लीला,  मेरी नाताले बैनी पर्छिन् । उ मेरी बैनी झुमा संग सगैकी हो । लीलाको घर हाम्रो घरदेखि अली पर पर्थ्यो। म माईती बस्न थालेको छ सात महिना पछि एक्कासी घास दाउरा गर्न जाँदा भेट भयो । उसको बिहे सानैमा भएकाे थियो। म घर गए पछि भेट भाको थिएन । उस्ले मलाई देख्ने बित्तिकै झम्टेर अंगालो हालेर बेस्सरी रोई। उसको न टाउकोमा सिंदूर थियो, नत हातमा चुरा नै थियो । मैले उस्लाई भने हैन  के भो नानी ? 

उस्ले सासै नबिसाइकन दीदी मेरो जिन्दगी त बर्बादै भयो, भनी  । अनी दीदी तपाईंको के छ नी हाल खबर ? मैले आफ्नो दुःख सुनाउनु भन्दा पनि उसको कुरा उस्को पीडा सुनु जस्तो लाग्यो । यो कल्कलाउँदो जोवनमा विधुई भएको देखेर असाध्यै दुखि भए । यता आफ्नै बैनीको त्यो दुर्दशा भएको छ । यता यो लिलाको यो अबस्था देखेर मेरै आफ्नो पिडा कम जस्तो लाग्यो।  अनि मैले कहिले कसरि यस्तो भयो । भनेर सोधे : लिलाले आफ्नो पिडा बिसाउने उपयुक्त संगी ठाने छे, मलाइ । 

उसले भन्दै गइ । दिदि बिहे त हजुरको भन्दा दुइ बर्ष पछि भएको थियो । बाल्खैमा भएको बिहेको कुनै सम्झना गर्ने कुरा पनि छैन । आमाले भन्नु हुन्थ्यो । दुरान फ़र्काएपछि माइत छोडेर गएका हुन् ।  तपाइलाइ थाहा छ नी । तपाइँ घर गएपछि मेरा सासु ससुराले बुहारीलाइ पठाई दिनु भनेर मान्छे लिन पठाउनु भएको थियो । दिदि,  बा सानैमा बितेकोले म आमाकी एक्ली छोरी, आमाले पहिलो पटक छोरीलाई घर पठाउदा ज्वाई लिन नआइकन कसरि पठाउ ? भनेर पठाउनु भएन । पतिको अनुहार पनि  मैले सम्झिन्न ! ससुराले  छोरोलाइ बनारस पढन पठाउनु भएको रहेछ । आगौ साल शास्त्री भएर आउछ । भन्नु हुन्थ्यो रे ससुराले  ! 

एक्कासि छ महिनापछि ससुराले मलाइ लिन फेरी मान्छे लिन पठाउनु भयो । आमाले सोध्नु भयो ज्वाई खै त ? ति मान्छेले मन्टो झुकाए र भने तपाइको ज्वाई बितेर नानीलाई काज क्रिया गर्न लिन पठाउनु भएको हो । आमा टाउको माथी हात राख्दै थचक्क बस्नु भयो । मलाई भने, न माया थियो । न त अनुहार नै सम्झिन्छु । रुन पनि आएन । के हो के हो जस्तो लाग्यो । तर गाउमा पुरै हल्ला भयो लालिको लोग्ने त मरेछ,  भंनी  । मान्छे जम्मा भएर मलाइ लोग्नेको काजक्रिया गर्न घर पठाउनु पर्छ, भने । कतिले यसको सिउदो धुवाएर हातका चुरा फुटाउन पर्छ भन्न थाले । कोइ कोइ माइतीमा यस्तो केहि गर्न हुन्, उनकै घरमा गएर गर्न पर्छ भने । अन्त्यमा लिन आएको मान्छेसंग घर पठाउनु भयो । 

मैले मेरोको अनुहार पनि कस्तो थियो भन्ने कत्ति सम्झना छैन । म रुउ की हाँसू ? भर्खर तेरह पुगेर चौध लागेकी थिए । मलाइ लोग्नेको जाने बाटो पनि थाहा थिएन । सानैमा बिहेमा लैजाँदा गएको बाटो, अब भुले सकेकी थिए । आमाले भन्नु हुन्थ्यो । छोरी अब ज्वाई बनारस गएर ठुलो पण्डित भएर आउनु हुन्छ । तिमीलाई लिन तिम्रो घरबाट लिन आउनेछन । तिमीले पनि अलिअलि पढ्नु पर्छ भनेर दुइ चार अक्षर पधन र लेख्न सिके । मामा घरको हजुर बुवा पण्डित भएकोले आमालाई साधारण लेख पढ आउथ्यो । त्यहि भएर केहि न केहि सिकेकी थिए । मनमा कुरा आउने जाने भै रहेको थियो । अनी सम्झे अब मलाइ घर लगेर मेरो टिका सिउदो र चुरा फोदिदिने छन् । आमाले रुदै भन्नु भएको थियो । छोरीले लोग्ने बेहोर्न नपर्दै बिधुइ भइ, अब कसरि उसले जीवन बिताउली, अझ उस्को हुर्कदै गरेको यौवन कसरि थामेर बस्न सक्ली ? 

