रोग मानिसको सबभन्दा ठुलो सत्रु हो । कुनै रोग साधारण होलान ऊपचार् पाएमा निधान हुन सक्छ । कुनै रोग यती भयानक हुन्छ । जसले मानिसको सम्पूर्ण जायजेथा बेचेर ऊपचार् गरेर पनि बाँच्न सकिदैन । रोगी त मर्छनै परिवार समेत गरीबी र अभावमा बाच्नु परेको समाजमा प्रसस्त उदाहरण छन । मानिसका धेरै सत्रु हुन्छन । भोक, गरिबी, अभाव ,कुरिती ,कुसस्कार ,जातियता, अन्ध धार्मिक, दुसबिचार, दुस्चरित्र र अन्य समाजका हुने गलत बेबहार ,अपराधीहरु पनि मानिसका सत्रु हुन । सामाजिक बेब्स्था र असल राजनीति र नेता भएमा यि सबै सत्रुसँग लडन सकिन्छ । रोग एउटा यस्तो सत्रु हो । जसमाथि बिजय पाउन संसारका बीकसित राष्ट्रहरुले ठुलो लगानी गरे पनि सफल हुन सकेका छैनन । यध्यपी धेरै रोगको आस्थायी भयपनी समाधान भएको छ । भोक , गरीबी र अभाब सँग त लडन सकिन्छ तर मानिसलाइ रोगसङ्ग लडन अती कठिन हुन्छ र हुदो रहेछ । मानव शरीर इश्वरले यस्तो बनाएको छ कि हजारौ बर्षासम्मको अध्ययनअले पनि जान्न सकिएको छैन । मानवमा लाग्ने रोगको बारेका अनुसन्धान गर्न हजारौं डाक्टर र बैज्ञानीक अनबरत रुपमा लागिरहेका छन । कुनै रोगको औषधी पत्ता लगाउन पाएको हुँदैन अर्को नयाँ रोगको उत्पती हुन्छ । ब्लड प्रेसर, पायल्स कब्जियत, दम, झाडा पखाला, ज्वरो, रुघा खोकी , मधुमेह, टी.बी. आदी रोग साधारण भईसके । जबकी यि रोगमा समेत अनुशासित रुपमा औषधी सेवन नगरे मान्छेको मृत्यु हुन सक्छ । तरपनी यि रोग साधारण भाईसके औशधी खाएपछी निको हुन्छ केही रोगलाई खाइरहन पर्छ । केही रोग य्स्ता पनि छन जुन उपचार् गरेपनी सन्च हुँदैन । मान्छे मर्छ् । क्यान्सर, एड्स, लिभर, किडनी । फोक्सो, मुटु आदी रोग लागेमा यमराजले नै बोलाएको मानिन्छ । हुनत मान्छे जन्मने बित्तिकै मर्ने बाचा लिएर आएको हुन्छ । हरेक मान्छेले मर्नु पर्दछ । मर्ने कुरामा सबभन्दा डराउने प्राणि नै मान्छे हो । किनभने मरेपछी आफु यो संसारमा रहदैन । उसले यो संसार भोग्न र देख्न पाउदैन । यो कुरो उसलाई ज्ञान छ । रोग के कारनले लाग्छ ? धरै मान्छेलाई थाहा छैन पनि । थाहा भएका मान्छेले पनि हेल्चेक्राइ गर्छन्। रोगको मुख्य श्रोत भनेको हाम्रो खाना हो । भोजन्को साथ्साथै मन सन्तुलन भएन भने धेरै रोगले शरीरमा डेरा जमाउछ । अर्को रोग लाग्नुको कारण शरीरमा दुसित पदार्थ जम्मा भैइ पेटमा कब्जियत हुने, बिभिन्न ग्रन्थिहरुको सन्तुलन बिग्रेर पनि हो । रोगको मुख्य श्रोत भनेको हाम्रो खाना हो । भोजन्को साथ्साथै मन सन्तुलन भएन