मुक्तक

Share

हाती छापवाला, टाइसुट लाछन | लोकल नभेटनेले ह्विस्की खाछन राष्ट्रबादी हुम भन्दै राष्ट्र बेच्नेहरुले दलाली गर्न मालिक कहा गाछन | ९/१६/२०१६

मुक्तक

Share

जसले शासन गरे नि प्रजातन्त्र भन्नु पर्छ रे लोकको हित नगरेनी लोकतन्त्र भन्नु पर्छ रे आत्म स्वाभिमानी भएर बाच्न पर्छ भन्नेहरुले दलाली गरिरहे पनि स्वाभिमानी भन्नु पर्छ रे !

केहि मुक्तक

Share

१. कुरा लगाउनेले घुमाएर उल्टो गर्छन कहिले यताको कहिले उताको सार्छन मित्र हुन् भन्दैमा कहा हुन्छ र हजुर सम्बन्धमा उनले मिठो जहर छर्छन ! १२/११/२०१४ २. पसिनाको मसिले उदेश्य लेख्छ जसले खाली हुन्न भाग्य कोर्छ सुनौला उसले यस्तै त भन्ने गर्छन सधैभरी सबै सबैले सफलतै सफलता पक्कै पाउछ उसले ! …

मुक्तक-तीन मुक्तक

Share

मुक्तक- साख्खै मित्र … सुखमा वरिपरी सब हुन्छन साख्खै मित्र पैसाको हैसियतले नापिन्छ नि इष्ट मित्र काम निकाल्न परेपछि धाउछन बेसरी दुखको बेला को हुन्छ र साथमा भित्र मुक्तक-अघि पछी …. काम निकाल्न परेपछी अघि पछी गर्छन पिठ्यु पछी उनले कुरा पनि काट्ने गर्छन आफ्नै भनेर कसरी भन्नु र चिन्नु …

मुक्तक-खोटा सिक्का

Share

खोटा सिक्का थिए पैले कमाएर क्वाइन भाछन लोकल ठर्रा पियुठे पैले एले अच्छा वाइन भाछन औकात किन बेच हुदो रैछ राजनीतिमा त्यसैले तआजकल ठुलै पार्टी ज्वाइन भाछन !

मुक्तक- सफलता ….

Share

पसिनाको मसिले उदेश्य लेख्छ जसले खाली हुन्न भाग्य कोर्छ सुनौला उसले मात्र तपाइको साथ चाहिन्छ हजुर सफलतै सफलता पक्कै पाउछ उसले !

मुक्तक-काम गरे पो …

Share

भाषण गरेर के हुन्छ काम गरे पो हुन्छ नीति बदलेर के हुन्छ कार्यान्वयन गरे पो हुन्छ नया नेपाल बनाउनेहरुले जति उफ्रे पनि झगडा गरेर के हुन्छ सहमति गरे पो हुन्छ !

मुक्तक-आगोका फुल

Share

लिलाम गरेर शुभलाभमा रिति अनि रुलहरु प्रहार गरेर विश्वाशमा आघातका त्रिशुलहरु डामेर झिरले नाजिस्क्याउ आस्था मान्छेको दन्केर डढेलो बन्लान आगोका फूलहरु !

मुक्तक- सोच

Share

नाम बदलेर के हुन्छ सोच बदले पो हुन्छ बोतल बदलेर के हुन्छ भित्र बदले पो हुन्छ बिकाश र प्रगतिका भाषण छाटने नेताले पार्टी बदलेर के हुन्छ काम बदले पो हुन्छ !