगवेत्ता हुन्? भगवानले भान्नुहुन्छ : मलाइ नै एकाग्रभावाले चित्त गरि परम श्रध्दाले भावले नित्य मेरो ध्यानमा रहन्छ र उपासक भै श्रध्दायुक्त भै मेरो सदगुन रुपलाई भजदछ त्यो नै मेरो अतिउत्तम भक्त मानिन्छ । तर जुन पुरुषले सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरि बुध्दिबाट पर सर्वव्यापी अकथनीय स्वरुप ए सदा एक रस भैरहने नित्य अचल निराकार अविनाशिनी सच्चिदानन्दघन ब्रह्माको निरनात्र एकोभावले मनन गरि मलाइ नै भादछां ति सम्पूर्ण जगतको हित गर्न लिन भै सबैलाई समान भाव राख्ने ले मलाइ प्राप्त गर्न सक्दछ ।निर्गुण निराकार अव्यक्त ब्रह्मको आसक्त चित्त भएका साधना कठोर हुन्छ । किनकि देहाधारी प्राणिव्दारा अव्यक्त एवं निर्गुण ब्रह्म गति बडो कठिनले प्राप्त गर्न सकिन्छ ।
ये तु सर्वाणि कर्माणि मयि सन्न्यस्य मत्परा ।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते ।।६॥
तेषामहं समुध्दर्ता मृत्युसंसारसागरात् ।
भवामि नचिरात्पार्थ मय्यावेशिताचेतसाम् ।।७॥
माय्येव मन आधत्स्व मयि बुध्दिं निवेशय ।
निवसिष्यसि माय्येव अत उर्ध्वं न संशय ।।८॥
अथ चित्त समाधातुं न शन्कोषि मई स्थिरम् ।
अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनन्जय ।।९॥
अभ्यासेअप्यसमर्थोअसि मत्कर्मपरमो भाव ।
मदर्थमपि कर्माणि कुर्वन्सिध्दि मवाप्स्यसि ।।१०॥
भावार्थ : जो सारा कर्महरु म मा समर्पण गरेर म मा चित्त लगाउदै अनन्य भक्तियोगले मेरो ध्यान गर्दै मेरै उपासना गर्दछ , तिनीहरुको म उद्दार गर्दछु ।हे अर्जुन ! म मा जसको चित्त समाहित छ, यसरी म मा चित्त लगाएका मेरा भक्तहरुलाई म चाडै नै मृत्युरूप संसार सागरबाट उद्दार गर्नेवाला हुने छु ।
तिमि म मा नै मन लगाउ र म मा नै बुध्दि स्थिर गरि ममा चित्त केन्द्रित गर, यस पछी तिमि म मा नै निवास गर्ने छौ । यसमा कुनै सन्देह छैन । यदि तिमि आफ्नो चित्तलाई म मा स्थिर गरेर राख्न सख्दैनौ भने चित्त एकाग्र पार्ने अभ्यास व्दारा मलाइ पाउने प्रयत्न गर ।यदि अभ्यासयोगव्दारा पनि मलाइ प्राप्त गर्न असमर्थ छौ भने मेरा लागि कर्म गर्ने बन , मेरा लागि कर्म गरिरहदा पनि तिमि मेरो प्राप्तिरूप सिध्दीलाइ प्राप्त गर्ने छौ ।
अथैतदप्यशक्तोअसि कर्तुं मद्योगमाश्रीत:।
सर्वकर्मफलत्यागं तत : कुरू यातात्मवान् ।।११॥
श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाध्द्यानं विशिष्यते ।
ध्यानात्कर्मफलात्यागस्त्यागाच्छान्तिरनन्तरम् ।।१२॥
अव्देष्टा सर्वभुतानां मैत्र: करुण एव च ।
निर्ममो निरहंकार: समदु:खसुख: क्षमी ।।१३॥
सन्तुष्ट: सततं योगी यातात्मा दृढनिश्चय :।
मय्यर्पितमनोबुध्दिर्यो मभ्दक्त: स मे प्रिय : ।।१४॥
यस्मान्नोव्दिजते लोको लोकान्नोव्दिजते च य ।
हर्षामर्षभयोव्देगैर्मुक्तो य: स च मे प्रिय : ।।१५॥
भावार्थ: यदि मेरो अनिभुती हुने योगमा आश्रीत भै यस्तो साधना गर्न असमर्थ छौ भने मन बुध्दिमा संयम भै समस्त कर्मफलपरित्याग गरि निष्काम कर्म गर ।मर्मलाई नजानेर गरिने अभ्यास भन्दा ग्यान श्रेष्ठ हो । ग्यान भन्दा मेरो उपासना रुप ध्यान श्रेष्ठ छ । कर्मफल्को त्याग अझ ध्यान भन्दा पनि विशिष्ट हुन्छ ।यस्तो त्यागबाट तत्काल नै परम शान्ति प्राप्त हुन्छ । जो मनुष्य समस्त जगत प्रति व्देश गर्दैन, जो सबैमा मित्र भाव राख्दछ, जो दया करुणा ले परिपूर्ण छ । जो अहंकार रहित छ सुख दुखमा समभाव छ र क्षमावान जो मनुष्य सदा सन्तुष्टि नित्य तृप्ति रहन्छ जसको आत्मा संयमित छ, जसले मन बुध्दि मेरो लागि अर्पण गरेको छ र त्यो अर्पण गरेको मन बुध्दिवाला भक्त मेरो प्रिय छ ।जसबाट कोइ प्राणि दिक्क हुदैन अरुलाई पिडा दिदैन जो यो जगतबाट बिरक्त पनि हुदैन जो भक्त हर्ष, भय, र दाहा, इर्श्या र बिषाद निरास र चिन्ताबाट मुक्त छ त्यो भक्त नै मेरो प्रिय हो ।
अनपेक्ष : शुचिर्दक्ष उदासिनो गतव्यथ : ।
सर्वारम्भपरित्यागी यो माभ्द्क्त: स मे प्रिय ।।१६।।
यो न हृष्यति न व्देष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्य: स मे प्रिय ।।१७॥
सम: शत्रौ च मित्रे च तथा मानापमानयो : ।
शितोष्णसुखडदु :खेषु सम: संगविवर्जित :।।१८॥
तुल्यनिन्दास्तुतिमौनी संतुष्टोयेन केनचित् ।
अनिकेत : स्थिरमतिर्भक्तिमान्मे परियो नर ।।१९।\
ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते ।
श्रद्दधाना मत्परमा भक्तास्तेअतिव मे प्रिया: ।।२०॥
भावार्थ : जसको सांसारिक बिषयमा बस्तुहरुमा कुनै इच्छा वा अपेक्षा छैन जो भौतिक पदार्थको प्राप्तिमा अभिरुचि राख्दैन र शारीरिक वा मानसिक रुपमा जो पवित्र छ जो कर्मकुशल निष्पक्ष र सारा दुख कष्टबाट मुक्त भएको जसको कामनाबात पैदा हुने सबै कर्मको आरम्भ परित्याग गरेको छ त्यस्तो भक्त मेरो प्रिय बन्दछ ।
न जो कहिल्यै अति प्रसन्न हुन्छ न त् व्देष गर्छ न शोक नै गर्दछ न कामना गर्दछ, जो शुभ अशुभ सम्पूर्ण कर्मको फलमा लाईट हुन्छ, त्यस्तो भक्तिभावले पूर्ण भक्त नै मेरो प्रिय हुन्छ ।
जो सत्रु मित्रुमा सम हुन्छ र समान ब्यबहार गर्दछ जो मान अपमानमा सम रहन्छ जो गर्मि जाडो र शुखदुखमा समता राख्दै आसक्तिरहित छ । जसले निन्दा र प्रशंश लाइ सम ठान्दछ जहा जसरि जे पाइन्छ त्यसैमा सन्तुष्टि हुन्छ र जसको निवासमा ममता र आसक्ति छैन त्यो स्थिरबुध्दि भक्तिमान पुरुष मेरो प्रिय हुन्छ ।परन्तु जो आदरपुर्बक मेरो परायण भै श्रध्दा भक्तिले यो धर्ममय अमृतको तत्वले परिपूर्ण यो अमरज्ञान प्रेम भावले सेवन अर्थात् परिपालन गर्दछ तिनीहरु नै मेरा ज्यादै प्रिय पात्र हुन।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे भक्तियोगो नाम व्दादशो अध्याय:।।१२ ॥
श्रीमद्भगवद्गीता- अध्याय-१३
श्री भगवानुवाच
इदं शरिरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतध्यो वेत्ति तं प्राहु: क्षेत्रज्ञ इति तव्दिद :।।१॥
क्षेत्रज्ञं चापि मां विध्दि सर्वक्षेत्रेषु भारत ।
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम ।।२॥
तत्क्षेत्रन् यच्च यादृक्च यव्दिकारि यतश्च यत् ।
स च यो यत्प्रभावश्च तत्समासेन मे शृणु ।।३॥
ऋषिभिर्बहुधा गितं छन्दोभिर्विविधै: पृथक् ।
ब्रह्मसुत्रपदश्चैव हेतुमध्दिर्विनिश्चितै: ।।४॥
महाभुतान्य हङ्कारो बुध्दिरव्यक्तमेव च ।
इन्द्रियाणि दशैकं च पन्च चेन्द्रियगोचरा: ।।५॥
भावार्थ : भगवान भन्नुहुन्छ : हे अर्जुन यो शरीर क्षेत्र हो भनि जानिन्छ । यस शरिररूप क्षेत्रलाई जान्दछ त्यस्तो जान्नेलाई क्षेत्रज्ञ भनिन्छ र क्षेत्र र यस सम्बन्धि तत्व जानकार व्यक्तिलाई ज्ञानिजन भन्दछन । हे भरत बंश अर्जुन ! सबै क्षेत्रहरुमा म नै क्षेत्रज्ञ हुँ र जीवात्मा पनि म नै हु भनि बुझ , क्षेत्र र क्षेत्रज्ञ अर्थात बिकार रहित प्रकृति र पुरुषको तत्वलाइ जान्ने नै ग्यान हो भन्ने मेरो बिचार छ ।त्यो क्षेत्र जे होस्, जे बिचारवाला छ जसको कारणबाट जे भएको छ, त्यो क्षेत्रज्ञ र जो यसबाट प्रभावित भएका छन् । यी सबै बिस्तारमा म बाट सुन । क्षेत्र र क्षेत्रज्ञ तत्वको बिषयमा ऋषिहरुले धेरै प्रकारले बताएका छन् र बिबिध बेद मन्त्र अलगअलग रुपमा व्याख्या गरिएका छन् । ब्रह्म तत्वको बोध गराउने ब्रह्मसुत्रको ब्रह्मपदबाट पनि बयान गरिएको छ ।
पांच महाभुतका अव्यक्त, अहंकार, बुध्दि मूल प्रकृति र दश इन्द्रियहरु, एउटा मन र पांच इन्द्रिय शब्द, स्पर्श, रुप, रस, र गन्ध गरि यो सरिरमा २४ वटा तत्वले युक्त छ ।
इच्छा व्देष: सुखं दु:खं सङ्घातश्चेतना धृति :।
एतात्क्षेत्रन् समासें सविकारमुदाहृतम् ।।६॥
अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रह:।।७॥
इन्द्रियार्थेषु वैराग्यमनहंकार एव च ।
जन्ममृत्युजराव्याधिडदु:ख दोषानुदर्शानम् ।।८॥
आसक्तिरनभिष्वङ्ग : पुत्रदारगृहादिषु ।
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ।।९॥
मयि चानन्ययोगेन भक्तिरवीभिचारिणी ।
विविक्तदेश्सेवित्वमरतिर्जनसंसदि ।।१० ।।
भावार्थ : इच्छा व्देष, सुख, दुख, स्थुल सरिर संघात चेतना, यसबाट धारण गरिएको बिकार हुन, यसरी विकार सहित क्षेत्रका बारेमा संक्षेपमा बताइयो । बडप्पनको अभिमान नहुनु, छलकपट र ढोगी नहुनु र कसैको कुनै किसिन्मको हिँसा नगर्नु, कसैलाई नसताउनु, क्षमाशील बन्नु, सरल बन्नु गुरुको सेवा गर्नु, भित्र बाहिर अन्त:स्करण शुध्दी स्थिरता र मन इन्द्रियहरुसहित निग्रह हुनु, इन्द्रियका बिशयहरुमा वैराग्य हुनु, भोगबिलाशमा आसक्त नहुनु, अहंकाररहित र जन्म मृत्यु जरा बुढ्याई र रोग दुख र दोशहरुमा बिचार गर्नु, पुत्र, स्त्री, घर र धन सम्पत्ति प्रियजनामा आसक्तिरहित हुनु, ममत्वभाव राखी त्यसैमा आसक्त नबन्नु, प्रिय र अप्रिय कुरा प्राप्तिमा सम भाव हुनु, म मा बाहेक अन्त कतै नलागी अनन्य भक्ति गर्दै बिचलित नभई निरन्तर भक्ति गर्नु, शुध्द र एकान्तस्थानमा निबास गर्नु बिषयगत आसक्तियुक्त मान्छेमा प्रेम नगर्नु, यी सबै ज्ञानका साधनहरु हुन ।
अध्यात्मज्ञाननित्यत्वं तत्वज्ञानार्थदर्शनम् ।
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यादतोअन्यथा ।।११॥
ज्ञेयं यत्तत्प्रवक्ष्यामी यज्ज्ञात्वामृतमष्नुते ।
अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्येते ।।१२॥
सर्वत: पाणिपांद तत्सर्वतोअक्षिशिरोमुखम् ।
सर्वत: श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ।।१३॥
