पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

क्रमशको बाकि भाग …..
जसको अर्थ : जसको त्रिदोश कफ्,वात,पित्त र जठराग्नी समान वा बराबर हुन्छ ,सरिरले धारण गर्ने सप्त धातुहरु रस,रक्त,मांस,मेद,अस्थी ,मज्जा विर्य उचित मात्रामा हुन्छ l मलमुत्रको परित्यागसमयोचित हुन्छ,पांच ज्ञानेन्द्रीयर पांच कर्मेन्द्रियहरु (नाक,कान,आखा,छाला ,जिब्रो र हात ,खुट्टा,बोलि,गुदा,र प्रजनन अंग ) को तन्दुरुस्ती र मन मस्तिष्क स्वश्छ र प्रसन्न व्यक्तिलाई नै स्वास्थ व्यक्ति भएको मान्न सकिन्छ /यहि कुरालाइ बैज्ञानिकहरुले समेत पुस्टि गरेका छन् /एक किसिमबाट भन्ने हो भने स्वस्थ सरिर नै मानब जिबन सफल बनाउने महत्वपूर्ण कडी हो l स्वस्थ रहन हामीले आफ्नो आहार बिहार,र ब्यायामलाइ ध्यान दिन सक्यौ भने हाम्रोसरिर हाम्रै हातमा रहने छ अन्यथा हाम्रो सरिर चिकित्सक र अस्पतालका बेडमा शरण लिन पुगिने कुरा निश्चत छ l भगवान श्रीकृष्णले गीतामा भन्नु भएको छ l

युक्ताहार विहारस्य युक्तावेष्टस्य कर्मासु /
युक्तस्वप्रावाबोधस्य योगी भवति दु:खहा //

जसको आहार विहार एवं व्यवहार सन्तुलित र संयमित छ,जसको काममा दिव्यता ,पवित्रता ,शुभको अभिलाषा छ,जसको शयन र जागरण अर्थ पूर्ण छ त्यो नै सच्चा योगी हो /यसरी आहार विहार स्वस्थ राखने मुख्य कडी हो भन्ने कुरालाई उजागार गरेको छ /स्वस्थ सरिर राखी रहन दैनिक यी ६ सुत्रलाइ व्यवहारमा उतार्न सके धेरै फाइदा हुने छ /

(१)आहार (भोजन) : Food
आहार३ प्रकारका हुन्छन राजसी ,तामसी ,सात्विक आहार , खाना अनुसारको मान्छेको भिन्न बुध्दी बल सोचको निर्माण हुन्छ/ भोजनबाट नै सरिरको बिकाश र निर्माण हुन्छ /हाम्रो सरिरमा यसको तुरुन्त र प्रत्यक्ष प्रभाव पर्दछ,सात्विक आहार ग्रहण गर्दा शरीरलाई कुनै नोक्सान गर्दैन /त्यसैले सरिर स्वस्थ राख्न भोजनको सर्बोपरी महत्व छ / उपनिषदमा यस्तो लेखेको छ ,

आहार शुध्दी सत्वशुध्दी धुवा स्मृति :/
स्मृतिर्लब्धे सर्व ग्रंथिनाम विपमोक्ष्य ://

खाद्यउत्पादनमा रासानिका मलर किटनासक औषधि प्रयोग गरि उत्पादन गरिएका खाद्य सामाग्रीहरु पक्कै पनि सरिरको लागि फाइदा गर्दैन त्यसैले प्राकृतिक मलजल(अर्गेनिक) गरि उत्पादित खाद्य पदार्थबाट नै स्वास्थकर हुन्छ खाना हितकारी ,उचित मात्रा र ऋतु अनुसारको अनुकुल खाना खान स्वास्थकर हुन्छ / प्रत्येक मान्छेको स्वास्थको अबस्था र प्रकृति एकै खाले हुदैनन् ,आयुर्वेद अनुसार मानिसमा कफ,वात र पित्त प्रकृति फरक फरक हुन्छ /त्यसैले वात, कफ, पित्त प्रकृति जानेर खानामा परिवर्तन र संयम हुन पर्दछ|,यदि वात प्रकृति छ भने शरीरमा वायु बिकार हुन्छ/पिरो अमिलो ,कर्बोहाइड्रेड ,पिप्पली अदुवा खानामा प्रयोग गर्दा राम्रो हुन्छ,पित्त प्रकृतिका मानिसले तातो र तारेको खाना खानु हुदैन ,काचो सलाद ,काक्रो ,मुला गाजर बन्दागोभी लाभदायक हुन्छ,कफ प्रकृतिको मानिसले कर्बोहाईड्रेड(भात,रोटि)दहि , मोही,र चिसो पदार्थ धेरै सेवन गर्नु हुदैन / मनतातो दुधमा पिप्पली त हल्दी मिसाएर पिउनाले फाइदा गर्छ/खाना जहिले पनि पेट (आमासय)को आधाभाग अन्नको लागि ,एक चौथाई वायु र एक चौथाई तरल पदार्थलाइ छुट्याउनु पर्छ / बिहान हल्का पेय र फलफूल खान उपयुक्त हुन्छ, बिहानको खाना १०बजे देखि १२ बजे सम्म उपयुक्त हुन्छ,साझको खाना ८ देखि ९बजेको अन्त्यन्त लाभदायक हुन्छ /खानासँग पानि पिउनु स्वास्थको लागि हानिकारक हुन्छ,पानि खाना खानु भन्दा आधा घण्टा अगाडी र पछाडी पिउदा फाइदा हुन्छ, खाना खादा असजिलो भए एक आध घुट भन्दा बढी पानि नपीउनु बेश हुन्छ /
क्रमस …………..

Leave a Reply