जुना क्रमश: – ६  

म देवर बाबुसंग एक्लै जान मानिन ।  मैले मेरी साथी मनमायालाई नलिई जान्न भने पछि बाले माने दाइलाई भनेर मनमायासंग पठाउन मान्नु भयो । बल्ल मलाइ आँट आयो । बिहानै म संगै मनमाया भइन ।  अनि म ढुक्क भएर  घर्ति दाइलाइ पाउरको डोको बोकाएर आफन्त देवरसंगै पहिलो पटक घरको लागी  पाइला चालिकी थिए । उनी मेरी बालसखालाइ संगै लिएर गए ।  न रुन सक्छु । न त लोग्नेसंग भेटने कुराले खुशी छाएको छ । बाटो सबै भुली सकेकी थिए । सारै थाकेको हुनाले घर पुग्नु

म देवर बाबुसंग एक्लै जान मानिन ।  मैले मेरी साथी मनमायालाई नलिई जान्न भने पछि बाले माने दाइलाई भनेर मनमायासंग पठाउन मान्नु भयो । बल्ल मलाइ आँट आयो । बिहानै म संगै मनमाया भइन ।  अनि म ढुक्क भएर  घर्ति दाइलाइ पाउरको डोको बोकाएर आफन्त देवरसंगै पहिलो पटक घरको लागी  पाइला चालिकी थिए । उनी मेरी बालसखालाइ संगै लिएर गए ।  न रुन सक्छु । न त लोग्नेसंग भेटने कुराले खुशी छाएको छ । बाटो पनी भुली सकेकी थिए । सारै थाकेको हुनाले घर पुग्नु अगाडीको चौपारीमा थुचुक्क बसे । खुट्टामा फोरा परिसकेछ । फुटेर चहराइरहेको थियो । हिडाइले पसिना पसिना भएकी थिए । पहिला त्यो घर कस्तो थियो कहाँ थियो मलाइ केहि ख्याल थिएन । एक्लै आएको भए मैले घर पनि चिन्ने थिइन् । 

भाउजु तपाइको घर चिन्नु हुन्छ ? देवरबाबुले भन्नु सोधे  । लसकरै चार पांच वटा घर थिए । कोइ खरले छाएको, एउटा चाहि ढुंगाले छाएको घर थियो । मैले घर के ले छाएको भनेर सोधेको पनि थिइन् न त कसैले बताएकाथिए । मलाइ थाहा थिएन । ति देवरले यो बिचको  ढुंगाले छाएको घर, बाहिरबाट हेर्दा तिन तला जस्तो देखिने घर नै हजुरहरुको हो भनेर बताए । पहाडको नजिक देखिए पनि एक लर्कन बाटो हिडेर मात्रै पुगियो । दलानको एक छेउमा कोठा जस्तोमा ससुरा बा खाँटमा अडेस लाएर बस्नु भएको थियो । मैले पहिला ससुरालाइ अगाडी गएर भुइमा ढोगी दिए । ससुराबालाइ दम भएर सास फेर्न गारो भैरहेको थियो । मलाइ दाहिने हात उठाएर आशिर्वाद दिनुभयो । मैले यत्रो बर्षमा देखेको आफ्नै लोग्ने लाइ पनि चिन्न गारो भो। जुस्स दारी बढेको अलि दुब्लाएको अनुहार पनि मलिन देखे । जेठाजुहरु ससुराबाको वरिपरि बसेका हुनुहुन्थ्यो । सबैलाई भुइमा ढोगे । 

काहिली जेठानीले मलाइ भित्र लैजानु भयो । पुरै घरलाई देखाउन थाल्नु भयो । मैले मेरो साथी मनमायालाइ पनि भित्र लान थाले । मनमायालाई भान्सामा पस्न दिनुभएन । घरको आटिमा चढेर हेरे । माथि तलामा अन्नपातको भण्डार थियो । बिचको तला जम्मा दुइ वटा कोठी थिए । काठको भर्यांग बिचमा भएकोले भर्यान्गको दाहिने देब्रे तर्फ कोठीका ढोका थिए । तल्लो तलामा भान्सा कोठा थियो, भान्छा कोठाको डिकमुनि ठुलो ओछ्यान अनि ओदाने चुलो बलिरहेको थियो  । ठुलो ओछ्यानमा बसी आगो ताप्ने । दुध तताउने, चिया पकाउने । हाम्रै घरमा जस्तै रैछ । धेरै जसो जाडो हुने हुनाले यो ठाउ सबैको प्यारो नै हुन्छ ।  त्यहि घरमा ओसारी हालेर दलान बनाइ एउटा खुला कोठा निकालिएको रहेछ । 

