लिभर सिरोसिस

यो रोग मौन मारकको रुपमा चिनिने रोग हो । कलेजो शरीरको यस्तो अवयव हो जसको सानो भाग शरीरमा रहेसम्म आफ्नो काम गर्न सक्छ । त्यसैले पुरै कलेजो नष्ट भएपछि मात्रै यस्को लक्षण देखिन थाल्छ । लिभर सिरोसिसले कलेजोमा ससाना घाऊ बनाउदै कलेजोको कोषलाइ नष्ट गर्दै जान्छ । स्वास्थ्य कलेजोको नरम कोषको ठाउामा सिरोसिसले कोषलाई कडा बनाइदिन्छ ।
सिरोसिस भएपछि कुनै किसिमको औषधिले निको हुँदैन । अन्त्यमा कलेजो पूर्णरुपमा ध्वस्त भइ लिभर फेल हुन्छ र रोगीको मृत्यु हुन्छ । यो रोग लागेर पनि तुरुन्त थाहा पाईंदैन । किनभने कलेजोको केही भाग मात्रै बााकी रहे पनि यसले आफ्नो सेल आफै निर्माण गर्दै रहन्छ । हाम्रो शरीररमा कलेजोको सानो टुक्रा सावुत अवस्थामा रहेसम्म यसले राम्रैसँग काम गरिरहेको हुन्छ । त्यसैले लाइभ डोनरबाट वा डोनेटेड लिभरबाट सानो टुक्रा ट्रान्सप्लान्ट हुन सक्यो भने लिभर दिने र लिने दुबैको केही महिनाभित्रै आफ्नो साइजमा लिभर निर्माण हुन्छ ।

लिभर सिरोसिस हुनाका कारणहरू :

पुरानो कलेजोको रोगले कलेजोको कोषलाई नष्ट गर्दै जान्छ । लगभग १५/२० वर्षपछि कलेजोको रोग सिरोसिसमा पारीणत हुन जान्छ । यो हुनुमा निम्न कारण छन :

अत्यधिक अल्कोहलको सेवन – मानिसले लामो समयसम्म अत्यधिक अल्कोहल सेवन गरेपछि कलेजो सुिनन्छ र अन्त्यमा लिभर सिरोसिस हुन्छ ।

पुरानो भाईरल हेपाटाइटटिस – हेपाटाइटिस लागेको मानिसलाइ समयमै उपचार गरिएन भने अन्तत लामो समयपछि लिभर सिरोसिसमा परिणत हुन्छ ।

नन अल्कोहलिक स्टिटोहेपाटैटिस : अल्कोहल नपिउने मानिसको पनि कलेजोमा बोसो जम्मा हुँदै जान्छ । यसको कारणले कलेजो सुन्निन्छ र अन्त्यमा लामो समयपछि सिरोसिसको शिकार हुन्छन । यो प्राय सुगरको रोगी, धेरै मोटो, धेरै कोल्स्टोर भएको , मुटुको रोगी र धेरै तर कमसल खालको खाना खाने बानी भएका मानिसलाइ हुने गर्दछ ।

पित्तनलीको रोग – पित्तनलीको रोग प्राय दुई किसिमको हुने गर्छ | जसमा कलेजोले उत्पादन गरेको पित्त गलब्लाडर हुँदै सानो आन्द्रामा पास हुनु पर्नेमा पित्त पास नभै रोकिन गएमा पित्तरस कलेजोमा फिर्ता जान्छ । पित्त पास नभएको कारणले सो कलेजो सुनिन्छ । अन्तमा पित्तरसमा इन्फेक्सन भै लिभर सिरोसिस हुन जान्छ ।

बंशाणुगत रोग – कलेजोको रोग कसै कसैलाई बंशाणुगत रोगको रुपमा पनि सर्ने हुन्छ । त्यस्तो रोगलाई जेनेटिक सिरोसिस भन्दछन । यसमा विल्सन रोग, ग्लाइकोजन रोग, अल्फा–१ एन्टिट्िरप्सन डिफिसिएन्सी र अटो इमुन हेपाटाइटिस समेत पर्दछन ।

लिभर सिरोसिसका लक्षणहरू

शुरुमा लिभर सिरोसिसको कुनै लक्षण देखिदैन । धेरै समयपछि सिरोसिसको लक्षण र जटिलताहरू देखिन पनि सक्छ ।
अरुची,थकान,चक्कर लाग्ने, तौलकम हुने, पेट दुख्ने, नसा माकुरोको जालोजस्तो हुने,अती चिलाउने

जटिलताहरू :
जण्डिस, छाला पहेंलो फुस्रो हुने, आँखा सेतो पहेंलो हुने, पित्तथैलिमा पत्थर हुने , चोटलागेमा अत्यधिक रगत बग्ने , आन्तरिक रक्तस्राव हुने , खुट्टा र पेट सुन्निने, मानसिक र सारिरिक समस्या आउने , बेहोश हुने र कोमामा जाने हुन सक्छ ।
लिभर सिरोसिस भइसकेपछि यसको कुनै उपचार छैन । एउटै उत्तम उपाय भनेको कलेजोको प्रत्यारोपण हो ।
सिरोसिस भएको थाहा पाइएमा अरु लिभर नबिग्रियोस भनेर निम्न अनुसारको साबधानी अपनाउनु पर्दछ ।
स्वास्थ्य मैत्री जीबन शैली अपनाउने
सुपाच्य खाना खाने, नित्य ब्यायाम गर्ने , खानामा नुन अत्यन्तै कम खाने
शरिरमा पानी जम्मा नहोस भन्नाको लागि तरल पेय पदार्थ सिमिति पिउने ।
अल्कोहल सेवन नगर्ने । डाक्टरको सल्लाह अनुसार औषधि र भिटामिन खाने ।
सुरक्षित यौन सम्बन्ध राख्ने ।
रेजर, ब्रश, निडल जस्ता ब्यक्तिगत सामग्री अरुको प्रयोग नगर्ने, गर्न पनि नदिने ।

Leave a Reply