पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

मेरो पुनर्जन्मको वकपत्र

उहीं सहर, उहीं अपार्टमेन्ट, उहीं कोठा र उहीं ओछ्यान । उनै मान्छे र उहीं वातावरण । तर पनि एक किसिमको उर्जा प्रवाहित भइरहेको छ मन भित्र । अपूर्व उमङ्ग छाइरहेछ नसानसामा । मिठो उत्साह छ । आसाका किरणले पोतिंदैछ यो मन । बााच्न पाउनुको खुशीमा सरोवर छ अङ्ग अङ्ग ।
जनवरीको चिसो समय । बाहिर हिउाले सेताम्य बनाएको छ, न्यूयोर्क सहरलाई । हिउामा कक्रक्क परेर बसन्तको पर्खाइमा अस्तित्व बााचिरहेका छन् सडक किनारका बोट बिरुवाहरू । यि सबै नौला नौला लागिरहेका छन् । आाखा आगाडि देखिएका सबै वस्तुहरू प्रिय लागिरहेका छन् ।
बसन्त आउनलाई फूल फुलिरहन पनि नपर्दो रहेछ । मन फुलेपछि आफैं आउादो रहेछ बसन्त । मान्छेका मनभित्रै त हुादा रहेछन् सबै ऋतुहरू । जनवरीको चिसो बिहानमा पनि मन बुकी जस्तै ढकमक्क फुलेको छ । आफन्तहरू पनि कति प्रिय लागिरहेका छन् यतिबेला । जड जीवित र चेत अचेत सबै वस्तु र पदार्थमा मन गाासिएको छ ।
टि.भी.को स्क्रिनमा देश दुनियााको खवर आइरहेको छ । गीत सागीत गुञ्जिरहेको छ । रमाइलो नरमाइलो जे भने पनि मान्छेको मनै त रहेछ । सुन्दर कुरुप भन्ने मुद्धाको न्यायाधिश पनि त आखिर मनै रहेछ । मन त्यसै त्यसै चञ्चल छ ।
गमलामा कठ्याङ्ग्रिएर आभाहीन छन् फूलका विरुवाहरू । । धैर्य गर, केही समयपछि बसन्त आउाछ । ती बोट विरुवासाग यसै भन्न मन लागिरहेको छ । मैले पनि त जिन्दगीका अमूल्य चार वर्ष मृत्युको सन्त्रासमुनि थिचिएर सुनौलो बसन्तको प्रतीक्षामा बिताएा । फूलहरूसाग सम्वाद गर्न मन लागिरहेको छ ।
आफन्त इष्टमित्र नाता कुटुम्व र साथीभाइहरू आइरहेका छन् । शुभकामनाका शब्दहरूले सञ्जीवनीको काम गरिरहेको छ । यतिका वर्षमा मैले कमाएको भनेकै शुभचिन्तकहरू त रहेछ । कतिपय मान्छेले जीवनलाई अर्थोपार्जनको कसीमा मूल्याङ्कन गर्छन । कसरी अनुवाद गर्दा हुन कुन्नि मान्छेले आफैलाई पैसासाग । जिन्दगीलाई पैसासाग तुलना गर्ने हो भने यि मेरा शुभचिन्तकहरूबाट प्राप्त सहयोग र शुभकामनाको के मूल्य लगाऊा , म ।
“यु आर गोइङ नियर टु डेथ …… ।” कति भयावह र उच्चाट लाग्दा थिए, डाक्टरका यि भनाइहरू । वितेका चार वर्षमा पटक पटक यिनै हृदयभेदी शब्दबाणहरूसाग सम्झौता गरेर बााच्नु पर्‍यो मैले । लिभर सिरोसिसबाट पीडित भएपछि विगत चारवर्षका आधाजसो समय अस्पतालमै बिताउनु पर्‍यो । हरपल मृत्युको स्पर्शमा जिउनु पर्‍यो । कलेजो प्रत्यारोपण गर्न सके मात्रै बााच्ने सम्भावना छ भनिरहेका थिए डाक्टरहरू । तर कलेजो प्रत्यारोपणका लागि समय र सम्पत्ति दुबैले साथ दिइरहेका थिएनन् । त्यस्तो अवस्थामा यो बिरानो ठाउामा पनि नेपाली शुभचिन्तकहरू मेरो उपचारको लागि भगिरथ प्रयासमा लागिरहेका थिए । मित्रहरूको त्यो भगिरथ प्रयत्नको म के हिसाव निकालूा ।
