पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

(२)निद्रा :-Sleep
राति चाडै सुत्नु र बिहान चाडै उठ्नु भनेको हाम्रो जीवनलाई उन्नत बनाउनु हो /निद हाम्रोलागि अन्त्यन्त महत्वपूर्ण हुन्छनिद्रा मानिसकोलागि एक सुखद अनुभूति हो / एक छिन निदाउदा, जस्तोसुकै दुख कष्ट भएपनिहामीलाई राहत भएको महसुस हामीसबैले गरेका छौ /निद्रालाई यसो हेर्दा खास महत्व दिएका हुदैनौ तर यदि हामि दिन रात निदाउन सकेनौ भने पागल पनि हुन् अबेर लाग्दैन्स्वास्थ मान्छे कम्तिमा ६ घण्टा निदाउन पर्छ,बालक र बृद्ध लाइ कम्तिमा ८ घण्टा सुत्न आवस्याक छ /त्यसैले पनि इश्वरले प्रकृतिको नियम यस्तो बनाएको छ कि सम्पूर्ण प्राणिहरु साझपरेपछि घर फर्किने गर्छन /रातलाई आराम गर्ने समय बनाएको मानिन्छ त्यसैले प्रत्येक व्यक्ति स्वस्थ रहन उल्लेखित समय सम्म निदाउन आबस्याक छ /

(३)ब्रह्मचर्य :- Celibecy
मानिसले आफ्ना इन्द्रियहरुलाई आफ्नो बसमा राखी सक्ति संचयगर्दै मानव परोपकार र समाज उत्थानप्रति उद्दत हुनु पर्दछ /सम्पूर्ण इन्द्रिय काम क्रोध लोभलाइ बसमा राखी शक्तिमा परिणत गर्न सकिन्छ,अत्यधिक काममा लिप्त हुने मानिसले समाजलाई दुषित बनाउछ,स्वयम आफु पनि मानसिक र शारीरिक दुर्बल हुन जान्छ|मानिसले इन्द्रियहरुलाईसंयम भै सदुपयोग गर्नु पर्छ ,त्यसैले आफ्नो ब्रह्मच्रर्यलाइ संयम राखी शक्ति संचय गर्न सकिन्छर यसले सरिर स्वास्थ रही रहन मद्दत गर्दछ /

(४) ब्यायाम :-Exercise
मान्छेलाई बाच्नको लागि र सरिरलाई चलायमान गराई राख्न शक्ति चाहिन्छ त्यो शक्ति खानाबाट प्राप्त हुन्छ,त्यस्तै शरीरलाइ सक्रिय बनाउन सरिरका सबै अंगहरुको ब्यायाम आबस्याक छ /सरिरकोरक्त संचार ठिक संग बनाइँ राख्न पनि ब्यायाम आबस्याक छ /ब्यायाम बिना सरिर अस्वस्थ र कान्तिहिन हुन् जान्छ ,जबकी एक दुर्बल मान्छे ,नियमित ब्यायाम गरेमा बलवान स्वास्थ र सुन्दर हुन सक्छ|यदि नित्य ब्यायाम (योगाभ्यास )गरेमा निम्न रोगहरु नजिक आउन पनि सक्दैनन् ,जस्तै :मुटुको रोग ,मधुमेह ,मोटापा,वातारोग ,बबासिर ,ग्यास्टिक रक्तचाप र मानसिक तनाव /यी रोगहरु योगाभ्यास (ब्यायाम)र श्रमको अभावले लाग्ने रोग हुन /कडा व्यायामले मांसपेशीलाई कडा बनाउछ र पछी गएर कडा मान्सपेशिमा रक्त संचारमा कमि आउन सक्छ, त्यसैले हामीले आसन र प्रणायामकामाध्यमबाट हाम्रो शरीर र मन मश्तिश्कलाइ सम्पूर्ण रुपमा स्वास्थ राख्न सकिन्छ /

(५)स्नान :-Bath
बिहान गरिने हल्का ब्यायाम र आसनपछी सरिरको तापमान सामान्य भएपछी स्नान गर्न पर्दछ/स्नानलेअनावास्याक गर्मीलाई शान्त गर्नुको साथै शरीरलाई ताजा र शुध्द र हल्का बनाउछ/पानीले शरीरलाई शुध्दी गराउछ ,सत्यले मन शुध्दी गराउछ ,विध्यार ज्ञानले बुध्दी निर्मल गराउछ /सामान्य व्यक्तिले चिसै पानीले नुहाउन पर्छ /तातो पानीले नुहाउदा मन्दाग्नी ,दृष्टि दुर्बलता ,असमयबाल सेतो हुने र बाल झर्ने हुन्छ /तर असक्त र बिरामी व्यक्तिलाई चिसो पानीले खराब गर्न सक्छ !
(६) ध्यान :-Meditation
बिहान उठी आफ्ना नित्यकर्म शौच ,आसन र स्नान सकिसकेपछी प्रतिदिन १५ मिनेट देखि १ घण्टा सम्म आत्मकेन्द्रित ध्यान, इश्वरको ध्यान र उपासना गर्नाले मनको शान्ति पाउन र दुर्भावनाबाट बच्न सकिन्छ / गरेको काममा सफलता पाउन सकिन्छ /गायत्री मन्त्र तथा ओम कार मन्त्रले श्रध्दा पुर्वक गरेको ध्यानले परम शक्ति ,शान्ति र आनन्ददायक जिबन प्राप्त हुन्छ /

क्रमश:

Leave a Reply