प्रोस्टेट ग्रन्थि के हो ?
प्रोस्टेट ग्रन्थी लोग्ने मान्छेको मुत्रासयको ठिक तल, लिंग र मुत्रासय बिचमा रहेको हुन्छ । यसको आकार ओखर जस्तो देखिन्छ । प्रोस्टेट ग्रन्थि rectum मलासय ठिक सामन्ने हुन्छ । urethra मुत्रासयको तल्लो भाग प्रोस्टेट संग रहेको हुन्छ । मुत्रनलि मुत्रासय संगै प्रोस्टेट ग्रन्थिको ठिक बीच भएर लिङ्ग सम्म जान्छ । यसले सिमेन पनी बाहिर निकाल्ने काम गर्दछ । यो ग्रन्थिले एउटा चिल्लो तरल पदार्थ उत्पादन गर्दछ । जसले सुक्रानुलाइ पालन पोषण गर्ने र सुक्रकिटलाइ मुत्र नली सम्म ल्याएर निस्कासन गर्न सजिलो बनाउदछ । यसको मुख्य रोल पुरुषको सन्तान उत्पादक तत्व उत्पादन गराउनु हो । The prostate plays a key part in your fertility.
- जब पुरुष ५० बर्षका हुन्छन । तब प्रोस्टेट इन्लार्ज हुन् थाल्दछ । त्यसलाई benign prostatic hyperplasia (BPH) भन्दछन । यसको उपचार नै छैन ।
जब प्रोस्टेट बढन थाल्दछ । तब यी लक्षण देखा पर्दछन ।
- प्रोस्टेट बढन थाले पछि पटक पटक पिसाब गर्न मन लाग्छ ।
- राती धेरै पटक पिसाब गर्न उठी रहन पर्ने हुन्छ ।
- पिसाब र बिर्यमा पनी रगत मिसिएर आउन सक्छ ।
- पिसाब गर्दा पोल्ने र दुख्ने हुन्छ ।
- स्खलन हुँदा एकदमै दुख्ने ।
- कम्मर दुखि रहने, कम्मरको तल्लो भाग दिशा गर्ने भाग फिला दुख्ने
- पिसाब चुहिने ।
यो समस्या आए पछि, पिसाबमा इन्फेक्सन, र प्रोस्टेट क्यान्सर हुने सम्भावना बढेर जान्छ ।
प्रोटेस्ट बढदा के औषधी खाने ?
Alpha blocker : medicine
Tamsulosin, doxazosin, silodosin, terazosin
यो खान उपयुक्त हुन्छ ।
- Sesame seeds.- Salmon.- Bell peppers. Berries – Tomatoes.- Avocados.- Vegetables.- Tofu.- Nuts – Onion and garlic – broccoli , सुन्तला , कागती
- के नखाने ?
मासु , दुध दहि चिज, बटर, कफी, चिया, रक्सी, नुन खान कम गर्ने वा नखाने ।
के गर्ने ?
स्ट्रेस कम लिने। चुरोट नपिउने, साँझ राती पानी/ पेय पदार्थ कम पिउने, पिसाब गर्दा अधकल्चो नगर्ने, पुरा रित्याउने, कम्मर वा तल्लो भागको एक्सर्साइज गर्ने, वाटर पिल र रुघाखोकी औषधि कम गर्ने औषधीको सेवन नगर्ने, दिनमा २ लिटर सम्म सिमित पानी पिउने , पिसाव थैली मजबुत गराउन एक्सर्साइज गर्ने ।
प्रोस्टेट बढेको थाहा हुने बित्तिकै पिसाबमा इन्फेसन छ छैन, त्यो जांच गराउन जरुरि छ । साथै कतै प्रोस्टेटमा क्यान्सर छ छैन भनेर त्यसको लागी रगत टेस्ट गराउन जरुरि हुन्छ । जुन टेस्टको नाम हो ।
PSA (prostate specific antigen) test
यसको गाइड लाइन थाहा पाउन जरुरि छ । यसको नर्मल लेबल ०- २. ५ हो । सो भन्दा २. ५ देखि ४ ng/ml सम्म भए क्यान्सरको शंका गर्न सकिन्छ । ४ ng/ml भन्दा माथि भयो भने क्यान्सर कन्फर्म गर्न अरु टेस्ट गरि उपचार अगाडी बढाउन आबस्याक छ ।
उमेर ४० देखि ४९ बर्ष सम्म ————-नर्मल लेबल ० देखि २.५ ng/mL
उमेर ४९ देखि ५९ बर्ष सम्म ————-नर्मल लेबल ० देखि ३.५ ng/mL
उमेर ६० देखि ६९ बर्ष सम्म ————-नर्मल लेबल ० देखि ४ .५ ng/mL
उमेर ७ ० देखि माथी ————-नर्मल लेबल ० देखि ६.५ ng/mL