सबैको शुभकामना लाग्यो र त मैले सोंचे भन्दा पहिल्यै कलेजो फेर्ने सौभाग्य पाएा, त्यो पनि निशुल्क । बााचिएछ भने आइ.सि.यू.मा भेटौंला भन्दै पसेको थिएा अपरेसन थिएटरमा । कोलम्विया अस्पतालमा मैले बोलेका यि शब्दमा जिन्दगीका आसा निरासा दुबै थिए । जे पनि त हुनसक्थ्यो, त्यो अप्रेसन थिएटर भित्र । एनेस्थेसिया सुाघाइएपछि म नब्यूाझिन पनि सक्थें । अप्रेसन सफल नहुन पनि सक्थ्यो । सफल भइहाले पनि फेरिएको कलेजोले काम नगर्न पनि सक्थ्यो । तर म ती सबै अग्निपरीक्षामा उत्र्तिण भएा र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किन पाएा ।
मनको यो रमाइलो अस्पतालबाट घर फर्केपछिको थियो । यस अघि मलाइ लाग्थ्यो, जिन्दगी दुखैदुखको भवसागर हो । यो दुनियाा स्वार्थी छ । निस्सार छ । तर अहिले मलाई जीवन सरस र सलिल लागिरहेको छ । जीवन र जगतप्रतिको मेरो परिभाषा फेरिएको छ ।
जीजिविषा भन्नु पनि गजवको कुरा रहेछ । डाक्टरहरूले पटकपटक ता छिट्टै मर्दैछस् भनिरहादा पनि मेरो मन कहिल्यै मरेन । मर्नु त एकदिन छादैछ, मलाई छिट्टै मर्दैछस् भनेर मृत्युको पूर्वाभाष गराउने डाक्टरले पनि । त्यसैले रोगसाग कहालिएर मृत्युको शरणमा परिहाल्ने आत्मस्वीकृति यो मनले कहिल्यै दिएन । सायद यसै कारणले पनि मलाई मृत्युसाग जुधेरै बााच्न सिकायो र सकें । जीवन बााच्नको लागि हो । भोग्नका लागि हो । मेरो भोगाइहरू अझै बााकी थिए । जीवनप्रतिका सकारात्मक आसा र बााच्ने तीब्र इच्छाशक्तिले पनि मान्छेलाई कालजयी बनाउाछ भन्थे ज्ञानीहरू । सम्भवत: यस्तै दृढ इच्छाशक्तिले गर्दा काल कवलित हुनबाट जोगिएा कि ?
अस्पतालबाट डिस्चार्ज भएर कोठामा फर्केको क्षण सम्झन्छु । सााच्चै नै पुर्नजन्म पाएको छु, मैले । यो दुनियाालाई अवका केही वर्ष रङ्गीन आाखाले हेर्ने अवसर पाउाछु, कि भन्ने आसा जागेको छ । मलाई चिनेका नातागोता आफन्त इष्टमित्रहरू घरमै पनि भेटन आइरहेका छन् र नयाा जिन्दगीको शुभकामना दिइरहेका छन् । अहिले कस्तो छ ? धेरे जनाको सोधाइ यस्तै हुने गर्छ । कुनै दानविर अमेरिकीको कलेजो छातिभित्र झुण्ड्याएर बााच्ने उपक्रममा लागिरहेको मलाई सबैले शुभकामना दिन्छन् । यी शुभकामनाका केही आश मात्रै पनि लाग्यो भने अव म औसत मान्छेको उमेर पक्कै पनि बााच्न पाउाछु ।
बहिनीे निलम कार्की भेट्न आएकी छन् । निलम कार्की उतै बुटवलतिरकी हुन् । उहीं छादै पनि समकालिन नेपाली साहित्यिक क्षितिजमा आफ्नो पहिचान स्थापित गरिसकेकी थिइन्,उनले । डाक्टर पति भाष्कर उच्च अध्ययनका लागि अमेरिका आएपछि यतै आएकी छन् । उनी मलाई माइती ठान्छिन । उनी हाम्री चेली हुन् । त्यसैले उनीसाग भावनात्मक अपनत्व छ ।