कोठामा एउटा काठको खाट र त्यसमाथि  केहि कम्मल बिछ्याईएको थियो, बाकि रहेका ठाउमा गुन्द्री बिछ्याएर माथि काम्लो बिछ्याइएको  थियो । आएका पाहुनालाइ बसाल्ने बैठककै रुपमा प्रयोग गरिएको थियो ।ससुरा बाजे आफ्ना सात भाइ छोरा र छोरीहरुलाई यहि घरमा हुर्काउनु  भएको थियो रे । 

ससुरा बाजे त्यस गाउका नामी जिम्माल हुनुहुन्थ्यो । जिम्मालनी बजै बितेपछि जिम्मालबाजेको लुल खस्केको थियो । बिस्तारै आफ्नो अस्वस्थ हुनु भएको  थियो । वहाँ असक्त भए पछी जिम्माली पद आफ्नै जेठो छोरोलाई हक हस्तान्तर गर्न चाहनु भएको थियो रे ।  तर जेठो छोराले भने इच्छुक हुनु भएन रे  । वहाँ  अलि रसिक हुनु हुनु हुन्छ रे । भजन किर्तन भने सी हुरक्क हुने उस्तै परे झाम्रे बस्न पनि गैरहनु हुन्थ्यो । बाउको काम काजमा कुनै वास्ता नगर्ने हुनाले वहाँ मुनिकै भाइलाई माइलो छोरोलाई जिम्माली, हक भोग हस्तान्तरन गर्ने निर्णय गर्नु भएछ, ससुरा बाले  । जसले पाउन पर्ने हो उसले नै मलाइ चाहियो  भन्न नसक्ने र जिमालिको लेखापढी गर्न र मिलाउन समेत गाउलेले न पत्याउने हुनाले पनी ससुरा बाले बाध्य भएर  माइला छोरालाई नै जिम्मा दिनु भएको । 

ससुरा बाले आफ्नी पत्नी मरे पछि, सबै छोराहरुलाई सम्पत्तिको अंशबंड गरिदिनु भएको  । ससुराबा ले कान्छो छोरा अर्थात मेरो कान्छा देवर  तिम्रो लोग्नेसंग आफैले रोजेर बस्नु भएको हो । कान्छी देवरानी बिते पछि घरमै चुलो नसल्किने भएपछी हामि मिसिन आएका हौ । भनेर काहिली जेठानीले मलाइ सबै कुरा नबिसाइकन बताउनु भयो । देवर असाध्यै सज्जन र ज्ञानी हुनुहुन्छ । लेखापढी गर्न पनि सक्नु हुन्छ । तिमि घर आयौ । देवर बाबुका यी दुइ छोराहरुलाई मिलाउन सके त तिमीलाई राम्रै होला ? तर तिमि भन्दा देवर पाका हुनुहुन्छ । नअत्तिऔ, मछु तिम्रो साथमा, तिमीलाइ  सबै काम सिकाएर मात्रै हामि आफ्नो घरमा जान्छौ । भन्नु भयो, काहिली जेठानी ले ।

वास्तव देवरबाबु बाउको पिड़ो थाम्ने खाले हुनुहुन्छ । तर जिम्माली पद दाजु हुँदा हुदै देवरले जिम्माली पाउने कुरै भएन। । तर बाउ नै आफुसंग बसेको हुनाले देवर बाबुको फुर्ति भने जिम्मालको भन्दा कम छैन । सबै भाइलाई मिलाएर जिम्माल्ले जिम्माली समाले पनि कान्छो देवर भने दाइसंग झुक्नु हुन्थेन। तर पनि दाजुको अगाडी आज्ञाकारी हुनुहुन्छ, सम्मान गर्नुहुन्छ। जिम्माल  त तिम्रो भिनाजु नै हो । अब तिमीलाई बाहिरका कसैले हेप्न सक्दैनन् । किनकि तिम्रो जेठाजु मात्रै नभएर भिनाजु पनि हो, वहाँ ।

