समाजले चिन्यो पहिचान बनायो तिम्रै नामले बा
सारा नाता रिस्ता जुटाई दियौ मलाइ तिम्ले बा

पालन कर्ता, परिबारका हर्ताकर्ता थियौ बा
कहिले धर्ति बन्यौ कहिले छहारी बन्यौ बा

तिमि दिनहु शान्ता क्लच भै माग पुरा गर्थ्यौ बा
बजार थियौ कपडा र सामान , हजार थियौ बा

जे जसरी भए नी सबै पुर्याइ दिन्थ्यौ हामीलाई बा
चिसो बरफ झैँ, कहिले पडकिन्थ्यौ बारुद भै बा

राखेर काँधमा कहिले, घोडा बनि खुशी बनाउने बा
सर्बदा आफु हारेर सन्तान जिताउने हामिसबैका बा

लडेर भुइमा हात समाउने र उठाउने ति हुन् मेरा बा
अफ्ठ्यारासंग भिडेर सामना गर्न सिकाउने मेरा बा

सत्यको लागी चट्टान भएर उभिन सिकाउने मेरा बा
मेरो शाहस, इज्जत र सम्मान पनी तपाइँ नै हो बा

मेरो पथ प्रदर्शक र गुरु सम्मान पनी तपाइँ नै हो बा
मलाइ शाहस र शौर्य जुटाई दिने देवता हो तपाइँ बा
——————————————————–
आमाकोलागी दुइ शब्द !!
आमाले दिनु भयो जन्म सुन्दर धरतीमा मलाइ
आमाको ममता गरिसाध्यै छैन बयान कसैलाई

( आफ्ना मातापिताको आशिर्बाद जसले पाउछ त्यो सन्तान यो धर्तिको सबभन्दा भाग्यमानी मानिस हो !
“ सबैले आफ्ना पुजनीय माता पितालाइ सम्मानका साथ आफैसंग राखौ “

कुशे औशी तथा पितृ औशी अर्थात बा को मुख हेर्ने दिनमा बा को सम्झना केहि आखर सहित श्रध्दा सुमन !!!

०८/३०/२०१९

Leave a Reply