तापाईंको जुन अवस्था थियो त्यो अवस्थाबाट फर्किनु होला भन्ने त लागेकै थिएन । मेडिकली हिसाबले पनि तपाईं बााच्नु भनेको एउटा आश्चर्य नै हो । तपाईंले लेख्नु पनि हुन्छ । विगत चारवर्षमा भोगेका भोगाईहरूलाई शब्दमा उतार्न सक्नु भयो भने त्यो राम्रो कृति बन्न सक्छ । त्यति मात्र होइन शब्दप्रेमी नेपालीहरूको लागि एउटा उपहार हुन सक्छ । बहिनी निलमले मलाई लेख्न उत्प्रेरित गर्दै भनेकी थिइन ।
मेरो अवस्था क्रमश: सुधारोन्मुख हुादै छ । सुस्तसुस्त सामान्यीकरण हुादैछ दिनचर्या । तरपनि रेगुलर चेकअप गरिरहनु पर्छ । खानु र बस्नु बाहेक मेरो केही काम छैन । काम छैन भन्नु भन्दा पनि काम गर्न सक्ने अवस्थै छैन । मेरा हरेक सुखदुखमा साथ दिने दीपक ढकालजी हुनुहुन्छ । नामलाल दाइ हुनुहुन्छ । जिन्दगीको गाडीले सुस्तसुस्त आफ्नो ट्रयाक समात्दै छ ।
दिनहरू क्रमश: बितिरहेका छन् । अमेरिकामा काम नगरी खाने अवस्थै छैन । खेति किसानी छैन । बन्द व्यापार छैन । स्थायी जागिर छैन । ज्यालादारी जिन्दगी बााच्ने त हो हामी जस्ताले । सबै काममा लागेका छन् । मन वहलाउने क्रममा ल्यापटपका किवोर्डमा औंला चलाउन थालेको छु ।
मेरो पहिल्यैदेखि साहित्यमा रुची भए पनि त्यतिसारो लेखन अभ्यास थिएन । यस्तो अवस्थामा आफ्नै भोगाइका विषयमा कलम चलाउने मेरो सोंच नै थिएन । बहिनी निलम कार्कीले फोन गरेर कति लेख्नु भयो । जस्तो आउाछ त्यस्तै लेख्नु होला । सहयोग गर्नु परे मैले पनि गरौंला भनेकी छन् । उनले त मेरो किताब साहित्य सम्मेलनमा बिमोचन गराउने पनि भनेकी छन् ।
निलमलाई लागेको रहेछ कि म पनि लेखक हूँ । यथार्थमा म उनले सोंचेजस्तो लेखक होइन । तर पनि म साहित्यप्रेमी भने अवश्य हूँ । एस्.एल.सि परीक्षा दिएपछि प्रकाश कोविद्का उपन्यास खुबै पढ्थें । पछि हिन्दी उपन्यास पनि पढें । जसले गर्दा मलाई पढ्ने बानी पर्दै गयो । मेक्सिम गोर्कीको नेपालीमा अनूदित उपन्यास आमा, वालकृष्ण समको चिसोचुल्हो ,प्रगतिशिल साहित्यकार मोदनाथ प्रश्रितका मानव महाकाब्य , देवासुर सङ्ग्राम, नारीबन्धन र मुक्ति , देवकोटाको मुनामदन , अरु केही साहित्यिक पुस्तक, फुट्कर कविता, कथा पढ्ने गथें । मधुपर्क र गरिमा साहित्यिक पत्रिकाका साथै हिन्दीका मासिक पत्रिका पनि पढ्ने गर्थें । नेपाली साहित्यकारहरू धु्रवचन्द्र गौतम, ,कृष्ण धराबासी ,जगदिश्वर घिमिरे , भैरव अर्याल , मदनमणि दीक्षित, डायमन सम्सेर र वी. पी. कोइरालालाई पनि धेरथोर पढेको छु , मैले ।
