पुन्डरी अर्याल
पुन्डरी अर्याल

अमेरिका आइसकेका नेपाली दम्पत्ति आखिर किन गर्छन सम्बन्ध बिच्छेद ?

आइमाई र लोग्ने मानिस बिचमा बाइलोजिकल डिफरेंसहरु के के छन् कति नजिक र टाढाको फरक छ भन्ने कुरा सर्ब प्रथम जान्न आबस्याक छ | तर हाम्रो धार्मिक र सामाजिक सस्कारले गर्दा आइमाई र लोग्ने मानिसमा एकदमै ठुलो फरक भएको मानिन्छ | महिला हुनु भनेको सामाजिक रुपमा पुरुषहरुले चाहेको जस्तो गरि प्रयोगमा ल्याइएको बस्तु सरह मानिन्छ | महिलालाई मानसिकरुपमा पुरुष प्रधान समाजले कमजोर र असक्त बनाएइको छ | महिला बस्तुको रुपमा प्रयोग भै रहेको छन | उनीहरुलाई मनोरंजनको रुपमा सेक्स डल मानेर हेरिन्छ | महिलालाई एकदम कम्जोर नाजुक कलिको रुपमा ब्याख्या गरिराखेका छौ र महिलाले पनि आफुलाई अति कम्जोर नाजुक रुपमा स्विकारिरहेको अबस्था छ | धार्मिक, राजनीति, सामाजिक, कानुन, सस्कार र परम्पराले गर्दा महिलाहरुको मानसिक रुपमा अन्त्यन्त कमजोर बनाइएको छ | त्यसैले गर्दा हाम्रो समाजमा छोरी जन्मदा अपसोस मनाउने गर्छन, छोरा जन्मदा खुशियाली र भोज भतेर गर्ने परम्परा छ | किन भने छोरी मान्छेलाई कम्जोर लिंग भेद गरिएको छ, पुरुष र महिलामा रिप्रोडक्तिभ अर्गनले गर्दा सबभन्दा कम्जोर बनाएको छ | तर पुरुष र महिलामा बाइलोजिकल रुपमा एकदमै ठुलो फरक भने छैन | पुरुषमा XY २३ वटा क्रोमोजोम हुन्छ भने महिलामा XX २३ वटा क्रोमोजोम हुन्छन | ( बिभिन्न अलौकिक बिविधतता रुपमा क्रोमोजोन XXX, XYY र XXX समेत हुन्छन ) यसमा व्यक्तिको २३ औ क्रोमोजोनले लिंगको आफै अटोमेटिक रुपमा पुरुषको र महिलाको छुट्टा छुटै रिप्रोडक्टिभ अर्गन निर्माण गर्छन जस्तै पुरुषमा लिंग, अन्डकोश र सूक्रकिट निर्माण गर्ने अंग (scrotum for man),र महिलामा योनी, पाधेघर, र अन्डाशय( ovaries for females) र महिनावारी प्रक्रिया र ब्रेस्टको बिकाश गर्छ | यस कारणले अपोजिट सेक्सको रुपमा छन् | अन्यथा पुरुष र महिलामा कुनै भेद छैन | यस बाहेक सबै अंगहरु पुरुषकै समान छन् | मात्र estrogen  र testosterone हर्मनको मात्रामा फरक हो | नत्र भने अरु सम्पूर्ण अर्गन पुरुष सरह हुन्छन | कहिले काही हर्मनको मात्रा फरक(कम बेशी ) पर्यो भने पुरुसमा पनि महिलाको हाउभाउ आउने हुन्छ भने महिलामा पुरुषको हाउ भाउ आउने गर्छ | पुरुषको मश्तिश्क जनइन्द्रियसंग कनेक्सन हुन्छ भने महिलाको ब्रेन महिलाको रिप्रोडक्टीभ अर्गनसंग कनेक्सन हुन्छ | अहिले बैज्ञानिकको खोज र बिकाशले महिलाको रिपोर्डक्टिभ  अर्गन पुरुषमा र पुरुषको अर्गन महिलामा प्रत्यारोपण गरेर चमत्कार गरेका छन् |

