१.
कुरा लगाउनेले घुमाएर उल्टो गर्छन
कहिले यताको कहिले उताको सार्छन
मित्र हुन् भन्दैमा कहा हुन्छ र हजुर
सम्बन्धमा उनले मिठो जहर छर्छन !

१२/११/२०१४

२.
पसिनाको मसिले उदेश्य लेख्छ जसले
खाली हुन्न भाग्य कोर्छ सुनौला उसले
यस्तै त भन्ने गर्छन सधैभरी सबै सबैले
सफलतै सफलता पक्कै पाउछ उसले !

१२/११/२०१४

३.
भाषण गरेर के हुन्छ काम गरे पो हुन्छ
नीति बदलेर के हुन्छ काम गरे पो हुन्छ
नया नेपाल बनाउनेले जति उफ्रे पनि
झगडाले के हुन्छ सहमति गरे पो हुन्छ !

४.
नाम बदलेर के हुन्छ सोच बदले पो हुन्छ
बोतल बदलेर के हुन्छ भित्र बदले पो हुन्छ
बिकाश र प्रगतिका भाषण छाटने नेताले
पार्टी बदलेर के हुन्छ काम बदले पो हुन्छ !

१२/१३/२०१४

..

५.
सधै काला रातको साम्राज्य हुने भए
सधै बादलले आकाश छेक्न सक्ने भए
यो दुनिया जल्लादहरुको हुने थियो
बिहानीको आभालाइ रोक्न सक्ने भए !
१२/२३/२०१४

६.
माया माया भन्दा भन्दै गयो यौवन त
कति पाए कति गुमाए हिसाबै छैन त
एकतर्फी माया गरेर के हुन्छ र हजुर
दोहोरो तर्फी माया चाहियो हैन त !
०१/१५/२०१५

७..
मेरो आखाको नानीमा बसेकी छौ तिमि
कहिले मनमा कहिले तनमा छौ तिमि
राज सधै गरेकी छौ मेरो मन दिलभरि
डर छ मलाइ कतै हराउंछेउ कि तिमि !

०१/१७/२०१५

८.
सुखमा वरिपरी सब हुन्छन साख्खै मित्र
पैसाको हैसियतले नापिन्छ नि इष्ट मित्र
काम निकाल्न परेपछि धाउछन बेसरी
दुखको बेला को हुन्छ र साथमा मित्र

९.
काम निकाल्न परेपछी अघिपछी गर्छन
पिठ्यु पछी उनले कुरा नै काट्ने गर्छन
आफ्नै हो भनेर कसरी तिनलाई चिन्नु
पिठ्युमा छुरा मनले राम तिनले भन्छन

९.
धन कमाउने लालसामा खतरा मोल्दछन.
भने जस्तो भएन भने दुखमा ति पर्दछन
नबुझी फटाहाको जालमा ति परे पछी
पाउन सम्म दुख तिनले सधै पाउदछन !
०९/०९/२०१६

Leave a Reply