ससुरा बा धेरै जसो बिमारी भइराख्ने हुनाले टुहुरा नातिहरुको एक्कै चोटी बिहे गर्न पाए हुन्थ्यो । भनेर छोरालाई भनिराख्नु भएको थियो। यी छोराहरु दश पुगेर एघार टेकेका मात्रै के थिए ।  केटा केटिको सानै उमेरमा बिहे गरिदिने चलन थियो । बिहे गरेपछि माइतीमै छोडेर आउने चलन हुन्थ्यो  । सायद समाजमा केटिको संख्या कम हुने हुनाले होला । बिहे गरेर केटीलाई आफ्नो बनाइ राख्नकै लागि हो कि ? देवरबाबुले पनि बुवाको इच्छा अनुसारनै नै आफ्ना छोराहरुलाइ एकै पटक बिहेको लग्न जुराएर बिहे गरिदिनु भयो । तिमीलाई खबर नै गर्नु भएन । सायद तिम्रो बालाई खबर गर्नु भएको थियो होला ! 

बिहेवारिको सबै काम सकिएपछि दुवै बुहारिहरुलाई माइती पठाइयो । ससुराबा  बिमारी हुदै जानु भयो  । दुवै छोराहरुलाई पढाउन पोहोर साल संस्कृत बिद्यालय, बनारस पठाइम । ससुराबा दिन प्रतिदिन कम्जोर हुदै जानु भएको हुनाले सुधार हुने कुनै छाँट थिएन । वास्तवमा भन्ने हो भने बुढेस उमेर नै रोग हो त्यो निको हुने सम्भावना पनी हुदैन । ससुरा बाले आफैले बिचार गरि घाटे बैधलाई बोलाउन पठाउनु भयो । भनिन्छ, नी धर्मात्मा मान्छेहरुले आफु कहिले मरिन्छ भन्ने कुरा पनि जान्दछ ! त्यस्तैससुराबालाई पनी आफ्नो मृत्यु नजिक आएको आभाष भएको हुनु पर्छ । नभन्दै घाटे बैद्यले गंगामा गइ अर्धजलमा समाधी लगाउन सल्लाह दिए । 

गंगामा अर्धजल लैजान एक्लो देवरबाबुले मात्रै निर्णय गर्न मिल्थेन । जिम्माल दाजु सिमुल्तै हुँदा हुदै ।  ससुरा बुवाको इच्छालाइ पुरा गर्न सबै भाइले सल्लाह गरेर रुद्रवेनि घाटामा अर्धजलमा राख्ने कुरो भएपछी बल्ल ससुराबाले कान्छी बुहारीको मुख पनि हेर्छु र अन्तिममा आशिर्वाद पनि दिन्छु भनेर बोलाउन लगाउनु भएको थियो । मसंग काम गर्दा गर्दै काहिली जेथानिले सुनाउनु भयो ।जिम्माल जेठाजुले ससुरा बालाई फेरी सोध्नु भयो :  गङ्गा घाटमा यसरी मृत्यु कुरेर बस्नु के उपयुक्त होला र बुवा हजुर ?  तर ससुराबाले मेरो अन्तिम इच्छा हो । ल यसको ब्यबस्था गर ! मैले अरु तर्क नै सुन्न चाहन्न, भन्नु भयो,   । बुवाको चित्त दुखाउन कुनै भाइले चाहनु हुन्थेन । 

अर्को दिनको साइत रहेछ, ससुराबुबालाइ गण्डकीमा अर्ध्जल लाने । साँझ आएकापाहुना पाछालाइ भात भान्सा गराएर सक्यौ । हामि दुवै देवरानी र जेठानिले मलाई रातभरि निद्रा लागेन । यो अर्ध्जल भनेको गंगाजिमा मर्न कै लागि जाने भनेको रहेछ । अब मैले ससुरालाई कैले देख्न पाउन्न । मलाइ आफ्नै हजुरबा जस्तै लाग्यो । मैले उहाँलाई स्याहार सुसार पनि गर्न पाइन् । कस्तो दुख पाउनु भए होला  । जुन छोरासँग बसेको त्यसैको स्वास्नी मर्दा, दोश्रो बुहारी घर पसेको अर्कोदिनामै अर्ध जल किन जानु परेको होला । केहि दिन संगै बसेर मैले पनि त सेवा गर्न पाए हुन्थ्यो । भन्ने मेरा मनमा लागेको थ्यो । के गर्नु । 

