कलेजोको रोग
मानव अङगमा सबै भन्दा ठूलो र महत्वपूर्ण अङग भनेकै कलेजो हो । शरीर सञ्चालनमा यसको महत्वपूर्ण भुमिका हुन्छ । यो बिना शरीर बाँच्न असम्भव छ । यो शरीरको दाहिने भागको करङ्को भित्र दाहिने पेटको माथी हुन्छ । करिब ३.५ पाउन्ड र रातोरखैरो रङ्को कलेजो छुादा चिल्लो र नरम अनुभव गर्न सकिन्छ । कलेजो अग्न्याशय, पित्तथैली भनेको यस्तो अङग हुन्, जुन एकआपसमा मिलेर काम गर्दछन् । यिनीहरूको अनोन्याश्रित सम्बन्ध हुन्छ । त्यसै कारणले गर्दा एक अङगमा रोग लागेमा अर्को अङगमा समेत प्रभाव पार्ने बढी सम्भावना हुन्छ । कलेजोले पाचन नलीबाट प्राप्त रगतलाई शुद्धिकरण गरेर मुटुसम्म पुर्‍याउाछ ।
कलेजोले विषाक्त खाना, केमिकल, नशालु पदार्थलाई शुद्धिकरण गर्छ र औषधिलाई जैविक क्रिया गराएर शरीरमा पठाउाछ । कलेजोले पित्तरस पनि उत्पादन गर्छ, जुन पित्तथैलीमा जम्मा भई सानो आन्द्रा मार्फत शरीरबाट बाहिर निस्किन्छ । पित्तरसले खानामा भएको बोसो तथा चिल्लो पदार्थलाई पचाउाछ । कलेजोमा ब्याक्टोरिया र भाइरस पस्यो भने मनिस कलेजोको रोगी हुन्छ । कलेजोले राम्रोसँग काम गर्न नसकेपछि, विषाक्त पित्तरस फ्यााक्न थाल्छ । यसले पित्तथैलीलाई सङक्रमित गराउनुको साथै कलेजोको कोषाणु सेमतलाई नष्ट गर्दै लैजान्छ । कलेजोको अर्को महत्वपूर्ण काम प्रोटिन र प्लेटलेट (रगत बग्न रोग्ने पदार्थ) परिवतिर्त गर्नु र रगतलाई अवश्यक तत्व उत्पादन गर्नु हो । समग्रमा भन्दा हाम्रो शरीरको कलेजो एक बायोकेमिकल फेक्ट्री नै हो ।

कलेजोमा लाग्ने सम्भावित रोगहरू यस प्रकारका छन ।

हेपाटाइटिस – कलेजोमा इन्फेक्सन भै हेपाटाइटिस हुन जान्छ । यो प्राय दुषित पानी , अधिक औषधीको सेवन , लागु पदार्थको सेवन र एलजिर्क रिएक्सनले हुने गर्छ । यसको पहिलो लक्षण जन्डिस नै हो ।

लीभर सिरोसिस – जुन सुकै कारणले कलेजोमा घाऊ बनेर कलेजोको कोषाणु नष्ट हुने रोग हो यो । यो रोगको समयमै उपचार नभएमा अन्तिममा कलेजो पूर्ण रुपमा काम गर्न असक्षम हुन गै मानिसको मृत्यु हुन्छ ।

लिभर क्यान्सर – यो प्राय लिभर सिरोसिस भैसकेपछि क्यान्सरमा परिणत हुनसक्छ । यस रोगलाई (ज्भउबतयअभििगबिच अबचअष्लयmब) भन्दछन । यो रोग लागेपछि मानिसको मृत्यु हुन्छ ।

लिभर फेल – यो अत्यधिक अल्कोहल सेवन, इन्फेकसन र अन्यकारणले पनि हुन सक्छ ।

एस्साइटिस – यो धेरै जसो कलेजोको रोग र लिभर सिरोसिस भएका मनिसहरूमा हुने गर्दछ । यस रोगमा रोगीको पेटमा पानी जम्मा हुन्छ ।

पित्तथैलीमा पत्थरी – यो रोग पनि लिभरबाट उत्पादन हुने पित्तरसले गर्दा पित्तथैली मा पत्थरी पर्छ । पित्तरसमा इन्फेक्सन भै पित्तनलीमा पनि इम्फेक्सन र रोकावट आएपछि हुने रोगलाई कलङजाइटिस भन्दछन ।

हेमोक्रोम्याटोसिस – यस रोगमा हामीले खाएको खानाबाट अत्यधिक फलाम तत्व (क्ष्चयल) हाम्रो लिभरमा जम्मा हुनजान्छ । अधिक आइरन शरीरको लागि बिष हो । यसले गर्दा लिभर क्यान्सर तथा लिभर सिरोसिस हुन जान्छ ।

प्राइमरी स्केरोसिङ कोलङटिस- यो रोगले बिस्तारै बिस्तारै कलेजोको भित्री र बाहिरी पित्तनलीलाइ नष्ट गर्दै लैजान्छ । यसले बिस्तारै कलेजोका कोषलाई नष्ट गर्छ र घाऊ बनाउाछ । पित्तरसमा इन्फेक्सन भै पित्तनलीमा घाऊ बनेर पित्तरस बग्न रोकावट गर्छ । यसरी बिस्तारै कलेजोमा लिभर सिरोसिस गराएर कलेजोलाई काम गर्न नसक्ने गराउाछ । अन्तमा लिभर फेल भै रोगीको मृत्यु हुन्छ ।

प्राइमरी बिलिअरी सिरोसिस -यस रोगमा बिस्तारै पित्तमा इन्फेक्सन हुँदै जान्छ । बिस्तारै बिस्तारै स्थाइरुपमा कलेजोमा घाउका खाटा पार्दै जान्छ । यसले कलेजो र पित्तनली दुबै कोषहरूलाई नष्ट गरेर कलेजोमा सिरोसिस गराउदछ । दुषित र संक्रमित पित्तको कारणले हुने सिरोसिसलाई भन्दछन ।

कलेजोको कुन खाले रोग हो भनेर पत्ता लगाउन निम्न अनुसारको परीक्षण गरिन्छ ।
लिभर फङसङ् प्यानेल –
ALT( Alanine Aminotransferase)=SGPT
AST( Aspartate Aminotransferase)=SGOT
Alkaline phosphatase
Bilirubin
Albumin-total protein level
Ammonia
Hepatitis A test
Hepatitis B test
Hepatitis C test
PT-prothrombin time
PTT- partial prothromboplastin time
Imaging Test
Ultrasound
CT scan-computed tomography
Liver & Spleen Scan

कलेजो रोगको उपचार

१. औषधीबाट : Jaundice, Hepatitis, Ascites, therapeutic paracentesis.
२..ERCP – When gallstone that form in gallbladder and become in the stuck in the ducts.
3. कलेजोको प्रत्यारोपण – जुन सुकै कारणले कलेजो पूर्णरुपमा काम गर्न नसक्ने भएमा वा जुनसुकै कारणले लिभर सिरोसिस भएमा वा लिभर क्यान्सर भएमा वा लिभर फेल भएमा यसको अन्तिम उपचार भनेको कलेजोको प्रत्यारोपण हो । अन्यथा बिरामीको मृत्यु हुन्छ ।

Leave a Reply