अजम्बरी / पत्थरिचुर/ पर्णबिज बोटानिकल नाम Kalanchoe pinnata हो । kalanchoe pinnata medicinal uses, the active constituents of katakataka are believed to have antibacterial, anti-inflammatory, antiviral, and antifungal properties for the treatment of several health conditions. यो वनस्पतिको पात, डाँठ जे काटेर फालेपनि त्यसैबाट पुनरूत्पादन हुने हुनाले अजम्बरी भनिएको हो । सस्कृत भाषामा पर्ण भनेको पात हो । पातानै बिज्को रुप भएकोले पर्ण बिज भनिएको हो ।अजम्बरीको बोट २-३ फिट अग्लो र काण्डमा दुबैतिर लाम्चा दाँतीयुक्त पात लाग्ने गर्दछ । अजम्बरीको स्वाद अमिलो हुन्छ । यसको प्रयोगले अम्लपित्त, कमलपित्त, पत्थरी, गर्मीले हुने रोग, मधुमेह, धातु झर्ने, पेट दुख्ने र पोल्ने जस्ता रोगहरूबाट मुक्ति पाउन सकिन्छ । यसको नियमित प्रयोगले पित्ताशय र मिर्गौला सफा हुन्छ, खानाको रुचि बढाउँछ, कब्जियत र अलकाई (पाइल्स)लाई पनि निको पार्छ । दुखाइ , ज्वरो, पखाला को लागि पनि फ़ाइफ़ामन्द छ । घाउ खटिरा मा यसको लेपले चाडो संच हुन्छ । यी विभिन्न रोगको उपचारका लागि यसको ताजा पात चुस्ने तथा ३-५ ग्राम दिनको ४/५ पटक खाने तथा काँढापानी बनाएर खाने गर्न सकिन्छ । यो ५ प्रकार को भएता पनि सबैमा एकैनासको औसधिय गुण हुन्छ! All of the data support the use of K. pinnata as an adjuvant in cancer treatment. यसको जुस, चियाको रुपमा पिउन सकिन्छ । साइड इफेक्ट : ब्लडप्रेसर भएको मानिस ले यो खानु हुदैन । गर्भवती महिला र दुध खुवाउने आमाले यो खानु हानिकारक हुन्छ ।