भगवद्गीता: अध्याय २, श्लोक १४

मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत॥

भावार्थ :

हे अर्जुन (कौन्तेय)! इन्द्रियहरू र विषयहरूको सम्पर्कबाट चिसो-तातो, सुख-दुःख जस्ता अनुभव उत्पन्न हुन्छन्। यी अनुभवहरू आउने-जाने (अस्थायी) हुन्छन्। त्यसैले, हे भारत (अर्जुन)! तिमीले यी सबैलाई धैर्यपूर्वक सहन गर्नुपर्छ।

व्याख्या: हाम्रा यी पाँच इंद्रियहरुले पाउने ( गंध, स्वाद, दृश्य स्पर्श र शब्द) को संयोगले उत्पन्न हुने चिसो तितो  मिठो नमिठो, राम्रो नराम्रो दृश्य, राम्रो नराम्रो खबरले जून   सुख दुख पाउदछौ | त्यो स्थायी हुदैन | यी सबै कुरा आउछन र जान्छन | सुख दुख भनेको इंद्रियबाट बाहिरी संसारसंग संपर्कले गर्दा मात्रै सुख र दुखकों उत्पन्न भएर  अनुभव हुन्छ |  जीवनमा आउने कठिनाइहरूलाई सहन गर्न सक्ने क्षमता नै “तितिक्षा” हो। जो व्यक्ति सुख-दुःखमा समान रहन्छ, ऊ नै आत्मिक रूपमा बलियो हुन्छ। 

निष्कर्ष:  जीवनका सुख-दुःख, लाभ-हानि, चिसो-तातो — सबै अस्थायी हुन्।
त्यसैले, तिनीहरूबाट विचलित नभई धैर्य र समभाव राख्नु नै सच्चा बुद्धिमानी हो।

 

४/६/२०२६