साहित्यकारहरूको सङ्गतले र अध्ययनले राम्रो नराम्रो लेखनको पहिचानसम्म गर्न सक्छु जस्तो लाग्छ । तर आफैले लेख्न आाट भने ममा पहिले पनि थिएन र अहिले पनि छैन । पहिले यदाकदा केही लेखिहाले पनि मलाई मेरा रचना फिक्का लाग्थे । कनिकुथी लेखे पनि स्तरहीन लाग्थ्यो । त्यसपछि मैले लेख्ने प्रयास गर्नै छोडें । तर साहित्यप्रतिको अनुराग भने कम भएन । कही न कही म साहित्यिक पुस्तक, साहित्यकार, लेखक पत्रकारसँग नजिक पुग्थ्यें । म आफूलाई साहित्य र साहित्यकारको नजिक छु भन्ने ठान्थें ।
त्यतिबेला हाम्रो परिवारको बसाई शङ्करनगरमा भए पनि दाजु बाबुराम अर्याल भैरहवामा बस्नु हुन्थ्यो । त्यहाा उहााको छापाखाना थियो । उहााँको छापाखानाबाट दैनिक सिद्धार्थ भन्ने पत्रिका प्रकाशित हुन्थ्यो । त्यहााँ स्थानीय साहित्यकार, पत्रकार, बुद्धिजीवी, राजनीतिमा लागेका मान्छेहरूको भिडभाड भइरहन्थ्यो । बिशेष गरेर बहुदल चाहने नेताहरूको उपस्थिती रहन्थ्यो, त्यहााँ । त्यतिबेला म दाजुसँगै भएकोले यसै क्रममा सबैसँग परिचय भएको थियो । पछि दाजुले प्रेस बुटवल सार्नु भयो । त्यसपछि मैले भैरहवामा प्रेस स्थापना गरें ।
भैरहवामा २०३८ सालमा नै सिद्धार्थ साहित्य परिषद्को स्थापना भएको थियो । सिद्धार्थ साहित्य परिषद्ले यदाकदा पत्रिका निकाल्ने गथ्र्यो । सो परिषद्ले अणु नाम गरेको पत्रिका मेरो प्रेसमा छाप्न थाल्यो । त्यसैक्रममा दिल साहनी र बुाद रानाको रचना मेरो प्रेसमा छापियो । धनपती उपाध्याय , कपिल लामिछाने, लगायतका साथीहरू अणु साप्ताहिकामा संलग्न हुनुहुन्थ्यो । त्यस पत्रिकामा विशेष गरेर तत्कालिन व्यवस्था विरोधी रचनाहरू छापिन्थे । त्यसैले त्यो पत्रिकामाथि प्रशाशकहरूको टेढो दृष्टि परेको थियो । सो साहित्यिक पत्रिका छापे बापत पञ्चायत कालमा मलाइ राज्य विरुद्धको मुद्दा लगाइयो । मैले यसै अभियोगमा लामो समयसम्म जिल्ला प्रहरी कार्यालयमा तारेख खेपिरहें । बहुदल आएपछि मात्र मैले उन्मुक्ति पाएा । साहित्यिक कर्म गरेका कारणले पञ्चायति शासन कालमा बुहार्तन भोग्नु परेको हुादा पनि म साहित्यिक गतिविधिको सन्निकट रहें । हुादा हुादा म सिदार्थ साहित्य परिषदको सचिव पनि हुन पुगें ।
तत्कालिन व्यवस्था विरोधी कार्य गरेको आरोपमा त्यतिबेलासम्म सिद्धार्थ सहित्य परिषद् विधिवत् दर्ता हुन सकेको थिएन । मेरै सकृयातामा त्यतिबेलाको जिल्ला कार्यालयबाट दर्ता गराएका थियौंं । परिषद्का अध्यक्ष कपिल लामिछाने हुनुहुन्थ्यो । परिषद्ले मासिक रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गथ्र्यौ । कपिल लामिछनेज्यूले मलाई लेख्न प्रोत्साहित गर्नुहुन्थ्यो । उहाँले भन्नु हुन्थ्यो “मनमा केही तरङग आएपछि शब्दमा उतार्नुस, आँखाले जे देख्छ त्यहींं लेख्नुस् । गाली गरेर लेख्नस्् , प्रेम गरेर लेख्नुस् । सत्य कुरा लेख्नुस , कल्पना गरेर लेख्नुस, भ्रमण गर्दा लेख्नुस , जसरी लेखेपनि त्यो साहित्य हुन्छ । एकदिन तपाईंको हातबाट राम्रो साहित्य लेखिन्छ । ”
