पुन्डरी अर्याल
पुन्डरी अर्याल

स्वास्थ र सुखी जीवन यापन गर्न निम्न सुझाब !
रोगी हुनु भन्दा रोगलाई नजिक आउँन नदिनु नै बुध्दिमानी हुन्छ | त्यसैले हामी सबैले “स्वास्थ्य र खुशी जीवन” बिताउन पायौ भने त्यो नै सुखी जीवन हो | स्वास्थ्य नभईकन खुसि हुन् सकिदैन, खुशी नभैकन शुखी हुन् सकिदैन | त्यसैले स्वास्थ्य र खुशी जीवन बाच्नको लागी निम्न बुँदाहरु अबलम्बन गर्न सके “स्वास्थ्य, खुशी र सुखी जीवन” बिताउन अबस्य सकिने छ | सो कुरा आयुर्बेद र योगामा पनि उल्लेख गरेको छ |
समदोषा: समाग्निक्ष समधातुमल क्रिय: |
प्रसंनात्मेन्द्रियमन : स्वस्थइत्यविधियते ||

जसको अर्थ :
जसको त्रिदोश कफ्, वात, पित्त र जठराग्नी समान वा बराबर हुन्छ, सरिरले धारण गर्ने सप्त धातुहरु रस, रक्त, मांस, मेद, अस्थी, मज्जा विर्य उचित मात्रामा हुन्छ l मलमुत्रको परित्याग समयोचित हुन्छ, पांच ज्ञानेन्द्रीय र पांच कर्मेन्द्रियहरु (नाक, कान, आखा, छाला , जिब्रो र हात, खुट्टा, बोलि, गुदा र प्रजनन अंग ) को तन्दुरुस्ती र मन मस्तिष्क स्वश्छ र प्रसन्न व्यक्तिलाई नै स्वास्थ व्यक्ति भएको मान्न सकिन्|यहि कुरालाइ बैज्ञानिकहरुले समेत पुस्टि गरेका छन् |एक किसिमबाट भन्ने हो भने स्वस्थ सरिर नै मानब जिबन सफल बनाउने महत्वपूर्ण कडी हो l स्वस्थ रहन हामीले आफ्नो आहार बिहार र ब्यायामलाइ ध्यान दिन सक्यौ भने हाम्रो सरिरहाम्रै हातमा रहने छ अन्यथा हाम्रो सरिर चिकित्सक र अस्पतालका बेडमा शरण लिन पुगिने कुरा निश्चत छ l भगवान श्रीकृष्णले गीतामा भन्नु भएको छ|

युक्ताहार विहारस्य युक्तावेष्टस्य कर्मासु |

युक्तस्वप्रावाबोधस्य योगी भवति दु:खहा ||

जसको आहार विहार एवं व्यवहार सन्तुलित र संयमित छ, जसको काममा दिव्यता पवित्रता, शुभको अभिलाषा छ, जसको शयन र जागरण अर्थ पूर्ण छ | त्यो नै सच्चा योगी हो | यसरी आहार विहार स्वस्थ राखने मुख्य कडी हो भन्ने कुरालाई उजागार गरेको छ | स्वस्थ सरिर राखी रहन दैनिक यी ६ सुत्रलाइ व्यवहारमा उतार्न सके धेरै फाइदा हुने छ |

(१) आहार (भोजन) : (Food)

आहार ३ प्रकारका हुन्छन राजसी, तामसी , सात्विक आहार, खाना अनुसारको मान्छेको भिन्न बुध्दी बल सोचको निर्माण हुन्छ | भोजनबाट नै सरिरको बिकाश र निर्माण हुन्छ | हाम्रो सरिरमा यसको तुरुन्त र प्रत्यक्ष प्रभाव पर्दछ | सात्विक आहार ग्रहण गर्दा शरीरलाई कुनै नोक्सान गर्दैन | त्यसैले सरिर स्वस्थ राख्न भोजन को सर्बोपरी महत्व छ | उपनिषदमा यस्तो लेखेको छ ,