भने धेरै रोगले शरीरमा डेरा जमाउछ । अर्को रोग लाग्नुको कारण शरीरमा दुसित पदार्थ जम्मा भैइ पेटमा कब्जियत हुने, बिभिन्न ग्रन्थिहरुको सन्तुलन बिग्रेर पनि हो। फोहरमैला र दुसित बातावरण ,कुपोशन्ले पनि धेरै रोग लाग्छ र मान्छेको मृत्यु हुन सक्छ । हामीले अज्ञानताबस शरीरलाई नोक्सान हुने खाना खाइरहेका छौ । थाहा भएका मान्छेले पनि हेल्चेक्राइ गरिरहेका छौ । जसको परिणाम स्वरुप ठुल्ठुला रोग निम्त्याइरहेका छौ । दुर्घटना र भवितब्यलाई छोड्ने हो भने, रोग नै मृत्युको बहाना हो। रोग लागेरै मान्छे मर्छ । मेरो मन्साए यतिमात्र हो |मान्छेले औशद आयु स्वास्थ्य भएर बाँच्न पर्छ र बाँच्न पाउनु पर्छ । कस्ट र पिडालाई कम् गर्न उपचार् गर्न पर्छ । रोग्को पिडा रोग लागेका मानिसले मात्र बुझ्न सक्छ । त्यो कस्ट र पिडा शब्दमा ब्यक्त गर्न सकिन्न । मान्छे पापसँग डराउनु पर्ने हो । कुकर्म सँग डराउनु पर्ने थियो । तर मान्छे पाप र कुकर्म गर्न डराउदैनन , मान्छे म्रुत्यु भन्ने बित्तिकै डराउछन । औशद आयु बाच्नको लागि आमाको कोखदेखी नै स्वास्थ्य हुनुपर्छ । कतिपय रोगहरु जेनेटिक हुन्छन । त्यो रोग आफ्ना शंतानमा बन्सानुगत सर्छ । त्यसलाई रोकथामा मात्र गर्ने हो
आजको जमाना बिलासिताको जमाना भएको छ । जब मान्छेहरुको आधुनिकता प्रती आकर्सित बढछ , उनिहरु मदिरापान, सुर्टिजन्य, चुरोट बिडी अन्य लागु पदार्थ सेवन गर्न थाल्छन । एकातिर आधुनिकता र सपन्नता प्रद्र्शित गर्न गरिएको खानपान छ भने अर्को तर्फ अती गरीबीका कारण कुपोशन खाना यि दुबै खानपान मानव स्वास्थ्यको लागि हानिकरक छन । जस्को कारनले संसारका अबिकसित होस वा बिकसित् देशका मानिसहरु मुटु ,मधुमेह ब्लड प्रेसर म्रिगौला ,फोक्सो, कलोजो, क्यान्सर जस्ता खतरनाक रोगले ग्रसित हुन पुग्छन । आजको जमाना बिलासिताको जमाना भएको छ । जब मान्छेहरुको आधुनिकता प्रती आकर्सित बढछ, उनिहरु मदिरापान, सुर्टिजन्य, चुरोट बिडी अन्य लागु पदार्थ सेवन गर्न थाल्छन । एकातिर आधुनिकता र सपन्नता प्रद्र्शित गर्न गरिएको खानपान छ भने अर्को तर्फ अती गरीबीका कारण कुपोशन खाना यि दुबै खानपान मानव स्वास्थ्यको लागि हानिकरक छन । जस्को कारनले संसारका अबिकसित होस वा बिकसित् देशका मानिसहरु मुटु, मधुमेह ब्लड प्रेसर म्रिगौला, फोक्सो, कालोजो,क्यान्सर जस्ता खतरनाक रोगले मृत्यु निम्त्याएको छ । काल पस्नु भनेको नै रोग लाग्नु हो , अगर रोगको चाडोनै उपचार् वा रोक्थाम भएन भने औशध आयु भन्दा अगाडिनै