उहााँले मलाई प्रोत्साहन गर्न भन्नु भएका त्यहीां कुरा आज सम्झें । बहिनी निलम कार्कीले पनि लेख्नकै लागि ताकेता गर्दा कताकता मैले लेख्न पर्छ कि ? भन्ने लाग्यो । पुस्तकको रुपमा शब्दहरू जम्मा गर्न सकुला कि जस्तो लाग्यो ।
तर… लेख्नको लागि जुन कुरा चाहिने हो त्यहींं कुरा आफूसँग छैन । लेख्नको लागि शब्दज्ञानको वृहत भण्डार आवश्यक पर्छ । जुन कुरा चाहिने हो त्यहीं कुराको प्रयाप्त भण्डार नै नभएपछि के लेखिएला । कस्तो लेखिएला । छन त मसाग मेरा केही निजी अनुभूति छन् । संवेदना छन् । केही तीता मिठा उद्वेग छन् र भोगाइहरू छन् । तर संवेदनाले मात्रै शब्दको गाग्रो भरिन्छ भरिदैन थाहा छैन । के लेखु, कहााँबाट सुरु गरु, कसरी शुरु गरुा अन्यमनस्क छु , म ।
मेरो अमेरिकाको बसाइमा मैले पटक पटक मृत्युसँग पैंठाजोरी खेल्नु पर्‍यो । मेडिकल साइन्समा भएको अभूतपूर्व उपलब्धिले मलाई मृत्यको मुखबाट थुतेर यो सुन्दर धर्तीमा रमाउने अवसर प्रदान गर्‍यो । पहिलोपटक आन्तरिक रक्तस्रावका कारण कोमामा परेको म दोस्रो पटक कलेजो प्रत्यारोपणको क्रममा विश्वकै उत्कृष्ट मध्येको एक कोलम्बिया अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेको थिएँ । एकजना अज्ञात मान्छेले दान गरेको कलेजो मेरो शरीरमा प्रत्यारोपण भएपश्चात मैले नवजीवन प्राप्त गरेको थिएँ । यो ऐतिहासिक घटनाको एकवर्षपछि त्यो मान्छेप्रति मेरो अन्स्करणबाट निसृत कृतज्ञता सहितको श्रद्धाञ्जली फेस बुकमा पोस्ट गरेको थिएा । मेरो पोष्टमा धेरै साथीबाट लाइक र कमेन्ट आयो । एकाध साथीबाट फोन पनि आयो । यस्तो कुरा तपाईं किन लेख्नु हुन्न ? हामी चाहन्छौ, यस विषयमा तपाईंको कलम चलोस् । धेरैले यसै भने ।
कपिल लामिछानेले लेख्न भन्नु हुन्थ्यो । बहिनी निलमले पटक पटक ताकेता गरिरहेकी छन् र अरु शुभचिन्तकहरूले समेत लेख्नका लागि उक्साइरहेका छन् । यि सबै कारणले केही लेख्नै पर्ने हुटहुटी पैदा भएको छ ।
मैले भोगेको जिन्दगीका यी दुसाध्य कथालाई शब्दमा उतार्न मेरा आफन्तहरूले जुन हौसला प्रेरणा र शुभकामना मलाई दिनु भयो, त्यसको पैंचो मैले केही लेखेरै तिर्नुपर्छ । त्यस्तै सात समुद्रपारिको यो विरानो मुलुकमा पनि रातदिन एक गरेर मेरो उपचारको चाँजोपाँजो मिलाउनु हुने नेपाली स्वजनहरूमा हार्दिक कृतज्ञताको लागि पनि मैले केही लेख्नुपर्छ । जीवनको हरेक क्षण र मोडमा मलाई उल्लेखनीय सहयोग गर्ने मित्र तथा महानुभावमा आभार ब्यक्त गर्न पनि मैले कलम चलाउने प्रयत्न गर्नुपर्छ ।
