बुध्दले भन्नु भयो ।
हे भिक्षुहरु ! यो ब्रह्मचर्य अर्थात भिक्षुहरुको जीवन न कुनै लाभ, न कुनै सत्कार, न कुनै प्रशंशाको लागि हो । न शिल अर्थात सदाचारको प्राप्तिको लागि, न समाधिकालागि, न ज्ञान अर्थात दर्शनको लागि हो । क्षणभङ्गुर बिचलित चित्तको मुक्तिले नै ब्रह्मचर्य हो, यसको सार पनि यहि हो र यो नै त्यसको अन्त्य हो ।
बुध्दको दार्शनिक बिचार अमल गर्नु पुर्व जीवनको बाँकी अंशलाई समाप्त गर्नु जरुरि छ । सारनाथमा बुध्दले प्रथम उपदेश गरेर चार महिना बिताएका थिए । यी चार महिनामा साठी शिष्य तयार भएका थिए । यिनीहरुलाई सार नाथ छोड्नु भन्दा अगाडी यसरी आफ्ना शिश्यहरुलाई सम्बोधन गर्नु भएको थियो । मेरा प्यारा भिक्षुहरु ! धेरै मनुष्यजानको हितको लागी, सुखको लागी, लोकलाइ दया गर्नको लागि, देवता र मनुष्यहरुको हितको लागी, सुखको लागी सुखको प्रयोजनको लागी सारे दुनिया विचरण भ्रमण गर । कतै दुइ जना नजाउ एक्लै एक्लै गएर यी मेरा सन्देश सुनाउ । म अपनी उरुवेला सेनानी ग्राममा धर्म उपदेशको लागी गैरहेको छु ।
यसपछि ४४ बर्ष बुध्द जीवित रहेका थिए । यतिका बर्षमा सिर्फ बर्षातको दुइ तिन महिना छोडेर भ्रमणमा निस्कन्थे र जहा जहाँ बस्दथे त्यहि त्यही आफ्नो दर्शन र धर्मका उपदेश दिएर गहिरो छाप छोडने गर्दथे । राहुल सान्कृत्यायन अनुसार बुध्दले बुध्दत्व प्राप्त गरेपछि यी स्थानहरुमा समय बिताएका रहेछन । लुम्बिनी जन्म ५६३ इ पूर्व ), बोध गया बुध्दत्व प्राप्त ( ५२८ इ पूर्व ) , सारनाथ जसलाई ऋषिपतन भानिथ्यो ( ५२८ इ पूर्व) , राजगृह (५२७-२५ इ पूर्व), वैशाली (५२४ इ पूर्व ), मंकुल पर्वत(विहार) ( ५२३ इ पूर्व), त्रयश्त्रिंश (५२२ इ पूर्व), सम्सुमारगिरि (चुनार) ( इ पूर्व ५२१ इ पूर्व ) कौशाम्बी (इलाहाबाद ) ५२० इ पूर्व ),नाला (बिहार ) ५१८ इ पूर्व), पारिलेयक (मिर्जापुर ) ५१६ इ पूर्व ),वैरंजा कनौज मथुराको बीच ५१७ इ पूर्व ) , चालिय पर्वत , बिहार (५१६ इ पूर्ब) , श्रावस्ती गोंडा ( ५१५ इ पूर्व ) , कपिलवस्तु ( ५१५ इ पूर्व), आल्वी अरवल ( ५१३ इ पूर्व ) , राजगृह ९५१२ इ पूर्व), चालिय पर्वत ( ५११ इ पूर्व ), राज गृह (५०९ इ पूर्ब ) , श्रावस्ती ( ५०८ -४८४ इ पूर्व ) , बैशाली ( ४८३ इ पूर्व ) , अन्त्यमा कुशिनगर मा निर्वाण ४८३ इ पूर्व ) यसरी हेर्दा उनको विचरण प्राय आफ्नै बौध्द बिहारमा सिमित थियो भन्न सकिम्छ ।
जनतन्त्रवाद : सरसर्ती हर्दा बुध्द एकातिर चरम भोग्मय जीवनको बिरुध्द थिए भने अर्को तर्फ ध्यान तपस्याको लागी भो भोकै सरिर सुकाउनु पर्छ भन्ने कुरा मुर्खता सम्झंछन । कर्मकाण्ड, भक्ति भन्दा पनि उनको झुकाव ग्यान र बुध्दिवादको तर्फ थियो भन्ने सजिलै भन्न सकिन्छ । उनको प्रतिभा र शालीनताले उनको दर्शनले मगधका सारिपुत्र , मिदगल्यायन, महा कश्यप मात्रै होइनन उज्ज्यनका राज पुरोहित महाकात्यायन जस्ता बिध्दान ब्राह्मण पनि उनको शिष्य बनेका थिए । तिनीहरुले ब्राह्मन्हारुको धर्म र स्वार्थको बिरोधी बौध्द धर्म भए पनि उक्त समुदायमा तिब्र कटुता फैलिनबाट रोकिएको थियो । मगधका राजा बिम्बिसार पनि बुध्दका अनुयायी थिए । कोशालका राजा प्रसेंजितमा एउटा अभिमान थियो कि गौतम बुध्द पनि कोशालाका क्षत्रिय हुन् भन्ने ।
उनि बुध्दका नजिक हुन् शाक्य बन्शाकी कन्यालाई बिबाह गरेका थिए । शाक्य मल्ल लिच्छवि प्रजातन्त्रमा बुध्दका अनुयायी प्रसस्त थिए । बुध्दलाई प्रजातन्त्र प्रणाली असाध्यै मन पर्थ्यो । उनि शाक्य प्रजातंत्र प्रणालीमा जन्मे हुर्के र मल्ल प्रजातान्त्रमा नै मृत्यु भएको मानिन्छ । बुध्दाले आफ्नो राष्ट्रलाइ अपराजिता कायम राख्नलाइ शत्रुको प्रशंशा गर्दै निम सात कुरा बताएका थिए । १ समय समयमा भेला भएर सामुहिक निर्णय गर्नु २. निर्णयलाई कर्तब्य सम्झेर पाल्न गर्नु ३. ब्यबस्था कानुन र विनय लाइ पालन गर्नु ४. बृध्द हरुको सत्कार सम्मान गर्नु, ५. स्त्रीहरुलाई जबर्जस्ती नगर्नु, सम्मान दिनु , ६.आ आफ्नो जातीय धर्म पाल्न गर्नु ७. धर्मचार्या गुरुको सत्कार गर्नु । यी सात बॊन्दाले सामुहिक निर्णय , सामुहिक कर्तब्य पालन, स्त्री स्वतन्त्रता जस्ता प्रगतिशील बिचार थिए । तत्काल सामाजिक व्यवस्थामा हस्तक्षेप गर्न बुध्दाले नचाहेको कुरा स्पस्ट हुन्छ तर उनि मतहिका बिचारले उनि जनतन्त्रको पक्षमा प्रजातन्त्रको पक्षमा थिए भन्न सजिलै सकिन्छ ।
क्रमश :
१२/१५/२०२३
००००००