भगवद्गीता — अध्याय २, श्लोक १७
अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम्।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति॥
भावार्थ : कहिल्यै नास नहुने सत ब्रह्म अविनाशी भनेर जान। जो यो संसारमा ब्याप्त छ | यो आत्मा स्वरूप ब्रह्म अव्यय छ | (कहिल्यै घट्दैन, र बदलिँदैन) , त्यसैले यो अबिनासिनी ब्रह्म तत्व कसैले पनि नष्ट गर्न सक्दैन। न् त आत्मालाई कसैले नष्ट हरण सक्छ |
ब्याख्या : सबै भौतिक बस्तु हरु अस्थायी र अनित्य छन | परमात्मा तत्व अविनासिनी अविकारी नित्य सदा रहिरहने शाश्वत तत्व हो | कहिल्यै बिनास नहुने परमात्मा स्वरूप परब्रह्म स्वरूप चेतनाबाट नै संसारको भोगीबस्तु, जड़बस्तु र रूप स्वरूप प्राणी जगत ईनका इंद्रियहरु बिश्वमा व्याप्त छन |तीस अबिनासिनी तत स्वरूप ब्रह्म तत्वलाई बिनास गर्न कसैको सामर्थ्य छैन | आत्म स्वरूप पनि ब्रह्म हो | त्यसैले परमात्मा स्वरूप त्यो अव्यय आत्मतत्वको बिनास गर्न पनि कसैले सक्दैन | सवी भौतिक पदार्थ र यो सरीर समेत नाशवान छन | तर तत ब्रह्म स्वरूप आत्मा अविनासी छ र यसलाई कसैले विनास गर्न सक्दैन |
निष्कर्ष : परमात्मा जो आत्मामा समाहित छ त्यो सर्वब्यापी छ | आत्मा अविनासी छ | अपरिवर्तनिय छ तर शरीर नाशवान छ, तर आत्मा अमर छ | मृत्यु भनेको केवल शरीरको अन्त्य हो, आत्माको होइन | त्यसैले अति शोक गर्नु आवश्यक छैन |
४/९ /२०२६
