पुण्डरी अर्याल
पुण्डरी अर्याल

पिनास (sinusitis):
नाकदुवै साइडमा र टाउकोमा अगाडी र पछाडी भागको खाली क्याभिटि(air cavity) हुन्छ | त्यसले बिशेष स्वास लाइ फिल्टर गर्दछ | अनि ब्याक्टेरियालाइ पनि त्यसैमा रोक्ने गर्दछ | त्यसैलाई साइनासेस भंदछन | त्यसमा संक्रमण भै लाग्ने रोगलाई पिनास वा sinusitis भन्दछन |

लक्षण: पिनासको टाउको दुखाइ, नाकको वरिपरिको भाग र टाउकोमा दुखाइ र कडापन हुन्छ | कान र दातमा समेत दुखाइ बढन जान्छ |
नाक बन्द हुने, सिगान आउने, घाटीमा खरासहुने, खोकी लाग्ने, कान दुख्ने, अनुहार फुलिने पनि हुन् सक्छ |

ब्याक्टेरियल साइनस इन्फेक्सन हुदा साधारण औषधिले काम गर्दैन, एंटिबायोटिक खानु पर्ने हुन्छ | इ एन टि डाक्टरसंग कन्सल्ट गरेर औषधि उपचार गर्न पर्दछ |
यो बल्झिदै जादा मेनेंजाइटिस, osteomyelitis, र orbital cellulitis हुन् सक्ने सम्भावना हुन्छ |

बैकल्पिक उपचार
योगा:नेती, आसन ( उत्तनासन, सर्वासन, हलासन, सिर्सासन), प्रणायाम (भस्त्रीका, कपालभाती, भ्रामरी ),सुर्य नमस्कार
आयुर्वेद: .नास्य ओइल, अदुवा र मह तुल्सीपत्ता,ल्वांग,
घरेलु : वाफ लिने, तुलसी पातको नास लिने |
नखाने: दुध, सुगर, कफी, तारेको खानेकुरा, रक्सि चुरोट चकलेट आदि

Leave a Reply