यी सम्पत्ती मान सम्मान, कहाँ लिएर पुग्ने हो ?

एक दिन समय आउछ, सबै खरानी  हुने हो । 

 

तिमि सोच्छौ होला मेरो मनमानी सैतानी चल्छ ।

तर सबै कुरा पहिले तय छ कहाँ  तिमि पुग्ने हो ।।

 

जब नाता तोड्नु छ भने उन्लाइ  छोड्नु छ भने । 

जति कसम खाए पनि, तिमि उन्लाई छोड्ने हो ।।

 

तिमि सोच्छौ होला म बलमान छु म धनवान  छु । 

जब हावाले बाटो बदल्छ,पात झैँ तिमि उडने हो ।। 

 

बस तिमि सुन्दर सोच बिचार लीइ अगाडी बढ । 

यी भंझ्यांग, नदि अनि सागर तिमीले नै तर्ने हो ।।

 

जिन्दगी त मात्रै साहसी र दयावानले बाच्ने गर्छन ।

बाँकी सबै जिउदो लाश, हुन आखिर सबै मर्ने हो ।।

१२/१६/२०२३