जीवन सम्मप्त हुन्छ । केही त निरन्तर महँगो उपचार् गरिरहनु पर्ने हुन्छ । नियमित औषधी उपचार भाईरहेमात्र बाँच्न सकिन्छ । कतिपय रोग यती भयावहहुन्छ कि सरिरमा अङग नै प्रत्यारोपन गर्नु पर्ने हुन्छ । कतिपय रोगमा दाक्टरले रोग नचिनेर वा (डाइगोनोसिस) नभएर रोगिको मृत्यु हुन्छ । कुसल डाक्टर र असल प्रबिधी भएमा मुटु, कलेजो ,फोक्सो ,म्रिगौला समेतको प्रत्यारोपन गरी बाँच्न सकिदो रहेछ । मेरो पनि लिभर फेल भएको कारन्ले मर्ने अवस्थामा पुगेको थिए । मेरो कालेजोको सफल प्रत्यारोपन भएकोले, म बाँच्न पाए । अङ्ग प्रत्यारोपन गर्नै पर्ने रोगको उपचार् साह्रै महगो प्रबिधी हो ।आम नेपालीहरुको हैसियत्ले पुग्दैन ।
अली पुजिपतीले मात्रै गर्न सक्छ्न । नेपालमा भर्खर मात्रै म्रिगौला प्रत्यारोपनको प्रबिधी भित्रिएको छ् ।त्यो पनि धेरै महगो छ , सफलताको प्रतिशत पनि कमै छ । नेपालमा मुटु कालेजो, फोक्सोको प्रत्यारोपन प्रबिधी भित्रिय्को छैन । भित्रिय पनि आमनेपालि को हैसियतले पुग्ने छैन ।
म कलेजोको रोगले ग्रसित थिए, बिगत ४ वर्ससम्म । धेरै जसो अस्पातलको बास हुन्थ्यो । जिबन र मृत्युको संघर्शमा बाचिरहेको थिए । अमेरिकि सरकारको खर्चमा मेरो कलेजोको प्रत्यारोपन भएको थियो । रोग लागेपछी जस्तै बलवान जवान भएपनी असक्त निरिह हुन पुगिदो रहेछ । म अमेरिका छु पक्कै उपचार पाउछु ! भन्ने लाग्थ्यो । डाक्टरले कालेजो पूर्णरुपले बिग्रेको छ भनेर अस्पातलमा रिफर गरेको थियो । छिटो लिभर प्रत्यारोपन गर्न नसकेमा मर्ने निश्चित थियो । अमेरिकामा पनि ट्रान्स्प्लान्टको वेटिङ लिस्टमा बस्दा १०% बिरामी प्रत्यारोपन गर्न नपाएर मर्दा रहेछन । यो डाटा थाहा पाएपछी झन बच्ने आशा कम् भएको थियो । जीवनको अन्तिमा क्षण मृत्यु हो । मान्छे एकदिन मर्नै पर्छ ।यो कटु सत्य सबैलाई थाहा छ । तर असामयिक मृत्यु परिवार र आफन्तजनलाई असाध्यै पिडादायक हुन्छ ,चाहे त्यो दुर्घटनाबाट होस चाहे त्यो अल्पायुमा रोग लागेर होस । मान्छेले कती बाँच्न इछ्या राख्नु पर्छ भने जतिसम्म आफुले आफ्ना अन्त्यन्तै निजी काम आँफैले गर्न सकियोस । हात मुख धुने, नुहाउने ,दार्ही काटने, खाने, बस्ने, सुत्ने, लुगा लगाउने इत्यादी, यी पनि अरुले गरिदिन पर्ने भएपछी उसको जिबन निरर्थक हुनुको साथै परिवारको पनि बोझ बनिन्छ ।
