मलाइ  आफ्नो जिबन नै माइतिको दैलो कुरेर मर्ने भैयो भन्ने लागेको थियो । खबर त पठाउनु भएको रहेछ । त्यो खबर भन्दिने मान्छे मेरो माइती नआएर, घरमा गएर भने होला ? ति छोरा बुहारीलाइ थाहा रहेछ । त्यसैले त खोज्न पनि नगएका, नत्र भने मर्दो जिउदो पत्ता  लगाएर काज क्रिया गर्ने थिए । किन चुप चाप छन् भनेको त, उनीहरुलाइ थाहा रहेछ । खालि म मात्रै पिडा र सन्तापमा परिरहे । परमेश्वरले मेरो प्रार्थना सुनुदिनु भयो । इश्वरको कृपाले अब सबै ठिक होला । भगवानले पनि परिक्षा लिन्छन भन्ने सुनेको थिए । सायद तै भएर होला, मैले अहिले सम्म यति ठुलो सन्ताप र दुख व्यहोर्नु परेको रहेछ । 

दाइ आजका दिनसम्म न आइसकेकोले भाइ टिकाको तयारी पनि राम्रो संग गरिएको थिएन । तै पनि आमा र मैले केहि अर्सा सेल रोटि राति अबेर सम्म लाएर पकायौ । भोलि सबैरै टिकाको तयारि गर्न पर्यो । भन्दै सुत्न गए । निद्रा पटक्कै लागेन । खुशी पनि थिए । तराइमा हैजा लागेर मान्छे मरेको मरै छन् भन्छन । खै के हुने हुने ? हामीलाई केहि भै हाल्यो भने छोरा छोरी के गरि खालान ! हिजो सम्म सम्म अर्कै पिर थियो, आज अर्कै । जे भए पनि पिरले नछोड ने भयो । बिहान पख झपक्कै निदाएछु । सपनामा छोरीहरुलाई लिएर हामि मधेस हिडिरहेका थियौ । भीरको बाटोबाट माथिबाट अचानक एउटा ढुङ्गो आएर मैले बोकी राखेको छोरी माथी पर्यो । म लड़ेर ढुंगाले च्याप्यो ।  छोरी बोकेको गाँठो फुस्केर भीरबाट रगताम्मे हुदै खसी अब छोरी मरी क्या हो भन्दै गुहार भन्दै मार चिच्याउन पुगेछु । आमाले के हो ? भन्दै मलाइ समात्नु भयो । सरिरभरी खलखल्ती पसिना आइरहेको थियो । यो सपना रहेछ । जाग्दा त म बिस्तारा रहेछु । यो मन पनि कस्तो ? सपना पनि कति डरलाग्दो ? छोरी मस्त निदाएकि थिइ । उसलाई फेरी हेरे, सुतेकी छोरीलाई काखमा लिएर उसको गालामा म्वाइ खाए । 

आमालाई भने : आमा मैले यस्तो नराम्रो सपना देखे । के सपना लाग्छ र ? आमाले भन्नु भयो : बिहान पाखाको सपना लाग्दैन क्या ? कति नाना भाँती सोछि रहन्छेस । अब भगवानले सबै राम्रो गरिदिनु हुन्छ । अब जागेपछि  सुत्ने कुरै थिएन । आमा र म उठेर नुहाई धुवाई गरी भाइ टीकाका सर्जाम जम्मा गर्न थाल्याउ । आमाको एक मात्र भाइ हाम्रा मामा कालापात्रबाट  आउने न आउने केहि खबर थिएन । उतै सानिमासंग टिका लाउनु हुन्छ कि ? तै पनि आमाले यस पालिको तिहारमा यहि आउछु भन्थ्यो, भन्नु भा को थियो । 

मामा आउन पनि मामा घरबाट सात आठ घण्टा लाग्थ्यो । मामा आउदा त दिन डुब्ने हो कि । कुखुराको डाको संगै हिडे त अलि चाडै आइ पुग्नु होला ! तै पनि आमाले मामाको लागि रोटीको पोको टोपी ठिक्क पानु भएको थियो । मरो  लागि पनि दाइलाई लगाइदिने टोपी र रोटीको पोको ठिक्क पार्नु भएको थियो । सच्चाई म बिहान उठे पछि आजको दिन असाध्यै प्रिय लागिरहेको थियो । अब छिट्टै मधेस जाने मिल्ने भएको थियो आफ्नो घर । जन्हा मेरो लोग्ने हुनु हुन्छ । जो मेरो मनले आश मारेको थियो । बाबु छोरो आफ्नै बाउसँग पु गेको छ । अब म पनि छिट्टै त्यहि पुग्दै छु । 

मेरो अंगमा आज  साच्चै आज घाम लागेको छ । मेरो मन आत्मा सबै प्रसन्न छ । अर्कै दुनिया छु जस्तो लागेको छ । बाहिर मौसम पनि दशैँ तिहारको रमयनिय वातावरण छ । गाउका प्रत्येक घरमा  रोटि पकाएको बास्ना आइरहेको थियो । सबैका घर अगाडी आँगनको दिलमा सयपत्री र सुपारिफुल  ढकमक्क फुलेका छन । दाइको लागि र मामाको लागि फुका माला उनेर टपरीमा सजाएर राख्यौ । 

बालाइ दाइ र मा मिलेर नुहाई धुवाई गराएर सफा कपडा लगाई दियौ । अलि अलि चिसो भएकोले बालाई धोएको सफा खोल फेरेर दोलाई ओढा एर पालीको छेउमा बसाल्यौ । टीकाका सर्जाम तयार गरि दाइ र मामाका सत्रुको टाउको फुटोस भनी धोकाको संघारमा ओखर फोड़यौ । मामा आइसक्नु भएको थिएन । मैले दाइलाई टिका लाइ दिए । छोरीलाई सरसफाई गरेर खाना खुलाई सकेर, दाइ र बा लाइ खान खुलाए । आमाले मामाको बाटो हेर्दै हुनुहुन्थ्यो । 

आज बा संग बसेर, ज्वाई मधेस भएको र मलाइ बोलाएको सबै  कुरा बा लाइ बताए । बा हाम्रै पिरले यस्तो हुनुभएको हो । छोरीको घर बिग्रानु र घरबाट खेदिएर माइतिको दैलोमा फर्किनु बाको लागि एउटा ठुलो दुर्घटना थियो । त्यहि कुरा सहन गर्न सक्नु भएन र त लकुवा ले हान्यो । बा अब तपाइले छोरीको पिर नलिनु होला । कान्छी बैनी पनि लोग्नेसंग राम्ररि घरजम भएर बसेको खबर आएको छ । अब म पनि घर जानेछु । अब भगवान संग प्रार्थना छ, बा तपाइँ चाडै ठिक हुनुहोस ।  मेरो मुटु भक्कानियो र आँखाबाट अनायासै आँशु झरी रह्यो ।

क्रमश :

०००००