माथिको बाइलोजिकल डीफ्रेंसेस(फरक)का कुरा भए | समाजलाइ सन्तुलनमा अघि बढाउँन महिला पुरुष दुबैको उत्तिकै महत्व पूर्ण स्थान छ | पारिवारिक शुख सुविधा सम्पन्नता बनाउन दुवै पति पत्नीको समान अबसर र दायित्व हो | तर पुरुष प्रधान हाम्रो समाजमा महिलालाई जसरी पनि होच्याउने दवाउने, पुरुषको अपमान सहन पर्ने अबस्था छ | महिलालाइ हैकम चलाउन र पुरुषत्व कायम गर्न खोज्ने, प्रवृतिको कारणले सधै दविएका महिलाहरुले अमेरिका आइसकेपछि पनि लोग्ने व्यवहार परिबर्तन नभएको र महिलाहरु अमेरिकामा आएर पनि नेपालकै व्यवहार गरिरहेको हुनाले सम्बन्ध बिच्छेद अबस्था आएको भन्छन महिलाहरु |
नेपाली महिला पुरुषका बिच हुने सम्बन्ध विच्छेदका घटना बढदो रुपमा देखिन थालेको छ | यसका केहि कारण छन् |

१) लोग्नेले स्वास्नीलाई आफुले अमेरिका ल्याइदिएको भनेर हेप्ने प्रवृति |
२) स्वास्नीको कमाइ लोग्नेले पुरै कब्जा गर्ने र रजाइ गर्ने प्रवृति |
३) कुनै कार्य योजना गर्दा सल्लाह नगरि निर्णय गर्ने |
४) कामबाट थाकेर आएपनि घरको काम स्वास्नीले नै गर्न पर्ने |लोग्नेले सहयोग नगर्ने |
५) श्रीमती अमेरिकाको खुकुलो बातावरणमा अलि बढी खुलेको लोग्नेलाइ मन नपर्ने |
६) आपसमा एक अर्काले शंका उपशंका गर्ने |
७) कानुनन महिला अधिकारलाइ प्राथमिकता, महिलालाई रोजगारी अबसरले गर्दा आर्थिक स्वतन्त्रता |
८) बैबाहिक जिबनमा अभिभाबकबाट हस्तक्षेप |
९) सम्बन्ध बिच्छेद अमेरिकन समाजमा सहज रुपमा हेरिने |
यस बाहेकका अरु कारणहरु छन् जसले गर्दा लोग्ने स्वास्नी सम्बन्ध बिच्छेद गर्नको लागि तयार हुन्छन |
क) एकार्कालाई खुशी बनाउन इन्कार गर्ने |

स्वास्नीका अनेक इच्छाहरु हुन्छन उसका इच्छालाई ठाडै इन्कार गर्ने, लोग्नेका भावनालाई बुझ्ने कोशिश नगर्ने, एक आपसमा सौहार्द रुपमा समस्या समाधान गर्न नखोजेर इगो राखेर आफ्ना कुरा माथि पार्ने प्रवृति | एक आपसमा कुनै पनि कुरालाइ लिएर बाद बिबाद गर्ने र एकले अर्काको खुशी देख्न नसक्ने प्रवृति |
ख) काम गर्ने वर्कर सरहको व्यवहार पत्नीलाई गर्ने |
ग) सेक्सप्रति विकर्षण
लोग्ने र स्वास्नीलाइ इन्टिमेट नजिक्याउने कुरा भनेकै कुरा सेक्स हो | महिलामा भन्दा पुरुषमा सेक्स आकान्च्छा तिब्र हुन्छ | अनइच्छुक सेक्सले बित्रिष्णा जगाउछ | एक आपसमा एकदमै सौहार्दता प्रेमपुर्बक गरिएको सेक्सले आपसी प्रेमलाई प्रगाढता बढाउछ | अनइच्छुक सेक्स एक किसिमको बलात्कार हो | यस्ले पारिवारिक सम्बन्ध खलबलिन्छ |
घ) लोग्नेले आफ्ना सन्तानप्रति भावनात्मक रुपमा नजिक नहुनु
