वात (Arthritis)
सरिरमा हुने दुखाइ,शोथ (सुन्निने ) र कडापन हुने लक्षण देखा पर्दछ | यस्ता लक्षण साधारणयता वात अथवा गठिया कारणले हुने गर्दछ | जसलाइ आर्थराइटिस भन्दछन | मानिसमा धेरै किसिमका वात रोग हुने गर्दछन तर यहा प्राय हुने ३ किसिमका वात रोगको बारेमा चर्चा गरिराखेका छौ |
1.ओस्टोआर्थराइटिस(Osteoarthritis)
यो रोग साधारणतया हाड जोर्नीमा कमजोरी भै रोग बन्दछ | हाडजोर्निमा असामान्य wear and tear स्थिति भएर हाडजोर्नीको टिस्सु (कोष) नाश हुदै जान्छ | यो रोगमा सरिरको प्राय सबै जोर्निहरुमा हुने गर्दछ | यसले सबै भन्दा धेरै असर कमर,घुडा, घाटि, हातका औलाहरुमा असर गर्दछ | यो प्राय पुरानो चोटको कारणले, सरिरको वजन बढी भै हाडजोर्नीमा तनाब उत्पन्न भै यो रोगको सुरुवात हुने गर्दछ | यस रोगमा हड्डीको पुछारमा हुने तन्किने कोष खीइदै जाने जान्छ, जुन कोषले घर्षणलाइ कमि गराउन सक्दैन र हाड जोर्नी सुनिने दुख्ने गर्दछ | जोर्निका हड्डी एक आपसमा नजिक हुदै जाने, घर्षण र दवाव बढ्दै जानाले अरु जटिल समस्या आउछ |
के कारणले हुन्छ वात ?
हाडजोर्निमा हुने एक किसिमको cartilage नामक कोष तन्किने र लचकदार कोष हुन्छ |जसले हड्डीको जोडमा ग्रिसको काम गरेको हुन्छ | त्यो कोष बिस्तारै नास हुदै जान्छ र त्यो भाग कडा हुदै जान्छ | कोषले भारलाई समन गर्न सक्दैन, मांसपेशीमा खिचाव आउछ र दुखाइ बढ्दै जान सक्छ | अझ यो अबस्था बढ्दै गयो भने हाड एक आपसमा घोटिएर अरु खराब अबस्था आउँन सक्छ | जब हाम्रो उमेर बढ्दै जान्छ, यो रोग हुने सम्भावना पनि बढ्दै जान्छ | ५० बर्षको उमेर पछी यो रोग लोग्ने मान्छेको तुलनामा आइमाईलाई बढी हुने गर्छ | कसै कसैलाई कम उमेरमा पनि यो रोग हुन् सक्छ |
१. बंशानुगत: केहि मानिसहरुलाई बंशानुगत( हेरिडीटि)को कारणले ती cartilage कोषको निर्माण गर्न सक्दैनन् जसको कारणले यो रोग हुन् जान्छ |
२. जन्मदै कुप्रो परेर जन्मेको बालकमा यो रोग हुने गर्छ |
३. मोटो मान्छेलाई सरिरको वजनलाई थाम्न नसकेर पनि जाँघ, घुंडा, मेरुदण्डमा वात लाग्ने गर्छ |
४. हाड जोर्निहरुमा चोट पटक लागेर वा भाचिएर भएको सरिरको अंगमा वातरोग हुनलाई मदत गर्दछ |
५. धेरै पटक झुक्न पर्ने काम वा हात खुट्टा चलाई रहन पर्ने काम भएका मानिसलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ |
६.अन्य रोगहरु जस्तै हर्मोनको कारण अथवा सरिरमा आइरनको मात्रा बढी हुने र सारीरिक कम्जोर भएको बेलामा पनि यो रोग लाग्ने सम्भावना बढछ
यस रोगको लक्षणहरु :
*जोर्निहरुमा एकदमै पिडा हुन्छ, खास गरि आफु चलायमान गरि रहदा
*सक्रिय हुदा वा लामो समयसम्म निस्क्रिय पछी दुखाइ हुने गर्छ |
*आराम गर्दा वा बसिरहदाको तत्पश्चात सरिर मा कडापन हुने |
* हातका औलाहरुका बिचमा र छेउका जोर्निहरुमा दुखाइ हुन् सक्छ |
* हाड जोर्नीमा सुजन |
यसको निदान के हो ?