सर्वेन्द्रियगुणाभांस सर्वेन्द्रियविवर्जितम् ।
असक्तं सर्वभ्रीच्चैव निर्गुणं गुणभोक्त्री च ।।१४॥
बहिरन्तश्च भुतानामचरं चरमेव च ।
सुक्ष्मत्वात्तदवीज्ञेयं दुरस्थं चान्तिके च तत् ।।१५॥
भावार्थ : अध्यात्मसम्बन्धि ज्ञानमा निरन्तर लागिरही, प्रकाशमय तत्वज्ञान अर्थरूप परमात्माको साक्षात्कार गर्नुलाई नै ज्ञान भनिन्छ । सो को बिपरित वा भिन्न अज्ञान हो भनिएको छ । जो जान्न योग्य छ जसलाई जानेपछि मनुष्यले अमृततत्व परमानन्दलाइ प्राप्त गर्दछ । जो अनादिकालवाला परमब्रह्म न त अस्तित्वमा छ न त अस्तित्व बिहिन छ । जसका हातपाउहरु सबैतिर फैलिएका छन, आँखा शिर र कानहरु सबैतिर छन् किनकि ज्ञेय परब्रह्म सबैमा व्याप्त भएर रहनु भएको छ । त्यो ज्ञेय परब्रह्मतत्व सम्पूर्ण इन्द्रियहरुका बिषयलाई जान्नेवाला र इन्द्रियामा रहेर पनि इन्द्रियरहित छ र आसक्तिरहित भएर पनि सबैलाई पालन पोषण गर्नेवाला छ र निर्गुण भएर पनि गुणहरुलाई भोग्दछन । ज्ञेय परब्रह्म परमात्मा सबै प्राणीहरुमा भित्र बाहिर व्याप्त हुनुहुन्छ । जो चल र अचल भएर बस्नुहुन्छ , जो अति सुक्ष्म भै अन्त्यन्त नजिक र अन्तन्तै टाढा रहनुहुन्छ । तिनै नै परमात्मा हुनुहुन्छ ।
अविभतं च भुतेषु विभक्तमिव च स्थितम् ।
भूतभर्त्री च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।।१६॥
ज्योतिषामपि तज्ज्योतिस्तमस: परमुच्यते ।
ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।।१७॥
इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासत :।
मद्भक्त एतव्दिज्ञाय मद्भावायोपपध्यते ।।१८॥
प्रकृतिं पुरुषं चैव विध्दय्नादी उभावपि ।
विकारांश्च गुणांश्चैव विध्दि प्रकृतिसम्भवान् ।।१९॥
कार्यकरणकर्तृत्वे हेतु: प्रकृतिरुच्यते ।
पुरुष: सुखदुखानां भाक्तृत्वे हेतुरुच्यते ।।२०॥
भावार्थ : परब्रह्मा परमेश्वर विभक्त नभई एक रुपले आकाशमा आभा सदृश्य परिपूर्ण भएर पनि सम्पूर्ण प्रानिजगतमा विभक्त रुपमा भिन्न भिन्न भै स्थित हुनुहुन्छ । त्यसरी नै जान्नेयोग्य परमात्मा सृष्टिकर्ता, पालन पोषण गर्ने बिष्णु, र संहार गर्ने रुद्ररूपमा एक्लै भएर पनि तिन रुपमा रहनुहुन्छ । ज्ञेयस्वरुप परब्रह्मा ज्योतिरुपको पनि ज्योति हुनुहुन्छ । उहाँ अन्धकारबाट धेरै पर हुनुहुन्छ । माया बाट परहुनुको साथै बोधस्वरुप जान्नेयोग्य तत्वज्ञानबाट प्राप्त गर्न सकिने र सबैको हृदयमा बिशेष रुपले स्थित रहनुहुन्छ । यस प्रकार क्षेत्र, ज्ञान र ज्ञेय स्वरुप परमात्माको संक्षेपमा बताइएको छ । मेरा भक्तले यस तत्वलाइ बुझेर मेरो भाव र स्वरुपलाई प्राप्त गर्दछन । प्रकृति र पुरुष यी दुबै अनादि काल देखि निरन्तर छन् । राग व्देष सुख दुखादी बिकारहरु र त्रिगुनात्मक सम्पूर्ण पदार्थ पनि प्रकृतिबाटै उत्पन्न भएको जान । कार्य(आकाश, वायु, जल, र पृथ्वी, शब्द, स्पर्श , रुप रस गन्ध), करण ( बुध्दि , अहंकार, मन, श्रोत्र, त्वचा, रसना, नेत्र, घ्राण, वाक हस्त पाद, उपस्थ, र गुदा यिनी १३ का नाम करण भनिन्छ ।) यीनलाई उत्पतिका गराउने प्रकृति हो भने यसबाट उत्पन्न हुने सुख दुखादी भोक्ता जीवात्मा हो ।
पुरुष: प्रकृतिस्ठो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।
कारणं गुणसङ्गोअस्य सदसद्योनिजन्मसु ।।२१ ।।
उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वर : ।
परमात्मेती चाप्युक्तो देहेअस्मिन्पुरुष : पर: ।।२२॥
य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणै : सह ।
सर्वथा वर्तामानोअपि न स भूयोअभीजायते ।।२३॥
ध्यानेनात्मनि पश्यान्ति केचिदात्मनमात्मना ।
अन्य साङ्ख्येन योगेन कर्मयोगेन चापरे ।।२४॥
अन्य त्वेवमजानन्त श्रुत्वान्येभ्य उपासते ।
तेअपि चातितारन्त्येव मृत्युं श्रुतिपरायाणा :।।२५॥
भावार्थ : प्रकृतिमा स्थित जिवात्माले नै प्रकृतिबाट उत्पत्ति त्रिगुणात्मक पदार्थलाई भोग्दछ । हरेक मनुष्यका यी गुणहरुको आसक्तिका बस्तु वा जीवात्माको राम्रो वा नराम्रो योनिमा जन्म हुनुको कारण भएको हुन्छ । यस सरिरमा स्थित आत्मरूप नै परमेश्वर हुनुहुन्छ । जो साक्षी “उपद्रष्टा’ भएर पनि यथार्त अनुमति दिने हुदा अनुमन्ता, सबैको भरण पोषण गर्ने हुदा भर्ता, सुख दुख बोगगारने हुदा भोक्ता सबैका महान इश्वर भएकाले महेश्वर परम आत्मा भनिएको छ । जो मनुष्य यसप्रकार प्रकृतिका तिनै तत्व गुणहरुलाई बुझ्दछ त्यो मनुस्य सबै प्रकारले कर्म गरिरहेर पनी फेरी जन्मनु पर्दैन र मुक्ति प्राप्त गर्दछ । कतिपय साधकहरु आफ्नो ध्यानले आफ्नो आत्माली शुध्दी गरेर हृदयमा परमात्मालाई साक्षात्कार गर्दछन । अन्य केहि साधकहरुले ज्ञान योगव्दारा आत्माको दर्शन गर्दछन भने कसैले कर्मयोगको साधनाले आत्मालाइ प्राप्त गर्दछन । अर्का थरि साधकहरु यी सबै योगलाई नजानेर पनि अरु ज्ञानी जनबाट सुनेर उपासना गर्दछन र कर्तब्य परायण भै कर्म गर्दछन भने पनि यस भाव सागरबाट तर्न सक्दछन ।
यावत्सन्ज्यायते किन्चित्सत्त्वं स्थावरजङ्गमंम् ।
क्षेत्रक्षेत्रज्ञ संयोगात्तव्दिध्दी भारतर्षभ ।।२६।\
समं सर्वेषु भुतेषु तिष्ठन्तं परमेश्वरम् ।
विनश्यत्स्वविनसयन्तं य: पश्यति स पश्यति ।।२७।।
समं पश्यन्हि सर्वत्र सम्वास्थितमिश्वरम् ।
न हिनस्त्यात्मनात्मानं तातो याति परां गतिम् ।।२८॥
प्रक्रित्यैव च कर्माणि कृयमाणानी सर्वश: ।
य: पश्यति तथात्मान मकर्तारं स पश्यति ।।२९॥
यदा भुतपृथग्भावमेकस्थमनुपश्यति ।
तत एव च विस्तारं ब्रह्म सम्पदद्यते तदा ।।३०॥
भावार्थ : हे अर्जुन जतिमात्रामा जतिसुकै परिणाममा प्राणि र बस्तुहरु उत्पन्न हुन्छन ति सबै क्षेत्र र क्षेत्रज्ञको संयोगबाट भएको जान । जो पुरुष सबै भुताप्रानिहरुमा समभावले रहने र ति नाशवान प्राणिहरुमा नष्ठ नहुने इश्वर देख्दछ त्यसले यथार्थ देख्दछ । जो मनुष्य सबैमा समभावले स्थित रहनुभएका परमेश्वरलाइ देख्दछ र आफ़ुले आफ्नो आत्मालाई नष्ट गर्दैन त्यो नै परम गति प्राप्त गर्दछ । जो व्यक्ति प्रकृतिबाट नै सबै कर्म सम्पन्न भैरहेको भन्ने देख्दछ र आत्मालाई अकर्ताको रुपमा देख्दछ त्यहि नै यथार्थ कुरा देखिरहेको हुन्छ । जुन व्यक्तिले जतिखेर प्राणिहरुमा भिन्न भिन्न स्वरुप र भावलाई एकै तत्व परमात्म स्वरुप समाहित भएको देख्दछ, सोहि क्षण उ सचिदानन्द ब्रह्मलाइ प्राप्त गर्दछ ।
अनादित्वान्निर्गुणत्वात्परमात्मायमव्यय : ।
शरिरस्ठअपि कौन्तेय न करोति न लिप्यते ।।३१॥
यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते ।
सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ।।३२॥
यथा प्रकाशयत्येक: कृत्स्नं लोकमिमं रवि: ।
क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ।।३३॥
क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचाक्षुषा ।
भुतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम् ।।३४॥
भावार्थ: हे अर्जुन ! अनादि भएको र निर्गुण भएको हुनाले यो अबिनाशिनि परमात्मातत्व रहेर पनि न केहि गर्छ, न त कुनै कुरामा लिप्त हुन्छ । जसरि सर्वत्र व्याप्त भएर रहेको आकाश सुक्ष्मतत्व रहेर पनि कुनै बस्तुमा लिप्त रहदैन त्यसरि नै सर्वत्र शरीरमा व्याप्त भएर रहेको आत्मा निर्गुण भएको कारणले शरीरको गुणमा लिप्त हुदैन । हे अर्जुन ! जसरि एउटै सुर्यले सम्पूर्ण ब्रमान्डलाई उज्यालो बनाउदछ । त्यसरी नै क्षेत्रज्ञरुप आत्माले सम्पूर्ण सरिरलाई न उज्यालो र प्रकाशमय बनाउदछ । जो मनुष्य ज्ञानरुप आँखाबाट क्षेत्र र क्षेत्रज्ञको अन्तरलाई प्राणिहरुको प्रकृति बन्धनबाट छुटकारा पाउने उपाएको तत्व जान्दछ । तिनीहरु परब्रह्म परमेश्वरलाइ प्राप्त गर्दछ ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे क्षेत्रक्षेत्रज्ञविभागयोगो नाम त्रयोदशो अध्याय:।।१३ ॥
श्रीमद्भगवद्गीता- अध्याय-१४
भगवानुवाच
परं भूय: प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम् ।
यज्ज्ञात्वा मुनय: सर्वे परां सिध्दिमितो गता: ।।१॥
इदं ज्ञानामुपाश्रितय मम साधर्म्यमागता: ।
सर्गेअपि नोपजायन्ते प्रलये न व्यथन्ति च ।।२॥
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भव: सर्व भुतानां तातो भवति भारत ।।३॥
सर्वयोनिषु कौन्तेय मुर्तय: सम्भवन्ति या: ।
तासां ब्रह्म महद्योनिरहं बिजप्रद : पिता ।।४॥
सत्त्वं रजस्तम इति गुणा: प्रक्रितिसंभावा: ।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम् ।।५॥
भावार्थ: भगवान श्री कृष्णजीले भन्नु हुन्छ , ज्ञानमा सर्वश्रेष्ठ परमात्मा परमज्ञान फेरी तिमीलाई बताउछु, त्यो ज्ञानलाइ जानेर प्राप्य गरेर सबै मुनिजनले यस लोकबाट मुक्ति पाउनुको साथै पर्म्सिध्दी प्राप्त गरेका छन् । यो ज्ञानको धारण गरेर मेरो स्वरुपलाइ प्राप्त गरेका महापुरुशहरु श्रीष्टिको प्रारम्भमा न त जन्मनु पर्दछ न अत प्रलयको अन्तमा बिनाश नै हुनु पर्दछ । हे अर्जुन ! म त्रिगुणमई प्रकृति माया मेरो योनि गर्भाधानको स्थान गर्भाशय हो । म त्यस महदब्रह्मरूप योनिमा चेतानरुप बिज स्थापना गर्दछु । त्यहि जडचेतनाको संयोगबाट सम्पूर्ण प्राणीहरुको उत्पत्ति हुन्छ । हे कुन्ती पुत्र समग्र योनिमा जति स्वरुपको प्राणीहरु उत्पन्न हुन्छन ति सबैको प्रकृति गर्भाधार्ण गर्ने आमा हुन् र म परमेश्वर बिज स्थापना गर्ने पिता हुम । हे अर्जुन ! प्रकृतिबाट उत्पन्न सत्व राज तम यी यी तिनै गुणहरुको अविनाशिनी जीवात्मालाइ शरीरमा नै बाध्दछ ।
तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।
सुखसङ्गेन बाध्नाति ज्ञानसङ्गेन चानघ ।।६॥
रजो रागात्मकं विध्दितृष्णासङ्गसमुद्भवम् ।
तन्निबध्नाति कौन्तये कर्मसङ्गेन देहिनम् ।।७॥
तमस्त्वज्ञानजं विध्दि मोहनं सर्वदेहिनाम् ।
प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत ।।८॥
सत्त्वं सुखे संजयति रज: कर्मणि भारत ।
ज्ञानमावृत्य तु तम: प्रमादे संजयत्युत ।।९॥
रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत ।
रज: सत्त्वं तमश्चैव तम: सत्त्वं रजस्तथा ।।१०॥
भावार्थ :
हे निष्पाप अर्जुन ति तिनै गुणहरु मध्ये निर्मल र स्वच्छ हुनाले सत्त्वगुण प्रकाश दिने उज्यालो र निर्विकार छ । यस प्रकार यसले जीवात्मालाई कर्मको फलको आनन्दका सुखप्रतिको आसक्त र ज्ञान सम्बन्धि आसक्तिसंग बाध्द्छ । हे अर्जुन ! रजोगुण रागमय र अनुराग प्रकृतिको हुन्छ जुन कामना र आसक्तिबाट उत्पन्न भएको हुन्छ । त्यसैले रजोगुणले कर्म र कर्मफलप्राप्तिको आसक्तिव्दारा जिवात्मालाई बाध्दछ । हे अर्जुन ! अज्ञानबाट उत्पन्न तमोगुणले अभिमान मोह र भ्रम उत्पन्न पैदा गर्दछ । त्यसले जिवात्मालाई बेहोसी, उन्माद, आलस्य र निद्राव्दारा बन्धनमा पार्दछ । हे अर्जुन ! सत्त्व गुणले सुख र आनन्द तर्फ लैजान्छ, रजो गुणले सकाम क्कर्मम्म प्रबृत गराउदछ । तमो गुणले बिबेक ज्ञान बुध्दिलाई ढाकेर
प्रमाद (बेहोसी) कर्तब्यकर्म बिपरित अभिप्रेरित गरेर लैजान्छ । हे अर्जुन ! रजोगुण र तमोगुणलाइ दमन गरेपछि मात्र सत्त्व गुणको बृध्दि हुन्छ । सत्त्व गुण र तमो गुणको दमन गरेपछि मात्र रजो गुणको प्रभाव बढदछ । त्यसरी नै सत्त्व गुण र रजोगुणलाइ दमन गरेर तमो गुण बढेर जान्छ र जिवात्मामा तमोगुअनले प्रभुत्व जमाउदछ ।
सर्वव्दारेषु देहेअस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा यदा विद्याव्दिवृध्दं सत्त्वमित्युत ।।११॥
लोभ: प्रवृत्तिरारम्भ: कर्मणामशम : स्पृहा ।
रजस्येतानि जायन्ते विवृध्दे भरतर्षभ ।।१२॥
अप्रकाशोअवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृध्दे कुरुनन्दन ।।१३॥
यदा सत्त्वे प्रवृध्दे तु प्रलयं याति देह्भुत् ।
तदोत्तमविदां लोकानमलान्प्रति पद्यते ।।१४॥
रजसि प्रलयं गत्वा कर्मसङ्गीषु जायते ।
तथा प्रलीनस्तमसि मुढयोनिषु जायते ।।१५॥
भावार्थ: यस शरीरको अन्त:करणमा स्थित मन बुध्दि र ज्ञानमा, चेतना र विवेकशक्ति प्रकाश र बोध जुन समयमा उत्पन्न हुन्छ सो समयमा सत्त्वगुण बढेको छ भनेर जान्नु । हे अर्जुन रजो गुण बढेमा सान्सारिरिक चेष्टा गतिविधि सकामकर्मको आरम्भ बिषय भोगको कामना, लालशा यी सबै उत्पन्न हुन्छन । हे अर्जुन ! तमोगुण बढेमा अन्तस्करण इन्द्रियामा अप्रकाश निस्कृयता, परमाद र मोह उत्पन्न हुन्छन । जब सत्त्वगुण बढिरहेको अबस्थामा मनुष्यको मृत्यु हुन्छ । त्यस बखत त्यो मनुष्य श्रेष्ठकर्म गर्ने ज्ञानीहरुको पबित्र दिव्य स्वर्गलाई प्राप्त गर्दछन । जसको रजोगुण बढेको बेलामा मृत्यु प्राप्त गर्दछ, कर्ममा आसक्त मनुष्यको जुनीमा जन्मन्छ । त्यसरी नै तमो गुण बढेको बेलामा मृत्यु बरण गरेको मनुष्य पशु पन्छी कित पतंग मुढ़योनिमा जन्मन पुग्दछ ।
कर्मण: सुकृतस्याहू: सात्त्विकं निर्मलं फलम् ।
रजसस्तु फलं दु;खमज्ञानं तमस: फलम् ।।१६॥
सत्तवात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोअज्ञानमेव च ।।१७॥
उर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसा: ।
जघन्यगुणवृतिस्था अधो गच्छन्ति तामसा: ।।१८॥
नान्यं गुणेभ्य : कर्तारं यदा द्रष्टानुपश्यति ।
गुणेभ्यश्च परं वेत्ति मद्भावं सोअधिगच्छति ।।१९।।
गुणानेतानतित्य त्रिन्देही देहसमुद्भवान् ।
जन्ममृत्युजरादु:खैर्विमुक्तोअमृतमश्नुते ।।२०।।
भावार्थ: सात्त्विक कर्मको फल सुखसम्बृध्दीले परिपूर्ण स्वच्छ र निर्मल हुन्छ । रजस कर्मफलले दुखलाई आकर्षण गर्दछ र तमस कर्मको फलले अज्ञान र अध्यारो तर्फ धकेल्दछ । सत्त्वगुणले ज्ञान उत्पन्न गर्दछ । राजस गुणले निसन्देह लोभ लालच पैदा गराउदछ र तमो गुणले प्रमाद अज्ञान र मुडता उत्पन्न गराउदछ ।
सत्त्वगुणलाइ अबलम्बन गर्ने मनुष्य माथि उठदछन, उच्च लोकमा पुग्दछन । रजोगुण अबलम्बन गर्ने मनुष्य मध्यम भएर नै पृथ्विलोकमै रहन्छन । निद्रा आलस्य निच प्रवृति तमोगुणमा संलग्न मनुस्यहरु किटपतंग पशु पंक्षी भै तल तिर झर्दछां । जुन समयमा द्रष्टाले तिन गुणहरु बाहेक अरु कसैलाई कर्ता देख्दैन र गुण देखिको परको तत्व सच्चिदानन्दघन परमात्मा तत्व मलाई जान्दछ ट समय मेरो स्वरुप भावलाई प्राप्त गर्दछ । जुन मनुष्यले यो शरीर उत्पत्तिको कारणरुप र यी तिन गुणहरुलाई अतिक्रमण गरेर त्यस भन्दा माथि उठछ त्यसले जन्म मृत्यु बुढापा र दुखबाट मुक्त भै शाश्वत अमृतमय परमआनन्द प्राप्त गर्दछ ।
अर्जुन उवाच
कैर्लिङ्गैस्त्रीन्गुणानेतानतितो भवति प्रभो ।
किमाचार: कथं चैतांस्त्रीन्गुणानतिवर्तते ।।२१॥
श्रीभगवानुवाच
प्रकाशं च प्रवृतीं च मोहमेव च पाण्डव ।
न व्देष्टि सप्रवृत्तानि न निवृत्तनि काङ्क्षति ।।२२॥
उदासिनवदासिनो गुणर्यो न विचाल्यते ।
गुणा वर्तन्त इत्येव योअवतिष्ठति नेङ्गते ।।२३॥
समदु:खसुख: स्वस्थ: समलोष्ठाश्मकाञ्चन ।
तुल्यप्रियाप्रिये धिरस्तुनिन्दात्मसंस्तुती : ।।२४॥
मानापमानयोस्तुल्यस्तुल्यो मित्रारि पक्षयो ।
सर्वारम्भपरित्यागी गुणातित: स उच्यते ।।२५॥
मां च यो अव्यभिचारेण भक्तियोगेन सेवते ।
स गुणान्समतीत्यैतान्ब्रह्मभुयाय कल्पते ।।२६॥
ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्ययस्य च ।
शाश्चतस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च ।।२७॥
भावार्थ : अर्जुनले बिन्ति गर्नुहुन्छ: हे प्रभु ! यी तिन गुणबाट पार भएका पुरुष कस्ता कस्ता लक्षणहरुबाट युक्त हुन्छन र कस्ता आचरण भएका हुन्छन । मनुष्यहरू कुन उपाए व्दारा यी गुणहरुबाट पार पाएर गुणातित हुन्छन । भगवान भान्नुहुन्छ, हे अर्जुन ! जो मनुष्य प्रकाश र प्रवृति, मोह वा मुढभाव भए पनि व्देष गर्दैन अनि खराब पनि ठान्दैन र निवृत ( गए , आए पनि) तिनको चाहना आकांक्षा पनि गर्दैन, त्यो गुणातित हुन्छ । जो मनुष्य दुख:सुख दुबैलाई समान ठान्दछ र आफैमा आत्मभावाले निरन्तर स्थित रहन्छन जो माटोको, ढुंगाको वा सुनको डल्लोलाई समान ठान्दछ र प्रिय अप्रियलाई समान सम्झन्छ जो धीर धर्ययुक्त, सदा स्थिर रहनछ जो आफ्नो निन्दा , स्तुति वा प्रशंसामा समान रहन्छ । त्यो नै गुणातित हो । जो मान र अपमानमा बराबर उस्तै रहन्छ, जो मित्रपक्ष र सत्रुपक्ष दुबैमा समान रहन्छ । जो सबै आरम्भ कर्म त्यागगरेर कर्तापनको अभिमान पनी गर्दैन, त्यो गुणातित हो । जो मनुष्य अविचलित अव्यभिचारी अनन्य भक्तियोगव्दारा मेरो सेवा भक्ति निरन्तर गर्दछ त्यो मनुष्य तिनै गुणबाट पार गरेर सच्चिदानंद ब्रह्ममा एकाकार हुन् समर्थ वा योग्य हुन्छ । किनकि त्यो अबिनासिनी परब्रह्म नित्य शाश्वत सनातन धर्म अखण्ड रहिरहने परमसुख आनन्दको आधार र आश्रय नै मै हुम ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे गुणत्रयविभागयोगो नाम चतुर्दशो अध्याय:।।१४ ॥
श्रीमद्भगवद्गीता- अध्याय-१५
श्रीभगवानुवाच
उर्ध्वमुलामध: शाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दासि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।१॥
अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा गुणाप्रवृध्दा विषयप्रवाला: ।
अधश्च मुलान्यनुसन्ततानि कर्मानुबंधिनी मनुष्यलोके ।।२॥
न रुपमस्येह तथोपलभ्यते नान्तो न चादिर्न च सम्प्रतिष्ठा ।
अश्वत्थमेनं सुविरुढ़मूलमसङ्गशस्त्रेण दृढेन छित्त्वा ।।३॥
तत: पदं तत्परिमार्गितव्यं यस्मिन्गता न निवर्तन्ति भूय: ।
तमेव चाद्यं पुरुषं प्रपद्ये यत: प्रवृत्ति: प्रसुता पुराणी ।।४॥
निर्मानमोहा जितसङ्गदोषाअध्यात्मनित्या विनिवृत्तकामा: ।
व्दन्दैर्विमुक्ता: सुखदु:खसंज्ञैर्गच्छन्त्यमुढा: पदमव्ययं तत् ।।५॥
भावार्थ: भगवान श्रीकृष्ण भन्नुहन्छ : संसार रुप अश्वत्थ वृक्ष (पिपल) छ जसका जराहरु उर्ध्व माथितिर गएका छन्, हाँगाहरु चाहि तलतिर फैलिएका छन् । बेद र वैदिक मन्त्रहरु यसका पातहरु हुन् यस किसिमको संसाररुपी पिपल वृक्षलाई अविनासिनी भन्दछन । जुन मनुष्यले यस संसार वृक्षलाई जान्दछ त्यसलाइ बेद र यसको रहस्य जान्ने वाला भनिएको हो । सत्त्व, रज, तम यी तिन गुणबाट बढेको रुप रस शब्दादी बिषयरुपी कोपिलाहरू भएका त्यस संसाररुपी वृक्षका हाँगाहरु तल र माथि सबैतिर फैलिएका छन् । कर्मानुसार बन्धनमा पार्ने बासनारुपी मूल जरा पनी तल मनुष्य लोकमा र त्यसभन्दा माथि सर्बत्र व्याप्त रहेका छन् । यस संसाररुप अश्वत्थवृक्षको यहा न यथार्थ रुप देख्न पाइञ्छ त्यस्तै यसको न अन्त्य छ न त् आदि छ न यसको कुनै स्थिथि या आधार नै छ । यस किसिमको संसार रुप पिपलवृक्षलाइ अनासक्तरुप सश्त्रले काटेर त्यस परम पदको खोजि गर्न पर्दछ । त्यसपछि त्यो परम पदरूप परमेश्वरको खोजि गर्न पर्दछ, जहा पुगेर मनुष्यहरू फेरी फर्केर यस संसारमा आउदैनन । जुन परब्रह्म परमेश्वरबाट पुरातन संसार वृक्षरुप मायाशक्ति फैलिएको छ । म उनी आद्यपुरुष परब्रह्म परमेश्वर नारायणको शरणमा पर्दछु जो अभिमान र मोहमुक्त भएका छन्, जसले आसक्तिरुप दोषप्रति विजय प्राप्त गरेको छन, जो परमात्माको ध्यानमा नित्य लागिरहन्छन , जसको कामना र वासनाहरु निबृत भएका छन् र जसको चित्त शान्त छ जो सुख र दुखरुप व्दंदबाट मुक्त छन यस किसिमको मुढता नभएको ज्ञानिजनहरु त्यहि अव्यय एवं अविनासी परमपद प्राप्त गर्दछन ।