सन्तान प्रति आमाको भावनात्मक सम्बन्ध जति हुन्छ त्यति बाउको हुदैन | सन्तान जन्मे पछी स्वास्नीले बच्चालाइ गरेको मायाबाट टाढा भएको महसुस गर्छ र बच्चा प्रति लोग्ने भावानात्मक रुपमा आमा जस्तो संबेदनशिल बन्न सक्दैन | यो पनि एक कारण हुन् सक्छ |
यो सबलाई हेर्दा सारांश यी कारणभन्न सकिन्छ जस्तै :-विश्वासघात, आपसमा नमिल्ने, नशाबाज,पिएक्कड/औषधि प्रयोग, अलगावपन उत्पन्न हुनु , व्यक्तित्व समस्या, संवादको कमी, शारीरिक वा मानसिक दुरुपयोग, प्रेममा चिसोपन, पारिवारिक दायित्वहरू पूरा नहुनु, रोजगार समस्या
समाधान – माथि उल्लेख गरिएका कारणहरु पति पत्नी बीच सम्बन्ध बिच्छेद गर्न सहयोग गर्ने आधारभूत तथ्य हुन् | यी कुराहरुलाइ मनन गरि एकापसमा समझदारी र प्रेमपुर्बक खुशीसाथ् जिन्दगिलाइ अगाडी बढाउँन सम्झौता गर्नै पर्छ | यसो गरिएन भनि अथवा मेरो गोरुको बाह्रै टक्का भन्ने हो भने कुनै पनि लोग्ने मान्छे वा स्वास्नी मान्छे सम्बन्ध बिच्छेद हुन्छ | तर पनि एकार्कालाइ सच्याउने self realization मौका भने दिनु पर्ने हुन्छ | अमरिकामा सम्बन्ध विच्छेदको मौका र अवसर महिलालाई प्रधान गरिएको छ | किन भने पुरुष हरुले महिलामाथि गरिएको अन्याय अत्याचरबाट मुक्ति दिन गरिएको भनिन्छ | तर पनि उनीहरुको बैबाहिक जिबनालाई निरन्तर दिनको लागि अदालत समेतले केहि समय तोकिदिएको हुन्छ | यसपछि पनि निरन्तरता पाउन सकेन भने नियमानुसार सम्बन्ध बिच्छेद हुन्छ | सम्बन्ध बिच्छेद गर्दैमा लोग्नेले मुक्ति पाउदैन उसको बच्चा छ भने उसले बच्चाको लागि १८ बर्ष नहुन्जेलसम्म खर्च व्यहोर्न पर्ने हुन्छ |
यस्ता प्रकृतिका मानिसहरुले अर्को बैबाहिक सम्बन्ध गासे पनि शुखी र खुशी हुन् सक्दैन |
यहा मैले केहि प्रतिनिधि मुलक नेपालीहरुको सम्बन्ध बिच्छेद बारेमा उल्लेख गर्न चाहन्छु | स्वास्नी मानिसको भावनालाइ चोट पुर्याएको र आफु ठगिएको र पिडामा बाचेको र सुधारै हुन् नसक्ने भए पछी उनीहरु सम्बन्ध बिच्छेद गरेको भन्छन | सामाजिक संजालमा यस्ता घटनाहरु देख्न पाइन्छ

१. डी भी चिट्टा परेर एक सम्पन्न परिवार एक जोडी काठमान्डौबाट एक छोरी एक छोरा समेत भएर अमेरिकाको टेक्सासमा आए | उनीहरुले त्यहा आफ्नो अनुकुलको काम नपाएपछी न्यु योर्क आए | यहा आएपछी श्रीमतीले राम्रै काम गरेर परिवारको गुजारा गरि राखेका र छोरा छोरीको पढाइ चलिराखेका थियो | श्रीमानले आफ्नो अनुकुलको काम पाइएन भनेर काम नगरी बसेका थिए | छोरा छोरी साना भएकोले एक अभिभावकत्व घरमा हुन् जरुरि हुन्छ | उनीले त्यसै गरिरहेका थिए, घरमा बस्ने