२.  कहिल्यै बिमारी नपर्ने कसरी होला ?

 

कसरी सबै किसिमका रोगलाई उपचार गर्ने ? कसरी सधै स्वस्थ रही रोगमुक्त हुने ? कसरी सदा जवान बनि राख्ने  ? कसरी गतिशिल र स्वास्थ्यलाई जिवन्त राख्ने ? कसरी सतक सम्म निरोगी भएर बाच्ने ? कसरी औषधि र सर्जरी बिना बाच्ने ? कसरी बुढो नभैकन सदा तन्नेरी भएर बाच्ने ?  कसरी जवान हुन कामयाव हुने ? एकपटक रोग लागेर दुख पिडा भोगेको मानिसमा यस्ता प्रश्न  उब्जिन्छन र समाधान के होला भनेर चिन्तन मनन गर्नु स्वभाविकै हुन पर्छ । म मेडिकल डाक्टर त होइन । तर पनि आयुर्बेदको बिद्यार्थी भएकोले हाम्रो स्वास्थ्य र हाम्रो आहार बिहार र प्राकृतिक रुपमा हामीलाई रोग लाग्नवाट कसरी बच्न सकिन्छ ? यसको चर्चा परिचर्चा नगरी रहन सकिन । यस बिषयमा खोज अनुसन्धान गर्नु पर्दछ भन्ने मलाइ लाग्दछ । हामीसंग भैरहेको रोग वा बिमार कसरि उन्मुलन गर्ने ? ति रोग बिमारबाट कसरी भविष्यमा सुरक्षित रहने ? केहि सान्दर्भिक  तथ्य सत्य जानकारीले रोग लाग्नबाट बचाउन र बढदो उमेरलाई सुस्त गति प्रधान गर्न भने सकिन्छ । यदि तपाइँले कुनै डाक्टरबाट उपचार गराई रहनु भएको छ भने तपाइँले के गरिरहनु भएको छ भन्ने कुरा जानकारी तपाइलाइ गराउनु भयो कि नाइँ !  फेरी पनि म मेडिकल डाक्टर भने होइन । मैले त कुनै रोगीको निदान अर्थात के रोग लागेको वा तपाइको स्वास्थ्य अबस्था के छ भन्ने कुरा पत्ता लगाउन सक्दिन होला । 

मैले याँहा आफुले बिश्वास गरेको महत्वपूर्ण लागेका र प्राप्त भएका जानकारी मुलक तथ्य प्रस्तुत गर्न मात्रै खोजेको हुँ । जुन कुराहरु मलाइ सत्य र तथ्य लाग्दछन र मैले बिश्वास गर्दछु । यदि तपाइँलाइ जानकारी भएका रोगहरु क्यान्सर, ब्लडसुगर, ब्लडप्रेसर छ भने कुरा अर्कै होला ! यदि तपाइले कहिले काँही टाउको दुखेको, सरिर दुखाइ, थकान, अपच, ज्वरो, छाती दुख्ने, खुट्टा पाइताला पोल्ने आदी हुँदा हुदै पनी आफुलाई स्वास्थ र नर्मल सम्झनु हुन्छ भन्ने त्यो तपाइको भ्रम हो । तपाइको मेडिकल कन्डिसन नर्मल होइन । स्वास्थ्य मान्छेमा सामान्यतया उसको सारिर गनाउदैन, स्वास गनाउदैन, पसिना गनाउदैन, उसको पिसाप दिशा गनाउदैन, सरिरमा कुनै रयास घाउ बिवरा दाद खाज रेसा र चाया समेत छैन, पुरै समय मज्जाले निदाउन सक्छ,  खाना खाएको पचाउन सक्छ, उसलाई कुनै तनाव र अब्साद छैन, भने उ सदा स्फुर्ती र एनेर्जिक छ भने, जसले कुनै रोगको औषधि खाएको छैन र सप्लिमेन्ट भिटामिन पनि खान परेको छैन भने त्यस्तो व्यक्तिलाई स्वस्थ मान्न सकिन्छ ।

तर बिगतमा खानपानमा गरिएका लापरवाहीले बिस्तारै तपाइको स्वास्थ बिग्रन थाल्दछ र  बिमार हुन् थाल्नुहुन्छ र रोग लाग्दछ । तपाइको बिस्तारै उर्जाशाक्तिमा ह्रास हुन् जान्छ । हुनत मानव जीवन १२० वर्षसम्म जीवित हुन् सक्ने भनिएको छ । मेमल फेमिलीका जीवहरु को पनि सय बर्षको आयु हुन्छ भन्ने विज्ञानले भनेको छ । संसारमा मान्छेहरु एक सय एकचालीस बर्ष भन्दा अबधि वाचेका रेकर्ड पनि छ । बाचेंजल सम्म हामीले बिभिन्न किसिमले हाम्रो सरिरमा खानाको माध्यम बाट वा पर्यावरणको माध्यमबाट वा मानसिक रुपमा भित्र्याएको TOXIN बिषले गर्दा मानिस आफ्नो पुरा आयु बाच्न सक्दैन । हेर्दा खेरि हाम्रो उमेर बढिरहेको जस्तो लाग्दछ । धेरै मानिसहरु अक्सिजन पाइपको नलीसंगै बोकेर बाचेका छन् । कतिपय बुढा मानिस नर्सिङ्ग होममा लाइफ सपोर्ट डिभाइसको सहाराले बाचेका देखेका छौ । वास्तबमा भन्ने हो भने त्यसरी बाचेको जीवन भ्रम हो । खालि तथ्यांक गत जीवन हो । त्यो डाटाले मानव जीवन बाचेको मान्न सकिन्न । जो मानिस थुप्रै बिमार र रोग लिएर बाचिरहेको छ ।

वास्तबमा त्यो मानिस बाचिरहेको भ्रम मात्रै हो । मैले यसो भनिरहदा तितो लाग्न सक्छ । हामीले भावानात्मक रुपमा हेर्ने गरेका छौ । मानव संबेदनशिलका कुरा हुन् । हो यहि संबेदनशिलता कुराले यहाको फुड इन्डष्ट्री, मेडिकल सप्लाएर, इन्सुरेन्स कम्पनी र अस्पतालले अकुत पैसा व्यक्ति र राज्य कोषबाट हडपेका छन् । यो कुरा फेरी पनि अप्रिय लाग्ने गर्छ । त्यसो भए उपचार नगर्ने त ? राज्य सरकार किन चाहियो भन्ने कुरा पनि पक्कै उठछ । मानिसको स्वस्थ्य भएर बाच्ने उसको अधिकार हो । उसले स्वस्थ उपचार पाउनु पर्छ । क्रमश :