न तद्भासयते सूर्यो न सशाङ्को न पाचक: ।
यद्गत्वा न निवर्तन्ते तद्भाम परमं मम ।।६॥
ममैवांशो जिवलोके जीवभूत: सनातन ।
मा: षष्ठानीन्द्रियाणी प्रकृतिस्थानि कर्षति ।।७॥
शरिरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वर : ।
गृहित्वैतानी सन्याति वायुर्गन्धानिवाशयात् ।।८॥
श्रोत्रं चक्षु : स्पर्शनं च रसनं घ्राणमेव च ।
अधिष्ठाय मनश्चायं विषयानुपसेवते ।।९॥
उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम् ।
विमुढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुष ।।१०॥
भावार्थ : जुन परम पदलाइ प्राप्त गरेर मनुष्य फेरी फर्केर आउदैन, जुन परम पदलाइ न सुर्यले न त चन्द्रमाले न अग्निले नै प्रकाशित गर्न सक्दछ । जो स्वयंमा प्रकाशमय ज्योतिर्मय छ त्यहि मेरो परमधाम हो । परमात्माकै सनातन शास्वत अंश नै जीवात्मा हो, जुन जीवात्माले प्रकृतिमा स्थित रहेका मन र अन्य पांच इन्द्र्यहरुलाई आकर्षित गर्दछ । जिवात्माले जब सरिरलाई छोडछ, र नया शरीर ग्रहण गर्दै मन सहित को इन्द्रियादी समेतलाइ लिएर जान्छ, जसरि वायुले गन्धगी वा सुगन्ध ग्रहण गरि आफै संग लैजान्छ । यो जीवात्मा कान, आँखा, छाला, जिब्रो, नाक र मनको सहारा लिएर बिषयहरुको उपभोग गर्दछ । जीवात्मा शरीर छोडेर गैरहेको छ, अथवा सरिरमा स्थित छ वा बिषयगत भोग भोगिरहेको छ भन्ने यी तिन गुणहरुले युक्त भएको अज्ञानीले जान्दैनन् । तर ज्ञानरुप आँखा भएका बिबेकशील ज्ञानीले मात्र यी कुरालाई जान्दछन र देख्दछन ।
यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवास्थितम् ।
यतन्तो अप्यकृतात्मानो नैनं पश्यन्त्यचेतस : ।।११॥
यदादित्यगतं तेजो जगद्भासयतेअखिलम् ।
यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम् ।।१२॥
गामाविश्य च भूतानि धारयाम्यहमोजसा ।
पुष्णामि चौषधी: सर्वा: सोमो भूत्वा रसात्मक:।। १३॥
अहं वैश्वानरो भूत्वा प्राणिनां देहामाश्रित:।
प्राणापानसमायुक्त: पचाम्यन्नं चतुर्विधम् ।।१४॥
सर्वस्य चाहं हृदि सन्निविष्टोमत्त: स्मृतिर्ज्ञानमपोनं च ।
वेदैश्च सर्वैरहमेव वेद्योवेदान्तकृद्वेदविदेव चाहम् ।।१५॥
भावार्थ : एकाग्रचित्तले प्रयत्न गर्ने योगीहरू आफ्नो हृदयमा स्थित आत्मा झल्किरहेको देख्दछन् । तर जसको अन्तस्करण सुध्द नभएका इन्द्रिय वशमा गर्न नसक्ने अज्ञानीजनले प्रयन्त गरेर पनि आफैमा प्रकाशित आत्मालाई जान्न र देख्न सक्दैनन् । सुर्यमा रहेको तेजोमय प्रकाश छ जुन चन्द्रमा छ र जुन अग्निमा स्थित तापमय तेजछ, ति सवै प्रकाशमय तेज र तेजपुञ्ज मेरो नै तेज हो भनि जान । म पृथ्वीमा प्रवेश गरेर प्राणीहरुलाई धारण गर्दछु र रसात्मक अमृतमय सोम भएर सम्पूर्ण लतावृक्ष भै अन्नादी औषधहरुलाई पुष्टि गर्दछु । म नै प्राणीहरुको शरीरमा रहने प्राण हु र वैश्वानर अग्नि भै ( जठाराग्नी ) अपानले युक्त चार प्रकारका चपाएने, खाइने , चुसिने, चाटिने अन्नलाई पचाउछु । म नै सबै प्राणीहरुको हृदयमा अन्तर्ध्यानीरुपमा रहेको छु र म बाटै स्मृति ज्ञान र तिनको बिनास पनि हुन्छ, सबै बेदहरुले बुझाइने पनि म नै हुं । बेदान्तको रचयिता र बेदहरुलाइ जान्ने बेदबेत्ता पनि म नै हुँ ।
द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।
क्षर: सर्वाणी भूतानि कुटस्ठोअक्षर उच्यते ।।१६॥
उत्तम : पुरुषस्त्वन्य : परमात्मेत्युदाहृत : ।
यो लोकेत्रयमाविश्य बिभर्त्यव्यय ईश्वर : ।।१७॥
यस्मात्क्षरमतितोअहमक्षरादपी चोत्तम: ।
अतोअश्मी लोके वेदे च प्रथित: पुरुषोत्तम ।।१८॥
यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम् ।
स सर्वविद्धजती मां सर्वभावेन भारत ।।१९॥
इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।
एतदबुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्च भारत ।।२०॥
भावार्थ: यस लोकमा नाशवान र अबिनाशिनी दुइ प्रकारका मनुस्य छन् । समस्त प्राणीहरु नाशवान छन् र निर्विकार अबिनाशिनी कुटस्थलाइ जीवात्मा भनिएको छ । यी दुवै भन्दा उत्तम पुरुष त अर्कै हुनुहुन्छ, जो तिनै लोकमा प्रवेश गरि सबैका पालन पोषण गर्नुहुन्छ । तिनैलाई अबिनाशिनी परमेश्वर परमात्मा भनिन्छ । म जुन कारणबाट क्षर नाशवान क्षेत्रबाट पर छु अबिनाशिनी क्षेत्रज्ञजीवात्मा भन्दा पनि उत्तम छु । यसैले वेदमा पनि म पुशोत्तमको नामले प्रख्यात छु । ज्ञानिपुरुष म पुरुषोत्तमलाई यस प्रकारले जान्दछन हे भारत बंश अर्जुन ! त्यसैले तिनी सर्वज्ञ पुरुषले सबै भावले मलाइ नै परमेश्वर बासुदेवको रुपमा भाज्दछन । हे निष्पाप अर्जुन ! यसप्रकार यो अति रहस्यमय गोपनीय शास्त्र माले तिमीलाई बताए । यस तत्वलाई जानेर मनुष्यहरू ज्ञानवान र कृतज्ञ हुनेछन ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे पुरुषोत्तमयोगो नाम पन्चदशो अध्याय:।।१५ ॥
श्रीमद्भगवद्गीता- अध्याय-१६
भगवानुवाच
अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थित : ।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ।।१॥
अहिंसा सत्यमक्रोधस्त्याग: शान्तिरपैसुनम् ।
दया भुतेष्वलोलुप्त्वं मार्दवं ह्रिरचापलम् ।।२॥
तेज: क्षमा धृति: शौच मद्रोहोनातिमानिता ।
भवन्ति सम्पदं दैविमभिजातस्य भारत ।।३॥
दम्भो दर्पोअभिमान्श्च क्रोध : पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ संपादमासुरीम् ।।४॥
दैवीसम्पद्विमोक्षाय निबन्धायासुरी मता ।
मा शुच: सम्पदं दैवीमभिजातोअसी पाण्डव ।।५॥
भावार्थ : भगवानले भन्नुहुन्छ, निर्भयता, अन्त:स्करणको निर्मलता,शुध्दता,पवित्रता तत्वज्ञानका लागि निरन्तर लागिरहनु दृढस्थित भैरहनु सात्विक दान दिनु इन्द्रियलाई वशमा राखी, भगवान र गुरुजनहरुको पुजा आजा कर्म गर्नु, वेदादी शास्त्रहरूको स्वाध्यायन तपस्या र सरलता व्यवहार यी सबै दैविसंपद हुन् । प्राणीहरुको हत्या नगर्नु, अरुलाई कष्ट र पिडा नदिनु, सत्य बोल्नु, क्रोध नगर्नु, नरिसाउनु , अभिमान र आसक्तिको त्याग गर्नु, चित्त ब्रितिलाई स्थिर गर्नु, शान्त हुनु, अरुको निन्दा नगर्नु र चुक्लिखोर नहुनु, प्राणी हरुमा दया भाव राख्नु, बिशयाभोगमा नलोभिनु, मृदुस्बभावको कोमल हुनु, चंचल भै व्यर्थ चेष्टा नगर्नु र शास्त्र बिरुध्द आचरणमा लज्जा हुनु- यी सबै दैवी संपाद हुन। तेज, क्षमा, धर्य, पवित्रता कसै प्रती द्रोह शत्रुभाव नभएको,र आफ्नो प्रतिष्ठा र सम्मानप्रति अभिमान नहुनु । ति सबै दैवी गुण लक्षणहरु हुन् र दैवी सम्पत्ति लिएर जन्मेका मनुष्यमा यी लक्षण पाइन्छन ।हे अर्जुन ! धार्मिक पाखण्डी तथा ढोंङ्ग घमण्ड अभिमान क्रोध तथा कठोर रुखो बोलीबचन कठोरिपना र अज्ञान यी सबै दुर्गुणहरु हुन् । यी सब आसुरी सम्पदा लिएर जन्मेका मनुष्यको लक्षण हुन । दैवी सम्पत्ति (सदगुण) मोक्षका लागि उपयोगी हुन्छन भने आसुरी सम्पदा दुर्गुण बन्धनका लागि कारकतत्व मानिएका छन् । त्यसैले हे अर्जुन ! तिमि दैविक सम्पदा लिएर जन्मेका छौ, यिनिहरुकालागी शोक पनि नगर र दुखि पनि नबन ।
द्वौ भुतासर्गी लोकेअस्मिन्दैव आसुर एव च ।
दैवो विस्तरश: प्रोक्त आसुरं पार्थ मे शृनु ।।६॥
प्रवृत्तीं च निवृत्तीं च जना न विदुरासुरा : ।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ।।७॥
असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम् ।
अपरस्परसम्भूतं किमन्यत्कामहैतुकम् ।।८॥
एता दृष्टिमवष्टभ्य नष्टात्मानोअल्पबुध्दय: ।
प्रभवन्त्युग्रकर्माण : क्षयाय जगतोअहिता:।।९॥
काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता : ।
मोहद् गृहित्वासदग्राहान्प्रवर्तन्तेअशुचिव्रता: ।।१०॥
भावार्थ : हे अर्जुन ! यस संसारमा एउटा दैविस्वाभाववाला र अर्काथरी आसुरी प्रकृति भएका दुइ प्रकारका मनुस्य हुन्छन जसमा दैवीप्रकृतिवालाको बारेमा बिस्तृत रुपमा तिमिलाई बताए हे अर्जुन अब आसुरी प्रवृति मनुष्यजन समुदायको बारेमा सुन भनेर भगवान भन्नुहुन्छ । आसुरी प्रकृतिका मानिसहरु कर्तब्य कर्म (प्रवृति) वा अनर्थ कर्म (निबृति), गर्न हुने काम र गर्न नहुने कामको बारेमा न जान्दछन न जानकार हुन् इच्छुक हुन्छन । न त शुध्दता न सदाचार न त् सत्य बचन नै हुन्छ । यिनमा । आसुरी प्रकृति भएका मानिसहरुले भन्दछन कि यो जगत असत्य छ, आश्रयरहित र निराधार र इश्वरहिन छ, यो संसार स्त्री पुरुषको समागमले गर्दा उत्पन्न भएको हो र यो जगतको श्रीष्टि नारि र पुरुषको कामबासनाकै कारणले हो । यो भन्दा अरु कुनै छैन भनेर भन्दछन । यस्तो मिथ्या ज्ञानको अबलम्ब गरेर जसले आफ्नो स्वभाव नष्ट गरेको छ र यिनको बुध्दि भ्रष्ट भै अल्प मन्दबुध्दी भएका उग्रले कठोर भै जगत्कै अहित र अपकार कर्म गर्दछन र दुनियाकै बिनासको लागि उत्पन्न भएका हुन्छन । कहिले पुरा नहुने अपार कामना लिएर भोगासक्त भै घमण्ड, दम्भ, मान र मदले भरिएको अपवित्र भ्रष्ट आचरण भएका व्यक्तिहरु मोह अज्ञानबाट मिथ्या हठ आग्रह लिएर जगतमा विचरण गरिरहेका हुन्छन ।
चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिता :।
कामोपभोगपरमा एतावदिति निश्चिता : ।।११॥
आशापाशशतैर्बध्दा कामक्रोधपरायणा: ।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसन्चयान् ।।१२॥