क्रममा साथीहरु बटुलेर तास खेल्ने,खेलाउने, रक्सि खाने, खुवाउने, खराब आचरण बढ्दै गयो | एक दिन छोराले पुलिश लाई फोन गरि बोलाउछ र आफ्नो बाउ भएको ठाउमा बस्न नसक्ने कुरा आफ्नी आमा र पुलिसलाई भन्छ | आमाले सम्बन्ध बिच्छेद नगरी बाबुसित बस्ने भए आफु घरमा नबस्ने अडान लिएपछि , आमाले न चाहदा नचाहदै पनि आफ्नो आफ्ना छोराछोरीको लागि उनि श्रीमानसंग सम्बन्ध बिच्छेद गर्न बाध्य भएको बताउछिन | यहा श्रीमान् को नशाबाज,पिएक्कड बानि पारिवारिक दायित्वहरू पूरा नहुनु, रोजगार समस्या, शारीरिक वा मानसिक दुरुपयोग कारणले सम्बन्ध बिच्छेद गर्न पुगेको देखिन्छ |
२. एक जना माथिल्लो स्तरको पढाइ गरेका श्रीमान् र कम पढालेखा श्रीमती न्यु योर्क आएका थिए | उनीहरुको शैक्षिक स्तर नमिले पनि शुखी देखिन्थे | श्रीमतीले पनि बाहिर फेर राम्रै काम गरि राम्रै कमाइ गरिकी थिइन् | उमेरमा श्रीमति अलिक कान्छी थिइन्, फ्रेंक पनि थिइन् | एक सुन्दर छोरा जन्मेको थियो, हेर्दा पत्नी भन्दा श्रीमान भद्र देखिन्थे | नेपालबाट सासु छोरालाई हेर्नको लागि झिकाउछन | उनीहरुसंग १ बर्ष नबित्दै पति पत्नी बिचमा खटपट शुरु हुन्छ | ति महिलाको अनुसार श्रीमान् सबै कुरामा राम्रो थिए | तर सासु आए पछी विविध कारणले गर्दा यसो हुन् पुग्यो |बसाइ सान्ग्रो थियो, आमा मेरो कोठामा मसंग सुत्नु हुन्थ्यो | पति लिभिंगमा |हामीमा संवादको कमी, शारीरिक वा मानसिक हिसाबले प्रेममा चिसोपन, पारिवारिक दायित्वहरू पूरा नहुनु, आदि कुराहरु कमि हुन् पुग्यो | म पनि झुक्न सकिन उ पनि झुकेन | उ धेरै शंकालु थियो | म जहा गएपनि उसले शंका गर्थ्यो | उसले अरुका कुरा सुन्ने , मलाई पनि अरुले भडकाइ राखेका थिए | छोराको लागि मैले ३/४ बर्स कुरे हाम्रो बिचमा कप्रोमैज हुन् सकेन | अन्तत हामि बिचमा सम्बन्ध बिच्छेद मात्रै समाधानको बाटो भयो र सम्बन्ध बिच्छेद गर्यौ |भनेर टि महिला भन्छिन |
३) एक अर्को परिवार २ छोरी, पति पत्नी , राम्रो परिवार, थुप्रै सम्पन्नाताको र सुखको अभिलाषा बोकेर न्यु योर्क आएका थिए | पति पत्नीमा खुबी मेलजोल थियो | केहि बर्ष पछी तिनीहरुको बिचमा खटपट शुरु भयो | अन्तत तिनीहरुको सम्बन्ध बिच्छेद भएपछी मात्र शान्त भयो | पति आफ्ना २ छोरी लिएर अर्को स्टेट बसाइ सरे |
४) अर्का एक सुन्दर जोडी बिबाहको १६ बर्ष पार गरेका थिए | साथि भाइमा उनीहरुको सफल दाम्पत्य जिबनको चर्चा हुने गर्थ्यो | उनीहरुको १५ बर्षकि छोरी पनि छिन, एकाएक उनीहरुको बिचको सम्बन्ध बिच्छेदको खबर बजारमा आउछ | त्यो जोडीलाइ नजिकबाट चिन्ने साथीहरुले त बिश्वास गर्ने सकेनन |
