भगवद्गीता — अध्याय २, श्लोक १६

नासतो विद्यते भावो नाभावो विद्यते सतः।

 उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः॥

 भावार्थ :जसको अस्तित्व छैन, त्यस्तो जड़रूप असत  (नाशवान वस्तु) को कुनै स्थायी अस्तित्व हुँदैन, र सत्य (सधैं रहने वस्तु) को अभाव कहिल्यै हुँदैन।सतको अस्तित्व नित्य  निरंतर रहिरहन्छ | यी दुबैको वास्तविक स्वरूप ज्ञानी (तत्त्वदर्शी) मानिसहरूले स्पष्ट रूपमा देखिएका र बुझेका हुन्छन्।

ब्याख्या : संसार परिबर्तनशील छ अर्थात कुनै चीज बिनास हुनेवाला छन र कुनै कुरा अविनासी छ | अर्थात एउटा असत र अर्को सत तत्व छन | परिवर्तन र बिकार सबै बस्तूहरु नित्य  नहुने हुँदा यी सबै असत र अवास्तविक छन |सुख दुख सर्दी गर्मी हर्ष शोक मोह आदि सबै कुरा विकारवान्  र अनित्य हुन, अर्थात असत हुन | मानिसको सरीर पनि पञ्च भौतिक सरीर र इंद्रिय पनि नासवान  भएकोले यो पनि असत नै हो | असतकों नास र परिवर्तन भई रहने हुदा असत बस्तुको उत्पत्ति हुनु भन्दा पनि अगाडि र नास भए पछि यसको अस्तित्व हुदैन | त्यस्तै मानिसको सरीर पनि जन्मनु  भन्दा पहिले र मरेपछि कुनै अस्तित्व रहदैन | त्यसैले हाम्रो यो सरीर पनि असत नै हो | आत्मा अजर अमर छ नीत्य अविनाशीनी शाश्वत भएकोले यो सत हो | न् यो जन्मन्छ न त मर्छ | जसले सत्यलाई सही रूपमा देख्न सक्छ (तत्त्वदर्शी), उसले बुझ्छ: शरीर नाशवान छ / आत्मा अविनाशी छ | ज्ञानी पुरुषहरु त्यसैले उनीहरू भ्रममा पर्दैनन्।

 

निष्कर्ष:  अस्थायी कुरा (शरीर, संसार) मा अत्यधिक आसक्ति नराख। स्थायी सत्य (आत्मा) /लाई चिन्ने प्रयास गर।  ज्ञान प्राप्त भएपछि डर र मोह कम हुन्छ।

/

४/८/२०२६