मृगौलाको महत्व र यसको कार्य
किड्नीको मुख्य काम भनेको सरिरमा भएको पदार्थलाई छानेर फोहोर उत्पादित बस्तु र बढी भएको तरल पदार्थलाई सरिरबाट बाहिर फ्याक्ने हो | किड्नीमा पिसाबको रुपमा उत्पादन, त्यसको त्याग र पुन अबशोषण एउटा जटिल कार्य समाबेश भएको हुन्छ | सरिरको रासायनिक सन्तुलन राख्नको लागि यो प्रक्रिया गरिएको हुन्छ | सरिरमा भएको नुन, पोटासियम र एसिडको ठिक ठिक ढंगबाट अर्थात एउटा जटिल प्रक्रियाबाट महत्वपूर्ण विनियम सन्तुलन राख्ने कार्य किडनिले गर्दछ |
किडनीले हर्मोन पनि उत्पादन गर्दछ र क्याल्सियम पाचनक्रियालाई नियन्त्रण गर्न मदत गर्दछ | त्यसको असर अन्य अर्गनको प्रक्रियामा पनि पर्दछ |
किड्नी एउटा ससक्त रासायनिक उद्योग नै हो |

जसले मृगौलाले के काम गर्दछ ?

सरिरबाट उत्पादित फोहर बाहिर हटाउछ |
सरिरबाट औषधिय रसायन बाहिर हटाउछ |
सरिरको तरल पदार्थलाइ सन्तुलन बनाउछ |
ब्लड प्रेसर संतुलन गर्न हर्मोन उत्पादन गर्दछ |
बोनलाई बलियो स्वास्थ्य बनाउन भिटामिन डी उत्पादनलाइ सक्रिय गर्दछ |
रातो रक्त कोष उत्पादनमा नियन्त्रण गर्दछ |
रगतलाई छान्छ अर्थात फिल्टर गर्दछ |

मृगौला रोग हुने खतरा/जोखिमका कारण :

मधुमेह हुनेलाई
उच्च रक्तचाप हुनेलाई
कोलेस्टर उच्च भएमा
६० बर्ष माथि भएपछी यो रोगको सम्भावना हुन्छ |
बंशानुगत मधुमेह र उच्च रक्तचाप रोगी परिवारका सदस्यालाई मृगौलाको रोग हुने सम्भावना हुन्छ |
अन्य रोग संक्रमण रोगले ग्रस्त हुदा पनि किडनीको रोग हुने डर हुन्छ

मृगौलारोगको जाच

सधारणतया पिसाप जाच गरिन्छ | जसलाई ACR (albumin-to-creatinine ratio) पिसापमा प्रोटिन छ भने त्यो मृगौलाको रोगहो भनि जान्नु पर्दछ |
त्यसतै रगतको परिक्षण गरि GFR(glomerular filtration rate) हाम्रो मृगौलाले कस्तो काम गरिराखेको छ भनेर जान्न सकिन्छ |
त्यसतै रगत जाच गरि मृगौलाको creatinine लेबल कस्तो छ भनेर किडनी अबस्था जानकारी लिन सकिन्छ |

मृगौलालाई कसरि बचाउने ?

मधुमेह, उच्च रक्तचाप , कोलस्टरलाइ सन्तुलनमा राख्ने |
तौललाई नियन्त्रणमा राख्ने |
स्वास्थ्य बर्धक खाना खाने |
डाक्टरले निर्धारित गरेको औधधि मात्र खाने |
संधै ब्यायाम गर्ने |
चुरोट नखाने |
अल्कोहल नखाने वा
एस्प्रिन, नक्सोप्रोक्षिन, वा बुप्रोफिन, पेनकिलर औषधिलाइ नखाने | यसले मृगौलालाई धेरै हानि गर्दछ |

मृगौला फेल
जब हाम्रो मृगौलाले भित्रै देखि अचानक रक्तमा भएका वेस्ट उत्पादनलाइ फिल्टर गर्न असमर्थ हुन्छ, यसैलाई मृगौला फेल भनिन्छ । तपाईंको आन्तरिक अवस्थाले मृगौलाले फिल्टरिङ (छान्ने )क्षमता गुमाउन पर्दा रगतमा खतरनाक दुषित पदार्थ जम्मा हुन सक्छ र रगतले रासायनिक ब्यालेन्स धान्न नसकी मृगौला क्षमता भन्दा बाहिर गइ मृगौला फेल हुन्छ, यसलाई एक्युट रेनल फेलियर अथवा एक्युट किडनी इन्जुरी भनिन्छ | धरै जसो सामान्य मानिसमा केही घण्टा वा केही दिनमा नै यो अबस्था विकसित हुन् जान्छ । जुन मानिस बिमारी भै अस्पलाल पुगेका हुन्छन र अचानक मृगौला फेल भएका बिमारीलाई गहन critically हेरविचार को आवश्यकता आबस्याक्ता हुन्छ | तीव्र मृगौला विफलता घातक हुन सक्छ र गहन उपचार आवश्यक पर्ने हुन्छ । तीव्र मृगौल फेलबाट सामान्य अबस्थामा फर्कन पनि सक्छ यदि तपाईंको अन्य शारिरिक स्वास्थ्य राम्रो छ भने, तपाईंको मृगौला सामान्यता रिकभर हुन सक्छ !

लक्षण:

पिसाब कम लाग्छ, मुत्रा उत्पादन सामान्य हुन् पनि सक्छ |
सरिरमा पानि जमा हुन् जान्छ | खुट्टा सुनिन्छ |
झोक्राउने |
छोटोछिटो सास प्रशास चल्ने |
थकान हुने \
कन्फ्युजन भ्रमित हुनु
वाकवाकी हुनु
बेहोस हुनु
छातीमा दुखाइ र दबाब महसुस हुनुन
कोमा मा जानु

बिधि न० १
किड्नी सफा गर्नको लागि

१. एक मुठा हरियो धनीयाको पातलाई २ लीटर पानीमा पकाएर क्वाथ बनाउने |
प्रत्येक दिन साझ बिहान खालि पेटमा १/१ गिलास पिउने |
यसो गरेमा प्राकृतिक रुपमा नै किड्नीको सफाई हुन् जान्छ र डायलासिस गर्न नपर्ने हुन्छ भन्ने आयुर्बेदको भनाइ छ |

बिधि नo २
नीम र पीपल की बोक्राको काढ़ा.

आवश्यक सामग्री।
नीमको बोक्रा – 10 ग्राम
पीपलको बोक्रा – 10 ग्राम

१० ग्राम् निमको बोक्रा र १० ग्राम पिपलको बोक्रामा २ लीटर पानीमा राखी आधा घण्टासम्म उमालेर काढा बनाउनुस | यसलाई दिनमा चार पटक गरि खाने | यसको प्रयोगले १५ दिन भित्र क्रिएटिनिनको लेबल कम हुन् थाल्छ र पुरानै अबस्थामा आउन सक्छ भनेर आयुर्बेदिक डाक्टरहरु भन्छन |
उपचार खर्च गर्न नसक्नेले यो बिधि प्रायोग गरेर निको भए धनजनको खेर जाने थिएन |

बिधि न o ३.
गहुको जमरा र गिलोय/ गुडचीको रस
गहुको जमरा = ५०ग्राम् का
गुडची/गिलोय(अमृता) = ५० ग्राम
यसबाट जुस निकालेर प्रत्येक दिन खालि पेटमा खाएमा किड्नीरोग र क्यान्सररोग लाई फैलिन दिदैन | जुस खाएको एक घन्टासम्म केहि पनि खान हुदैन |
यो जुस मानिसको लागि अमृत समान रहेको प्रयोगकर्ताले बताउछन | यो जुसको सेवनले सेतो रक्त कोष (WBC) र प्लेट्लेटको मात्रालाई बढाउछ | यसको सेवनले रक्त बिकारलाइ ठिक गर्दछ |

बिधि नo ४

गोखरू काँटाको काढा

२५० ग्राम गोखरूसिड ४ लिटर पानीमा पकाउने र १ लिटर बनाउने १०० एम एल बिहान र साझ खालिपेटमा पिउने
यो खाएको १ घण्टा सम्म केहि नखाने |१५ दिन भित्र रगतको जाच गरि किडनीको क्रिटिनिन सुधार हुदै गए , औषधिको मात्रा घटाउने पुरा ठिक भए पछी बन्द गर्ने आबस्याक भए ३ महिना सम्म चलाउन सकिन्छ |
१५ दिन सम्म १९ को बिस नभए बैद्यको सल्लाहा बिना नख्वाउनु |

किड्नीमा पथ्थरी हुन् नदिन के गर्ने ?

१ . प्रसस्त शुध्द पानि खाने
२. कागतीको रसमा ओलिभ ओयल (जैतुनको तेल ) मिसाएर पिउने र लगतै पानि पिउने यसो गर्दा साना स्टोन बाहिर निस्कन सक्छ |
३. अनारको जुस खादा सरिर र किडनिलाई राहत हुन्छ |
4. तुलसी मिसिएको चिया पिउने | तुलसी पात र मह मिसाएर खाने |
यो नखादा राम्रो हुन्छ |
चकलेट, स्टाबेरी ओखर पालक, कुरिलो र मरिच ले स्टोन हुने प्रकियालाई बढावा दिन्छ |

(अनलाइनबाट संकलन गरि सम्पादन गरिएको)

Leave a Reply