कलेजो फेरेको मान्छे
बिगत १२ बर्ष अघि देखि अमेरिकाको न्यु योर्कमा  बसोबास गर्दै आउनु भएका  पुण्डरी अर्यालले आफ्नू स्वास्थ्य र जीवनमा आइपरेका  आरोह अवरोहहरुलाई संस्मरणात्मक शैलीमा लेख्नु भएको काब्य कृति ” कलेजो फेरेको मान्छे” को नोभेम्बर १६, आइतबारका दिन न्यु योर्कमा आयोजित एक कार्यक्रममा ​विमोचन गरियो। मुटु आकारमा बन्द गरी राखिएको “कलेजो फेरेको मान्छे” पुस्तकको विमोचन पुण्डरी अर्यालको कलेजो फेर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने चिकित्सकहरु मध्यका एक चिकित्सक डा अस्लम जिवानीले गर्नु भएको थियो। डा. अस्लम  जिवानी माउन्ट सिनाई  हस्पिटलमा आबद्ध हुनुहुन्छ। पुस्तक बिमोचनलाई पुण्डरी अर्यालकै परिवार श्रीमती लक्ष्मी अर्याल र छोरा विशाल अर्यालले साथ दिनु भएको  थियो। 
 
लुम्बिनी अञ्चल रुपन्देही जिल्लामा बिक्रम सम्बत २०१९ सालमा जन्मनु भएका पुण्डरी अर्यालले सन् २००२ देखि अमेरिका आगमन सुरु गर्नुभएको हो ।सन् २००३ देखि उहाँ  अमेरिकामानै  बसोबास गर्दै आउनु भएको छ। सन् २००९ मा आफ्नू कलेजोमा एक्कासि देखिएको समस्याले पछि कलेजो नै फेर्नु पर्ला भनेर कहिल्यै कल्पना पनि  भएको थिएन।आफ्नू आहार बिहारमा ख्याल गर्नु हुने पुण्डरी अर्याल आयुर्वेदिकको आचार्य पनि हुनुहुन्छ। 
 
पुस्तकमा नेपाल देखिको आफ्नू संस्मरण, अमेरिका आइ सके पछिका अनुभव,  बिरामी हुदाँका कहाली लाग्दा दिनहरू, परिवार बाट प्राप्त प्रेम, बाँच्नु पर्छ भन्ने आत्म विश्वास र कुनै अज्ञात व्यक्तिको कलेजोले नयाँ जीवन पाए पछिका सम्पूर्ण अनुभवहरुलाई समेटेर”कलेजो फेरेको मान्छे” लेख्नु भएको हो । पुस्तकले अमेरिकामा सङ्घर्ष गर्ने धेरै आप्रबासीहरु सँग मिल्ने सङ्घर्षका कथाहरू, त्यसपछि आफ्नू स्वास्थ्यमा आई परेको आपत्, राष्ट्रपति ओबामाबाट प्राप्त अपत्यारिलो सहयोग, यहाँको अस्पताल, डाक्टर, स्वाथ्य बिमा र नयाँ कलेजोले आफूमा ल्याएको सकारात्मक परिवर्तन पाठकहरुको लागि प्रेरणा बनोस भन्ने उदेश्यले उक्त पुस्तक लेखेको सर्जक अर्यालले बताउनु भयो। 
Kalejo Phereko Manchhe 1
कार्यक्रममा बोल्दै डा अस्लम जिवानीले परिवारको प्रेम, साथी भाइको सत्भाब, चिकित्साक्षेत्रको उपलब्धि र अमेरिकाको महानताले पुण्डरी अर्यालले पुर्न्जिबन पाउनु भएको बताउनु भयो।  कलेजो फेर्दा आफूले भोगेको व्यथा र अनुभव पाठकहरुको लागि प्रेरणा बन्न सक्छ कि भनेर आफ्नू भावनालाई पुस्तकको रूप दिएको सर्जक एवं “कलेजो फेरेको मान्छे” पुण्डरी अर्यालले बताउनु भयो। आफ्नू परिवारको प्रेम भब लाई उहाँले कविता मार्फत पोख्नु भएको थियो।यदि पुस्तकमा उक्त कविता पनि समावेश भएको भए पुस्तक अझै प्रभाव करी हुने पुस्तकको संछिप्त समीक्षा गर्दै डा. तारा निरौलाले बताउनु भयो। पुस्तकमा कुनै ठाउमा लेखक साहित्यिक रूपमा बगेको र कुनै ठाउमा आफ्नू स्वस्थ स्थितिको विषयलाई जस्ताको त्यस्तै पोखेको डा निरौलाले बताउनु भयो। अधिकार कर्मी एवं सञ्चार कर्मी शैलेश श्रेष्ठले सबैकुरा सम्भव भएको देश हो अमेरिका तर सही उद्धेश्य सहित आफ्नू कुरा राखे यहाँ बिना कुनै भेदभाब सहयोग पाउने सन्दर्भ उठाउनु भयो।यो सन्दर्भ उहाँले पुण्डरी अर्यालका छोरा विशाल अर्यालले आफ्नू बुबाको उपचारको लागि लेखेको चिठी र उहाँहरू बाट प्राप्त सहयोगको सन्दर्भमा उठाउनु भएको थियो। विशाल अर्यालले बुबाको प्रेमलाई कविता भावमा पोख्दै राष्ट्रपति ओबामा र न्यु योर्क सहरका तत्कालीन मेयर माइकल ब्लुम्बर्गलाई आफ्नू बुबाको उपचारको लागि  प्राप्त सहयोगको बारेमा सुनाउनु भएको थियो। कार्यक्रममा  पुण्डरी अर्यालको जीवनमा महत्वपूर्ण सहयोगीको भूमिका निर्वाह गर्नुहुने साथीभाईहरुको तर्फ बाट नाम लाल श्रेष्ठले पुण्डरी अर्यालको पारिवारिक एवं अन्तरंग कुराहरू सुनाउदै उहाँको परिवारको प्रशंसा गर्नु भएको थियो। कार्यक्रममा पुस्तक एवं परिवारको विविध पक्षको बारेमा अधिबक्ता विनोद रोका,डा कमल पाण्डे, कमला प्रसाई,र शकुन्तला ज्ञवालीले बोल्नु भएको थियो। पुण्डरी अर्यालको छोरा 
 
कार्यकमको अन्त्य पुण्डरी अर्यालकी जीवन सङ्गिनी लक्ष्मी अर्यालको धन्यवाद सँगै भएको थियो।
 
कार्यक्रमको संचालन सृजनाका यात्राहरुले हिमालयन याक रेस्टुरेन्टमा गरेको थियो भने कार्यक्रमका सञ्चालक सहदेव पौडेल हुनुहुन्थ्यो।
कलेजो फेरेको मान्छे
फोटोहरु बिपिन अर्याल
समाचार सहदेव पौडेल 

Leave a Reply