यो रोगको निदान वा खुट्याउन पत्ता लगाउन, रगतको परिक्षण, एक्स रे, एम आर आइ आदि हुन् | आर्थोस्कोपी (arthroscopy) सर्जिकल प्रक्रियाबाट पनि वात रोगको (diagnosis) पता लगाउन सकिन्छ | दुखेको ठाउको परिक्षण, सुनिएको ठाउ र त्यसको अबस्था र लक्षणले कुन खाले वात हो भनेर पट्ट लगाइन्छ |
यसको उपचार के हो त ?
यो रोगले पिडित भएपछी, पीडालाई कम गर्न केहि सारीरिक ब्यायाम गर्न लगाइन्छ | दुखाइ कम गर्नको लागि पेन मेडिसिन दिईन्छ | तौल घटाउन आबस्याक भएका रोगीहरुलाई तौल घटाउन लगाइन्छ | कहिले काही घुडा सुनिएर पानि जमेको हुन् सक्छ, त्यो अबस्थामा घुडाको पानि निकालिन्छ | हाड जोर्नीमा औषधिको सुइ लगाउने गरिन्छ | दुखेको ठाउमा चिसो वा तातोले सेकेर पनि दुखाइ कम गर्न सकिन्छ | यस्तै किसिमका उपचार गरिन्छ | साधारणतया सर्जिकल विधिबाट केहि कम त हुने छ तर निको हुदैन | जोर्नीमा भार काम गर्न सहायक लौरोको सहायता लिनु पर्छ |
औषधीहरु:
acetaminophen (tylenol), ibuprofen( Advil,motrin), naproxen यी औषधिहरु पसलमा किन्न पाइन्छ | यी औषधि लगातार खाइ राखे यस्ले साइड इफेक्ट गर्न सक्छ, डाक्टरलाई जचाएर मात्र औषधि खानु उपयुक्त हुने छ | दुखेको ठाउमा लगाउने केहि क्रिम र स्प्रे पनि हुन्छन त्यसले पनि दुखाइलाइ कम गर्न सकिन्छ |
सर्जिकल उपाए :
arthroscopy दुखेको, सुन्नीएको ठाउबाट damage cartilage लाइ सफा गरिन्छ जसलाई टिस्सु रिपायर भन्ने पनि गरिन्छ | यो काँध र घुँडामा मात्र गरिन्छ | यी ठाउमा आर्टिफिसियल बोन पिस पनि प्रयोग गरेर पनि उपचार गरिन्छ |
बैकल्पिक उपचार
योगा : सुर्य नमस्कार, कपाल भाति, अनुलोम विलोम, भस्त्रिका प्राणायाम र ध्यान |
आयुर्वेदिक औषधि : Boswellia and Commiphora Mukul capsule, योगराज गुग्गुल
अभयंग आयुर्बेद मसाज: महानारायाण तेल र तिलको तेलले मालिस गर्ने , नरिवलको तेल मालिस गर्दा पनि फाइदा हुन्छ | निर्गुन्डीको काँडा, बेसार अदुवा अश्वगन्धा, लह्सुन,जिरा मेथि तिलको तेलमा पकाएको तेलले मालिस गर्ने |
घरेलु:१. बोक्रा सित पातलो आलुको स्लाइस पानिमा भिजाई राख्ने बिहान खालि पेटमा उक्त पानि पिउने २. दालचिनी र मह खालि पेटमा १/१ चमच खाने
अक्युपन्चर: यो चाइनिज प्रबिधिको उपचार बिधि हो | यस बाट पनि यो रोगमा आराम भएको विस्वास गरिन्छ |

रयूमेट्वाइडआर्थाराइड(rheumatoid Arthritis)