एकाएक देवरानी  बिरामी भइन । धामी झाक्री बैद्यको केहिसिप लागेन र अन्तत उनी मरिन । बुहारीको असल ब्यबहारले गर्दा टिकाराम बाजे कान्छोसंग बसेका थिए । उनी नै नभएसी उनको खान पिनमा हेर चाह गर्ने आइमाई घरमा भएनन । देवरानीले  दुइ वटा छोरा जन्माई सकिकि थिइन् । उनी बित्दा पांच छ बर्षका मात्रै थिए । यी छोराहरु पनि टुहुरा भए, आमा बिनाका ।ससुरा बाजेलाइ अशह्य भयो । के गर्ने के नगर्ने भयो । तुरुन्त देवरबाबुले बिहे गर्न पनि मान्नु भएन  । साच्चै देवर्बाबुले आफ्नी पत्नीलाई असाध्यै माया गर्नु हुन्थ्यो । 

ससुरा बाजेले हामि छुट्टीइ सकेको भए पनि हामीलाई देवर बाबुसंग मिसिन लगाउनु भयो । हाम्रा छोरा छोरी पनि अहिले सम्म भएका छैनन् । मलाइ ति दुइ छोरा मेरै लागि जन्मेका भएर कान्छी देवरानी छोडेर गैकी हुन् कि ! जस्तो लाग्छ । मर्ने बेलामा यी मेरा छोरालाई तपाइले हेरविचार गर्नुस है भनेकी थिइन् । ससुराबाले भनेको कुनै छोराले अवज्ञा गर्दैनथे । 

काहिली जेठानीले सारा सबै कुरा आजै बताएरै सक्न खोज्नु भयो । आजै सबै काम कुरा बुझाएर जाने जस्तो गरेर बताउनु भयो । देवरबाबुको देवरानी बितेको चार पांच बर्षसम्म बिहे गर्न कसिनु पनि भएन । चार पांच बर्षसम्म यसरि नै चल्यो । 

देवर बाबु त्यस्तै पैतिस छत्तिस बर्षका भएका हुनु हुन्थ्यो होला, तिमीलाई बिहे गर्दा । देवरबाबुले अब बिहे गर्दिन भन्नु भएको थियो । दाइ भाउजु हुनुहुन्छ । अब दुख बेसाउन्न भनेकै हुनुहुन्थ्यो । तर ससुरा बा ले मान्दै मान्नु भएन । वहांले भन्नु भयो हेर ! छोरा तेरो जिन्दगी लामो छ । बिहे चाहि गर्न पर्छ भन्नु भयो  । देवरले मेरो उमेर मिल्ने केटि कहाँ पाइञ्छ र ? अर्काकी स्वास्नी ल्याउन भएन क्यारे ! भन्न थाल्नु भयो । कन्या केटि त आठ नौ बर्षमै बिहे गर्दिन्छन । बुढी कन्या कहाँ पामलाम । 

ससुराबाजे आफ्ना जिम्माल जेठाजुलाइ बोलाएर कान्छाको बिहे जसरि पनि गरिदिन पर्यो । यति लामो जिन्दगी कसरी काटला ? फेरी यी टुहुरा नातिहरुको स्याहार गर्न पनि पर्यो । केटिको खरेडी छ क्या बा ! जस्तो तस्तो ठाउमा बिहे गर्न पनि भएन । खानदान कुलको कुरा पनि आउछ । ससुराबाले अरु कहीं  जानै पर्दैन , तेरो ससुरालीमा जा र जेठो ससुराको छोरी मेरो भाइलाई दिन पर्यो भनेर अठ्या न । मामलाबुढाले नदिएर सुख पाउलान र ! भनेर आदेश दिनु भयो । 