मनमा अनेकौ ज्वार भाटा उठी रहेको थियो । सम्साँझ घरमा पुर्याए । गाउका मानिस जमा भै सकेका रहेछन । अब बुहारीको सिउदो छुरा फुटालेर नुहाई धुवाई गराएर कोराको कपडाको धोति र कोराकै कपडाको टाउको बाध्ने टुक्रो टाउकोमा राखी दिए । एक्लो होनहार छोरा पढनमा पनी असाध्यै टाठो हुनुहुन्थ्यो रे । ससुरा बुवाले भन्नु हुन्थ्यो । छोरा बनारस मै बितेको हुनाले त्यत्रो ठुलो घाट छोडेर यहा ल्याउन भएन भनेर हाम्रै आफन्तले वहांको दाहसंस्कार मनिकनिका घाट मै गरेका रहेछन । खबर ल्याउदा ल्याउदा पांच दिन भैसकेको रहेछ । एक्लो छोरो भएकोले वन्हाको काज क्रिया आफै ससुरा बस्नु भएको रहेछ । मलाइ अनौठो लागिरहेको थियो । सेतो कोरा कपडामा लपटीएर  तेह्रौ दिनको कार्य सकियो । म यो भन्दा अगाडी सासु ससुरालाइ बेहोरिकी थिइन् । घरमा टेको दिन देखि नै सेतो कपडामा बिधुइ भएर घरमा बस्नु पर्ने कस्तो आपत मेरो जिनदगीमा आइपर्यो । 

मैले भगवान तिमले मलाइ किन यस्तो बनायौ । रोए, कराए । उनले सुने सुनेनन मलाइ थाहा भएन । ससुरा भने छोरो मरेकोले अन्त्यन्त दुखि हुनुहुन्थ्यो । तर सासु भने छोरा गुमेको सम्पूर्ण दोष मलाइ लगाएर आफ्नो पिडा कम गर्न खोज्नु हुन्थ्यो । लोग्ने टोकुवा गालि गर्नु हुन्थ्यो । म लोग्नेसंग कह्ल्यै बसेको छैन । अनि मैले कैले लोग्नेलाई टोकेको पनि छैन । हैन किन यिनले लोग्ने टोकुवा भनेको होला ? पहिले त मैले बुझिन ! स्वास्नी आएपछि लोग्ने मरे भने लोग्ने टोकुवा भन्दा रैछन । थाहा पाए । गर्दा गर्दा गाउका आइमाइले समेत लोग्ने   टोकुवा भन्न थाले । यो ब्यबहारले म आत्तिए । माइती जान खाजे । एक बर्षसम्म घर छोडन पाइन्न भनेर रोके । सासु ससुरा मात्रै भएकोले, घरमा घाँस दाउरा गर्न बुहारी त चाहिदो रहेछ । बर्ष दिन पुगेपछी पनि माइत जान दिएनन । ससुराले राम्रै मिठो बोलीले काम अह्राउनु हुन्थ्यो । उस्तै परे सासूलाई बुहारीलाइ अलि राम्रो ब्यबहार हाम्ले नगरे, छोरो नभएको घरमा कोइ बुहारी बस्न सक्छ ? भन्ने गर्नु हुन्थ्यो । यसरी तिन चार बर्ष घरमा बित्यो 

म अझै तरुनी र बयस्क हुदै गए । दिदि म राम्री छु नि हैन र ? भन्दै मलाइ सोधी । मैले हो यस्तो ज्यु ढाल मिलेको साच्चै हुन पर्ने छस भने । उसले फेरी आफ्ना कुरा अगाडी बढाइ र भन्दै गइ । एक दिनको कुरो हो म पधेराबाट पानी लिएर आइकी थिए । सेतो कपडा भएर पानि छलल्किएर मेरो चोलो भिजेको थियो । मैले सारीको टुप्पोले आफ्नो बक्षस्थल पुछ्दै थिए । ससुरा आटिबाट झर्दै हुनु हुदो रहेछ । म झसंग भएर लोटन खोजेछु । 

ससुराले हत्तपत्त मलाइ समात्नु भयो । म ससुराको अँगालो आए । मलाइ त्यतिन्जेल लोग्ने मान्छेले छोएको पनि थिएन । दिदि साच्चै भन्ने हो भने म ससुराको अंगालोबाट छुटने मन थिएन । मेरा आँखा बन्द भए । ससुराले मलाइ काखमा लिएर थचक्क बस्नु भयो । हैन तिमलाई के भयो ? भन्दै पटक पटक सोधी रहनु भयो । मेरा सास बढ्दै गयो सरिर रनक्क तात्दै आयो । मेरा आँखा मदहोस भए । मेरो ससुरा भन्ने कुनै ख्याल मनमा आएन । मेरो कल्पनाको लोग्ने देखे । ससुराका हात मेरो बक्षस्थलमा घुम्न थाले । बिस्तारै मेरा ओठ र ससुराका ओठ जोडिन पुग्यो । ससुरासंगको संयोगले टासिन पुगेकी थिए । मलाइ छुट्टन मन लागेकै थिएन । यत्तिकैमा सासु आउनु भयो र हैन यी ससुरा बुहारीको के चाला हो । यो बुहारी चाला ठिक छैन है । ए पात्तिएका बुढा के गर्यौ लाज लाग्दैन ? भन्दै हकारिन । 

