पाषाणभेद
यो बनस्पति हिमाली प्रदेशमा पाइन्छ । सबैभन्दा उच्च क्षेत्रमा (३६०० मिटरभन्दा माथि) पाइने पाषाणभेद आयुर्वेदीय गुण भएको जरिबुटी हो। पाषाणभेद औषधीय गुण भएको वनस्पति हो। गाउँघरमा यसलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी पनि भनिने गरिन्छ।यसको पात हातिको कान आकारको हुन्छ । यसको बोटानिकल नाम Bergenia ciliata हो । पाषाणभेदको नामबाटै यसले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने बुझिन्छ। नेपालमा तीन प्रकारका पाषाणभेद पाइन्छन्। पाषाणभेदको जरा चट्टानका कापमा फैलिएर ढुंगा फोर्ने काम गर्दछ। पाखनभेदका ज्चरो खोकी, ज्वरो, पखाला आदि रोगमा प्रयोग हुने नामी जडीबुटी हो। anti-inflammatory, antioxidant and antibacterial तत्व यसमा हुने हुनाले धेरै रोग लाग्न बाट जोगाउनुको साथै इम्युन पावर बढाउछ । \
पाखनवेदको औषधीय गुण
यो पाचन क्रिया सक्रिय बनाउन मद्दत गर्दछ \ यो बल्बर्धक जरिबुती बनाउने जरीबुटी मानिन्छ । सुत्केरी महिलालाई तन्दुरुस्तीमा ल्याउन यसको अधिक प्रयोग गरिन्छ। पिसाव नली वा मृगौलामा पथ्थरी, मूत्ररोग, प्रमेहरोग, योनीरोग, जीउ दुख्ने, ज्वरो, पखाला, आउँ परेको, पेटमा जुका परेको, पोलेको ठाउँमा, यौनशक्ति बढाउन, रगत बगेको रोक्न, पिसाव लगाउन, खानेकुरा पचाउन, मांशपेसी दरिलो पार्नको लागि यसको काण्ड (गानो) उपयोगी छ । Gastrointestinal problems, Pulmonary infections, Heart diseases, Ophthalmic issues, Hemorrhoids, Kidney and gall bladder stones, and Diabetes mellitus.
साइड इफेक्ट
एलेर्जी हुन् सक्ने खतरा हुन्छ । एलोपैथी औशाधिसंग रियाक्सन हुन् सक्छ \ गर्भ वती महिलालाइ यो खुवाउन हुदैन ।