आहार शुध्दी सत्वशुध्दी धुवा स्मृति 😐
स्मृतिर्लब्धे सर्व ग्रंथिनाम विपमोक्ष्य :||

खाद्य उत्पादनमा रासानिका मलर किटनासक औषधि प्रयोग गरि उत्पादन गरिएका खाद्य सामाग्रीहरु पक्कै पनि सरिरको लागि फाइदा गर्दैन त्यसैले प्राकृतिक मलजल(अर्गेनिक) गरि उत्पादित खाद्य पदार्थबाट नै स्वास्थकर हुन्छ, खाना हितकारी उचित मात्रा र ऋतु अनुसारको अनुकुल खाना खान स्वास्थकर हुन्छ | प्रत्येक मान्छेको स्वास्थको अबस्था र प्रकृति एकै खाले हुदैनन्, आयुर्वेद अनुसार मानिसमा कफ, वात र पित्त प्रकृति फरक फरक हुन्छ | त्यसैले वात, कफ, पित्त प्रकृति जानेर खानामा परिवर्तन र संयम हुन पर्दछ | यदि वात प्रकृति भने शरीरमा वायु बिकार हुन्छ | पिरो अमिलो, कर्बोहाइड्रेड, पिप्पली अदुवा खानामा प्रयोग गर्दा राम्रो हुन्छ | पित्त प्रकृतिका मानिसले तातो र तारेको खाना खानु हुदैन, काचो सलाद, काक्रो, मुला गाजर बन्दागोभी लाभदायक हुन्छ | कफ प्रकृतिको मानिसले कर्बोहाईड्रेड (भात , रोटि दहि, मोही,र चिसो पदार्थ धेरै सेवन गर्नु हुदैन | मनतातो दुधमा पिप्पली त हल्दी मिसाएर पिउनाले फाइदा गर्छ | खाना जहिले पनि पेट(आमासय)को आधाभाग अन्नको लागि,एक चौथाई वायु र एक चौथाई तरल पदार्थलाइ छुट्याउनु पर्छ |बिहान हल्का पेय र फलफूल खान उपयुक्त हुन्छ | बिहानको खाना १० बजे देखि १२ बजे सम्म उपयुक्त हुन्छ, साझको खाना ८ देखि ९ बजेको अन्त्यन्त लाभदायक हुन्छ | खानासँग पानी पिउनु स्वास्थको लागि हानिकारक हुन्छ | पानीखाना खानु भन्दा आधा घण्टा अगाडी र पछाडी पिउदा फाइदा हुन्छ, खाना खादा असजिलो भए एक आध घुट भन्दा बढी पानि नपीउनु बेश हुन्छ | आहार बिहारलाइ सन्तुलन राख्न सकेमा सदा सर्बदा स्वस्थ रहन सकिन्छ | त्यसैले निम्न कुरामा ध्यान दिएमा बढी फाईदा हुने छ |
क) तरकारीको मात्रा बढी खाऔ | ब्रोकाउली, बन्दागोभी, गाजर, टमाटर, हरियो सागपात, काक्रो, भान्टा आदि |
ख) फलफुलको मात्रा बढाउ | केरा, भुइकतर, आप, सुन्तला, मेवा, अम्बा, स्याउ, स्टाबेरी, आदि | फ्रुट र भेजी जुस पिऔ |
ग) थोरै खाउ | कार्बोहाईड्रड मात्रा घटाउ |
घ) अघाए पछी, नथपौ, हसौएर धेरै नखाउ |
0) तारेको चिल्लो खानेकुरा नखाऔ |
च) गुलियो कम खाऔ, सके नखाऔ |
छ) सोडा, छाय कफी पदार्थलाइ सकेसम्म नपिउ | फ्रुट र भेजी जुस पिऔ |
ज) अल्कोहल नपिऔ, यसले मश्तिश्क, कलेजो, फोक्सो, किडनिलाई नराम्रो प्रभाव पार्छ |
झ) धुम्रपान नगरौ | धुम्रपान गर्नेको छेउमा नबस्ने |
o) नास्तामा कुकी बिस्कुट नाकै फ्रुट र सलाद खाने गरौ |
ट) अफर गर्दैमा खाना जहा पनि नखाउ |
ट) प्रसस्त शुध्द पानि पिऔ |
मानिस स्वास्थ्य बन्नको लागि हामीले खाएको खानाको प्रत्यक्ष्य प्रभाव पर्ने हुनाले अनुसासनमा बस्ने पर्ने हुन्छ |

