pundary aryal
pundary aryal

मुक्तक- साख्खै मित्र ...
सुखमा वरिपरी सब हुन्छन साख्खै मित्र
पैसाको हैसियतले नापिन्छ नि इष्ट मित्र
काम निकाल्न परेपछि धाउछन बेसरी
दुखको बेला को हुन्छ र साथमा भित्र

मुक्तक-अघि पछी ….
काम निकाल्न परेपछी अघि पछी गर्छन
पिठ्यु पछी उनले कुरा पनि काट्ने गर्छन
आफ्नै भनेर कसरी भन्नु र चिन्नु तिनलाई
पिठ्युमा छुरा मनमा राम राम तिनले गर्छन

मुक्तक-आत्मामा भित्र ….

इश्वर निराकार हुदो रैछ आत्मामा भित्र
सुखमा सबका सब हुन्छन साख्खै मित्र
आखिर अन्तिम बखतमा विश्वाश पवित्र
दुखमा कोइ पनि हुन्नन साथमा भित्र !
०१/१८/२०१५

Leave a Reply