हत्तपत्त ससुराले परिस्थितिलाई समाल्दै बुहारी पानि लिएर आइकी थिइन् । उनि चिप्लेर लडन लागेकोले मैले समातेको भन्नु भयो । ससुरालाइ मैले आफ्नै बाउ जस्तै मान्थे । 

मलाइ लाग्छ, ससुराले मप्रति नराम्रो भावना पनि राख्नु हुन्न होला ? जस्तो लाग्छ । त्यस दिन भएको घटना मात्र संयोग थियो । नभए ससुराले अघि पछि पनी म माथी कु दृष्टि राख्नु हुन्थ्यो होला । त्यसपछि कहिले नजिक परेनौ । तर सासुमा शंकाले घर बनाइ सकेको थियो । बुहारीलाई जसरी भए नि घरबाट निकाल्न पर्यो भनेर अनेकौ बाहाना गरेर मलाइ दुख दिन थालिन । ससुराले यस्तो ब्यबहार नगर भन्ने बित्तिकै सासुले ससुरालाई बुहारी स्याहार्न खोजे होला । भनेर झगडा गर्थिन । म त्यो घरमा बस्ने नसक्ने भए । ससुराले पनि माइतीमा गए बस । यहाँ यसले उठी बास लगाउनी भै । भन्दै । केहि रपिया खर्च हालेर माइती पठाउनु भयो । 

मेरो पनि त्यो घरमा आफ्नो भन्ने त कोइ थिएन । लोग्ने जो न देखेर न भोगेर मरिसके । सन्तान नभए सी कसलाई कुरेर बस्ने ? बरु आमा र माइतिस्नग त बस्न पाउछु, भनि माइती आए । दिदि, म माइर्ति आएको तिन चार बर्ष भैसक्यो । दुइ चार महिना हुदै बर्ष दिन पुग्यो । आमा अझै बुढी हुदै हुनुहुन्छ । घरको सारा काम मैले नै भ्याइकि छु । साच्चै भन्ने हो भने हाम्री भाइजु महारानी जस्तै खुट्टा खापेर पालीमा बस्छिन । पाप लाग्छ क्या भन्दै आफ्नो थाल माझ्नु बाहेक अरु केहि ढलेको सिन्को भज्दिनन । अहिले फेरी पेट बोकिकी छन् । झन् काम गर्ने कुरै भएन । जिनदगि भर हाम्ले पाल्नु पर्ने भए पछि सबै काम नगरेर सुख भन्दै ताना मार्छिन । बाल्यकालमा बिहे गरेको जिबनमा कहिले दोबारा भेट नभएको न व्यहोरेको लोग्नेको नाममा । दिदि के म यसरी नै जिन्दगिभर, बसौ । यो त सरासर अन्याय भएन र, स्वास्नी मान्छेलाई ? माइती बगाएको पसिना बालुवा हालेको पानि हो भन्छन दिदि । आमा पछि दाइ भाउजुले बस्न पनि छि छि दुर बनाउने पक्कै छन । त्यसैले दिदि, म त जसरि नि मलाइ लैजानी पाए भने पोइल जान्छु ! भनेर आफ्ना बेदना दुख र भावाना सर्लक्कै मलाइ पोखी । उसले भन्दै थिए । झुमालाइ भन्दिनु तेरी साथि लिला आउछे र तेरो दुख हर्छे । भन्दै आफ्नो बारी तर्फ गइ ।

अब फेरी भेटौला भन्दै म बारी तिर गए । घाँस काट्न ढिलो भैसकेको थियो । हतार हतार गरेर एक डोको घाँस बनाएर घर आए । रात भरि मनमा कुरा खेली रह्यो । मेरो र लालीको भोगाइ फरक छ । हरेक मान्छेको दुख पिडा आफ्नै खालको हुदो रहछ । तर नारीको पिडा असंख्य छ । आमा बाबुको काखमा जन्मेर हुर्केर भिन्नै सस्कार र परिवेशमा गैर घरजम गर्नु । अझ हाम्रो जस्तो पुरुष प्रधान र नारिलाइ अप्शु तुल्य मान्य समाजको परिपाटीमा बाच्न असाध्यै गारो अबस्था हो । समाजका जे जति दमनका कुरा छन् उनी नारि व्दारा नारि कै माध्यमबाट लाञ्छना र अपमान गराइएर शोषण गरिएका हुन्छन । म नै संसारकी दुखि नारि भनेर संझी मैले मा भन्दा अझै दुखि मेरी बैनी झुमालाई देखिकी छु । आज लालिको कुरा सुन्दा लाग्दै छ । मा भन्दा उ झन् दुखि र पिडा छ । यस्तै सोच्दैमा बिहानको कुखुराको भाले बास्यो । 

क्रमश :