यतिबेला म त्यहींं प्रयत्न गरिरहेको छु । तपाईंका आशिष, शुभकामना, उत्प्रेरणा, हौसलालाई शब्दमा अनुवाद गर्ने प्रयत्न गरिरहेको छु । लिभर सिरोसिसबाट करिब ४ बर्षसम्म थुपै्र पटक शारिरिक पीडा भोगेर अनवरत कोशिसले आखिरमा लिभर प्रत्यारोपण हुन सक्यो । डुब्न लागेको जीवनको नौका किनारामा लाग्यो । लाग्छ, अब मेरो जीवनको दुखद हूरी केही समयको लागि थामिएको छ । जीवनको कालो पर्दा केही खुलेको छ र म उज्यालोको सुखद् अनुभूतिमा केही समय रमाएर बााच्नेछु ।
सुतेर पट्यार लागेपछि फेसबुक खोलेर त्यसैमा रमाउने कोशिस गर्छु । किवोर्डमा हात चलाइरहेको बेला बहिनी निलम कार्की र अन्य शुभचिन्तकले भनेका कुरा सम्झन्छु । केही लेखौं लेखौं त लाग्छ । तर के लेख्ने ? कसरी लेख्ने ? यसै उहापोहमा कैयौं पटक ल्यापटप खोल्ने र बन्द गर्ने गरिसकेको छु, मैले । विषय छैनन् भनूा, प्रसस्तै छन् । छन् भनूा, समाजले अनुकरण गर्न योग्य वा अरुले पढी हाल्नु पर्ने कुनै विषयवस्तु छन् जस्तो लाग्दैन । मसाग त अमेरिका प्रवासपछि पनि मसागै पछिपछि आएका केही यन्त्रणाहरू र केही निजी अनुभूति मात्रै बााकी छन् । यति हुादाहुादै पनि आफैभित्र यौटा परिवर्तन भने अनुभूत गर्न थालेको छु । त्यो के भने यतिबेला म भित्र दुइटा मान्छेका अङ्ग क्रियाशील छन् र म यस धर्तीमा जिउँदो रहन सकेको छु । इन्जिन फेरेको यन्त्र जस्तै शरीरको महत्वपूर्ण अवयव “कलेजो फेरेको मान्छे“ हूँ म ।
अहिले पनि मेरो शरीरभरि रहेका शल्यक्रियाका घाउहरूमा राम्ररी खाटा बस्न सकेको छैन । घुमीफिरी आफ्नै पीडा र अवसादबाट मुक्ति पाएको छैन । लामो समयसम्मको क्रोनिक लिभर सिरोसिसबाट पीडित हुँदै बेलाबखत कालकै मुखबाट फर्केर आएको घटनाबाट म अझै उब्रिन सकेको छैन । तर पनि तपाईंहरू सबैको माया स्नेह सहयोग र उत्प्रेरणालाई म जानी नजानी शब्दमा उतार्ने प्रयत्न गर्दैछु । मेरो यो अनुभूति भित्र मेरै कथा छ, मेरै ब्यथा छ । वास्तवमा मैले दुईवटा पुनर्जन्म पाएको छु । एउटा रोग माथि विजय प्राप्त गरेर र दोस्रो मेरो मृत लेखन अभ्यासलाई पुन प्रारम्भ गरेर । यस अर्थमा पनि यो कृति मेरो पुनर्जन्मको वकपत्र भन्दा बढी केही होइन भन्ने ठानेको छु । मैले जानी नजाजी कोरेका यी शब्दहरूले म जस्तै पीडित र उनका परिवारजनको आत्मबल बढाउन सहयोग पुग्यो भने मलाई धेरै खुशी लाग्ने छ ।
अन्तमा यो कृति तयार गर्न र प्रकाशन गर्न मलाई उत्प्रेरित गर्ने बहिनी नीलम, व्यस्त समयको वावजुद कृतिका वारेमा शुभेच्छा सहितका शब्दाशिष प्रदान गर्नु हुने मा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । मलाई यो कृति तयार गर्न भेटेर, फोन गरेर र फेसबुकमा लेखेर घच्घच्याउनु हुने आफन्तजन, इष्टमित्र र शुभचिन्तक सबैमा हार्दिक आभार प्रकट गर्दछु ।

Leave a Reply