मलाइ लीलाले जुना दिदि बा नभाको माइत, अनि आमाको केहि जोर नचल्ने माइतमा दाइ भोजको दैलो कतिन्जेल कुर्ने हो र ? भनेका कुराले मलाइ पनि पिरोली रहेकै छ । हाम्रा बा पनि भएर पनि नभए जस्तै हुनु हुन्छ । मुढो पल्टेजस्तै पल्टिनु भएको छ । आमाले बा कै स्याहार गर्दैमा फुर्सद छैन । न बोल्न सक्नु हुन्छ ! न हिड डुल नै गर्न सक्नु हुन्छ ! मात्रै सास चलेको छ भन्दा हुन्छ । के गर्नु हामि दुइ बैनी कै कर्ममा यस्तो लेखेको रैछ ? माइती कै शरणमा न आइकन कति गएर मर्न सकिएन ! अझ म त चार चार वटा सन्तान कि आमा,  यी सन्तानलाई बिचल्ली पारेर मर्न पनि सकिन । 

बैनीको पनि के दोष थियो र राक्षश जस्ती सासु, अनि लोग्ने चाहि आमाले भनेको कुरो काट्न नसक्ने, आफैले पेट बोकाएको गर्भलाइ आमाले तेरो हैन भनेपछि स्वास्नीलाई अपमान गरेर कुटपिट गरि हलीलाई  पैसा दिएर हो भन्ने कबुल गराउन सघाउने लोग्ने । बिचरी बैनी रुदाँ रुदाँ बौलाइ जस्ती भैछ । कस्तो भाग्य लिएर आएछु ? भन्दै टाउको ठोक्छे ! बैनी पनि माइती आएपछि अब म पनि माइतीमा बस्न नसक्ने परिस्थिति बनि रहेको छ । दाइ भाउजु नै बोल्न छोड्नु भएको छ । बैनीको सासुले पर्पंच गरेर आफ्नै हलीलाई बुहारी स्याहार्न लगाइन ? साच्चै आइमाइले नै आइमाइको खेदो गरेको देख्दा पनि हैन दिक्क लाग्छ भने त्यस्ता आइमाइलाइ जगल्टा लुछेर भ्याउता पछारे जस्ता पछार्न मन छ ।  

लालिले आफ्नी फुपुलाई भेटन रिडी गैकी थि रे । उसले भन्दै थिइ : जुना दिदि हाम्री फुपू पनि सात बर्ष मै बिधुइ हुनु भएको रहेछ । जीवन भर माइतीलाई उभो लगाउन पसिना बगाइयो । उमेर ढल्कदै गयो काम गर्न पनि नसक्ने भैयो । माइतिको लागि घाडो भइयो । अहिले रिशिकेशको मन्दिरमा भक्तिनी भएर सास धानेकी छु । मेरी भतिजिले पनी  कस्तो कर्म ल्याइछ । हेर यो उमेरमा बिधुइ भैस । यो जोवन नफाल पोइल गएर भा पनि आफ्नो सन्तान जन्माइस भने बुढेश कालमा कोइ त आफ्नो हुन्छ, बाइ ? भन्दै हुनु हुन्थ्यो । दिदि फुपुको कुरा मलाइ असाध्यै जायज लाग्यो । तै भएर मलाइ बिहे गरेर कसैले पोइल लगे त जान्छु जान्छु । यस्तो कुरो सुने पछि । झुमा बैनीलाइ यो लिलासंग भेटाउन पाए । बैनी पनी  पोइल लान मनस्थिति बनौनी थिइ । बैनी पनि माइतिको कसिंगर भएर बस्नु पर्ने थिएन । 

मेरा त सन्तान छन् । सम्पत्ति पनि छ । अंशको अहिले एक्लो देखेर मलाइ लखटेका का मात्रै हुन् । लोग्ने आउने बित्तिकै त टेक्ने ठाउ छ नि  । वहाँको अगाडी त कोइ बोल्न सक्थेनन । भोलि त मेरो छोरोले तिनका गर्धन समातेर भा नि,  आफ्नो हक लिएर छोडलान  ?जे भए पनि म दिदि हुम । झुमा असाध्यै पिर लाग्छ मलाइ । बा ले केहि गर्न सक्ने हुनु भएन । दाइ भाउजुले हामीलाई इज्जत दिएर कतिन्जेल राख्नु होला ? हाम्रा पाखुरा बलिया हुन्जरी मात्रै त नत्र उही लिलाको फुपुको हाल हुने हो ! मलाइ फेरी लिला सिट भेटन मन लाग्यो । लिलाकै माइतिघर तिर गैरहेको थिए । ठ्याक्कै उ पनि घाँस काट्न निस्केकी रहिछ । मैले पनि हसिया र नाम्लो त संगै ल्याइकि थिए । हामि दुबैसंगै घाँस काटन कुरा गर्दै लाग्यौ। 

