मधुमेह (diabetes):
डाइबेटिज २ किसिमको हुन्छ |
मधुमेह टाइप १ एक ;
मधुमेह टाइप एक हो भनेर पत्ता लगाउनु भनेको हाम्रो पेक्रैज(pancreas)ले आबस्याकता अनुसार इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने बुझ्नु पर्दछ | त्यसैले आफ्नो रगतमा ग्लुकोज लेबेल मोनिटर हेरेर डाक्टरको सल्लाह अनुसार दैनिक रुपमा इन्सुलिनको सुइ लिनु पर्दछ यो प्राय बच्चा र युवा पुस्तामा देखिने गर्छ | शुरुमा देखिने मधुमेहलाई जुवेनाइल (juvenile diabetes) भनिन्छ | यसमा सरिरले इन्सुलिन उत्पादन गर्दैन | इन्सुलिन एउटा यस्तो हर्मोन हो, जस्ले गुलियो, स्टार्च र अन्य खानालाई शक्तिमा परिणत गर्न मद्दत गर्दछ | इन्सुलिन एक महत्वपूर्ण रसायन हो, यस्ले खानालाई शक्ति (energy) मा परिणत गर्दछ र हाम्रो दैनिकी जीवनको परिचालनमा शक्ति प्रदान गर्दछ |
मधुमेह टाइप २
रगतमा चिनीको मात्रा नर्मल लेबलबाट माथि गएपछि हामीलाई मधुमेह हुन्छ | यसलाई हाइपरग्लिसेमिया पनि भन्दछन | मधुमेह टाइप २ मधुमेहको साधारण अबस्था हो | यदि हाम्रो शरीरमा इन्सुलिन ठीकठाक प्रयोग हुन् सकेन भने यो मधुमेह टाइप २ हो, यसलाई इन्सुलिन उत्पादनमा अबरोध भएको मानिन्छ | पहिले पेंक्रैजले प्रसस्त इन्सुलिन उत्पादन गर्छ, पछी गएर आबस्याक इन्सुलिन रगतमा पुराउन नसकी मधुमेह रोग बन्न पुग्दछ |
जब ग्लुकोज सरिरको कोषमा जानको सट्टा रगतमा गैरहेको हुन्छ | यसको २ वटा कारण छन् | यसले तुरुन्त हाम्रो सरिरको कोषले शक्तिको लागि खाना मागिरहेको हुन्छ | धेरै समयसम्म उच्च मधुमेह (high blood glucose levels) सरिरमा रहिरह्यो भने यस्ले आँखा, किडनी, नशा र मुटुमा नोक्सान गर्छ | केहि मान्छेले आफ्नो टाइप २ मधुमेहलाइ स्वास्थ्य खाना र सारीरिक क्रियाशील भैरहेर कन्ट्रोल गर्न सक्छन | टाइप २ मधुमेहलाइ प्राय शुरुका दिनमा औषधि चाहिदैन तर लामो समय बित्दै जादा यस्ले धेरै नोक्सान गर्न सक्छ त्यसैले आफ्नो रगतमा चिनीको मात्रा रोग लाग्यो भनेर आत्ती हाल्नु पर्दैन | तर साबधानी भने भै रहन पर्ने हुन्छ | यसमा आफ्नो रगतमा ग्लुकोज लेबल कति छ ? कति इन्सुलिन कति पटक लगाउनु पर्छ ? भन्ने कुरा भुल्नु हुदैन | बेला बेलामा डाक्टर संग सल्लाह लिन जरुरि छ |
मधुमेह हुने रोगीले ब्लड सुगर लेबल यस अनुसार ब्यबस्थापन गर्नु आबस्याक छ |
भोको पेटमा – 100 mg/dl भन्दा कम हुन् पर्छ |
खाना खानु अघि – 70 – 130 mg/dl हुन् पर्छ |
खाना खाएपछि – 180 mg/dl (१ -२ घण्टा सम्म)भन्दा कम हुन् पर्छ |
ब्यायाम गर्नु भन्दा – 100 mg/dl कससे कम हुन् पर्छ यदि रोगीले इन्सुलिनको सुइ लिएको छ भने |
सुत्ने बेलामा – 100 – 140 mg/dl बिचमा हुनु पर्छ |
औषधि उपचार :
सरिरमा ग्लुकोजको मात्रा सन्तुलन राख्न आबस्याक पर्ने हुनसक्छ, त्यसैले आफ्नो डाक्टरबाट खाने औषधि र इन्सुलीनका इन्जेसन साथमा लिई राख्नु पर्दछ |
सारीरिक ब्यायाम::(Exercise)
ब्यायाम र योगाले मधुमेहलाइ सन्तुलन राख्नलाइ ठुलो मदत गर्दछ | यसो गर्यो भने आफुलाई चुस्त दुरुस्त पनि राख्छ र ग्लुकोज लेबललाई सन्तुलन बनाउछ |
आहार: (Nutrition)
