२. बुध्दिबाद 👍
पाइथागोरस ( ५८२-४६३ इशा पुर्व ) 👍
पाइथागोरासको जन्म समोसमा भएको थियो । जो पूर्वी इजियनमा एउटा युनानी व्दिप छ । उनि जवान भएपछी जन्म स्थान छोडेर इटालीमा बसाइ सराइ गरे । पाइथागोरस थेल्ससंग धेरै प्रभावित थिए । प्पैथागोरस अलि धार्मिक टाइपका मानिस थिए । धार्मिक शिक्षण, सामान्य भोजन र व्यायाम पठन पाठन र दार्शनिक अध्ययन सहितको जीवनलाई अनुसरण गरेका थिए । उनी गणितीज्ञ थिए । बिशेष गरेर ज्यामितीय गणितमा त्रिभुजसम्बन्धित सिध्दान्तमा पाइथागोरस थ्योरी अझै पनि कायम छ ।
उनका केहि प्रमुख अबधारणा (दर्शन) यस्ता छन्
- गणित र य्साको गुण तत्व : पैथागोरसले संख्यात्मक सद्वाव र सम्बन्ध मा बिश्वास गर्दथे । संख्या भनेको ब्रमान्दको मौलिक वास्ताविकता हो उनले सोचेका थिए कि सबै कुरा संख्यात्मक सम्बन्धको आधारमा व्याख्या गर्न सकिन्छ र त्यो संख्याको यो दुनियामा अचम्मको रहस्यमे महत्व छ ।
- उनलाइ गणितमा पैथागोरसको सिध्दान्तले सबभन्दा बढी चिनिन्छ । त्रिभुजको कर्णको बर्ग बराबर लामब र आधारको बर्गहरुको योगफल बराबर हुन्छ भनेर बताउछ । यो अहिले गणितको trigonometry, अतिरिक्त गणितमा योसको सिध्दान्त यद्दपी अति महत्वपूर्ण छ ।
- गोलाकारको तादाम्य र सदभाव पाइथागोरसले ग्रहहरु र ताराहरु पनि गणितीय समीकरण अनुसार नै घुम्छन । जुन संगीतको टोन आवाजसंग मेल खान्छन जसले गर्दा यसले म्युजिक बर्तुलाकार संगीत उत्पान्न गर्दछ
- संगीत देखि शारीरिक ब्यायाम, र खाना आहार सम्म सबै कुरामा सरिर आत्मा समेतलाई सन्तुलन र स्वास्थ्य राख्न सकिन्छ भन्ने बिश्वास थियो ।
- उनी आत्माहरुको रुपान्तरण (metempsychosis, or the transmigration of souls) हुन्छ भन्ने बिस्वास राखेको पाइन्छ । उनको अनुसार आत्मा अमर हुन्छ र मरेपछि नयाँ सरिरमा अबतरण हुने कुरामा विश्वास गर्दथे ।
- पाइथागोरसाले संसारलाई व्देतवादले हेर्दथे । जस्तै ऐमित/ असिमित , सम/ बिसम र उज्यालो / अध्यारो हरेक बस्तु दुइ पाटा हुन्छन भन्ने उनको मान्यता थियो ।
- नैतिक र धार्मिकतामा उनिले बिश्वास गर्दथे । उनि र उनका अनुयायी हरुले जिबनमा सक्त आहार बिहार अनुसरण गरेको पाइन्छ । शाकारी हुनु मौन अबधि, आत्मा शुध्दी गर्न आत्मा अनुशासनका नियम पालन गर्नु जस्ता समाबेस थिए ।
पाइथागोरसका बिचारहरुले प्लेटो र एरिस्टोटल जस्ता पछिल्ला दार्शानिकहरुलाई प्रभाव पारेका छन् । पश्चिमी बिचारहरुको विकाशको माध्यमबाट बिशेष गरी विज्ञान गणित र पराभौतिक मेटाफिजिक्स का क्षेत्रहरुमा प्रतिध्वनी गर्न जारी राख्यो ।संख्यात्मक सम्बन्ध र ब्रह्माण्डको सद्भावको जोडले दार्शनिक र बैज्ञानिक प्रतिमान दुबैमा स्थायी प्रभाव पारेको छ । समग्रमा भन्ने हो भने पाइथागोरसको दर्शन वास्तविकताको संरचनामा संख्या र सामजंस्यको आधारभूत भूमिकालाइ जोड दिदै बैज्ञानिक अनुसन्धान र रहस्यमय विचारको
एक उल्लेखनीय लयको मिश्रण हो भन्न सकिन्छ ।
क्रमश :