लीलाले दिदि तपाइले आफ्ना कुरा केहि भन्नु भएन ? हैन हजुरको बिहे  त जिम्माल्को भाइसङ्ग  भएको हैन र ? भनेर सोधी, अनि कहिले घर जानु हुन्छ ? कतिलाई माइत आउनु भा को हो ? जिम्मालका भाइ त खुबै धनि होलान है ! भन्दै  एकै पटक सबै सोधी । उसका सबै सोधेका कुराको उत्तर एकै पटक दिन सक्दैनथे । हेर बैनी तेरा भिनाजु लाहुरतिर जानु हुन् भा छ । घरमा एकलाई बस्न नसकेर छोरा छोरी सबै लिएर छ सात महिना बस्न आइकी हुँ ।भेनाको खबर केहि आ छैन । भेना आए पछि घर जाने भनेर भेना लाइ पर्खेर बसेकी छु । यस्तै भनेर मेरो जवाफ सक्काए । हेर लाली तैले पोइल त जाने भनिस। कसैसंग कुरा भएको छ र ? भनेर सोधे । दिदि मामा घरको गाउमा दुइ जना स्वास्नीले छोडेका केटा छ रे । अलि पाकै हुन् रे । इन्डियाको आसाम भन्ने ठाउमा काम गर्छन । ठुलो काम त हैन होला । गाइ भैसी पाल्ने दुध बेच्ने गर्छ भन्ने सुनेकी छु ।

माइजुले लाहुर जाने हो भान्जी दुइँटा मा एउटाले हाम्री यस्ती राम्री हाम्री भान्जीलाई के नालैजाला र ! भन्नु हुन्थ्यो । हाम्री भान्जी सिन्दुरले मात्रै त हो बितुलिएकि, कन्ये जस्तै हुन् नि । भन्नु हुन्थ्यो । म त दिदि, तिनैलाई कुरेर बसेकी छु । अनि उसलाई भने मेरी बैनी झुमालाइ पनि ति दुइटा मध्ये एउटा मिलाउन भन न तेरी माउजुलाइ भने । मेरो आफ्नो पिर एकातिर त थिदै थियो । अब बैनीलाई कतै व्यबस्था गरिदिन पाए, बल्ल मेरो मनले शान्ति पाउथ्यो । यसो गर्न सकिएन भने त्यो पक्कै मर्छे ? मलाइ यसैको डर छ । लिलाले भनि दिदि म मामा घर जान्छु, हजुरले मलाइ हिम्मत दिनुहुन्छ भने, हजुरकी बैनी झुमालाई लिएर  भोलि नै मामा घर जान्छु ।झुमालाइ देखेपछि कसले मन नपराउला र ? यति कुरा लिलासंग गरे अनि बैनी झुमाको दोश्रो घरबारको कुरा मिल्ने छाँट देखिएको ले म भित्रै देखि खुशी भै कि थिए ।

 घाँसको भारी  लिएर घर पुगे, बैनी बाको गोडा मुनि बसेर आँशुको धारा बगाएर रोइ रहेकी थिइ । आमाले बालाई भात ख्याउदै हुनु हुन्थ्यो । आमाका आँखा म माइती आए देखि ओभानो थिएन । बैनी  त्यो अबस्थामा घर आए पछि त झन् । न गाउका अगाडी मुख देखाउन सक्ने अबस्था थियो । सबैको मन रोएकै थियो । दाइ भाउजु त गाउ आउन  छोड्नु भएको थियो । गोठैमा बास थियो । दाइले हाम्लाई केहि नभने पनि दुखि हुनुहुन्थ्यो । भाउजु त आगो बन्नु भएको थ्यो । दाइलाई जहिले पनी भाउजुले सधै दिदि बैनी पाल्न सकिन्छ ? के गर्ने छिट्टै गर्नुस । भनेको कति पटक मैले नै सुनेको छु । रात भरि बैनीका आँशु पुछी दिदै, लिला संग दुइ चार दिन लीलाको मामा घर गएर आउ । भनेर आमासँग पनि बैनीलाई लिला संग उसको माघर पठाउने कुरा गरे । झुमा बिहानै उठेर लीलालाइ भेटन लिलाको माइतिमा गइन । म घर धन्धा तिर लागे ।