(२) निद्रा :-(Sleep)

राति चाडै सुत्नु र बिहान चाडै उठ्नु भनेको हाम्रो जीवनलाई उन्नत बनाउनु हो | निद हाम्रो लागी अन्त्यन्त महत्वपूर्ण हुन्छ | निद्रा मानिसको लागि एक सुखद अनुभूति हो | एक छिन निदाउदा, जस्तोसुकै दुख कष्ट भए पनि हामीलाई राहत भएको महसुस हामी सबैले गरेका छौ | निद्रालाई यसो हेर्दा खास महत्व दिएका हुदैनौ तर यदि हामी दिन रात निदाउन सकेनौ भने पागल पनि हुन् अबेर लाग्दैन | स्वास्थ मान्छे कम्तिमा ६ घण्टा निदाउन पर्छ, बालक र बृद्ध लाइ कम्तिमा ८ घण्टा सुत्न आवस्याक छ | त्यसैले पनि इश्वरले प्रकृतिको नियम यस्तो बनाएको छ कि सम्पूर्ण प्राणिहरु साझपरेपछि घर फर्किने गर्छन | रातलाई आराम गर्ने समय बनाएको मानिन्छ त्यसैल प्रत्येक व्यक्ति स्वस्थ रहन उल्लेखित समय सम्म निदाउन आबस्याक छ |

३) स्वस्थ सकारात्मक सोचको बिकाश (Develop healthy positive think)

मानिसले आफ्ना इन्द्रियहरुलाई आफ्नो बसमा राखी सक्ति संचय गर्दै मानव परोपकार र समाज उत्थानप्रति उद्दत हुनु पर्दछ | सम्पूर्ण इन्द्रिय काम क्रोध लोभलाइ बसमा राखी शक्तिमा परिणत गर्न सकिन्छ | नकारात्मक सोच राख्ने मानिसले समाजलाई दुषित बनाउछ, स्वयम आफु पनि मानसिक र शारीरिक दुर्बल हुन जान्छ | मानिसले इन्द्रियहरुलाई संयम भै सदुपयोग गर्नु पर्छ, त्यसैले आफ्नो आन्तरिक शक्तिलाई लाइ संयम राखी शक्ति संचय गर्न सकिन्छ र यसले सरिर स्वास्थ रही रहन मद्दत गर्दछ |नकारात्मक सोचलाइ हटाउदै सकारात्मक बन्न आबस्याक छ, आफ्नो आबस्याकतालाई साघुरो घेरामा बनाए पछी दुखि भइदैन |
क) नकारात्मक साहित्य नपढ़ने |
ख) खराब मान्छेको संगत छोडने | मानसिक रुपमा गलत सोच राख्ने साथीहरुसंग संगत छोडन अति आबस्याक छ | यस्तो मानिसबाट जहिले पनि धोका हुन् सक्छ | आफुले पनि खराब काम नगर्ने र सोच पनि नराख्ने | सकारात्मक बन्ने |

(४) ब्यायाम :- (Exercise)

