गाउ भरि खेतिपाती स्याहार्ने माचो  थियो । गाउघारका सबै मिलेर अर्नो मर्मो लाएर सबै गाउ कै खेति पाती लाउने स्याहार्ने चलन थियो । सबैको खेतीपाती स्याहारेर सक्यौ । करिब एक महिना भन्दा बढी नै लाग्यो । मेरो मनमा जाँगर उठेको थियो । मन खुशी थियो । अब मधेस जानको लागी तयारि गर्न परेको थियो पनि । दाइले पुरोहित कहाँ गएर साइत निकाल्न लगाउनु भयो । मगर दाइले बैनीलाई आफ्नो घरमा पुर्याउन म पनि जानेछु । लुगा फाटा यी भान्जा भान्जीलाई बोक्न पनि परयो नि । मलाइ  पनि मधेस देख्नु मन छ । भन्नु भयो । 

शुभ साइत निकालेको साइतमा आमाले नाति नातिनुलाई म र दाइलाई रातो टिका लगाइदिनु  भयो । आफ्नो इष्टदेवता कुल देवतालाइ भाक्दै मेरा छोरा छोरीको ब्यबस्था राम्रो बनोस भन्दै हामीलाई आशिर्बाद दिदै दहि ख्वाएर बिदा दिनु भयो । यो सुखद क्षण थियो । बा आमाको ठुलो दुख पिरको मुक्ति थियो । मेरो र मेरा सन्तानको भविष्य सुन्दर हुने उन्मुख पनि थियो । 

बालाई ढोगेर बिदा मागे ।  हामि सबैको यो सुखद क्षणको अनुभूति भएर पनि हाम्रा आँखामा आँशु थामिएका थिएनन । मेरा तिन सन्तान दाइ म अनि मगर माइल दाइ घरबाट मधेशकोलागि ओरालो लाग्यौ ।  

रुद्रबेनी हुदै रिडी बजारमा पुग्यौ । रिडीमा हाम्री ठुली आमा हुनुहुन्थ्यो । त्यहि गएर खाना खाने बिचार गर्यौ र दाइले ठुली आमालाई आमाले  दिनु भएको पाहुरको पोको  वहाँलाइ दिनु भयो । दुइ पाथी जति  चामल पनि ल्याइदिनु भएको थियो । ठुली आमा धेरै खुशी हुनुभयो । 

छोरी मदेश झरे पछि कहिले भेट होला कि नहोला भनेर सारै कर गरेर त्यो  साँझ ठुली आमाको घर नै बस्यौ । ठुली आमाले पनि बाटामा खान पर्छ भनि अरनि पकाएर सालको टपरीमा सिन्काले खुटेर दुइ चार वटा पोका बनाइ दिनु भयो । राति अबेरसम्म ठुली आमासँग दुख सुखका कुरा भए । 

ठुली आमाको घरबाट कुखुराको डाँको संगै उठेर हामि रिडी बाट उकालो चढेर अर्घेली  धेरै मुश्किल अफ्ठ्यारो बाटो पार गरेर जोरते पुगेर बिसायौ । छोरा छोरीलाई त्यहि भट्टीमा केहि खानेकुरा किनेर खुवायौ । बाटो अफ्ठ्यारो नानि बाबुलाई भोकर उकालो ओरालो हिडन पनि सकसै भा को थियो । थकाइ भन्दा पनि मेरो लागी पुग्न पर्ने लक्ष नै ठुलो थियो । मैले अरु सोचेको थिइन् । मेरा थकाइ, तिर्खा, अफ्थायारा सबै गाउँ थियो । मात्रै कतिखेर यी सन्तानलाई बाउका अगाडी लेर राखी दिन पाए हुन्त्यो भन्ने थियो । अलि अलि अरनि निकालेर खायौ । धाराको चिसो पानिले पेट  भरेर फेरी उकालो लाग्यौ । 

झमक्कै साँझ भैसकेको थियो । बल्ल बल्ल भैरव स्थान पुग्न सकियो । बास माग्दा पनि पाइएन र अलि पर एउटा गोठ रहेछ । त्यहा गोठमा बस्तु भाउ हेर्न एक जना मानिस बस्दा रहिछन । त्यहाँ गैर बास मागेको उनले खुशी भएर हामीलाई बस्न दिनुभयो । लुगाफाटो त छैनन । तर एक नाले जस्तो छ । पराल साराल बिछ्याए र सुत्न सक्नु हुन्छ भने हामीले धन्यवाद दिदै त्यहि बस्यौ ।

