यूनानी दार्शनिक 

 १. तत्व जिज्ञाशु युनिक “

तत्व जिज्ञाशु युनिक को मुख्य लक्ष थियो कि मूल तत्वको पत्ता  लगाउनु थियो । जसको कारणले यो संसार  बनेको छ / यो हावादारी कुरा थिएन, बिश्वको मूल उपदान के हो ? जुन एउटा ज्ञानले सबै कुराको ग्यान हुन् सकोस । यहा त कसैले अग्निलाई नै मूल तत्व मानेका छन् भने कसैले पानीलाई मूल तत्व मानका छन् कसैले आकाशलाई मूल तत्व मानेका छन् । कसैले आत्मालाई भने कसैले ब्रह्मालाई मूल तत्व मानेका  छन् ।

अनक्सिमन्दर anaximander ( ६११ – ५४५ इशा पुर्व ):

उनी पश्विमीका अर्थात एक ग्रीक दार्शनिक हुन् । उनका केहि महत्पूर्ण अबधारणा उल्लेखनीय छन् ।

१. यो ब्रमाण्ड एक अनिश्चित बस्तु हो । जसको कुनै आयुको सिमा छैन अनन्त छ । सम्पूर्ण बस्तुहरु असिमित, अनन्तबाट उत्पत्ति भएका हुन् र अन्तमा त्यहि अनन्तमा नै बिलिन अर्थात फर्कने हुन् । भनिन्छ उनि थेल Thales भन्ने दार्शिनिक कै मत अनुसार पानीलाई नै आधारभुत पदार्थ मानेका थिए । 

२. उनले ब्रमाण्ड र खगोल बिज्ञानमा महत्वपूर्ण योगदान दिएका थिए । उनको मत अनुसार पृथ्वी एक बेलानाकार को आकार छ, पृथ्वी अन्तरिक्षमा स्वतन्त्र रुपले तैरिरहेको हुन्छ र आकाशीय पिन्ड हरु यसैको वरिपरि घुम्दछन भन्ने उनको विश्वास थियो । उनले मान्दथे कि ब्रह्माण्डको केन्द्र नै पृथ्वी हो र सबैसंगको दुरी समान छ । 

३. प्राकृतिक प्रक्रियाहरु : एतिहासिक व्याख्याहरु भन्दा फरक किसिमबाट प्राकृतिक घटनाको व्याख्या गर्नु पर्छ भन्दै प्राकृतिक  घटनाहरु प्राकृतिक प्रक्रियाबाट नै घट्छन । जस्तै जीवको उत्पत्ति अर्थात जनावर देखि मानव सम्मको बिकास आद्रताबाट शुरु भै ताप मेघगर्जन, चत्यान र भूकम्पकारणले भएको अनुमान गरेका थिए । 

४. उनको बिश्वास थियो कि प्राकृतिक शक्तिहरुको सन्तुलन न्यायिक छन् । जति चिसो तातो, सुखा भिजेको, जाडो गर्मि आदि निरन्तर विपरित व्दंदको अबस्था भएता  पानी एकले अर्कोलाई सन्तुलनमा राख्ने  भएकाले पानि नै  प्राकृतिक सन्तुलन र न्यायिक भएको मान्दछन । 

५.  उनलाई प्रथम भूगोल र नक्साको सृजना र त्यसको बारेमा परिचित गराउने व्यक्तिको रुपमा परिचय गरायो । तत्कालिन अबस्थामा उनले कोरेको नक्साले धेरै ब्यापारीको पाठ प्रदर्शक काम गर्यो । 

एङ्क्सिमन्दरका बिचारहरुले त्यसपछिका दार्शनिक र बैज्ञानिकहरुलाई नया बिचार र अनुसन्धानका लागी आधारहरु तयार भएको मान्न सकिन्छ । प्राकृतिक घटनाहरुमा  देखिने हलचललाइ नै सजीवता मानेको पाइन्छ । 

थेल (Thales of Miletus ) ६२४-५३४ इशा पुर्व )

दार्शनिक थेल छैठो शताब्दी इशापुर्बका पहिला पश्चिमी दार्शनिक मधे एक मानिन्छन । उनका प्रमुख बिचार मधे प्रमुख बिचार लीइएको छ । 

  • सबै कुराको सिध्दान्त: पानि नै सबै कुराको आधारभूत वास्तविकता पदार्थ हो भनेर मान्दथे । सबै कुरा पानीबाट नौ उत्पादन हुन्छ र जीवनको मूल तत्व भनेको पानि नै हो भन्ने उनको विश्वास थियो ।
  • थेल्स संग ब्रह्माण्डको एक किसिमको दृष्टान्त थियो जुन भौतिक र अमुर्त दुवै भएको मान्दथे । उनले सोच्थे कि पृथ्वी पानीमा तैरिन्छ र ताराहरु र ग्रहहरु इश्वरीय शक्तिले नभई प्राकृतिक कारणले नै घुम्दछन भन्ने मान्यता राख्दथे । 
  • थेल्सलाई गणित बिशेष गरेर ज्यामितीमा उनको योगदान रहेको मानिन्छ । उनले वृत लाई यसको ब्यासले विभाजित गर्ने जस्ता ज्यामितीय सिध्दान्तका उनलाई श्रेय दीएको छ ।
  • थेल्सले पौराणिक व्याख्यालाइ तोड्दै दुनियालाइ हेर्ने दृष्टिकोण परिवर्तन गर्दै यो संसार प्राकृतिक रुपमा अबलोकन गर्दै, कारण र तर्कसंगत ढंगबाट बुझ्न खोजेका थिए ।

थेल्सका बिचारले प्राकृतिक व्याख्याको खोजि र ब्रह्माण्डलाइ बुझ्नको लागी अबलोकन र तर्कको महत्वलाइ जोड दिएर भविष्यका दार्शनिक वैज्ञानिकहरूको लागि आधार तयार पारे। उनीहरुले कुनै अन्तरयामीको बारेमा जान्ने कोशिश पनि गरेनन र कुनै प्रहं पनि उथाएनन ।

  • तर युनानी दार्शनिकाले पानि कसले बनाएको हावा र पृथ्वीको रचना र ब्रमान्डको रचना कसले किन गर्यो । र यसको आधार र प्रश्न उठाएको पाइदैन । समकालीन चार्वाक र बुध्दाले पनि ब्रह्माण्डको रचना गर्ने बिधाताको बारेमा प्रश्न उठेको पाइदैन ।००००००
  • क्रमश :