यहाँ यी प्रतिनिधिमुलक सम्बन्ध बिच्छेदका घटना हुन् |यहा ति जोडीको नाम उल्लेख गर्न मैले आबस्याक नठानेर गरेको छैन | यहाँ कसैको स्वास्नी छोडेर गएर लोग्नेको बिजोग भएको देख्न परेको छ भने कसैको लोग्ने छोडेर गएकोले स्वास्नीको हैरानी देख्न परेको छ |
अर्को एक परिदृश्य छ, सम्बन्ध बिच्छेदले नित्याएको जो यस्तो छ | एक जना १५/१६ बर्षको टिन एजका बच्चा १५ दिन बाबु र १५ दिनको आमाको कस्टडी बसेको बताउछन, उनलाई बाबु आमासंग अन्त्यान्तै फस्त्रेसन छन् , ब्बाबू कहा बस्दा आमालाई तथानाम् गालि गर्छन, आमा कहा हुदा बाबुलाइ घृणा गरेर गालि गर्छिन | उसलाई त त्यो घर झ्याल खाना जस्तो लाग्छ रे ! म स्कुलबाट आएपछि बाटोमै दिन बिताउछु | मैले आफ्नो बारेमा केहि सोच्ने सक्दिन |उनि भन्छन मेरा बा आमाले मलाइ यस्तो हालतमा पुर्याउन किन जन्माएका हुन् ? मेरो प्रश्नको जवाफ न मेरी आमा संग छ , न त बाबा संग छ | भनेर भन्छन | बिचरा बबुरो उसको कलिलो मश्तिश्क कस्तो प्रभाव परे होला, म कल्पना पनि गर्न सक्दिन| यसरी सन्तान को बाडफाट भएको छ| कति शुखी सम्पनताको ठुलो सपना बोकेर अमेरिका आइ पुगेका दम्पत्तिले एकाएक यस्तो अबस्था बेहोर्दा सन्तानको भोलिको अबस्था कस्तो हुने हो | सम्बन्ध बिच्छेदले नित्याएको बेवारिशी बालकको संख्या बढदो हुन् थालेको हुनाले बुध्दिजिवीहरु समाजमा बिकसित भैरहेको परिस्थितिबाट चिन्तित भएको बताउछन |सन्तान भएका दम्पतीले सम्बन्ध बिच्छेद गरेपछि फेरी अर्को तुरुन्त बिबाह गरि बस्ने गरेपछि ति सन्तान लाबारिस हुन् पुगेका छन | उनीहरु झडकेलो बाबु र सौतनी आमासँग कसरी सुखी र खुशी हुन् सक्छन ?
पतिले पनि सोच्न पर्छ कि उसले छोडे पनि पत्नी आफ्नै बल बर्गतमा बाच्न सक्छे भन्ने कुरा बुझ्न जरुरि छ | पत्नीले पनि पतिका जायज कुरालाई मान्न् आबस्याक छ | यसको मतलब लोग्नेको थिचो मिचो सहनै पर्छ भन्ने होइन |
यहानेर महिला र पुरुष दुबैले बिशेष गरेर बालबच्चा भैसकेपछि, पति पत्नी बिच एकदमै जिम्मेबारी भएर सोचौ आफना सन्तानलाइ लावारिश हुन बाट बचाउ ! क्षणिक स्वार्थ, बिलासिता, घमण्ड, इगो, र अहंलाइ त्यागेर शुखी जिबन बिताउन अरु जिम्मेबारी बनौ पतिले पत्नी लाइ माया र इज्जत दिउ, साथै पत्नीले पनि पतिका सुख दुखमा साथ दिउ, आफ्ना सन्तानलाइ आफ्नो अहं ले किस्ताबन्दीमा नबाडौ |लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेदले सायद महिलालाई मुक्ति होला तर बाबु आमाको सम्बन्ध बिच्छेदले छोराछोरीलाइ भने अभिसाप बन्दछ ।

Leave a Reply