इदमद्य माया लाब्धमिमं प्राप्स्ये मनोरथम् ।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ।।१३।\
असौ मया हत: शत्रुर्हनिष्ये चापरानपि ।
ईश्वरोअहमहं भोगी सिध्दोअहं बलवान्सुखी ।।१४॥
आढ़योअभिजनवानस्मि कोअन्योअस्ति सदृशो मया ।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता ।।१५॥
भावार्थ :अपार चिन्ता नमरुन्जेलसम्म धारण गरेर बिषयबासनाको भोगमा तल्लिन भैरहने व्यक्तिहरु यहि नै सुख हो भनि मान्नेवाला हुन्छन । हजारौ आशा र आकांक्षामा बाधिएर कामक्रोध परायण भै मानिसहरु बिषयभोगको तृप्तिलागि अन्यायपूर्ण धन सम्पत्ति संग्रह गर्नको लागि उद्दत हुन्छन । तिनीहरुले सोच्ने गर्दछन कि आज मैले यो पनि प्राप्त गरे र अब मैले यो चिताएको कुरा पनि पुरा गर्नेछु । मसंग यति धन सम्पति छ र अरु पनि यो धन मेरै हुने छ । त्यो सत्रु मबाट मारियो र अरु सत्रुलाई पनि मैले नै मार्नेवाला छु । म नै इश्वर हुँ, म नै ऐश्वर्य भोगनेवाला हुँ, म सब सिद्धिप्राप्त परिपूर्ण छु, बलवान छु, शक्तिशाली र सुखी छु । म धेरै धनाढ्य छु, ठुलो घरानियाको हुँ ,मेरो बराबर को अरु को छ ? म नै यज्ञ गर्छु, दान दिन्छु, मोजगर्छु र खुशी हुन्छु । भन्नेहरु घोर नरकमा पर्दछन ।
अनेकचित्तविभ्रान्ता मोहजालसमावृता : ।
प्रसक्ता: कामभोगेषु पतन्ति नरकेअशुचौ ।।१६॥
आत्मसंभाविता: स्तब्धा धनमानमदान्विता : ।
यजन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम् ।।१७॥
अहङ्कारं बलं दर्पं कामक्रोधं च संश्रिता:।
मामात्मपरदेहेषु प्रद्विषन्तोअभ्यसूयका : ।।१८॥
तानहं द्विषत: क्रुरान्संसारेषु नराधमान् ।
क्षिपाम्यजस्त्रमशुभानासुरीष्वेव योनिषु ।।१९ ।।
आसुरीं योनिमापन्ना मुढा जन्मनि जन्मनि ।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ।।२०॥
भावार्थ : यस प्रकारले विचारका अज्ञानबाट चित्त भ्रमित भएका मोहरुप जालमा फसेका,बिषयभोगमा आसक्तहुनेहरु आसुरी प्रवृतिका मनुष्य घोर नरकमा पर्दछन । आफुले आफैलाई ठुलो ठान्ने, ठाडो स्वाभाव भएको घमण्डी ब्यक्तिहरु धन र मानको मदले मैमत्त भएर पाखंडिपनाले शास्त्रीय विधि नपुर्याई नाम मात्रको यज्ञ गर्दछन । अहंकार, बल, घमण्ड, कामना र वासना क्रोधलाई अंगालेका अर्काको निन्दा गर्ने व्यक्ति आफ्नो र अरुको शरीरमा विराजमान म अन्तर्यामी परमात्मालाइ व्देष गरिरहेका हुन्छन । परमात्माको निन्दा गर्ने ति क्रुरकर्मि, पापाचारि, र नराधमहरुलाई मैले आसुरी योनिमा नै बारम्बार फ्याकिदिन्छु । हे अर्जुन! आसुरी योनिमा जन्मलिन पुगेका मूढ प्राणीहरुले जन्मजन्मान्तर पनि मलाइ अर्थात परमात्मा लाइ पाउन सक्दैनन् । फेरिपनि अरु निच गतिमा पुग्दछन अर्थात घोर नरकमा पुग्दछन ।
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन: ।
काम: क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत्।।२१॥
एतैर्विमुक्त: कौन्तय तमोद्वारैस्त्रीभिर्नर :।
आचारत्यात्मन : श्रेयस्ततो याति परां गतिम् ।।२२॥
य: शास्त्रविधिमुत्सृज्य वर्तते कामकारत : ।
न स सिध्दिमवाप्नोति न सुखं न परां गतिम् ।।२३॥
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।।२४॥
भावार्थ : आत्मालाई नाश गर्नको लागि तिन प्रकारका ढोका छन्, ति हुन् काम क्रोध र लोभ । त्यसैले यी तिन चिजलाई त्याग गर्न पर्दछ । हे अर्जुन ! अन्धकार तर्फ लैजाने नरकका यी तिन द्वारबाट मुक्त भएका मनुष्यले आफ्नो कल्याण हुने आचरण गर्दछन र त्यसैबाट उनीहरु परमगतिलाई प्राप्त गर्दछन । जो व्यक्ति शास्त्रविधि र नियमलाई छाडेर आफ्नो इच्छा अनुसार मनोमानी ढंगले कार्य गर्दछ त्यसले न सिध्दी प्राप्त गर्न गर्दछ , न सुख, न त परम गति नै प्राप्त गर्न सक्दछ । त्यसैले तिम्रा लागि कुन कर्तब्य र कुन अकर्तब्य हो, त्यसको प्रमाण शास्त्र नै हो भन्ने बुझ, र शास्त्रविधिले निर्धारित कर्मलाई नै पालन गर र सो गर्न योग्य छौ ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे दैवासुरसम्पव्दि भागयोगो नाम षोडशोअध्याय:।।१६ ॥
श्रीमद्भगवद्गीता- अध्याय-१७
अर्जुन उवाच
ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रध्दयान्विता:।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तम :।।१॥
श्री भगवानुवाच
त्रिविधा भवति श्रध्दा देहिनां सा स्वभावजा ।
सात्त्विकी राजसी चिव तामसी चेति तां शृणु ।।२॥
सत्वानुरुपा सर्वस्य श्रध्दा भवति भारत ।
श्रध्दामयोअयं पुरुषो यो याच्छूध्द: स एव स: ।।३॥
यजन्ते सात्त्विका देवान्यक्षरक्षांसी राजसा: ।
प्रेतान्भूतागणांश्चान्ये यजन्ते तामसा जना : ।।४॥
अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जना ।
दम्भाहङ्कारसंयुक्ता: कामरागबलान्विता: ।।५॥
भावार्थ : अर्जुनले बिन्ति गर्दछन, जो व्यक्ति शास्त्रको बिधिविधानलाइ छोडेर श्रध्दाभक्तिले युक्त भै यज्ञ पुजादी कर्म गर्दछन । हे कृष्ण तिनिहरुको निष्ठा स्थिति कस्तो हो ? सात्विकी, राजसी वा तामसी कुन चाहि ! भगवान श्रीकृष्ण भन्नु हुन्छ ! समग्र देहधारीहरुको स्वभावबाट उत्पन्न हुने श्रध्दा सात्त्विकी, राजस र तामस तिन प्रकारका नै हुन्छन । त्यस बिषयलाई मसंग सुन ! हे अर्जुन ! सबै प्राणिहरुको श्रध्दा तिनका अन्तस्करणको स्वभाव अनुरूप हुन्छ । जो पुरुष श्रध्दामय छ त्यसैले जसको जस्तो श्रध्दा छ, त्यो स्वयम पनि त्यहि हुन्छ । जो सात्त्विकी पुरुषहरु छन् ति देवतालाई पुज्दछन, राजसीजनहरुले यक्ष र राक्षसलाई पुज्दछन भने तामसीजनहरु भुतप्रेतलाई पुज्दछन र उसको आराधाना गर्दछन । जो मनुष्य शास्त्रविधि रहित उग्र तपस्या गर्दछन तिनीहरुको दम्भ अहंकारयुक्त भएका हुन्छन र कामना तथा आसक्तिजन्य मुढेबल युक्त पनि हुन्छन ।
कर्शयन्त : शरिरस्थं भुताग्रामचेतस:।
मां चैवान्त:शरिरस्थं तान्विद्ध्यासुरनिश्चयान् ।।६॥
आहारस्त्वपि सर्वस्य त्रिविधो भवति प्रिय: ।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणु ।।७॥
आयु: सत्वबलारोग्यसुखाप्रितिविवर्धना : ।
रस्या:स्निग्धा:स्थिरा हृद्या आहारा: सात्त्विकप्रिया: ।।८॥
कट् वम्ललवणात्युष्णतीक्ष्णरुक्ष विदाहिन : ।
आहारा राजस्येष्टा डु:खशोकामयप्रदा : ।।९॥
यातायामं गतरसं पूति पर्युषितं च यत् ।
उच्छिष्ट मपि चामेध्यं भोजनं तामस प्रियम् ।।१०॥
भावार्थ : शरीरमा रहेका भुतसमुदायहरुलाई र अन्तस्करणमा रहने म परमात्मालाइ सताउने दुख दिने ति अज्ञानी मुर्खहरुलाई आसुरी प्रवृति हुन् भनेर जान । सबै प्रकृतिमा मानिसहरुलाई प्रिय लाग्ने भोजन पनि तिन किसिमका हुन्छन त्यसै गरि तपस्या, तप, दान पनि तिन प्रकारका हुन्छन । तिनिहरुको यी भेदलाई पनि सुन । आयु, बुध्दि, बल, आरोग्य, सुख, र प्रितिलाई बढाउने रसयुक्त चिल्लो र अडिलो मिठो यस्ता आहार भोजन सात्त्विकजनालाई प्रिय लाग्दछन ।पिरो, अमिलो, नुनिलो, तात्तातो तिख्खर रुखा सुखा जसले छटपटी हुने खालको भोजनलाई मनपराउने जनहरु राजस प्रवृतिका हुन्छन । जुन भोजन चिसो र बासि सढे गलेको अस्सुध्द भोजन मन पर्दछ त्यस्ता जनहरु तामस जान हुन्छन ।
अफालाकांक्षीभिर्यज्ञो विधिदृष्टो य इज्यते ।
यष्टव्यमेवेति मन: समाधाय स सात्त्विक: ।।११॥
अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् ।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विध्दि राजसम् ।।१२॥
बिधिहिनमसृष्टान्नं मन्त्रहिनमदक्षिणम् ।
श्रध्दाविरहितं यज्ञं तामसं परिचक्षते ।।१३॥
देवद्विजगुरुप्राज्ञपुजनं शौचमार्जवम् ।
ब्रह्मचर्यमहिँसा च शारिरं तप उच्यते ।।१४॥
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।
स्वाध्यायाभ्यसनं चैव वाङ्ग्मयं तप उच्यते ।।१५॥
भावार्थ: यज्ञ गर्नु नै पर्छ भन्ने मान्यताले कर्तब्य ठानेर फलको आशा नराखेर आफ्नो मनलाई एकचित्त गरि शास्त्रले बताए बमोजिम यज्ञ गरिएको सात्त्विक यज्ञ हो । हे अर्जुन फल प्राप्तिको उदेश्य लिएर अरुलाई देखाउने दम्भले भरिएर गरिएको यज्ञ राजस हो । शास्त्रबिधि रहित, अन्नदानरहित, मन्त्रपाठरहित, र बिना दक्षिणा र श्रध्दा बिनाको यज्ञ तामस हो । देवता, ब्राह्मणर गुरु र ग्यानिजनहरुको पुजन आदर सत्कार, पवित्रता सरलता ब्रह्मचर्य र अहिंसाले शरीरले गरिने कार्यलाई शारीरिक तप भनिन्छ । जुन उव्देग नगर्ने, प्रिय सत्य तथ्य यथार्थ परक मधुर बोलीबचन छ । सर्बहिताय छ जसमा बेद शास्त्र र बाङ्गमयको अध्ययन र अभ्यास गरिएको छ त्यसलाई वाणी सम्बन्धि तप भएको छ ।
मन: प्रसाद: सौम्यत्वं मौनमात्माविनिग्रह: ।
भावसंशुध्दिरित्येतत्तपो मानसमुच्यते ।।१६॥
श्रद्धया पराया तप्तं तपस्तत्त्रिविधं नरै :।
अफ़लाकाङ्गक्षिभिर्युक्तै: सात्त्विकं परिचक्षते ।।१७॥
सत्कारमानपुजार्थ तपो दम्भेन चैव यत् ।
क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम् ।।१८॥
मूढग्राहेणात्मेनो यत्पीडया क्रियते तप: ।
परस्योत्सादनार्थ वा तत्तामसमुदाहृताम् ।।१९॥
दाताव्यमिति यद्दानं दीयतेअनूपकारिणे ।
देशे काले च पात्रे तद्दान्नं सात्विकं स्मृतम् ।।२०॥
