जब तपाइको सरिरमा अल्कालाइन ७ र आठ बिचमा रहन्छ । तपाइँलाई साधारणतया कहिले पनि बिमारीले समाती हाल्देन । तपाइँले हेर्नु भयो भने प्रत्येक क्यान्सर भएको मानिसको pH लेवल acidic धेरै नै हुन्छ । मैले माथि उल्लेख गरेका कुरामा  बिचार पुर्याउन सकेनौ भने यसैको कारणले सरिर मा toxin हुन् जान्छ र जसले गर्दा नै  सरिरमा acidic बढछ र त्यो कारणले अझ रोग लाग्न र बिमारी हुने सम्भावना बढेर जान्छ । 

हाम्रो  सरिरमा के भित्र्याई रहेका छौ ? नाक आँखा कान छाला अनि मुखबाट जुन सरिरमा भित्र्याएका छौ । जुन चिजहरु सरिरमा प्रवेश गरेका छन । तपाइले भन्नु होला नाक कान आँखा छाला बाट कसरी toxin सरिरमा प्रवेश गर्छ भन्नु होला । जे जति नकारात्मक र खराब  कुरा छन चाहे सुघ्नुस, चाहे सास फेर्नुस, चाहे त्यसलाई छुनुस । चाहे हेर्नुस ति सबैचिजले तपाइँ हाम्रो सरिर विषाक्त गराउछ  । रह्यो खानेकुरा जो मुखबाट सरिरमा भित्र्याइञ्छ । त्यसको कुरै नगरौ सबभन्दा तुरुन्तै असर त्यसले गर्दछ । राम्रो शुध्द जुन सरिरलाई सुपाच्य छ । जुन खानाले सरिरमा acidic गराउदैन भनी  बिचार पुर्याएर खानु भयो भने सरिरमा कम toxin हुन्छ । नत्र भने मिठो लागे जति खाँदै गर्यौ भने toxin नहुने कुरै भएन । 

साधारणतया आजको दुनियाँमा देखिने तरकारी, अन्न  होस् या फलफुल ति सबै मानिसले ब्यबसायिक तवरले धेरै फल्ने, धेरै समयसम्म नबिग्रेने बनाएर बजारमा  बेच्ने गर्दछन । खानालाइ  उद्योग बनाइएको छ । यो व्यवसायमा धेरै फाइदा पनि छ, मानिसलाई नभई नहुने कुरा पनि हो । जुन खाना हामीले खाइरहेका छौ र बिमारी पनि भैरहेका छौ । अब हामीलाई खाना संग संगै औषधि पनि चाहिएको छ । त्यसैले बिशेषज्ञले भन्ने गर्दछन, फूड इन्डष्ट्रिज र फर्माक्युटिकल्स इन्डस्ट्रिज यिनीहरुको  कहिँ न कहिँ साइनो छन् । एक आपसमा कनेक्सन भएको मान्दछन । यहि धन्दामा बढी फाइदा पनि छ ।

प्राकृतिक अर्गानिक अन्नहरु न त धेरै फल्छन न त लामो  समयसम्म यथास्थितिमा रहन्छ  । त्यसैले यस्तो खेति गरेर किसानलाई पर्ता पर्दैन पनि बजारमा नराम्रो देखिने तरकारी किन्न चाहदैन । अर्गानिक तरकारीको मोल तेब्बर हुन् पुग्दछ । त्यो उपभोक्ताले चर्को मुल्य तिर्न चाहदैनन ।  त्यसैले मानिसहरुले धेरै उत्पादन हुने, बिउ बिजन र  जुन अनाजलाई हाइब्रिड बनाइएको छ, त्यो अनाजको DNA नै परिबर्तन गरेर धरै फल्ने, जिब्रोलाई स्वादिलो हुने बनाइएको छ । त्यो अप्राकृतिक नै हो । जुन कुराले स्वास्थ्यमा नकारात्मक असर देखाउने नै भैहाल्यो । जति प्राकृतिक अन्न फल फुल माथी हस्तक्षेप हुदै गयो । त्यति नै मानिसहरु पनि बिमारी र रोगका शिकार हुन् पुगेका छौ ।  

तरकारी खान्छौ , जुन ताजा राम्रो देखिन्छ त्यहि तरकारी नै बढी विषाक्त हुन्छ । अगर तपाइले तरकारिमा पेस्टिसाइड औषधि हाल्नु भएन भने किरा किरिले तरकारी फल्ने दिदैन, यदि त्यसमा त्यो चिजमा एन्टिबायोटिक र हर्मन मिसाइएन भने सप्रेर फल्दैन पनि त्यसमा पनि रासायनिक मल युरिया। अब ब्यबसायिक खेति गर्ने त्यो जतिसुकै हालेको छैन भनेपनि बिषादी हालेकै हुन्छ । हामीले ति सबै खाइ रहेका छौ । यी विषादीयुक्त खानासंगै हाम्रो सरिरमा थोरै भए पनि बिषले प्रवेश पाइरहेकै छ । त्यो विषाक्त खानाले सरिरमा TOXIN जब संग्रह हुदै जान्छ । अन्त्यमा क्यान्सर जस्ता जटिल रोगको शिकार हुन् पुग्दछौ ।  ति अन्न अनाज तरकारीमा बिषादी र रासायनिक मल खांद हालेको उत्पादन अन्न तरकारी खाएर स्वस्थ कसरि राम्रो होला ? स्वस्थ हुनु पर्ने ठाउमा हामि बिमारी परि राखेका छौ । 

०७/१८/२०२२

क्रमश :