१८.

लीलासंग उसको मामाघर गैकी झुमा बैनी हप्ता दिन सम्म फर्किन । किन फर्किन भनेर पिर लागिरहेको थियो । लीलालाइ मामा माइजुले बस्नुस भान्जी एक दुइ हप्ता भन्दै राखिकी रहिछिन । हुन् पनि नजिक को दशैँ थियो । भारततिर नोकरी गर्न गएका लाउरे चाउरे धेरै जसो टिका थाप्न गाउमा आइरहेका थिए । उसकी माइजुले भनेका मान्छे पनि आसामबाट आएका रहेछन । लीलालाइ भगाई लाने मान्छे तयार भएछन । उस्को नाम बैकुण्ठ रहेछ । उ आसामतिर काम धन्दा गरेर बसेको रहेछ । झुमालाइ पोइल लाने मान्छे पाए पठाई दिने कुरो लिला कि माइजुले त्यो बैकुण्ठसँग गर्नु भएको रहेछ । पल्ला गाउको एउटा केटो रहेछ सबैले उसलाई गोबिन्दे भन्दा रहेछ । खान लाउन दुखी भएको मान्छेलाई विहे गर्न पनि दुखै थियो, त्यतिखेर । सम्पत्ति नभएको मान्छेलाई कसले पो छोरि दिने ? गोबिन्देले  झुमालाई हाम्रो माइतीमा देखेको र भेटेको पनि रहेछ । 

झुमालाई बिहे गर्न माग्न आएका पनि थिए रे ! तर झुमाको बिहे भैसकेको थियो र माइतीमा बसिकी थिइन् । त्यति खेर । बिहे भए त के भो, मैले तिम्लाई बिहे गरेर लैजान्छु भनेर भनेको रैछ । गाउमा । झुमाको  जीवनमा आएको भाग्य भनौ या दुर्भाग्य बिहे भएको लोग्ने बाट आरोपित भै लखटिएकि नारी, कसैले सम्मानका साथ तिम्लाई भगाएर लैजान्छु भन्ने मान्छे पाउदा जाने कि नजाने भनेर अलमलिनु हुन्न । भनेर बैनीलाई सम्झाए । गोबिन्द ले  झुमालाई लगे पछि गाउमा बस्न त छर छिमेकीले पक्कै दिने छैनन् । भन्दै थियो रे गोबिन्देले । अब म मेरो दाइ जस्तै हो, बैकुण्ठ उसले मलाइ पनि आसाम लग्यो भने मैले झुमालाई भगाएर लैजान्छु  ।  भनेको रहेछ ।

लीलाको बैकुण्ठसंग आसाम भागेर जाने कुरो तय भए पछि, माइजुले बैकुण्ठलाइ भनेर  लिलासंग झुमालाई गोबिन्देसंग पठाउने बस्दोबस्त मिलाइछिन । सबै कुरो छिनो फानो भएछ। फलना गते रुद्र बेनीको राम कृष्ण मन्दिरमा भेटि बिहे गरि उतै बाट आसामको बाटो तताउने कुरा भएछ । लिलाले माइजु संग भएका यी सबै कुरा  गोप्य नै राखी । मलाइ दिदि झुमालाइ हजुरले रुद्रबेनी मन्दिरमा लिएर आउन  पर्छ । फरक नपरोस, कुरो कतै न फुस्कियोस । भनेर मलाइ सजग बनाइ । मैले बैनीलाई धेरै सम्झाए, भिनाजु आएर हाम्रो राम्रो बन्दोबस्त भए, तिम्लाई हामीले पनि हेर्ने छौ । गोबिन्दे राम्रो र सोझो केटो भन्दछन । लिलासंग संगै गयौ भने सुख दुखकि साथि हुन्छे लिला पनि । मैले आमा बालाइ पनि भनिन । 

लिलाले भनेको दिन हामि दुइ बैनी रुद्रबेनी नुहान जान्छु भनेर निस्कियौ । एकादशी परेको रहेछ । एकादशीको निउ पनि भयो । उताबाट लिलाकी माइजुले लीलालाई ल्याउनु भयो । यताबाट मैले झुमालाइ लिएर गय । मन्दिरलाई लगेर इश्वरलाई साक्षी राखेर बरमाला एक आपसमा लगाई दिए  र दुवै केटा आफ्ना आफ्ना दुलहीलाई  सिन्दुर लगाई दिए । यसरी घर बिग्रेकी मेरी प्यारी बैनी झुमालाइ मुग्लान तर्फ अनिश्चित भविष्य तर्फ धकलेर केहि उज्याला दिन आउने आश लिएर बिदा गरे । यति ठुलो निर्णय गर्दा दाइ भाउजु र बा आमा कसैलाई खबर नगर्नु सायद मेरो दुश्साहस होला । तर मैले जे गरे मैले बैनीको राम्रो होस् भनेर गरेकी हुँ । हे इश्वर मलाइ माफ गरिनुस भनेर इश्वर सम्झिकी थिए । 

माइतीमा घरबाट हेलित भैकी चेलीको कसैले स्वागत गर्दैनन । यो कुरो मैले राम्ररि बुझेकी थिए । बैनीलाई त्यहि भएर पोइल जान उक्साए । वापत लागेकी चेलीलाई कसले उद्दार गर्न कोशिस गर्छ र ! बरु गाउघरका हरेक लोग्ने मान्छेले नराम्रै रुपले हेर्ने छन् । अनि माइतीहरुले उसको दुर्भाग्यलाई बोकेर हिडन पर्ने हुन्छ । अब यी सब कुरा बाट त टाढा भयो । जति दुख सुख जे पाउछे उसको भाग्यले जस्तो देला उस्तै भोग्ने छ । मैले मेरी बहिनीको भविश्य राम्रो बनोस भनेर भगवानसँग प्रार्थना गर्न सक्थे ।बहिनिअको लागी जे गर्न सक्थे सो गरे जस्तो लाग्छ, मलाइ ।

क्रमश :            ००००