भावार्थ :मनको प्रसन्नता, शान्तभाव , मौनभाव, आत्मसंयम, छलकपट रहित भावशुध्दि अन्तस्करण पवित्रता भावले भागवत स्मरणलाइ मानस तपस्या भनिन्छ । फलको आश नराख्ने र चाहना नगरिकन सन्तुलित चित्त भएका मनुश्यबाट परम श्रध्दाले गरिएको माथि उल्लेखित तिन प्रकारका तपस्यालाई सात्त्विक भन्दछन । जुन तप मान, सम्मान, प्रतिष्ठा र स्वार्थ का लागि गरिन्छ जसमा दम्भ र पाखंडले भरिएको हुन्छ त्यस्तो तप देखावटी मात्रको अस्थिर, अनित्य र क्षणिक फलदायी हुन्छ यसलाई राजस भनिन्छ । मुढबुध्दिले हठ र दुराग्रहपुर्बक आफ्नै शरीर र आत्मा इन्द्रियलाई पिडा दिएर अरुको अनिष्ट कुभलो गर्नको लागि गरिने तपलाई तामस भएको छ । दान दिनु कर्तव्य हो भन्ने कर्तब्यभावले उचित स्थान उचित समय र उचित पात्रलाई दीइने दानलाइ नै सात्त्विक भनिएको छ ।
यत्तु प्रत्युपकारार्थ फ़लमुद्दिश्य वा पुन :।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम् ।।२१।।
अदेशकाले यद्दानमपात्रेभ्यश्च दियते ।
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम् ।।२२।।
ओं तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविध: स्मृत : ।
ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिता: पुरा ।।२३॥
तस्मादोमित्युदाहृत्य यज्ञदानतप: क्रिया : ।
प्रवर्तन्ते विधानोक्ता: सततं ब्रह्मवादिनाम् ।।२४।।
तदित्यनभिसन्धाय फलं यज्ञतप: क्रिया: ।
दानक्रियाश्चविविधा: क्रियन्ते मोक्षकाङ्गक्षिभि : ।।२५॥
भावार्थ: जुन दान प्रत्युपकारार्थ वा फल प्राप्तिको उदेश्य लिएर बढो कठिनले पछुदो मानेर दीइएको हुन्छ, त्यो दान राजस भनिएको छ । जुन दान अपवित्र स्थान र अनुपयुक्त समयमा तिरस्कार र हेला गरि कुपात्रलाई दिइन्छ त्यस्तो दान तामस भनिएको छ । ‘ओम तत् सत् ‘ का यी तिन किसिमका सच्चिदानन्द ब्रह्मका नाम भनिएको छ यसैले आदिकालमा ब्राह्मण, बेद र यज्ञादीहरुको रचना गरिएको थियो । त्यसैले बेदध्याई ब्रह्मबादिहरुको शास्त्र विधिले बताइएको यज्ञ, दान र तपमा सदा “ओम “ यो परब्रह्माको नाम उच्चारण गरेरै आरम्भ गरिन्छ । तत् भन्ने नामबाट भनिएका ब्रह्मको नाम उच्चारण गरेर फलको चाहना नगरिकन नाना प्रकारका यज्ञ, तथा तपरुपका क्रिया र कल्याणकारी दान क्रियाहरु सम्पन्न गरिन्छन ।
सद्भावे साधुभावे च सदित्येतात्प्रयुज्यते ।
प्रशस्ते कर्मणि तथा सच्छब्द: पार्थ युज्यते ।।२६॥
यज्ञे तपसि दाने च स्थिति: सदिति चोच्यते ।
कर्म चैव तदर्थीयं सदित्येवाभिधीयते ।।२७।।
अश्रध्दया हुतं दत्तं तपस्तप्तं कृतं च यत् ।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह ।।२८॥
भावार्थ: हे अर्जुन !सदभाव र साधुवादमा ब्रह्माको प्रतीकात्मक “सत्” भन्ने शब्दको प्रयोग गरिन्छ । त्यसैले हे पार्थ उत्तम र प्रशंशनिय कर्ममा पनि सत् ‘ शब्दको प्रयोग गरिन्छ ।यज्ञ कर्ममा, तापमा र दानमा जुन स्थिति दृढ आस्था रहन्छ त्यो पनि सत् न हो । परमेश्वर परमात्माका लागि गरिने कर्महरु यज्ञ तप दान कर्महरूलाई पनि निश्चय नै सत् कर्म भनिन्छ । हे अर्जुन ! बिना श्रध्दाले गरिएको हवन, दीइएको दान, गरिएको तपस्या वा श्रध्दा बिना गरिएको कुनै पनि शुभकर्म भए पनि ति सबै असत् मानिन्छन । त्यस्तो कर्मले न यस लोकमा लाभदायक हुन्छ न त परलोकमा नै हितकर हुन्छ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे श्रध्दात्रयविभागयोगो नाम सप्तदशो अध्याय:।।१७ ॥
श्रीमद्भगवद्गीता- अध्याय-१८
अर्जुन उवाच
सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषिकेश पृथक्केशिनिषूदन ।।१॥
श्री भगवानुवाच
काम्यानां कर्मणां न्यासं सन्न्यासं कवायो विदु: ।
सर्वकर्मफ़लत्यागं प्राहुस्त्यागं विचक्षणा ।।२॥
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषीण: ।
यज्ञदानतप: कर्म न त्याज्यमिति चापरे ।।३॥
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम ।
त्यागो हि पुरुषव्याघ्र त्रिविध: संप्रक्रिर्तित : ।।४॥
यज्ञदानतप: कर्म न त्याज्यं कार्यमेव तत् ।
यज्ञो दानं तपश्वैव पावनानि मनिषिणाम् ।।५॥
भावार्थ: अर्जुनले भन्नुहुन्छ ; हे महाबाहू भएका हे अन्तरयामी हे बासुदेव ; म सन्न्यास र त्याग शब्दको यथार्थतत्व रहस्य बेग्ला बेग्लैरुपबाट जान्न चाहन्छु । श्रीभगवानले भन्नुहुन्छ; बिध्दानहरुले काम्यकर्महरुको त्यागलाई “संन्यास” भन्ने सम्झेका छन् र अर्का विचारवान पन्डीतहरुले सबै कर्मका फलको परित्याग गर्नुलाई नै त्याग हो भनि बताउछन । एक थरि बिध्दानहरु कर्म दोषयुक्त हुन्छ त्यसैले छोड्नु पर्दछ भन्दछन , अर्काथरी मनीषीहरु यज्ञ दान, तपस्यारुप कर्म कदापि छोड्नु हुन्न भनेर भन्दछन । हे भारत्बंशी श्रेष्ठ पुरुष ; त्यस त्यागको बिषयमा मेरो जो निर्णय छ त्यो सुन ! ति हुन् सात्त्विक राजस र तामस तिन प्रकारकालाइ भनिएको छ । यज्ञ दान तप ति तिन प्रकारका कर्मलाई त्याग्नु हुदैन ।बरु त्यो त् कर्तब्य हो, ति तिनै वटा कर्म गर्नु पर्दछ । यी कर्मले बुध्दिमान बिध्दान जनहरुलाई पवित्र नै पार्दछ ।
एतान्यपि तु कर्माणि सङ्गन् त्यक्त्वा फ़लानि च ।
कर्तव्यानिति मे प्रार्थ निश्चितं मतमुत्तमम् ।।६॥
नियतस्य तु सन्न्यास: कर्मणों नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामस: परिकिर्तित : ।।७॥
दु:खमित्येव यत्कर्म कायक्लेश भयात्त्यजेत् ।
स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ।।८॥
कार्यमित्येव यत्कर्म नियतं क्रियतेअर्जुन ।
सङ्गन् त्यक्त्वा फलं चैव स त्याग: सात्विको मत : ।।९॥
न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशय: ।।१०॥
भावार्थ: यज्ञ दान तपरुप कर्महरु पनि र सम्पूर्ण कर्तब्यकर्महरु पनी आसक्ति कर्मफलाको इच्छालाई त्यागेर गर्नु पर्छ भन्ने मेरो निश्चयात्मक उत्तम मत हो। निर्शिध्द र काम्यकर्म बाहेक नगरी नहुने नित्यकर्मको सन्न्यास वा परित्याग गर्ने कर्म उपयुक्त हुदैन । त्यसैले मोहका कारणले नियतवश कर्मत्याग गर्ने भनेको तामसत्याग भनिन्छ । जुन पनि कर्म छन ति सबै कठिन र दुख पुर्ण छन् , यस्तो सोचेर यदि शारीरिक क्लेशको(कष्ट ) डरबाट कर्तब्यकर्मलाई त्याग गरिन्छ भने त्यो कर्म राजसत्याग हो । यस्तो त्याग गरेर कुनु किसिमको फल प्राप्त हुदैन । हे अर्जुन ! जुन शास्त्रले भने मुताबिक नियत कर्म छ, र त्यो आफ्नो कर्तब्यकर्म हो भनि जानेर आशक्ति र फलको इच्छा त्याग गरेर गरिन्छ भनि त्यो त्याग नै सात्त्विक कर्म हो । जो मनुष्य न अकुशल कर्मलाई व्देष तथा घृणा गर्छ, न त कुशल र कल्याणकारी कर्ममा नै आसक्ति हुन्छ । त्यो नै शुध्द सात्त्विक भावयुक्त व्यक्ति संशयरहित बुध्दिमान र सच्चा त्यागि हो ।
न हि देहभृता शक्यं त्यक्तुं कर्मन्यशेषत ।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ।।११॥
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मण: फलम् ।
भवत्यत्यागिनां प्रेत्यं न तु संन्यासिनां क्वचित् ।।१२॥
पंचैतानी महाबाहो कारणानि निबोध मे ।
साङ्ग्ख्ये कृतान्ते प्रोक्तानि सिध्दये सर्वकर्मणाम् ।।१३।।
अधिष्ठानं तथा कर्ता करणं च प्रिथग्विधम् ।
विविधाश्च प्रिथाक्चेष्टा दैवं चैवान्न पंचमम् ।।१४॥
शरिरवाङ्मनोभिर्यत्कर्म प्रारभते नर : ।
न्याय्यं वा विपरितं वा पन्चैते तस्य हेतव ।।१५॥
भावार्थ: देहाधारी कुनै पनी मनुष्यले सम्पूर्णरुपबाट सबैकर्मलाई त्याग गर्न निश्चय नै सम्भव छैन । त्यसैले जो व्यक्ति कर्मफलको त्याग गर्दछ त्यहि नै त्यागि हो भन्न सकिन्छ । कर्मको फल त्याग नगर्ने मनुष्यलाई राम्रो, नराम्रो वा मिश्रित यिनी तिन प्रकारका फल देयत्याग गरिसकेपछि पनि भोग्न पर्ने हुन्छ । कर्मफलको आश नगर्ने व्यक्तिलाइ कुनै कालमा पनि कर्मको फल भोग्न पर्दैन । हे महाबाहू ! सम्पूर्ण कर्मको सिध्दिको लागि कर्मलाई समाप्तिका गरिने पांच उपाए शान्ख्यशास्त्र बताइएका कारणहरु तिमीले मसंग राम्रोसंग बुझ र जान । कर्मका सिध्दीमा अधीष्ठानं आश्रयका लागि, कर्ताको इन्द्रियाव्दारा र साधनामा गरिनेकर्मलाइ करण भनिन्छ त्यो र अलग अलग किसिमका चेष्टाहरु ( श्वास प्रश्वास) समेतका पांच संस्कारका लागि ‘दैव “ हुन् । यी पांच कारण छन् । अर्थात मनुष्यको मन, बचन, र शरीरबाट शास्त्रनुसार वा बिपरित जुनसुकै कर्म गर्दछन, त्यसको पांच कारणहरु हुन् ।
तत्रैवं सति कर्तारमात्मानं केवलं तु य: ।
पश्यत्यकृतबुध्दित्वान्न स पश्यति दुर्मति : ।।१६॥
यस्य नाहङकृतो भावो बुध्दिर्यस्य न लिप्यते ।
हत्वापि स इमाँल्लोकान्न हन्ति न निबध्यते ।।१७॥
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना ।
करणं कर्म कर्तेति त्रिविध: कर्मसङ्ग्रह : ।।१८॥
ज्ञानं कर्म च कर्ता च त्रिधैव गुणभेदत : ।
प्रोच्यते गुणसङ्ख्याने यथावच्छ्रीणु तान्यपि ।।१९॥
सर्वभुतेषु येनैकं भावामव्ययमिक्षते ।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विध्दिसात्त्विकम् ।।२०॥
भावार्थ: परन्तु यस प्रकार पंचकारणव्दारा कर्म शिध्द भएपछि असुध्द बुध्दि भएका वा अपरिमार्जित मनुष्यले शुध्द स्वरुप आत्मालाई कर्ता हो ठान्दछन । ति अज्ञानी व्यक्ति यथार्थ कुरा जान्दैनन् । जसको अन्तस्करणमा म कर्ता हुँ, भन्ने भाव छैन, जसको बुध्दि सांसारिक पदार्थ र कर्ममा लिप्त हुदैन । त्यो व्यक्ति
यी सबैलाई मारेर पनि मारेको हुदैन र न पापमा बाँधिन्छ । ज्ञान, ज्ञेय र ज्ञाता यी तिन प्रकारका कर्मका प्रेरणा हुन र साधना, कर्म र कर्ता ति कर्मका संग्रह हुन् भन्ने कुरा यथार्थरुपमा मसंग सुन; जुन ज्ञानबाट मानिसहरु विभक्त रुपमा रहेका सबै प्राणीहरुमा रहेका अविनासि परमात्मा भावको एकीकृत समभावरुप देख्दछ भने त्यो नै ज्ञान सात्त्विक ज्ञान हो भनेर जान ।
पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्प्रिथग्विधान् ।
वेत्ती सर्वेषु भुतेषु तज्ज्ञानं विध्दि राजसम् ।।२१॥
यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम् ।
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ।।२२॥
नियतं सङ्गरहितमरागद्वेषत: कृतम् ।
अफ़लप्रेप्सुना कर्म यत्तात्सात्त्विकमुच्यते ।।२३॥
यत्तु कामेप्सुना कर्म साहङ्कारेण वा पुन: ।
क्रियते बहुलायासं तद्राजसमुदाहृतम् ।।२४॥
अनुबन्धं क्षयं हिंसामनवेक्ष्य च पौरुषम् ।
मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते ।।२५॥
भावार्थ: परन्तु जो मनुष्यले आफ्नो ज्ञान र त्यसको ज्ञानव्दारा सम्पूर्ण जनहरुमा बिभिन्न प्रकारका अनेक भावहरुलाई अलग अलग रुपमा रहेको जान्दछ भने त्यो राजस ज्ञान हो । जुन ज्ञान एक कार्यरुप शरीरमा नै सम्पूर्णरुपमा सदृश आसक्ति हुन्छ र जो बिना युक्तिसंगत, अतात्त्विक अर्थरहित र तुच्छ र सिमित ज्ञान हुन्छ त्यो नै तामस ज्ञान हो । कर्ताले बिना अभिमान, आसक्तिरहित, फलको आश नराखी, रिस राग व्देष नराखी जुन नित्यरुपमा कर्म सम्पन्न गरिएको छ त्यस्तो कर्मलाइ सात्त्विक कर्म भनिन्छ । जुन काममा बिशयभोगको कामना गरिन्छ वा अहङ्कारको भावनाले युक्त जुन व्यक्तिले परिश्रमपुर्बक गर्दछन त्यो कर्म राजस भनिएको छ । जुन कर्म गर्नाले धनसम्पत्तिको बिनास, प्राणिहिँसा हानि नोक्सानी नहेरिकन र सामर्थ र मानवीय क्षमताको बिचार नगरिकन मोह्जन्य अज्ञानबश प्रारम्भ गरिएको कर्मलाइ तामस कर्म भनिन्छ ।
मुक्तसङ्गो अनहंवादी धृत्युत्साहसमन्वित: ।
सिद्ध्यसिद्ध्योर्निर्विकार: कर्तासात्त्विक उच्यते ।।२६॥
रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोअसुचि :।
हर्षशोकान्वित: कर्ता राजस: परि किर्तित:।।२७॥
अयुक्त: प्राकृत: स्तब्ध: शठो नैष्कृतिकोअलस: ।
विषादी दिर्घसूत्री च कर्ता तामस उच्यते ।।२८॥
बुध्देर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु ।
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनन्जय ।।२९॥
प्रवृतिं च निवृत्तीं च कार्याकार्ये भयाभये ।
बन्धं मोक्षं च या वेत्ति बुध्दि: सा पार्थ सात्त्विकी ।।३०॥
भावार्थ: जो कर्ताले भौतिकसंसर्ग, आसक्ति र अहङ्कार त्यागेको छ र जो त्यो कर्मबाट मुक्त छ । जो धर्य र उत्साहयुक्त छ जसले कार्यशिध्दी वा असिध्दि दुबैमा एकनास रहन्छ अबिचलीत रहनछ त्यस्तो कर्ता नै सात्त्विक भनिन्छ । जो कर्ता राग र आसक्तिले युक्त छ जो कर्मफल प्राप्तिको चाहना गर्दछ , जो लोभी पनि छ परपीडादायक, असुध्द र हर्ष शोकमा लिप्त छ त्यो राजस भनिएको छ । जो कर्ता युक्त र नालायक छ असभ्य , घमण्डी, कपटी धुर्त र अर्काका जीविकाको नास गर्नेवाला छ, जो अल्छी र दिर्घकालसम्म काम सम्पन्न गर्दैन । त्यस कर्तालाई तामस भनिएको छ । हे धनन्जय ! बुध्दिको भेद अनुसार बुध्दि र धृतिको पनी
गुणको अनुसार तिन प्रकारका भेद छन । अब ति तिन प्रकारका भेद म बाट सम्पूर्णरुपमा विस्तार्पुर्बक सुन । हे अर्जुन ! जुन बुध्दिले कर्ममा लाग्ने नलाग्ने प्रवृति र कर्तब्य अकर्तब्य को निवृत्ति योग्य अयोग्य र बन्धन र मुक्तिको यथार्थ जान्दछ त्यो नै सात्त्विकी हो ।
यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च ।
अयथावत्प्रजानाति बुध्दि : सा पार्थ राजसी ।।३१॥
अधर्मं धर्ममिति या मन्यते तमासावृता ।
सर्वार्थान्विपरितान्श्च बुध्दि: सा पार्थ तामसी ।।३२॥
धृत्या यया धारयते मन: प्राणेन्द्रियक्रिया : ।
योगेनाव्यभिचारिन्या धृति: सा पार्थ सात्त्विकी ।।३३॥
यया तु धर्मकामार्थान्ध्रित्या धारयते अर्जुन।
प्रसङ्गेन फ़लाकाङ्क्षी धृति: सा पार्थ राजसी ।।३४।।
यया स्वप्नं भयं शोकं विशादं मदमेव च ।
न विमुञ्चति दुर्मेधा धृति: सा पार्थ तामसी ।।३५॥
भावार्थ: जुन बुध्दिले प्रवृति धर्म र अधर्म साथै कर्तब्य र अकर्तब्यलाइ यथार्थ ढंगले बुझ्दैन वा जान्दैन । त्यो बुध्दि राजसी हो । हे अर्जुन जसको बुध्दिले अधर्मलाई नै धर्म मानेको हुन्छ र जान्न योग्य पदार्थलाई उल्टा पाल्टो बिपरित ठान्दछ त्यो बुध्दि नै तामसी हो । हे अर्जुन अविचलित धृढ भै मन प्राण इन्द्रियाहरुलाई द्यान योगव्दारा बाधेर वा नियन्त्रण गरि धारण गर्दछ त्यो सात्त्विकी हो । तर हे अर्जुन फलको आश गरि सकाम इच्छावाला व्यक्तिले अन्त्यन्त आशक्तिले धर्म, कर्म र अर्थलाई धारण गर्दछ त्यो धारण शक्ति राजसी हो ।
हे पार्थ ! दुष्टमति भएका व्यक्ति जुन धारणशक्तिले निद्रा भय चिन्ता र दु:ख अनि मद् अभिमानलाई छाड दैन त्यो तामसी धारणा हो ।
सुखं त्विदानीं त्रिविधं शृणु मे भारतार्षभ ।
अभ्यासाद्रमते यत्र दु :खान्तं च निगच्छति ।।३६॥
यत्तदग्रे विशमिव परिणामे अमृतोपमम् ।
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुध्दिप्रसादजम् ।।३७॥
विषयेन्द्रियसंयोगाद्यत्तदग्रे अमृतोपमम् ।
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ।।३८॥
यदग्रे चानुबन्धे च सुखं मोहनमात्मन: ।
निद्रालस्यप्रमादोत्थं तत्तामासमुदाहृतम् ।।३९॥
न तंदस्ति पृथ्वीव्यां वा दिवी देवेषु वा पुन: ।
सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभि: स्यात्त्रिभिर्गुणै : ।।४०॥
भावार्थ: हे भरतबंशी ! अब सुख पनि तिन प्रकारका हुन्छन भन्ने कुरा म बाट सुन, जुन सुखमा साधकले अभ्यास व्दारा भजन ध्यान र सेवामा रमण गर्दछ र दुखको नास प्राप्त गर्दछ । जुन शुरुमा बिष समान लाग्छ परन्तु अन्तमा अमृत सरह नै हुन्छ । आफ्नो बुध्दिको प्रसादबाट उत्पन्न भएको सुख नै सात्त्विक हो । जुन सुख बिषय र इन्द्रियको संयोगबाट उत्पन्न हुन्छ त्यो प्रारम्भमा अमृत सरह नै हुन्छ तर परिणाममा भने बिष जस्तै हुन् पुग्दछ । त्यसैले त्यो सुखलाइ राजस भनिएको छ । जुन सुख आरम्भ र अन्तसम्म आसक्ति भै आलस्य निद्रा र प्रमादबाट उत्पन्न भएको हुन्छ, त्यो सुख तामस हो । न पृथ्वीमा, न स्वर्गमा, न त देवताहरुमा नै त्यस्तो प्राणी वा बस्तु छन, जो प्रकृतिबाट उत्पन्न सत्त्व, रज र तम यी तिन गुणहरुबाट मुक्त भएको होस।
ब्राह्मणक्षत्रियविशां शुद्राणाँ च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै :।।४१॥
शमो दमस्तप: शौचं क्षान्तिराजर्वमेव च ।
ज्ञानं विज्ञानामास्तिक्यं ब्रह्म्कर्म स्वभावजम् ।।४२॥
शौर्यं तेजो धृतिर्दाक्ष्यं युध्दे चाप्यपलायनम् ।
दानमिश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३ ।।
कृषिगौरक्ष्यवाणीज्यं वैश्यकर्म स्वभाजनम् ।
परिचर्यात्मकं कर्म शुद्रस्यापि स्वभावजम् ।।४४।।
स्वे स्वे कर्मण्यभिरत: संसिध्दिं लभते नर: ।
स्वकर्मनिरत: शिध्दिं यथा विन्दति तच्छ्रीणु ।।४५॥
भावार्थ: हे परमतप ! ब्राह्मण, क्षत्री,वैश्य र सुद्रहरुको कर्महरु स्वभावबाट उत्पन्न भएका गुणहरुलाइ अलग अलगरुपमा विभक्त गरिएका छन् । शान्ति इन्द्रियानिग्रह, तप ,मन बचनमा शुध्द्ता क्षमा, सरलता, शास्त्रको ज्ञान, व्यावहारिक तथा अध्यात्म ज्ञान प्राप्त गर्नु र शास्त्रहरुको अध्ययन र अध्यापन गर्नु आदि कर्म
ब्रह्मणहरुको स्वाभाविक कर्म हो । सुरता, तेज, धैर्य, क्षमता र युध्दमा पछाडी नफर्कने, दानशिलता प्रभुत्व तथा नेतृत्वदायो क्षमता यी सबै क्षत्रियक स्वभाविक कर्म हुन् । खेतीपाती, पशुपालन,ब्यापार ब्यबसाय बैश्यका स्वभाविक कर्म हुन । सेवामुलक प्राबिधिक तथा सेवाका कर्महरु सुद्रका स्वभाविक कर्म हुन् । यसरी आफ्नो स्वभावबाट उत्पन्न भएका गुण अनुरुपका आफ्नो-आफ्नो स्वभाविक कर्महरुमा संलग्न भएका मानिसले परमसिध्दी प्राप्त गर्दछ । आ-आफ्नो कर्ममा लागिरहने त्यो बिधिलाइ तिमीले सुन ।
अध्याय १८ श्लोक ४६ देखि ५० सम्म
यत: प्रवृतिर्भुतानां येन सर्वमिदं ततम् ।
स्वकर्मणा तमभ्यर्च्य सिध्दिं विन्दति मानव:।।४६॥
श्रेयान्स्वधर्मो विगुण: परधर्मात्स्वनिष्ठीतात् ।
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।४७॥
सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् ।
सर्वारम्भा हि दोषेण धुमेनाग्निरिवावृता :।।४८॥
असक्तबुध्दि : सर्वत्र जितात्मा विगतस्पृह: ।
नैष्कर्म्यसिध्दिं परमां सन्न्यासेनाधिगच्छति ।।४९॥
सिध्दिं प्राप्तो यथा ब्रह्म तथाप्तोति निबोध मे ।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ।।५०॥
भावार्थ: जुन परमेश्वरव्दारा सम्पूर्ण प्राणीहरुको उत्पत्ति भएको छ र जसबाट यो सम्पूर्ण ब्रमाण्ड व्याप्त छ, आ आफ्नो स्वभाविक कर्मबिधिव्दारा परमात्माको पुजा अर्चना अनुष्ठान गरेर मानिसले परम्सिध्दी प्राप्त गर्दछन । राम्ररि अनुष्ठान गरिएको अरुको धर्म भन्दा त्रुटिपूर्ण वा अपूर्णरुपमै भए पनि आफ्नै धर्म नै श्रेष्ठ हुन्छ । किनकि आफ्नो स्वभाव अनुसारको नियतले गरिएको स्वधर्मरूप कर्तब्यकर्म गर्नेलाई कहिल्यै पाप लाग्दैन । हे कुन्तिपुत्र अर्जुन ! जन्मसंगै उत्पन्न भएको सहज कर्म दोषयुक्त न भए पनि परित्याग गर्न हुदैन किनकि समस्त कर्महरु अग्निमा धुवा भएजस्तै कुनै न कुनै प्रकारले दोषयुक्त छन् । जसको बुध्दि सर्वत्र आसक्तिरहित छ । जसले आत्म वशमा छ सबै तृष्णा र कामनाहरु हटिसकेका छन् त्यस्ता आत्मबेत्ता मनुष्य सांख्ययोगसन्न्यासव्दारा निश्कर्मताको सिध्दी प्राप्त गर्दछन । हे कुन्ती पुत्र ! जो ज्ञानको परानिष्ठा छ जसले उल्लेखित सिध्दी प्राप्त गरेर जुन प्रकार मनुष्यले ब्रह्मलाइ प्राप्त गर्दछ । त्यो प्रकारलाइ तिमीले मबाट भालिभाती सुन र बुझ ।