अगेनामा राति अबेरसम्म आगो तापेर बितायौ । बिहान पाख यस्सो झमक्क निदाएछु । उठेर नानि हरुलाई घरबाट  ल्याएका सातु थियौ । त्यसैको लिटो बनाएर खुवायौ । हामि तिन जना दाइ, म र मगर दाइ भएर एक एक मुठी सातु र पानि खाएर बाटो ततायौ । दाइलाइ बटौली जाने बाटो राम्रै संग था थियो । कुसुमखोला हुदै मस्याम पुर्याउनु भयो । त्यहाँ बास बस्ने दाइले चिनेकै मानिस हुनु हुदो रहेछ ।  दाइले भन्नु हुदै थियो । म एकै दिनमा मस्याम आएर बास बस्थे । आइमाई केटा केटीसंग भने तिन  दिन लाग्यो । 

त्यहा हामीलाई राम्रै सत्कार गरेर भात भान्सा गराए । वहाँले मेरा बालबच्चा देखेर सोध्नु भयो । किन कसरि यस्ता चिचिला बच्चा लिएर मधेसमा होमिदै हुनुहुन्छ ? सोधेर आफ्नो कथा भन्न थाल्नु भयो ।  वहा पनि गुल्मीबाट मधेस जग्गा  किनेर सर्नु भएको रहेछ । श्यामलाल भण्डारी वहाको नाम रहेछ । वहाको मधेसमा मौवारी भन्दा पर पचास विघाको जमिदारी किन्नु भएको रहेछ । दुइ चार वर्ष त्यहि गाउमा रमाएर बस्नु भयो । गाउ भरि पचिस तिस घर थिए । सबैले वाहाको खेतिपाती  लगाइदिने । 

जमिन्दारकै खेतीबाट उनुहरुको पेट पालिन्थ्यो । जसको जमिन्दारी किनेको थिए । उनैका मान्छेहरु मेरा हरुवा चरुवा भएका थिए । उनिहरुले नै सबै खेति पाती लगाई दिने स्याहारी दिने । त्यस मधेको मुखियाले अन्न भागशान्ति लगाएर बाडी दिने गरिदिन्थे । जमिन्दारले उनीहरुको सम्पूर्ण दुख सुखमा सहयोग गर्ने हुनाले सबै हरुवा चरुवाहरु रासन पानी लत्ता कपडा दुख सुखमा जमिन्दारमा नै भर पर्दथे । श्यामलालले आफुले मदेशमा पचास बिगाहा जग्गा त्यसै छोडेर यहाँ आएर बसे । एउटा  हान्ने मार्ने भएको छोरो, छोरालाई डाँकाले मारे ! एउटा छोरी हैजाले लग्यो । मलाइ मदेशाले बर्बाद गर्यो भन्दै बर्र आँखाबाट आशु खसाल्नु भयो । म पनि उन्हा संगै रोएछु । मलाइ साह्रै नरमाइलो लागि रह्यो । 

मैले केहि भन्न सकिन । रातभरी मदेश हैजा डाका मात्रै सम्झीए । नसुती बिहान कुखुरा बास्यो । मेरो त केहि उपाए पनि थिएन । जाहा लोग्ने छन् त्यहा नै मेरो स्वर्ग हो । मरे उनैको काखमा मरुला । मेरो पहाडमा को छर । माइती सधै कसकाले  पो पाल्न र राख्न सक्छन र ? 

हामीलाई बास दिएर ठुलो उपकार गर्नु भो हजुरले जीवनभरको लागि गुण लगाउनु भो । मैले हजुरले भनेका कुरा भुल्ने छैन । भनी भदा मान्गेर बटुली तिर नुहाकोट तल झर्यौ । बटुली बजार पुलका मुख बसेर सातु र पानि खाएर पेट भर्यौ । हिडदा हिडदा खुट्टामा फोरा परेका थिए । बल्ल तलला सम्साँझ नौकाटीको त्यो फुसको तादेघर्मा पुगेम । जुन घरमा मेरा छोरा छोरीका बा हुनुहुन्थ्यो । त्यो पनि आफ्नो थिएन । कसैको थियो । तर मेरो संसार मेरो भव्ग्वान त्यहि घरमा हुनु हुन्थ्यो ।

00000 

क्रमश :