पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

(१) मन्त्र योग:Chanting yoga सम्पूर्ण जगतका वस्तुर नामले आकर्सित गरिरहेको अबस्थामा त्यसबाट निबृत हुनलाई परमेश्वरको मन्त्र जप गरिन्छ,जसले मनमा शान्ति र एक चित्त हुन् मद्दत गर्छ / ध्यानयोग, भक्तियोग,संकिर्तनयोग,जप योग, प्रेम योग यसै अन्तर्गत पर्दछ /

(२) हट योग:Hat Yog
मानिसको सरिरमा षटचक्र वा छ वटा चक्र रहेको हुन्छ,योगको प्रकियाबाट यी छ चक्रलाइ भेदन गर्दै साधकले चित्तब्रितिलाई निरोध व्दारा परमात्माको
सामिप्य प्राप्त गर्न सक्छ,यसैलाई हठ योग भनिएको हो /

(३)लय योग : Lay Yog
कुण्डलिनी जागृत गरेर षटचक्रलाइ भेदन गर्दै सहस्र दल -कमलमा पुगी परमात्मासंग एकबध्दता कायम गर्नुलाई नै लय योग भनिएको छ / वास्तबमा हठ -योगको चरम बिन्दु नै लय योग हो /

(४)राज योग :Raj yog

बुध्दिको प्रयोगव्दारा मनको भावनालाई नियन्त्रित गर्दै ज्ञान बिचारव्दारा चित्तब्रितीलाइ (निरोध )गर्दै सुन्य बिम्दुमा पुग्ने स्थितिलाइ राजयोग भनिन्छ /मान्छेको शरिर मात्र त मुढोसरह हो /पूर्ण मानव जिबन जिउनकोलागि शरीर ,मन मस्तिष्क ,बुध्दी ,बिध्या र स्वास्थ हुन पर्दछ /मानिसले यी सबकुरालाइ ब्यबस्थापन गर्न योगालाइ अबलम्बन गर्न सके मन, मस्तिष्क ,सरिरलाइ सन्तुलन राख्न सकिन्छ|मान्छेमा सकारात्मक सोचको बिकाश हुदै जान्छ,मानिसले बैभव र धन दौलत जति भएपनि उ सुखी हुन सक्दैन / यो उसको मृगतृष्णा कहिल्यै मेटिदैन ,यसका पछाडी लाग्दा आफ्नो सरिर त,विगारगरिराखेका छन् ,बैभव जुटाउने क्रममा रिस, राग,इर्श्या जन्माइरहेका हुन्छन /मानिसआफु स्वस्थ नभैकन उसले कुनै पनि कार्य पनि ठिकसंग गर्न सक्दैन /मनुष्यले आफ्नो स्वास्थ हुनको लागि आबस्याक ज्ञानहुन् जरुरि छ ,स्वास्थ सरिर भएन भने उसको जिबन व्यर्थमा बित्ने छ /घर परिवार ,र समाजलाई समेत बोझ बनिने छ /मानब जिबनलाइ सफल बनाउन पहिलो सर्त हो सरिर स्वास्थ राख्नु ,त्यस्तै आयुर्वेदको प्रसिध्द ग्रन्थमा समेत ऋषीहरुले भनेका छन् :

समदोषा: समाग्निक्ष समधातुमल क्रिय: /
प्रसंनात्मेन्द्रियमन : स्वस्थइत्यविधियते //

क्रमस:

Leave a Reply