बुद्ध्या विशुध्दया युक्तो ध्रीत्यात्मानं नियम्य च ।
शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ।।५१॥
विविक्तसेवी लघ्वाशि यतवाक्कायमानस :।
ध्यानायोगपरो नित्यं वैराग्यं समुपाश्रित :।।५२॥
अहंकार बलं दर्पं कामं क्रोधं परिग्रहम् ।
विमुच्य निर्मम: शान्तो ब्रह्मभुयाय कल्पते ।।५३॥
ब्रह्मभुत: प्रसन्नात्मा न शोचति न काङ्क्षति ।
सम: सर्वेषु भुतेषु मद्भक्तीं लभते पराम् ।।५४॥
भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्वत: ।
ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ।।५५॥
भावार्थ: विशुध्दबुध्दिले युक्त सात्त्विक र नियमित आफ्नो शरीर इन्द्रियलाई वशमा राखेर श्ब्दादी रुप रस बिषयलाई परित्याग गरि राग आसक्ति र व्देष हटाएर धर्य गरी साधना गरियो भने ब्रह्म प्राप्त गर्न सक्षम भईन्छ । पवित्र स्थान ग्रहण गर्ने, हल्का खाना खाने, मन बचन शरीरलाई आफ्नो वशमा राखेर नित्य ध्यान र योगमा लिन भैरहने बैराग्य प्राप्त भएको मनुष्य नै योगी हुन्छ जो ब्रह्मतव प्राप्त गर्न सक्षम हुन्छ । अहङ्कार मिथ्याभिमान, बल शक्तिधाक घमण्ड काम क्रोध र सांसारिक पदार्थ संग्रह परित्याग गरि जो ममत्वभावना रहित भै शान्तभावले रहन्छ यस किसिमको व्यक्ति वा योगी ब्रह्ममा एकाकार हुन् योग्य हुन्छ । ब्र्ह्ममय भावमा स्थित भै प्रसन्न चित्त भएको योगी न कुनै कुरा प्रति शोक गर्छ न त कुनै बस्तुको आकाङ्क्षा राख्दछ । समस्त प्राणीहर्यमा सम्भाव राख्ने यस्तो व्यक्ति वा योगी मेरो परा सर्बोच्चभक्ति प्राप्त गर्दछ । त्यस पराभक्तिव्दारा उसले म परमेश्वरलाइ “मा जस्तो छु” म जत्रो छु “र म जो छु ‘ जस्ताको तस्तै तत्वभावले जान्दछ र उसको त्यस भक्तिको प्रभावले तत्काल नै ममा प्रविष्ट अर्थात प्रवेस गर्छ । अर्थात उसको पराभक्ति र आत्मज्ञानको प्रभावले उ प्रब्र्ह्ममा एकाकार भी लिन हुन्छ ।
सर्वकर्माण्यपि सदा कुर्वाणो मदव्यपाश्रय: ।
मत्प्रसादादवाप्नोती शाश्वतं पदमव्ययम् ।।५६॥
चेतसा सर्वकर्माणी मयि सन्न्यस्य मत्पर : ।
बुध्दियोगमुपाश्रित्य मच्चित्त : सततं भव ।।५७।
मच्चित्त: सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसी ।
अथ चेत्त्वमहङ्कारान्न श्रोष्यसी विनङ्क्ष्यसि ।।५८॥
यदहङ्कारभाश्रित्य न योत्स्य इति मन्यसे ।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ।।५९॥
स्वभावजेन कौन्तेय निबध्द: स्वेन कर्मणा ।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोअपि तत् ।।६० ।।
भावार्थ: मेरो परायण र आश्रय भएका कर्मयोगी त निरन्तर कर्महरु गरिरहेर पनी मेरो कृपाले उ सनातन अविनासी परम पद प्राप्त गर्दछ | बिबेक बुध्दि चित्तले सबै कर्महरुलाई ममा समर्पण गरेर बुध्दियोगलाई अवलम्बन गरि मलाइ नै निरन्तर चित्तमा लगाउने होउ | यस प्रकार आफ्नो चित्त ममा लगायौ भने मेरो कृपाबाट तिम्रो समस्त संकटहरुबाट पार पाउने छौ | यदि तिमि अहंकारको कारणले मेरो कुरा सुन्दैनौ भने अबस्य नष्ट हुने छौ | यदि तिमीले अहंकारमा स्थिर भै ‘ म युध्द गर्दिन’ भन्ने ठान्दछौ भने यो तिम्रो निर्णय गलत र झुटो हो किनकि तिम्रो प्रकृति र स्वभाव कर्मले नै युध्द गर्नमा लगाउने छ | हे कुन्तिपुत्र ! जुन कर्म
तिमीले मोहको कारणले गर्न चाहेका छैनौ, त्यो इच्छा नलागेको कर्म पनि पुर्वकर्म स्वभावले विवस वा लाचार भै युद्ध गर्ने छौ |
ईश्वर: सर्वभुतानां हृद्देशे अर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभुतानि यन्त्रारुढानि मायया ।।६१॥
तमेव शरणं गच्छ सर्वभावेन भारत ।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसी शाश्वतम् ।।६२॥
इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया ।
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरू ।।६३॥
सर्वगुह्यतमं भूय: शृणु मे परमं वच: ।
इष्टोअसि मे दृढमिति ततो वक्ष्यामि ते हितम् ।।६४॥
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियो असि मे ।।६५॥
भावार्थ : हे अर्जुन ! परमात्मा परमेश्वर शरिररूप यन्त्रमा आरुढ़ भएका सम्पूर्ण प्राणीहरुमा आफ्नो मायारूप शक्तिले घुमिरहेर सबै प्राणीहरुको हृदयमा निवास गर्नुहुन्छ । हे अर्जुन ! तिमि सम्पूर्ण भावले परमेश्वकै शरणमा पर, उही परमात्माको कृपाले परम शान्ति र सनातन परमधाम प्राप्त हुन्छ । यस प्रकार मैले तिमीलाई गोप्य भन्दा पनि अति गोप्य रहस्यमय ज्ञान बताए । अब यस रहस्यमय गोप्य ज्ञानको समग्ररुपमा बिचार गरि जसरी चाहन्छौ वा जस्तो इच्छा छ त्यसै गर । सबै गोपनीयभन्दा पनि अति गोप्य रहस्यमय बचनलाइ फेरी पनि सुन, तिमि सर्बोच्च प्रियपात्र हौ, त्यसैले म तिम्रालागि हित हुने कुरा बताउने छु । हे अर्जुन ! तिमीले ममा मन लगाउ, मेरो भक्त बन, मलाइ पुजा गरि प्रणाम गर, यसो गर्यौ भने तिमीले मलाइ प्राप्त गर्ने छौ, म तिमीसंग यो सत्य प्रतिज्ञा गर्दछु । किनकि तिमि मेरो अन्त्यन्त प्रिय छौ ।
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच : ।।६६॥
इदं ते नातपस्काय नाभक्ताय कदाचन ।
न चाशुश्रुषवे वाच्यं न च मां योअभ्यसूयति ।।६७॥
य इमं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति ।
भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशय: ।।६८॥
न च तस्मान्मनुष्येशु कश्चिन्मे प्रियकृत्तम :।
भविता न च मे तस्मादन्य : प्रियतरो भुवि ।।६९॥
अध्येष्यते च य इमन धर्म्यं सम्वादमावयो :।
ज्ञानयज्ञेन तेनाहमिष्ट : स्यामिति मे मति : ।।७०॥
भावार्थ : सबै धर्म र कर्महरुलाई ममा त्याग गरि तिमि केवल म सर्वाधार परमेश्वरको शरण आउ, म तिमीलाई सम्पूर्ण पापबाट मुक्त गराउने छु । तिमीले कत्ति पनि शोक र दुख नमान । मैले तिमीलाई यो गितारूप रहस्यमय ज्ञानोपदेश जुन बताए त्यो रहस्यमय शास्त्र तप , भक्ति र श्रध्दाबिहिन व्यक्तिलाई र भक्ति भाव नभएको तथा सुन्न नचाहनेलाई व्यक्तिलाई, जसले मसंग व्देष निन्दा र इर्श्या गर्दछ त्यस्ता व्यक्तिहरुलाई कहिल्यै पनि भन्न उपयुक्त हुदैन । जो व्यक्ति म मा पराभक्ति प्रेम गरेर यो रहस्यमय गिताशात्रलाइ मेरा भक्तहरुलाई बताउने छ । त्यस व्यक्तिले मलाइ नै प्राप्त गर्दछ यसमा कुनै सन्देह छैन। त्यसभन्दा माथि मेरो अमुल्य कार्य गर्ने व्यक्ति कोइ हुदैन । यस प्रिथ्बिमा मेरो त्यसभन्दा प्यारो अरु कुनै भविस्यमा पनि हुन सक्दैन । जसले हाम्रो यस धर्ममय पावन सम्बादको अध्ययन गर्दछ त्यसको माध्यमबाट पनि म ज्ञानयज्ञव्दारा पुजित हुने छु यस्तो मेरो धारणा छ अर्थात मत छ ।
श्रध्दावाननसूयश्च शृणु यादपि यो नर:।
सोSपि मुक्त: शुभांल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ।।७१॥
कच्चीदेतच्छ्रतं पार्थ त्वयेकाग्रेण चेतसा।
कच्चिदज्ञानसम्मोह: प्रनष्टस्ते धनन्जय ।।७२।।
अर्जुनोवाच :
नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितो अस्मि गतसंदेह: करिष्ये वचनं तव ।।७३॥
सजाय उवाच
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मन : ।
सम्वादमिममश्रौषमद्भुतं रोमहर्षणम् ।।७४॥
व्यासप्रसादाच्छ्रतवानेताद्गुह्यमहं परम् ।
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयत : स्वयम् ।।७५॥
भावार्थ: दोषदृष्टि र इर्श्या नलिएर श्रध्दायुक्त भै जो व्यक्ति यो गिताशास्त्र सम्बाद सुन्छ र आत्मसात गर्दछ भने त्यो व्यक्ति पनि पापबाट मुक्त भै शुभ लोकको प्राप्त हुने छ । हे पार्थ ! के तिमीले यो ज्ञानरुपी मेरो ज्ञानादेश सुन्यौ त ? र हे धनन्जय के तिम्रो अज्ञानबाट उत्पन्न सम्मोह अब नष्ट भयो त ? अर्जुनले बिन्ति गर्दछन ! हे अच्युत ! हजुरको कृपा र अनुकम्पाले मेरो सम्मोह भ्रम हरायो । मैले स्मृति आत्मज्ञानलाइ प्राप्य गरे र अब मलाइ सन्देह छैन, म संशयरहित स्थिर भै तपाइको आज्ञा पालन गर्ने छु । संजयले धृतराष्ट्रसंग बिन्ति गर्दै भने : यसप्रकार मैले भगवान श्रीबासुदेवको र महान आत्मा भएका अर्जुनासंग भएको अदभुद रोमान्चकारी सम्बाद सुन्ने मौका पाए । श्री ब्यासजीको कृपाले दिव्यदृष्टि पाएर मैले स्वयं योगेश्वर श्री कृष्णको मुखारबिन्दुबाट प्रत्यक्ष यो गोप्यतम रहस्यमय गितोपदेश सुन्न पाए ।
राजन्संस्मृत्य संस्मृत्य सम्वादमिममद्भुतम् ।
केशवार्जुनयो : पुण्यं हृष्यामी च मुहुर्मुहू:।।७६॥
तच्च संस्मृत्य संस्मृत्य रुपमत्यद्भुतं हरे:।
विस्मायो मे महान राजन्हृष्यामि च पुन: पुन:।।७७॥
यत्र योगेश्वर: कृष्णो यत्र पार्थो धनुर्धर:।
तत्र श्रीर्विजयो भुतिर्ध्रुवा नीतिर्मतिर्मम ।।७८॥
हे राजन ! म श्रीकृष्ण र अर्जुनको यो अदभुत रहस्यमय, कल्याणकारी र पावन सम्बादलाई बारम्बार स्मरणगरेर हर्ष र आनन्दले बिभोर भैरहेको छु । हे महाराज ! जब म श्री हरिको त्यो विलक्षण अति अदभुत विश्वरूपलाइ दोहर्याएर स्मरण गर्छु अनि मलाइ चित्तमा आश्चार्यचकित भएर बारम्बार प्रतिक्षण आनन्दले हर्षीत भैरहेको छु । हे राजन ! जहा जुन पक्षमा योगेश्वर श्रीकृष्ण रहनुहुन्छ र जहा गान्डिवधनुषधारी अर्जुन हुनुहुन्छ । त्यही पक्षमा नै बैभव ऐश्वर्य र श्रीविजयको नीति हुन्छ भन्ने मेरो अटल र अविचलित मत छ ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे मोक्षसंन्यासयोगो नामाष्टादशो अध्याय:।।१८॥