आदत,
एउटा मनोरोग हो भन्दा पनि हुन्छ । मान्छेमा आदत कसरि बन्छ ? संसारमा राम्रो कामको आदतभन्दा नराम्रो कामको आदत मान्छेले अनुसरण गरेका हुन्छन किन ? यी कुराहरु माननीय छ । अरे हजुर के गर्ने म त आदतले मजबुर छु । म यो अम्मल छोडने सक्दिन ! म सुत्न सक्दिन, म रक्सि छोडन सक्दिन, म पढन सक्दिन, म अरुको कुरा नकाटी बस्न सक्दिन ! मलाइ एक्सरसाइज गर्ने मन लाग्दैन, अथवा बोलिरहन मन लाग्छ । कुनै काममा लागिरहन मन लाग्छ । हल्लेर हिडन मन लाग्छ । कुनै पनि काममा मन लाग्दैन । राम्रो नराम्रो जस्तो काम होस् त्यसले सन्तुष्टि दिन्छ त्यही काममा रमेर बस्न चाहने प्रवृति बढ्दै जान्छ । यो किन हुन्छ ? के कारणले मान्छेले यसो गर्छन जबकि त्यो कामले उ बर्बाद भैरहेको छ । तर पनि उसले सुधार गर्न चाहन्न र सक्दैन किन ? यो एउटा खोज्न र कारण जान्न आबस्याक छ । अथाह प्रेम , अथाह घृणा, आक्रोस, वा व्यभिचारी बनेर खुसि र सुखी हुने शक्तिशाली मनोकांक्षा बोकेका थुप्रै मानिसहरु हाम्रा समाजमा छन ।

यसको कारण के हो ?

मानव मश्तिश्कले एक रासायनिक पदार्थ डोपामाइन बनाएर स्नायुमा प्रशारण गर्दछ । डोपामाइन (Dopamine) एक यस्तो केमिकल रासायनिक तत्व हो जसले दिमागलाई एकोहोरो बनाइदिन्छ । उसले गरिरहेको कामले उसलाई संतोष्ट बनाउदछ । खुशी बनाउदछ, जुन चिज गरिरहदा उ आनन्दित हुन्छ उसले त्यो कर्म छोडन मन पराउदैन । डोपामाइन मस्तिष्कमा उत्पादित भै आनन्दित भएको अबस्थालाई ध्यानिहरुले अपुर्ब ज्योतिको रुपमा बर्णन गरेका छन् । यो ज्योतिको अनुभव गरेर मानिसहरु अन्त्यैन्तई आनन्दित खुशी हुने गरेको तथ्य पनि आएको छ । डोपामाइन रसायन एउटा शक्तिशाली मनोकांक्षा बढाउने तत्व हो । जसले मानिसहरुमा नकारात्म वा सकारात्मक एउटा शक्तिशाली मनोकांक्षि बनाउदछ । त्यसैले यसलाई प्रेम भनिएको । व्यभिचार भनिएको छ । आक्रोस भनिएको छ प्रेरणा भनिएको छ । यसले नारीप्रतिको आकर्षणलाइ बढाउछ । डोपामाइन केमिकल एक किसिमको लत हो ।
डोपामाइन रसायन प्राकृतिक प्राणीहरुको सरिर वा मस्तिष्कबाट उत्पादित तत्व हो ।

बजारमा डोपामाइन इन्जेक्सन र औषधिको रुपमा पनि पाइन्छ । तर यो मुटु र किडनीको रक्त संचारको लागि दिइन्छ । यो लो प्रेसर, हार्ट एटाक्ट , सर्जरी, किडनी फ़ेलियर्स र सिरियस कन्डिसनको लागि दिइन्छ ।

आनन्द र खुशी बनाउने मानवमा हुने रासायनिक तत्व के हो ? भनेर खोज्दै जादा यो पाए ।

Leave a Reply