मान्छेलाई बाच्नको लागि र सरिरलाई चलायमान गराई राख्न शक्ति चाहिन्छ त्यो शक्ति खानाबाट प्राप्त हुन्छ,त्यस्तै शरीरलाइ सक्रिय बनाउन सरिरका सबै अंगहरुको ब्यायाम आबस्याक छ | सरिरको रक्त संचार ठिक संग बनाइँ राख्न पनि ब्यायाम आबस्याक छ | ब्यायाम बिना सरिर अस्वस्थ र कान्तिहिन हुन् जान्छ, जबकी एक दुर्बल मान्छे, नियमित ब्यायाम गरेमा बलवान स्वास्थ र सुन्दर हुन सक्छ | यदि नित्य ब्यायाम (योगाभ्यास ) गरेमा निम्न रोगहरु नजिक आउन पनि सक्दैनन् जस्तै: :मुटुको रोग, मधुमेह, मोटापा, वातारोग, बबासिर, ग्यास्टिक रक्तचाप मानसिक तनाव | यी रोगहरु योगाभ्यास (ब्यायाम) र श्रमको अभावले लाग्ने रोग हुन | कडा व्यायामले मांसपेशीलाई कडा बनाउछ र पछी गएर कडा मान्सपेशिमा रक्त संचारमा कमि आउन सक्छ, त्यसैले हामीले आसन र प्राणायामका माध्यमबाट हाम्रो शरीर र मन मश्तिश्कलाइ सम्पूर्ण रुपमा स्वास्थ राख्न सकिन्छ | कम्तिमा सुर्य नमस्कार र अनुलम विलोम, कपालभाती, भाष्त्रिका, भ्रामरी, ओमकार, ध्यान आदि गर्नाले सरिर मन मस्तिष्कलाइ उर्जावान बनाउन सक्छ |

(५) स्नान :- (Bath)

बिहान गरिने हल्का ब्यायाम र आसनपछी सरिरको तापमान सामान्य भएपछी स्नान गर्न पर्दछ | स्नानले अनावास्याक गर्मीलाई शान्त गर्नुको साथै शरीरलाई ताजा र शुध्द र हल्का बनाउछ | पानीले शरीरलाई शुध्दी गराउछ, सत्यले मन शुध्दी गराउछ,विध्यार ज्ञानले बुध्दी निर्मल गराउछ |सामान्य व्यक्तिले चिसै पानीले नुहाउन पर्छ | तातो पानीले नुहाउदा मन्दाग्नी ,दृष्टि दुर्बलता, असमय बाल सेतो हुने र बाल झर्ने हुन्छ | तर असक्त र बिरामी व्यक्तिलाई चिसो पानीले खराब गर्न सक्छ !

(६) ध्यान :- (Meditation)

बिहान उठी आफ्ना नित्यकर्म शौच, आसन र स्नान सकिसकेपछी प्रसन्न मुद्रा मा दुवै हात फैलाएर लामो स्वास लिएर फोक्सोलाइ सासले २, ४ चोटी भर्ने र प्रतिदिन १५ मिनेट देखि १ घण्टा सम्म आत्मकेन्द्रित ध्यान, इश्वरको ध्यान र उपासना गर्नाले मनको शान्ति पाउन र दुर्भावनाबाट बच्न सकिन्छ, गरेको काममा सफलता पाउन सकिन्छ, गायत्री मन्त्र तथा ओमकार मन्त्रले श्रध्दा पुर्वक गरेको ध्यानले परम शक्ति, शान्ति र आनन्ददायक जिबन प्राप्त हुन्छ |

माथि उल्लेखित आचरण गरेमा मानिस सदा स्वास्थ र खुशी हुनुकै साथै सुखी जीवन बाच्न सक्ने छन् | सकारात्मक सोचको बिकाश हुनुको साथै समाजलाई र आफ्नो व्यक्तिगत जिबनलाई समेत उन्नत बनाउन सकिन्छ |
७) अर्थपूर्ण जीवन: मानिस बाच्न खान लाउन मात्रै जीवित भएको होइन | उसले आफ्नो जीवनसंग गासिएका बन्धुत्व मित्रता अटुट रुपमा कायमै राखी, यस संसार, देश र समाजको लागि पनि केहि उल्लेखिनिय काम गरेर जानु आबस्याक छ | समाजलाई केहि सकारात्मक संदेश दिन र समाजलाई विकृत हुन् बाट जोगाउनु पनि उसको जिम्मेबारी र कर्तब्य हो | यहि कर्तब्यबोधसहित, नैतिक तथा परमात्माबोधीको रुपमा जिबनलाइ उपयोग गरि आफ्नो जिबनलाइ अर्थपूर्ण बनाउनु पर्दछ |

यसरी आफुलाई स्वास्थ्य, सम्बृधि, खुसि जिबन बनाउँ !

Leave a Reply