भगवद्गीता — अध्याय २, श्लोक १५

यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते॥

भावार्थ : हे श्रेष्ठ पुरुष (अर्जुन)! जुन धीर (स्थिर बुद्धि भएको) मानिसलाई सुख र दुःखले विचलित पार्दैन, अर्थात दुखमा आत्तिने र सुखमा मात्तीने  नभई  जो दुवै अवस्थामा समान रहन्छ, त्यस्तो व्यक्ति मोक्ष (अमरत्व) प्राप्त गर्न योग्य हुन्छ।

ब्याख्या:  भगवान श्री कृष्णले अर्जुनलाई पुरुषर्षभ भनेर सम्बोधन गर्नु भएको छ | किनकि अर्जुन उनको फुपूको छोरा भाई भए पनि उनलाई आत्मीय मित्र ठान्थे | अर्जुन पराक्रमी, बहादुर बलबान र ज्ञानी पनि थीए | त्यो युध्द भूमि खाली हात पनि फर्काउनु थिएन | अर्जुनलाई उनले सोधेको हर प्रश्नको चित्त बुझ्दों उत्तर दिनु पर्थो | यो महाभारत युध्द टाल्न कृष्णले हर कोशिस गरेका थीए | तर पनि भएको थिएन | तर युध्द भूमि बाट अर्जुन फर्के भने समस्या त जहांको त्यही हुने थियो | अब यो युध्द नहुनु भनेको कृष्णको पनि प्रतिष्ठाको कुरो भइसकेको थियो | फेरि अर्को कुरा श्रीकृष्णले युद्धमा मैले हतिहार उठाउने छैन भनेर कौरबलाई बचन दिएका थीए | तिमीजस्तों धीर सुख दुख जीत हारको तत्व भावनाबाट धेरै माथि उठाने छ | यो युध्दको परिणाम जे आए पनि दुबै अबस्था आत्मामा शांती र अमरत्व प्राप्त गरी तिम्रो मोक्ष नै हुने छ भन्ने तात्पर्य थियो |  

निष्कर्ष : जीवनमा सफलता र शांति पाउनका लागी सुख–दुःखमा समान रहनु अत्यन्त जरुरी छ । ती अस्थायी हुन भनेर जान्नु | हाम्रो मनको स्थिरताले नै हाम्रो जीवनको गुणस्तर निर्धारण गर्छ।

४/७/२०२६