वैयक्तिक तृष्णाको दुष्परिणाम उनले देखेका थिए ।दुखको कारण पनि मान्छेको यहि तृष्णा नै हो । दुखको चित्रण गर्दै उनले भनेका थिए । “ 

चिरकाल देखि तपाईहरुले आफ्ना माता पिता र आफन्तका मृत्युलाई सहनु भएको छ । भोग र रोग र आपतलाइ सहनु भएको छ । प्रियहरुको वियोग र अप्रियको भेटले तपाइलाइ रुवाएर जति अंशु बगाउनु भएको छ । जो समुन्द्रको पानी भन्दा बढी नै छ । 

वास्तवमा बुध्दले आज  पनि दुखको कारण (जरो ) छ त्यो  मुख्य कारण समाज र देशलाई ख्याल नगरेर उनले व्यक्तिलाई हेर्ने कोशिश गरेको पाइन्छ । भोगको तृष्णाको लागी सारा संसार राजाहरु बीच, ब्राह्मण , क्षत्रिया, वैश्य बिचको झगडा मर्ने मार्ने सम्मका देखेर त्यस तृष्णालाइ व्यक्तिबाट हटाउन कोशिश गरेका थिए । उनको मत अनुसार काडाँबाट बच्नको लागी  सारा पृथ्वीलाई ढाक्न सकिदैन । तर खुटा बचाउन जुत्ता लगाएर त सकिन्छ । त्यो समय पनी पनि थिएन, बुध्द जस्ता प्रयोगवादी दार्शनिकले सामाजिक पापलाई सामाजिक परिपाटी परिवर्तन गरेर हटाउन कोशिस गरुन । व्यक्तिगत सम्पत्तीका खराबी उनले राम्रैसंग बुझेका थिए । त्यसैले आफ्नो भिक्षु संघमा उनले ब्यैयत्तिक सम्पत्ती हटाएर उपभोगमा पूर्ण साम्यवादी स्थापित गर्न चाहे । 

दुख बिनास मार्गका त्रुटिहरु : बुध्दका दर्शन अती क्षणिकवादी छन  । कुनै पनि वस्तु एक क्षण भन्दा बढी टिक्ने कुरा मान्दैनथे । तर त्यहि कुरामा यो दृष्टिकोणलाइ समाजको अर्थ ब्यबस्थामा लागु गर्न चाहेनन् । धनी सम्पत्तीवाला सासक शोषक समाजको साथ् नै शान्ती स्थापित गरेर नै उनी जस्ता प्रतिभाशाली दार्शनिकको माथिल्लो बर्गमा सम्मान बढ्नु स्वभाविक थियो । पुरोहित वर्ग कुटदन्त , सोणदणं जस्ता धनि ब्राह्मणपनि उनका अनुयायी बनेका थिए । राजा रजौटा समेत उनको सम्मानको लागी लालायित हुन्थे । 

धन कुबेर व्यापारीहरु त उनको सत्कार गर्न आफ्नो थैली खोलेका हुन्थे । श्रावास्तिका धन कुबेर सुदत्त (अनाथपिण्डक )ले ठुलो जमिन किनेर बस्नकोलागि बुध्द र उनका अनुयायीहरुलाई दिएका थिए । त्यहि शहरमा अर्की सेठानी विशाखाले धेरै रकम खर्च गरेर अर्को विहार मठ पुर्वाराम बनाएका थिए । दखिन र पश्चिम भारतको साथै ब्यापार केन्द्र कौशम्बीका महासेठहरुले विहार बनाउने होड नै चलाएको देखिन्छ । बुध्दको धर्म फैलाउन  प्रचारको लागी राजाहरुले भन्दा ब्यापारिहरुकै बढी हात रहेको देखिन्छ । यदि बुध्दाले तत्कालिन राज्यको आर्थिक व्यबस्थाको बिरोधमा  भएको भए बुध्दको धर्मप्रचारमा सुविधा हुन् कहाँ सक्थ्यो र ? 

दार्शनिक बिचार 

“अनित्य,, दु :ख अनात्म “ बुध्दको यो  एक सूत्रीय कथनले उनको सारा दर्शनलाइ दर्शाउछ । दुखको बारेमा पहिले व्याख्या भैसकेको छ । 

उनको क्षणिकवादमा बुध्दले तिन तत्वमा भिभाजन गरेको पाइन्छ । स्कन्ध , आयतन, र धातु । 

उनको स्कन्धमा पांच छन् । रुप , बेदना , संज्ञा , संस्कार र विज्ञान । रुपमा पृथ्वी, जल वाय, अग्नी महाभुत सामेल छन् । वेदना सुख दुखको अनुभव जो हुन्छ त्यसलाई भनेका छन् । संज्ञालाइ मपाइ अभिमान वा म लाइ भनेका छन । संस्कार भनेको मनमा बसेको वासनामय  छापलाइ भनिएको छ । यस्तै प्रकारले वेदना , संज्ञा, संस्कार जव रुपको सम्पर्क हुन्छ त्यो बाट नै विज्ञान (मन )को विविध मनोदशा उत्पन्न गराउदछ । बुध्दले यी पांच स्कन्धलाइ अनित्य संकृत=कृत , प्रतित्य समुत्पन्न= क्षय, धर्मवाला =व्यय धर्म्वाला =निरोध = बिनास  धर्मवाला भनेका छन् । 

आयतन बुध्द अनुसार  आयतन  १२ छन् । छ इन्द्रिय ( नाक कान आँखा जिब्रो छाला र मन ) र छ उसको बिषय रुप, शब्द, गन्ध , रस, स्प्रष्टव्य र धर्म ( बेदना, संज्ञा , संकार ) लाइ भनिएको छ । 

धातु बुध्दको अनुसार धातु अठार छन् । छ इन्द्रिय र इन्द्रियका छ बिषय र इन्द्रिय र इन्द्रिय विषयका सम्पर्कमा आएर बन्ने छ बिज्ञान ( चक्षु बिज्ञान , श्रोत बिज्ञान ,घ्राण बिज्ञान , जिह्वा बिज्ञान , काय बिज्ञान, र मन बिज्ञान । 

संसारको सम्पूर्ण बस्तुहरु स्कन्ध, आयतन र धातु , यी तिन मध्ये बाटै कुनै एक प्रक्रियामा विभाजित गर्न सकिन्छ । यसैलाई नाम, रुप पनी छुट्याउन सकिन्छ । जुन विज्ञानको प्रयायिवाची हुन्छ । यी सबै अनित्य हुन्छन । 

०००००