मधुमेह रोगमा खानाको बिशेष महत्वपूर्ण भूमिका हुन्छ | फरक किसिमका खानाले हाम्रो सरिरमा र रगतमा ग्लुकोजको कस्तो प्रभाव पार्छ भनेर जान्नु पर्छ र खुराकको दैनिक तालिकाको ठोस योजना सिक्नु पर्दछ |
सरसहयोग Support
मधुमेह भएका रोगीहरुलाई भावनात्मक सहयोग गर्नु पर्दछ | प्राय बिशेष गरेर मधुमेह भएका रोगीहरुकालागी खानामा कार्बोहाइड्रेट गणना दैनिक रुपमा रगत जाच गर्न समेत सहयोग गर्न ग्लुकोज लेबल कम बेशी भएको जानकारी गराउन भावात्मक र भौतिक रुपमा सपोर्ट गर्नु पर्दछ |
बैकल्पिक उपचार :
योगा: कपालभाती ,भस्त्रिका ,अग्निसार,अनुलोमविलोम ,मंडु कासन, बक्रासन, मत्स्यासन, अर्द्ध हलासन, भुजंगासन
आयुर्वेदिक औषधि: मधुकल्प ,ग्लुकोसिल, सिलाजित ,चन्द्रप्रभा
घरेलु:
नखाने= मिठाइ , भात,आलु , तैलीय पदार्थ ,मसालायुक्त, आँप, अनारस,अंगुर , दहि
खाने = दैनिक २ चम्चा करेलाको रस, दिनको २ पटक मेथीको धुलो पानीसंग
काक्रो करेला, टमाटरको जुस, बैकल्पिक उपचार विधिले डाइबेटिजको कारणले हुने रोग मुटु रोग,किडनी रोग र आखाको अन्धापन हुन बाट जोगाउछ | योगासनले यो रोगलाई निर्मुल पनि गराउन सक्छ !
पिनास (sinusitis):
नाकदुवै साइडमा र टाउकोमा अगाडी र पछाडी भागको खाली क्याभिटि(air cavity) हुन्छ | त्यसले बिशेष स्वास लाइ फिल्टर गर्दछ | अनि ब्याक्टेरियालाइ पनि त्यसैमा रोक्ने गर्दछ | त्यसैलाई साइनासेस भंदछन | त्यसमा संक्रमण भै लाग्ने रोगलाई पिनास वा sinusitis भन्दछन |
लक्षण: पिनासको टाउको दुखाइ, नाकको वरिपरिको भाग र टाउकोमा दुखाइ र कडापन हुन्छ | कान र दातमा समेत दुखाइ बढन जान्छ |
नाक बन्द हुने, सिगान आउने, घाटीमा खरासहुने, खोकी लाग्ने, कान दुख्ने, अनुहार फुलिने पनि हुन् सक्छ |
ब्याक्टेरियल साइनस इन्फेक्सन हुदा साधारण औषधिले काम गर्दैन, एंटिबायोटिक खानु पर्ने हुन्छ | इ एन टि डाक्टरसंग कन्सल्ट गरेर औषधि उपचार गर्न पर्दछ |
यो बल्झिदै जादा मेनेंजाइटिस, osteomyelitis, र orbital cellulitis हुन् सक्ने सम्भावना हुन्छ |
बैकल्पिक उपचार योगा:नेती, आसन ( उत्तनासन, सर्वासन, हलासन, सिर्सासन), प्रणायाम (भस्त्रीका, कपालभाती, भ्रामरी ),सुर्य नमस्कार आयुर्वेद: .नास्य ओइल, अदुवा र मह तुल्सीपत्ता,ल्वांग,
घरेलु : वाफ लिने, तुलसी पातको नास लिने | नखाने: दुध, सुगर, कफी, तारेको खानेकुरा, रक्सि चुरोट चकलेट आदि
अल्सर (Ulcer)
अल्सर भन्ने बित्तिकै peptic ulcer भन्ने बुझिन्छ | gastrointestinal tract लाइ पेप्टिक बुझिन्छ भने घाटि गला आमासय आन्द्रामा घाउ बनेर संच नभएको अबस्थालाई पेप्टिक अल्सर भनिन्छ | पेप्टिक अल्सर रोगमा पाचन प्रणालीसंग सम्बन्धित र खानाको नली वा आमासय वा आन्द्रामा घाउ अथवा प्वाल भएको हुन्छ | यहि रोगलाई पेटको अल्सर भनिन्छ | लक्षण: पेट पोल्ने , छाती दुझने पोल्ने , पेटबाट निस्कने अमिलो पदार्थ अल्सर भएको ठाउमा पुगे पछी एकदमै दुख्ने हुन्छ | पेट दुख्न थाले पछी असह्य भै लडन सक्छ | खाली पेटमा अबस्था पिडा दायक बन्न जान्छ | खाना अपच हुने, वान्ता हुने, रातमा तिर मिराउने, यो रोगमा छाती वा नाभीको माथिपटिको भाग दुःखछ । खाली पेट वा खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ, बेचेनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छादनु आन्तरिक रक्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ| कारण: ब्याक्टेरियाले पेट र आन्द्रामा इन्फेक्सन भएको कारणले पनि अल्सर हुन् सक्छ |धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाइ हटाउने दबाइ खाने जस्ता बानीले आमाशयमाा घाउ हुन्छ जसलाई हामी अल्सर भनेर चिन्छौं । धुम्रपानले पनि अल्सर हुन् सक्छ | पेटको क्यान्सरले पनि हुन् सक्छ |
जांच तथा उपचार :
रगत, स्वास र दिशा जाच गरिन्छ गरिब्याक्टेरियाको टेष्ट गरिन्छ |इन्डोस्कोपी गरि घाटी, पेट, आन्द्रामा अल्सर भए नभएको जाच गरिन्छ | barium मिस्रित औषधि खुवाएर एक्स-रे गरिन्छ | यसले पनि अल्सर भएको नभएको पत्ता लगाउन सकिन्छ | h.pylori ब्याक्टेरिया अल्सरमा भए एन्टिवायोटिक खान पर्ने हुन्छ | साथमै एन्टासिड खानु पर्ने हुन् सक्छ |omeprazole, nexium, pantoprazole रोगको स्थिति हेरेर लामो समय सम्म पनि खानु पर्ने हुन् सक्छ | अल्सर बिग्रिएर क्यान्सर हुन् सक्छ | यदि खानपिन लापरवाही भयो भने |
पेटको अल्सर लागिसकेपछि के के खाने ?
खाना ५-६ पटक थोरै थोरै गरेर खाने । चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने । खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट, मक्खन खाने । अंगुर, पाकेको केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने ।
पेटको अल्सर लागि सकेपछि के के नखाने ?
अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ नखाने । रक्सी, धुम्रपान र गाढा रंग हालेको चिया कफी नखाने । एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना नखाने ।
रोग निवारणमा सहायक उपाय पेटको अल्सर लागिसकेपछि के के गर्ने ?. खाना निश्चिन्त भएर विस्तारै चपाइ चपाई खाने । शारीरिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । तनाव र चिन्ता हटाउने र हास्न र खुशी रहन सिक्ने घर बाहिर काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने २-४ वटा विस्कुट खाने । शरीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्ने पेटको अल्सर लागिसकेपछि के के नगर्ने ? धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने । मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने राती धेरैबेरसम्म नबस्ने । दुखाइ हटाउने दबाइ आफू खुशी नखाने । दिउँसो सुत्ने बानी नबसाउने । कालो चियाको प्रयोग विल्कुलै नगर्ने | बैकल्पिक उपचार योगा : कपालभाती,अग्निसार, प्राणायाम, भुजन्गासन, सवासन आयुबेदिक औषधी: शंख भष्म, महाशंख वटी, शुकुमारा घ्रित, वेलको रस घरेलु: अनारको दानाको रस, वेलको रस, महि, केरा, क्यास्टर ओयल, अमला एलोभेरा नखाने अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ नखाने । रक्सी, धुम्रपान र गाढा रंग हालेको चिया कफी नखाने ।एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना नखाने | एक दुध, घ्यु, मिठाइ, तारेको, मसलायुक्तखाना