मान्छेमा अल्पायुमै मृत्युको दस्तक दिने क्यान्सर, ब्लड क्यान्सर, लिभर, किडनी, लङ्स , हर्ट ने ठुला रोग लागिरहेको छ । क्यान्सर, ब्लड क्यान्सर, लिभर, किडनी, लङ्स, हर्ट यि रोगको सर्जरी र उपचार धेरै महङ्गो छ । अब लाखले नपुगेर करोडौ रुपयामा पुगेको छ । अधिकान्स नेपालीहरु रोग थाहा नपाई मरिरहेका छन । रोग पत्ता लागेर पनि समयमा उपचार् गराउन नपाएर मरिरहेका छन । रोग पत्ता लागेर सम्पूर्ण सम्पत्ती सकेर उपचार् गराउदा निको नभै मरिरहेका छन । न सम्पत्ती रह्यो, न त आफ्नो मान्छे नै रह्यो ,यस्तो अवस्थामा परिवारअहरुले असह्य पिडा भोग्नु परेको छ । रोग यस्तो चिज हो, यसले न राजालाई छोडछ, नत गरीब, धनी, बिध्वान, अनपढ, नेता कसैलाई पनि छोडदैन । त्यसैले त मान्छेले सत्रुसँग लडछ ,गरिबी सँग सङ्ग लडछ अन्यायको बिरुध्द लडेर जित्न सक्छ, तर रोग्लाई जित्न असाध्यै गाहारो छ ।रोगले दिएको पिडा दर्द उपचारमा पानीसरह बगाएको खर्च, परिवारको चिन्तित अनुहार, आफुले परिवारको खर्च धानेर चलाएको परिवार दुखी देखेर झन यसले त मन ,मतिश्क, हिम्मत ,हौसल्ला, सरिर सबै एकै चोटी भत्काइ दिन्छ । मान्छेको आत्मा विश्वासलाई यस्तरी कमजोर गराउछ कि मान्छेले निरास लाचार भै मृत्युलाई वरन गर्नु पर्ने बनाइदिन्छ । म पनि यस्तै रोग्ले पीडित हुन पुगे । शायद मेरो कलेजोको रोग बच्चै हुँदा नै थियो होला ? जन्डिस शरीरमा देखिएको एक दुई पटक थियो । खानपिममा खुबै ख्याल राखेको थिए । लिभरको चेक जाच गरिराखेको थिए । कुनै खराबी रिपोर्ट आएको थिएन । म धुक्क थिए । खानपिन पनि साधारण गरिरहेको थिए । यस्तरी लिभरको रोग देखियो कि जसले मलाई मृत्युको मुखमा लग्यो । अचानक बेहोस भएर हपिटलमा पुगी उपचारको क्रममा म कोमामा पुगेको थिए । त्यहाबाट बचेँपछी मात्रा मलाई थाहा भयो । मेरो लिभर पूर्ण रुपले खराब भईसकेको रहेछ । डाक्टरर्हरुले लिभर फेरेर मात्र बाँच्न सकिने बताए । अब म यस पटक बचेँ पनि अब चाँही मुस्किल छ भन्ने ठाने । हस्पितलबाट डिस्चर्ज भए पछी अनेक पथ्परहेज गरेर ४ बर्ष अनेक दु:ख पिडा भोगेपछी मात्र मैले लिभर ट्रन्स्प्लान्ट गर्न पाएको थिए ।
रोग नलागोस भनेर केही अत्यावस्याक साबसानी अपनाउनु नै पर्छ । सर सफाइ महत्वपूर्ण हो भने सुध्द पिउने पानी हुनु आवश्यक छ ,पानिकै कारनले किडनी र कालेजोको रोग लाग्छ । हेपाटाटिस ए बि सि दुशित पानी र भाईरस को कारण लाग्छ ,अधिक मदिरा सेवनले त लिभर बिग्रन्छ । सन्तुलन आहारले स्वास्थ्य जीवन बिताउन मद्दत गर्दछ । सन्तुलन आहार , शुध्द पानी ,अर्गनिक खाना ,रेगुलर ब्यायामा, स्वास्थ्यबिचार, मन मस्तिस्क ,भएमा धेरै जसो रोगबाट बाँच्न सकिन्छ । स्वास्थ्य रहौ, सुखी बाचौ ।