सम्साँझ ठुली दिदीको ठुलो छोरो पुडके घरमा आयो । दाइको पुड्के भान्जालाइ बाटैमा भेटेपछि दाइ पनि उसैसंग फर्किनु भयो । मावल आएको भान्जा नातीलाइ किन आइस भन्ने कुरै भएन । खाना खाइ वारी अगेनामा बस्यौ । दाइले भान्जालाइ दिदीको संच बिसन्च सोध्नु भयो । आमाले अगेनामा तताई राखेको दुध डाडुले चलाउदै हुनुहुन्थ्यो । पुडकेले आमा सन्चै हुनु हुन्छ । साना बाले मलाइ बाबु भाइलाई लिएर मदेश आउन भन्नु भएको रहेछ । नौकट्टीमा हुनुहुन्छ । म इन्डियातिर लाहुरे हुन् जान मन थ्यो । साना बाले उतै बाट पठाए त लाहुर जान्थे । सास नफेरिकन भन्यो । पुडकेको कुरो सुने पछि मेरो खुशीको कुनै सिमा रहेन । हातमा समातेको दुधको कचौरा भुइँमा खस्यो । धन्ने तातो दुध दाइको काँधमा परेन । अझ छोरोलाई समेत बोलाएकोले अझ झन् खुशी भए । अब बाबु पनि उतै स्कुल पढन पाउने भयो । मलाइ यो कुरा सुनेर त्यसै त्यसै खुशी संगै रिस पनि उठेर आयो । कमसेकम बर्षौसम्म कुनै खबर नगरेर तडपाएर किन राखेको होला ? म मधेस छु, सबै ब्यबस्था गरेर तिमीहरुलाई लिन आउछु भनेको भए, म यसरि रात दिन पिरोलिएर बाच्न त पर्थेन ।
रात भरि निदाउन सकिन । यो जुनीमा फेरी लोग्नेसँग भेट होला न होला यी सन्तानलाइ के गरुली ? अनेकौ पिर थिए मनमा । माइतीबाट पनी कहिले लखेटिने हुँ । भन्ने ठुलो डर र त्रासमा बाचिकी थिए । घरमा झादकेला छोरासँग सम्पत्ति लिएर खाने मेरो हिम्मत थिएन । हे भगवान ! सच्चाई तिमि रहेछौ । अब लोग्नेले मलाइ लैजाने छन् । म अब न झादकेला छोरासंग पैठा जोरी खोज्नु पर्ने छ न त मै ठुला जिम्माल हु भनेर आफ्नै भाइको मान मर्दन गर्ने जेथाजुहरुसंग अब कहिल्यै सामना गर्न नपर्ने भयो । जति दुख गर्न पनि पछि पर्ने छैन । यी सन्तानलाई कोइ दाजु भाइका सन्तान भन्दा कम बनाएर राख्ने छैन । आँखा झिमिक्क भएकै होइन । कुखुरा बासि हाल्यो । आजै कोइ मान्छे खोजेर बाबु लाइ पुडकेको साथ् लगाएर पठाउनु पर्छ । उनीहरुलाई बाटामा खाने अरनि टपरीमा खुटर ढकनी राख्दिनु पर्यो । साथमा केहि तरकारी र अमिलाको अचारको पोको बनाउने पर्यो । भन्दै म उठे । बाबु आठ पुगेर नौ बर्षको लागेको थियो । उ पनि पुडके दाइसंग बा लाइ भेटन आतुरी थियो । फेरफारका लुगा फाटा त थिएनन । फर्खर दशैमा सिलाएका कमेज शुरुवाल र पुराना फाटेका भए पनी एक जोर कपडाको पोको बनाइ दिए । दाइले यी साना भान्जालाइ एक्लै पठाउन भएन । यो खबर झुटो भयो भने यी भान्जाहरु बितरा पार्लान त्यसैले म आफै साथमा लिएर जान्छु भन्नु भयो र बाबु र पुड़केलाइ मधेश लैजानु जानु भयो । मलाइ दाइले दाइले मधेसको ज्वाइको सबै हाल छाल बुझेर मात्रै तिमीलाई लिन आउछु । भन्दै बिहानको खाना खाइवारी भंजाहरुलाई लीइ गाओबाट रुद्रबेनी तर्फ झर्नु भयो ।
००००००