जिम्माल जेठाजुले मुन्टो हल्लाएर हुन्छ, भन्नु भयो । छोरि त छन् अलि सानी छ । आठ नौ बर्षकी होलीन  । कहिले ठुली भएपछी  कान्छाको घर धान्ली र भनेर अनकनाए । आफ्नै बेहेवारी चल्ने आफन्त ठाउमा नचापे अरुले त झडकेला छोरा छन् भनेर कहाँ मान्लान र ! भन्नु भयो ससुराबाले । तिमीलाई थाहा छ, अ तिम्रो नाम जुना हैन ? भनेर सोध्नु भयो । मैले  हो भने,  तिमि त मेरो बैनी जस्तै हौ नी । तिम्लाई त मैले सबै कुरा बताउछु । 

बास्तबमा जिम्माल जेठाजुले पनी तिन तिन वटा बिहे गर्दा पनी स्वास्नीबाट वर पाउनु भएन । कहिले रोगले, कहिले सुत्केरी व्यथाले गर्दा बाचेनन जेठानिहरु । चौथो पत्नीको रुपमा तिम्रो काकाकि छोरी हिमा दिदिलाइ बिहे गर्नु भयो । उमेरै नमिले पनि जिम्माल भनेर हिमादिदिलाई जिम्मालसंग  बिहे गर्नु भयो । बुढा लोग्नेले  धेरै माया गर्छन रे कान्छी स्वास्नीलाइ । तिम्रोबासंग ससुरालीको नाता थिदै थियो । आखिर जेठाजु सालीलाई मेरो भाइलाई दिन पर्यो, भनेर माग्न जानु भयो । 

तिम्रो बाले बालक छोरीलाइ कसरि झडकेला छोरा भएको घरमा दिउ ? सानो ज्वाइको तेसैपनि उमेर अलि पाकै छ ! भन्नु भएको थियो रे ! तिम्रो बालाई पनि जिम्मालको कुरो काट्न पनि सकसै भए होला ।  भाइले पनि छोरी दिएको घरै हो । तर झडकेला माथि त छोरी दिन्न ! भन्नु भएको थियो रे पहिले । झडकेला छोराले भोलि मेरी छोरीलाई धपाउछन क्यारे। छोरालाइ माग्न पर्ने ठाममा  बाउलाई कुरो ल्याउनु हुन्छ ? भन्दै उमेरै पनि त नमिल्दो  भयो । ज्वाई साहेब अन्तै खोजौ ।  भनेर पहिले त झनक्क रिसाउनु भएको पनि थियो रे । जिम्माल जेठाजुले भन्दै हुनुहुन्थ्यो, यहाँ घरमा आएर । 

बडा मुश्किलले हुन्छ भन्ने बनाएको हो  । मेरो पनि साली हो । तपाइले दिन्न भनेर सुख पाउनु हुन्न । मैले सालीलाई कुनै दुख हुन  दिन्न । झडकेला छोरा भए पनी म जिम्मा भए । केटि  मान्छेको जात एक आध सन्तान जन्माए पछि बुढी भैहाल्छन भन्दै जिम्मालले धर्नो कसेर मनाएरै छोडनु भएको रहेछ । अलिकता उमेर त हो बढी भएको भन्दै तिम्रो बाबालाइ मनाएरै छोड्नु भएको रहेछ । तिम्रो बुबाले  नाइँ भन्न सक्नु भएन र अन्त्यमा तिम्रो बिहे हाम्रो देवरसंग भएरै  छोड्यो । काहिली जेठानिले हैन जुना तिमि साच्चै राम्री छौ । 

भाग्यमा जोडी मिल्ने लोग्ने पाउन सकिनौ, के गर्ने तिम्रो कर्ममा यहि लेखेको रहेछ ! मेरै देउरानी हुन् । मेरी काहिली जेठानी यति धेरै कुरा एकै चोटी बेली बिस्तार लाउदै भनेको सुनेर मेरी टाउकोमा चक्कर लाग्न थालेको थियो । एक छिन त मेरो दिमागले कामै गरेन । के के हो, यो घरको राम कहानी कसरि बुझु । 

मैले तिमीलाई धेरै बेर अल्मल्याए, बाहिर दलान भरि पाहुना आएका छन्, ससुरा बुबालाइ भेटन र हेर्न । सबै लाई चिया बनाएर सत्कार गर्न पर्यो ।  लौ छिटो गर ! हामि दुवै चिया र खाजा बनाउन लाग्यौ । मनमायाले बाहिरै बसेर तरकारी खेलाउन थालिन । 

 

******