बिहानै भाइ हरु जुटे ! केहि भरिया रासन पानि बोके । साँझ बिहानको लागि भान्सा तयार गर्न हामि जेठानी र देवरानीलाइ लैजाने भानु भयो । गाउलेहरु पनि भजन किर्तन गर्दै  अन्तिम बिदाइ भनि डोलीमा राखी फूलमाला  बाजा गाजा सहित रुद्रबेनी गङ्गा घाटमा पुर्याउन आए । घाटको अलि मास्तिर मन्दिर थियो र त्यसैको छेउको  पौआमा त्यो राति बास बस्यौ । सबै गाउलेहरु  ससुराबाको  आशिर्बाद लिएर फर्के। सवै थाकेका थियौ । हल्का रोटि तरकारी बनाएर खायौ । ससुरा बुवाको निदाउनु भएको थिएन । वहाले भागवत गीता पाठ गर्न लगाउनु भयो । 

वासांसी जीर्णानी यथा विहाय नवानि गृहणाति नरोअ पराणि ।

तथा शरिराणि विहाय जिर्णान्यन्यानि सन्याति नवानि देही ।। 

  • “जसरी मानिसले आफ्ना पुराना कपडा फाटेर पुराना भएपछि त्यसलाई त्यागि दिन्छ र नयाँ कपडा धारण गर्दछ । त्यसरी नै जीवात्मा पनि आफ्नो आयु पगे पछि पुरानो सरिर त्यागेर अर्को नयाँ सरिर ग्रहण गर्दछ ।”

यो सुनेर ससुराले भन्नुभयो “ यो मेरो सरिर जिर्ण भयो । अब मेरो यो सरिरलाइ त्यागेर म परमेश्वरको घरमा जानु छ । उनी परमेश्वरको कृपाले मात्रै यो धरतीमा फेरी आउने अबसर पाउने छु ।” साबि छोराहरुले सुनेर केहि बोल्नु भएन । 

फेरी अर्को श्लोक :

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक : ।

न चैनं ल्केदयन्त्यापो न शोषयति मारुत “।।

  • “आत्मालाई शस्त्रले काटन सक्दैन , न त आगोले नै जलाउन सक्दछ ।  आत्माली पानीले न बगाउन, न डुबाउन न त फिजाउन नै सक्छ ! न त यसलाई हावाले शोसन गर्न, मिटाउन नै सक्दछ “ 

यो सुनेर फेरी ससुराले आफ्ना छोराहरुलाई भन्नु भयो । हाम्रो सरिर मर्दछ तर हाम्रो आत्मा कहिल्यै मर्दैन” त्यसैले मानिस मर्यो भनेर शोक गर्नु व्यर्थ छ । तिमीहरुले पनि मेरो लागि कुनै शोक नगर्नु !  

 

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोअस्त्वकर्मण ।।

  • “तिम्रो कर्म गर्ने मात्रै अधिकार हो, फल प्राप्तिको आश नगर त्यसको अधिकारी तिमि होइनौ । कर्मफल प्राप्तिको आशक्ति कामनाले प्रेरित नहोउ । त्यसै गरि कर्म निषेध गर्ने पनि नहोस ।” 

यो कुरा सुने पछि आफ्ना छोराहरुलाई हेर छोराहरु भगवान श्री कृष्णले भन्नु भएको तात्पर्य के हो भने “हामीले कुनै फलको राग इक्षा नराखिकन असलकर्म गर्नु पर्दछ । त्यो असल कर्मको फल दिने वा नदिने कर्मको नियत हेरेर मैले निर्धारण गर्छु, भन्नु भएको हो । मानिसले जेजे जस्तो कर्म गर्दछन । त्यसको फल तिन चरणमा मानिसले प्राप्त गर्दछन । 

कुनै कर्मको फल तुरन्तै पाइन्छ । केहि फल केहि समयको प्रतीक्षापछि पाइन्छ । त्यसैले मान्छेले भन्दछन । भाग्य र कर्मको फलले गर्दानै म अहिले यस्तो दुख पाएको छु । अर्थात मैले यो सुखभोग गर्न पाएको छु । आफ्नो  संचितीफल र प्रारब्धमा लिएर आएको फल नभोगीकन हामि यहाबाट फुत्किन सक्दैनौ । भनेर आफ्ना छोरालाई असल कर्म गर्नु, पाप कर्मबाट सदा टाढा रहन सुझाव दिनुभयो । 