यो अर्को किसिमको वात रोग हो | यस रोगलाई अटोइमुन डिजिज (autoimmune disease) पनि भनिन्छ | यसमा हाम्रो सरिरमा भएको प्रतिरक्षा क्षमता बढाउनुको सट्टा प्रतिकुल प्रभाव बनाएर सरिरका प्रमुख रुपमा हाडको जोर्निहरुमा संक्रमण गर्दछ र जसले गर्दा जोर्निहरुमा सुन्निनु, दुख्नु र गम्भीर क्षति पुर्याउछ | यसले कुहिना, घुडा,कुर्कुच्चा र हातका औलाहरुमा दवाव पर्दछ | यस्ले छालामा सुन्निएर रातो हुने हुन्छ |
बास्तवमा डाक्टरले पनि यसै भन्न सकिरहेका हुदैनन्, केहि बिशेषज्ञहरुले रोग प्रतिरक्षा गर्ने कोषहरुमा (immune system) ब्याक्टेरिया र भाइरसले संक्रमण गरेको कारणले भ्रमित भै उल्टो प्रभाव पार्ने गरि प्रतिरक्षा गर्नुको साटो आक्रमण गरेका हुन्छन र सरिरभरी उल्टो प्रभाव हुन्छ | यसमा शरीरका दुइ किसिमका रसायन सक्रिय भएका हुन्छन ती tumor necrosis factor (TNF) र interleukin-1 हुन् |औषधिले tumor necrosis factor (TNF) र interleukin-1 interleukin-6 यी रसायनलाई रोकी हाड जोर्नी, वात रोगबाट क्षति हुन् बाट रोक्न सक्छ |
लक्षणहरु
यो रोग बिस्तारै अथवा अकस्मात शुरु हुन् सक्दछ | यो वात Osteoarthritis) भन्दा गम्भीर हो | यसमा रोगीको हात, नाडी,कुहिना, घुंड, गोलिगांठो, खुट्टाघाटी, च्यापुमा दुख्ने , सुन्निने र कडा हुने हुन्छ कुनै बेला एक ठाउमा मात्रै दुखाइ हुने गर्छ भने |कहिले काही शरीरको सबै हाडजोर्निमा दुखाइ बढछ |कहिले दाहिने हातको औलामा र कहिले वाया हातका औलामा गर्दै सबै हाड जोर्नीमा रन्किने र तातो भै दुख्न थाल्दछ | जोर्नीमा सुजन भएपछी डिब्बा खोल्दा, ड्राभिंग गर्दा, काम गर्दा, हिडदा दुख्ने र दुख दिने गर्दछ |यो प्राय बिहान देखि नै सरिर कक्राक कुक्रुक भै कडा हुन्छ सारा दिन भरि थकान महसुस हुन्छ |अरुचि हुने र सरिरको तौल घट्दै जान्छ | यो वातले मुटु, फोक्सो आखामा रेश वा विविरा आउनुको साथै ज्वरो पनि आउने हुन्छ |
यो रोग बढ्दै गएमा osteoporosis हुने र हड्डी कम्जोर भै भाचिने खतरा बढछ | हातका औलाहरुको नशाहरुलाई दवाव दिएर नाडी र हातका औलालाई कडा र इन्फेक्टेड बनाइ सुन्निने र दुख्ने, कामै गर्न नमिलने गराउदछ | मुटु नजिक रहेको धमनी नशालाई कडा गराई रक्त संचारमा रोकावट ल्याएर मुटुको समस्या ल्याउने खतरा भै रहन्छ | यस्ले फोक्सोमा समेत असर गरि दमको ब्यथा सृजना गरिदिन्छ |
निदान
यो रोग लागेको महसुस भयो भने रोग पत्ता लगाउन डाक्टरले रगतको टेष्ट गराउने छन् |ESR,anti- CCP, RA, वातको लागि रगतको जाच गरिन्छ | यसको कुन खाले वात हो भन्ने पत्ता लगाइन्छ | यसमा RA factor positive भयो भने यो वात हो भन्ने निदान अर्थात डाइगोनोसिस हुन्छ |x-ray ले पनि यो रोग पत्ता लगाउन मद्दत गर्छ |
उपचार:यो औषधिले, सुइले, जोर्नीको व्यायामले, आराम गरेर, सर्जरीबाट उपचार गरिन्छ |
यी औषधिहरुको नाम उल्लेख गरिएको छ | यी औषधिको नराम्ररी प्रतिकुल प्रभाव पर्न सक्ने हुनाले सम्बन्धित डाक्टरको सल्लाह अनुसार औषधि लिन आबस्याक हुन्छ, NSAIDs. Nonsteroidal anti-inflammatory drugs,Steroids :prednisone, Disease-modifying antirheumatic drugs (DMARDs), abatacept (Orencia), adalimumab (Humira), anakinra (Kineret), certolizumab (Cimzia), etanercept (Enbrel), golimumab (Simponi), infliximab (Remicade), rituximab (Rituxan) and tocilizumab (Actemra). Tofacitinib (Xeljanz)
थेरापी : सारीरिक ब्यायाम, मसाज पनि एक बिधि हो जसले जोर्निहरुलाई खुकुलो गराउन मदत गर्छ | सजिलोको लागि औषधि पसलमा जोर्निलाइ सहायक लौरो तथा अन्य सहायक हुने उपकरण पाइन्छ |
सर्जरी: यो अन्तिम उपाए हो , जब औषधिले एकदमै काम गर्न छोडछ | अनि सर्जरी गरिन्छ | आधुनिक चिकित्सा विधिहरुको बिकाशले गर्दा सर्जरी गरेर खराब भएको कोषहरुलाई निकालेर घुदाको जोर्नी मेटल वा प्लास्टिकका पार्ट लगाइन्छ | सर्जरिले जोर्निहरुको वरिपरीका सेललाइ सुधार्न सक्छन | कहिले काही जोर्निमा प्रत्यारोपण गर्न नमिल्ने भयो भने पिडा हुन् नदिन जोर्निलाई फ्युजन वा दुइटा हाडलाई जोडने काम पनि हुन्छ |
बैकल्पिक उपचार :
योगा : सुर्य नमस्कार, कपाल भाति, अनुलोम विलोम, भस्त्रिका प्राणायाम र ध्यान |तनाव काम गर्न द्यान अति आबस्याक छ | जोर्निहरुलाई खुकुलो पार्ने किसिमको आसन गर्ने |
आयुर्वेदिक औषधि: माछाको तेल (fish oil),आमवातनतक चुर्ण (अश्वगन्धा, हर्रो, मेथी, गोराखमुन्डी, सोठ, सुरंजन), वात्रिना तेव्लेट,महा योगराज गुग्गुल,वात चिन्तामनिरस, पंचासव आदि प्रयोग गरिन्छ | अदुवा, मरिच, हर्दी र ग्रीन चियाले फाइदा गर्छ
.दुखेको जोर्नीहरुमा चिसो वा तातो कुनले आफुलाई ठिक गर्छ त्यसले सेकने | भयंग आयुर्बेद मसाज: महानारायाण तेल र तिलको तेलले मालिस गर्ने , नरिवलको तेल मालिस गर्दा पनि फाइदा हुन्छ | निर्गुन्डीको काँडा, बेसार अदुवा अश्वगन्धा, लह्सुन,जिरा मेथि तिलको तेलमा पकाएको तेलले मालिस गर्ने |
दालचिनी र मह खालि पेटमा १/१ चमच खाने |

Leave a Reply