मैले धेरै कुरा बुझ्न सकिन । तर यो भागवत गीता भन्ने पुस्तकमा धर्म कर्म कर्मफल भाग्य भगवान आदि कुराहरु लेखेको रहेछ भन्ने कुरा थाहा पाए । पाठ गर्दै हुनुहुन्थ्यो, वहाँहरुले, म भुसुक्कै निदाएछु । बिहानै ससुराबुवालाई घाटमा सबै मिलेर गयौ । दाजु भाइ मिलेर ससुराको स्नान गराउनु भयो । पण्डितलाइ बोलाएर के कुन्नि बिधि गराउन पुजा पाठ गराउन थाल्नु भयो । म  र जेठानी नुहाई धुवाई गरेर मन्दिरको पौआमा फर्कियौ । दोपहरसम्म सबैलाइ भात भान्सा तयार गर्न परो । 

 रुद्रबेनीको घाटमा ससुरा बालाई  स्नान गराएरपुजा पाठ लगाएपछि सबै पौआमा आइ भान्सा गर्नु भयो । ससुराले मैले अन्न त्यागि दिए भनेर खान मान्नु भएन । वहालाई एक कचौरा दुध खान हामि सबैले कर गर्यौ । नजिकैको मन्दिर मा स्संझाको आरती पुजा सकियो  र केहि छिन भजन किर्तन भयो । ससुरा बुवालाई बोकेर फेरी पौआमा लगियो । कसैलाई निद्राको थोपो लागेको थिएन । मेरो मन त झन् सिरिङ्ग भको थियो । मर्ने आको रे ! यहाँ । ससुराले छोराहरुलाई अर्ति उपदेश दिन थाल्नु भयो । एक मतो मिलेर बसयौ भने  कसैले तिमीहरुलाई हेप्न सक्दैन । समाजमा सक्दो सहयोग भलो  गरेर सबैको मान्य हुन् सुखद हुन्छ ! म जिम्माल हुँ भनेर थिचोमिचो गरे असन्तोष बढेर जान्छ र कालान्तरमा आफुलाई हानी गर्दछ ।” भन्नु भयो । मलाइ अगाडी बोलाएर, तिमि नआत्तिउ, बुहारी तिमीले ति नातिलाई सौताको छोरा नभने, आफ्नै छोरा समझीए, हेर कान्छा !  बुहारी काची उमेरकी छे, नातिहरूले केहि नराम्रो गर्लान ख्याल गरे, अब ति हुर्की सके । तैले दुबैलाई आ आफ्नो ठाउमा राखेर न्याय गरेस । 

यस्तै प्रकारले छ दिन गंगामा स्नान पुजा आज्ञा गरेर पाटीमा फर्केनि चलेकै थियो । साँझ ससुराबुवाले भोलि मेरो अन्तिम दिन हो भन्दै बिहानै सबै छोराहरु तयार  हौ । गंगाजिमा गएर एक आवर्ती भागवत पाठ सुन्न छ मलाइ भन्नु भयो । सबै बिहानै उठानु भयो ।  ससुरालाई कान्छा छोराले पिठ्युमा बोकेर रुद्रवेनी किनार घाटमा पुर्याउन्य भयो । स्नान गराई गंगाको पुजा गराएर,ससुराको खुट्टा गंगाजिमा डुबाई सबै भाइ वरिपरि  बसेर भागवत पाठ गर्न लागे । ससुरा बाजेलाई  भागवतगीता कन्ठै थियो । वहांले भागवतगीता पाठ सक्याएर गंगाको जल हातमा लिएर हे कृष्ण अब मलाइ तपाइको शरणमा लिनुस । भनेर ढोगे पछि ससुराको आफ्नो प्राण गएछ  ।  छोराहरुको भागवत पाठ पनि संगै सकियो । सबै मिलेर बुवालाई उठाउन खोजे तर ससुरा बुवाले प्राण छोडि सक्नु भएको थियो रे ।  

क्रमस: