२. 

 

बिहान उठने मन थिएन । तर बिहानै आमा हामि दुवै बहिनीलाई उठाउन उछ्यान  मै आउनु भयो । आमाले कहिले पनि हामीलाई बिहान ओछ्यान मै उठाउन आउनु हुन्थेन । म कराए आमा हाम्रो निद्रा पुगेकै छैन । न उठाउनुस न । कस्तो टाउको दुखेको छ । ज्वरो पनि आउला आउला जस्तो भएको छ ! म रिसाए । हिमा दिदिले मलाइ फकाउनु भयो आज तिम्लाई हाम्रो घर लैजाने हो । उठेर नुहाएर हिजो नयाँ लुगा लगाउ । भात खाइवरी जाउला है। मन नलागी नलागी उठेर नुहाए । मैले कहिले आफै नुहाएको थिइन । आमाले नुहाई दिनु हुन्थ्यो । आज आमा भान्छा कोठामा नै व्यस्त हुनुहुन्छ । हिज कै पाहुनालाइ कसरि बिदा गर्ने होला भन्दै भुत भुताउनु भएको छ । पुजामा आएकालाइ प्रसादको टपरी दिएर पठाए हुन्न आमा भने । 

हिमा दिदीले हिजो त तिम्रो बिहे भएको हो । मेरो देवरसंग भन्नु भयो । मलाइ के थाहा भिनाजुको  भाइसंग  कहिँ बिहे हुन्छ ? भनेर नचाहिने कुरा नगर्नुस है दिदि भने । हिमा दिदीले हास्दै न रिसा न बहिनि म तेरो दिदि हुँदा हुदै तैले पिर गर्ने पर्दैन । दिदीले भन्नु भयो । सबै पाहुनाहरुलाई खुवाए पछि बिदाइ गरे सकेपछि बहिनी झुमालाई गाउकी काकी संगै लगाएर एक जना मान्छेले बोकेर घरबाट निकाले । बहिनि मुर्छा परेर रोइ । म त जान्न के । अर्काको घर । काकी हजुर पनि नजानुस, मलाइ नलैजानुस भन्न थाली । जति बिलौना गरे पनि । त्यो सानो दुलाहा फुलको माला लगाएको भरियाको पछि पछि लागेर गयो । 

गाउकै घर्ति दाइ हुनुहुन्थ्यो । मलाइ बोक्नु भयो, पिठ्युमा । दिदि भिनाजु र वहांको भाइ अरु आठ दश जना मान्छे थिए होलान । म रोएको रोए थिए । म जान्न के आमा ! पछि  दिदिसंग जान्छु के ! बिलौना गर्दा पनि न त बा न त आमाले मलाइ रोक्न खोज्नु भयो । उल्टै रुदै जाउ छोरी बिहे भए पछी घर कुच्नु पर्छ अहिले । भोलि पर्सि आए पछि जान पर्दैन के । फेरी हामीसंगै बस्ने हो । भन्दै फकाउनु भयो । 

बैनीको दुलाहा त बैनी जत्रै सानै छ । अनि मेरो दुलाहा खै त ? भनेर हिमा दिदीलाई सोधे । रामु पो मेरो दुलाहा हुनु पर्ने खै त मैले देख्दिन ! ए त्यो रामु त दुलाहा हुन् मिल्छ र उ तिम्रो नाताले दाइ पर्छ नी । दाइ संग पनी कहिँ बिहे गर्न हुन्छ त ? दिदि हाम्ले त गाइ चराउन जाँदा दुलाहा दुलही खेलेकाम  के !  मैले भने तर दिदीले त्यस्तो कुरो भन्न हुन्न अब उ तिम्रो दाइ पर्छ । दिदिलेअब  तिम्रो दुलाहा उ तिम्रै भिनाजुको भाई त हो ! भनेर भन्नु भयो । वहाँ त भिनाजु हो ।

 त्यत्रो ठुलो मान्छे पनि मेरो दुलाहा कहिँ हुन्छ ? नाइँ मैले त मान्दै मान्दिन, भनेर दिदीलाई भने अनि दिदीले तिमि पनि भोलि पर्सि ठुली हुन्छेउ के । भनेर भन्नु भयो । मैले मन मनै बहिनिको दुलाह त बहिनि जत्रै छन् । अनि मेरो दुहाला किन भिनाजु । वंहा त हाम्रो बा जस्तै देखिनु हुन्छ । हजुरको देवरको बिहे नभैकन त्यति ठुलो हुनु भयो त ? दिदीलाई फेरी दोहर्याएर सोधे मैले । दिदि केहि बोल्नु भएन । हिमा दिदि अर्काका पिठ्युमा बस्दा गारो भयो । म त तपाइसङ्गै हिडछु है, भनेर सोधे, दुलही हिडन हुन्न के आज, भन्दै हुनु हुन्थ्यो । तर मैले कर गरेपछि घर्ति दाइको पिठ्युबाट तल झर्न पाए । 

दिदि अलि अग्ली हुनु हुन्थ्यो । वहाँसंग पाइलो मिलाउन पनि मा दगुर्न पर्थ्यो । अलि ढिलो हिडनुस  दिदि भने मैले । दिदीले पनि मेरो हात समातेर बिस्तारै गांवबाट तल झर्यौ । हामीलाई अघि लगाएर भिनाजुहरु पछि पछि आउनु भएको थियो । बिस्तारै मैले दिदीलाई सोधे, दिदि भिनाजु पनि अलि बुढो हुनुहुन्छ नी, तपाइँ भन्दा ? बुढो लोग्नेले धेरै माया गर्छन भनेर बा ले बिहे गर्दिएको के ! धेरै नकरा आफ्नो भिनाजुलाई पनी बुढो भन्ने हो त ? भन्दै हकार्नु भयो । साच्चै बुढो लोग्नेले धरै मे गर्छन त ? फेरी सोधे दिदीलाई । कुन्नि मलाइ थाहा  छैन, भन्दै झर्किनु भयो । 

म केहि बेर चुपछाप दिदि कै हात समातेर हिडी रहे । बडियार खोलाको तिरै तिर उकालो लागेका रहेछौ । बडियार खोला बगेको आवाजले न दिदि बोलेको सुनिएको थियो । न मैले बोलेको आवाज दिदीको कानसम्म पुगेको थियो । मजुवापछिको उकालो लागेपछि एउटा चौतारो आयो । अब त म हिडन सक्दै सक्दिन, भनेर त्यहि फालिए । सम्सान्झ भैसकेको थियो । दिदीले अब हामि घर नजिकै आइसक्यौ। भन्नु भयो । थाकेर लखतरान परेका थियौ । तै पनि घर त आइ सक्यो । जिम्माल कान्छीलाई बोकी हाल भनेर घर्ति दाइलाई भन्नु भयो, भन्नु भयो दिदिले ।  दिदि म कसरि जिम्माल कान्छी भए ?  म त हुन्न जिम्माल कान्छी भन्दै खुट्टा झटकारे ! हैन के घर आइ पुगियो भन्दै कुरा टार्नु भयो । लौ जन्ती आए दुलही  लिएर आए भन्दै त्यो गाउ भरिका आइमाई जमा भएका रहेछन । मैले त घुम्टो फालेर दिदिलाइ भने साच्चै म नै हो दुलही ? नाइँ म त हुन्न दुलही बा लाइ भन्दिन्छु भन्दै रोए । दिदि केहि बोल्नु भएन । 

ढोकामा दुइटी आइमाइले च्यादर ढाकेर बाटो छेके । दिदिले उनीहरुलाई पैसा दिएर भित्र मलाइ लिएर जानु भयो । दिदीले जस जसलाई भन्नु हुन्छ, तिन तिनलाई ढोगे, कसैलाई जेठाजु, कसैलाई जेठानी, अमाजु र भान्जा भान्जी भन्दै सबैलाई ढोगे पछि दिदीले ससुरा बुवा लाइ ढोग भन्दै आफुले ढोगी दिनु भयो र मलाइ ढोग्न लगाउनु भयो त्यो पनि रुपिया राखेर । ससुरा बाले आशिर्वाद दिनु भयो । बिस्तारै घरमा पाहुना कम भए । घरमा मैले मेरी बैनी झुमा जत्रै दुइटा केटा देखे, मलाइ लाग्यो । जे होस् मलाइ साथि हुने भए । यिनीहरु गाइ बस्तु घाँस काट्न चराउन जादा साथी त हुने भए भनेर खुशी पनि भए । दीदिले भन्नु भयो यी तिम्रा छोरा हुन । म अचम्म परे । आमाले भन्नु भएको थियो । मेरो दाइ र हाम्लाई आमाले आफैले पाउनु भएको थियो । अनी मैले नपाइकन यिनी कसरी मेरा छोरा भए दीदी । नाइँ मैले मान्दै मान्दिन । जे मन लाग्यो त्यहि भन्नु हुन्छ ? 

फेरी दिदीले केहि बोल्नु भएन । भिनाजुले ल हिड दिदीलाई आफ्नो घर लैजान खोज्नु भयो । दिदि नभए त म यहाँ बस्दै बस्दिन भनेर खुट्टा बजारे । अन्तंत दिदि मसंगै त्यो रात सुत्नु भयो । दिदि संगै हुँदा अलि डर कम हुन्थ्यो । नत्र त कहाली लागेर आउथ्यो । बिहान उठेर पधेरामा संगै नुहान लगाउनु भयो दिदीले । मैले त सारी लागेकी थिइन । घागर सित नुहाउन नुहाउन थाले दिदीले माथि नाङ्गै राख्न हुन्न  माथि काखी मुनिसम्म  घागर  तान लाज हुन्छ,भन्नु भयो । आमाले त मलाइ नाङ्गै पारेर नुहाई दिनु हुन्थ्यो ।आमाले भन्नु भएको मेरो लाज उम्रेकै छैन, अनि किन लाज मान्नु । दिदि रिसाउदै मलाइ गालि गर्नु भयो । धत् लाटी छाती ढाकेर नुहाउन पर्छ, केटि मान्छेले भनेको हो के । मैले त्यसै गरे । 

एउटा सानो हतहरमा पानि भरेर बोक्न लगाउनु भयो । बल्ल बल्ल दिदि अघि अघि म पछि पछि लागेर घर पुगे । त्यहा जग्य बनाएर आजै चतुर्थी गर्न पर्यो । भनेर मलाइ पुजामा बसाले । आगो बालेर धान चामल मिसाई त्यहि आगोमा  स्वाहा गरे पुरेतले । पछाडी ति केटाहरुले यी हाम्री आमा त होइनन । यति सानी मान्छे कहिँ आमा हुन्छन ? बा हाम्ले आमा मान्दैनौ भन्न थाले । दिदीले मलाइ ठुली आमा भने सी मेरी बैनीलाइ आमा भन्न भन्न पर्छ भनेर तिनलाई सम्झाउनु भयो । नाइँ यिनी हाम्री आमा हैनन् । भन्दै रोए । बाले आमा लिएर आउछु भन्दै यो केटीलाई लिएर आउनु भयो नाइँ हाम्रै साच्चैकी आमा ल्याइदिनुस भन्दै रोए । जिम्माल भिनाजुले ति केटालाइ ससुरा बा संग लिएर जानु भयो । पुजा सकियो । 

पिढीमा आइमाइहरुले टपरी खुटी राखेका थिए । खुसुर फुसुर गर्दै हैन यी जिम्माल कान्छाले यस्ती बाल्खलाइ बिहे गरेर के सुख पाउलान?  उमेरै मिल्दैन । कैले ठुली हुन्छे र घर स्याहार्छे कुन्नि ? के सोचेर बिहे गरे भन्दै थिए । अर्कीले भन्दै थिइन् । उमेर मिल्ने कन्ये केटि पाउन पनि त पर्यो ? भनिन । यत्री केटिले दुइ दुइ वटा झडकेला छोरालाइ के समाल्न सक्ली र ? 

यस्तो सुने पछि लाग्यो मलाइ । आफुले नपाइकन हुने छोराहरुलाई झडकेला भन्दा रहिछन । कान्छा भीनाजुको स्वास्नी नभैकन कसरि छोरा भएछन ? मनमा लागि रहेकै थियो । एउटी आइमाइले भनि कठै कान्छी जिम्मालनी कति राम्री थिइन् । जाति पनि थिइन् । दुइटा छोरा पाएर टुहुरा बनाएर मरिन । बल्ल मलाइ थाहा भयो । स्वास्नी मरेर, मलाइ दोश्रो स्वास्नी बिहा गरेका रहिछन !  दोश्रो बिहे अनि झडकेला छोरा के के हो के के मैले केहि बुझिन। सबै कुरा आमालाई गएर सोध्छु । हिमा दिदीले त केहि भन्नु भएन । 

 त्यसै दिन भात बुहारीले पकाउनु पर्छ भन्दै एउटी आइमाई आइन । ठुलो कसौडी थियो । चामल पानी मिसाको मेरो हात लगाएर चुलोमा बसाल्न लगाएका थिए । मैले थाम्न सकिन । कसौडी पल्टेर ठुलो ओछ्यानको ओदानमा गएर अडकियो । चामल पानी भुइमा पोखियो । लौ खा भन्दै एउटी बुढी आइमाई भित्र पसिन । आजै के हतार थियो । पछि गराए भैहाल्थ्यो । भन्दै  ससुरा बा कराउनु भयो । त्यसपछि कसले पकायो । मलाइ केहि थाहा भएन । आज हिमा दिदि आफ्नै घर मलाइ एक्लै छोडेर जानु भयो । घरमा काहिली सासु हुनु हुदो रहेछ । वहांलेनै मलाइ सम्झाई बुझाइ गरि आफ़ैसंगै सुतानु भयो । 

भिनाजु भाइलाई पनि भिनाजु भन्दै अघि पछि गर्थे पहिला तर अहिले भिनाजु न त भन्न पाइने भो । न त अघि पछि । अहिले त मलाइ डर लागेर आको छ । के भनेर बोलाउने । जन तन रात बिताएर उज्यालो भयो । निद पटक्कै लागेको थिएन । सबै सपना जस्तै लागेको छ । नुवाई धुवाई गरेर सकेपछि, ससुरा बाले लौ कान्छा लगेर छोड यो बाल्खलाई कहिले ठुली भएर घर समाल्ली र ? तिमीहरुले जाती  गरिनौ क्यारे, यो त साह्रै सानी छ, भन्नु भयो । सासु भनेर कसैले चिनाएन । मैले पनि सोधिन ! देख्दा पनि देखिन । खै के, खै के !  

 हिमादिदीले मलाइ दुइ चुल्ठे कपाल कोरी पाटि गरि चिटिक्क पारिदिनु भएको थियो । चोली र घाघर लगाएकी, खुट्टामा चाँदीका पाउजु, हातमा राता पहेला छुरा र निधारमा रातो टिकी बिचमा टल्किने खाले, टाउकोका पातलो चुनरिले ढाकेकी, गोरी, चिट्ट परेको नाक नक्सा, असाध्यै राम्री देखिएकी छौ मेरी बैनी जुना भन्नु भयो दिदीले ।दिदिले आफ्नो देवरलाई देखाउदै, उ तिम्रो सानो भिनाजुको हात नछोडिकन हिड्नु है, भने पछि, मलाइ साच्चै मेरो बिहे होइनरछ भन्ने लाग्यो । दिदीले नै सानो भिनाजु भने पछि, मलाई अलि ढुक्क भए जस्तो लाग्यो । बुबाहजुर भन्दै  दिदीको ससुराबुवालाइ निहुरि परेर ढोगे  र बिदा मागे । एक जना भरियासंगै थियो । डोकामा केहि मेरा कपडा थिए भने केहि खानेकुरा पाउर राखिएको थियो । अनि बाटामा खानको लागी ढकनी सालको पातको टपरीमा सिन्काले उनेर राखिएको थियो । भरियालाइ बुवाले अह्रानु भयो । नानि हिडन सकिनन् भने, बीच बिचमा बोक्नु है । 

चक्रपाणी बुध्दिजिवी त छदै थिए । वास्तबमा म जस्तो मान्छेले यस्तो उमेर अन्तरको  बाल-बिबाह नगर्नु पर्ने थियो । आफुले बाउको र जिम्माल दाइको कुरो काटन सक्ने कुरो पनी थिएन । परिस्थिति त्यस्तै बनेर आयो । उनलाई लाग्थ्यो ठुलो गल्ति भो ? उनले मनमनै पश्चाताप पनी मानिरहेका थिए । यो बिबाह उल्ट्याउन मिल्ने भए उल्ट्याउन मन थियो । तर समाजले यस्तो कार्यलाई मान्यता त दिदैन थियो, इज्जतको कुरो हुन्थ्यो । अब जे होला, 

जुनालाइ उनकै माइतीमा छोडेर आउ । भोलि जे होला त्यहि टर्ला ! जुनाले उमेरकै कारणले अर्कैसंग भागेर जान पनि सक्छिन ? यस्तै मनमा कुरा खेलाउदै जुनालाई दाहिने हातले उनको देब्रेहात समातेर ससुराली तिर लागे ।   

बाटाभरि  भ्नाजुले मलाइ साली भनेरै बोलाउनु भयो । मसंग केटा केटिपारामा तिमीले घरमा के काम गर्छेउ ? आमालाई काममा सघाउछेउ कि सघाउन्नौ ? तिमीलाई पढन आउछ कि आउन्न ? तिम्रो बैनीको कत्ति माया लाग्छ ? तिमि त अब त ठुली हुन् थालिकी छौ । घर धन्दामा आमालाई सहयोग गर्न पर्छ है ?  बाबाले तिमीलाई कति माया गर्नु हुन्छ ? भनेर सोधी रहनु भयो । मैले पनी सहजै प्रश्नको उत्तर दिदै, भिनाजु हजुरले  मलाइ कति माया गर्नुहुन्छ है ? भन्दै प्रतिप्रश्न गरे । गर्छु भन्दै निर्दोष बालसुलभ जिज्ञासालाइ उत्तर दिदै मैले लगाएको घाघर र चोली कत्ति तिमीलाई सुहाउदो रहेछ । भन्दै फेरी भिनाजुले जुना तिमि अहिले तिमि यत्ति राम्री छौ सानोमा त ! अझ ठुली हुँदा कस्ती देखिन्छेउ होला ! 

यिनै मिठा मिठा कुरा गरेर  बाटो काट्न सजिलो भैरहेको थियो ।  उल्लिखोला तरेर भिर बाटो हुदै बडियारको तीर तिरको बाटो उकालो ओरालो हुदै खैरेनी आइम  ।  अब भोकले अत्याइसकेको थियो । पानीको धारो भएको छेउमा ढुंगामा टुक्रुस्स बसी ढकनीको टपरी खोलेर, मलाई खान लगाउनु भयो । भरिया, म  र भिनाजुले अर्नी  खाइ चिसो पनि टन्न खाएर, ज्वांग हसरा हुदै घरतिरको बाटो लागिम । जुनेली रात थियो सम्साँझ पुग्न सकीएन, अलि ढीलो भयो । म त बोकिन नमानेको हुनाले पनी ढिलो हुनुनै थियो । अलि भीरको बाटो लागेपछि मलाइ भरियाले डोकामा राखेर बोके, छिटो छिटो गरि घरमा पुग्दा खाइवरि सुत्ने बेला भैसकेको थियो । 

बाटो काटेको मलाइ थाहा भएन । मैले भिनाजुलाइ मलाइ किन बिहे गर्नु भयो भन्दै खुबै रिसाए । यो सबै तिम्री दिदि हिमाले गराउनु भएको हो नी ! जे जे भन्ने हो । वहाँलाइ भन है नानि ! भन्नु हुन्छ । अब दिदि आए पछि मैले जानिछु के ? माइत त आउनु होला नी ! भन्दै आफै फुत फुताए । 

बालाइ आजै आउलान भन्ने लागेको थिएन । साँझ घर पुगियो । बा आमाले ज्वाई छोरी भनेर भित्र लग्नु भयो । मैले भिनाजुलाई आफुले कसरी लोग्ने भन्ने नाइँ मैले त भन्दिन, आमा !  पहिला त आमा बासंग बेस्सरी रिसाए । रोए पनि । तर बा आमालाई अँगालो हाले पछि फेरी मन शान्त भयो । अब म कैलेपनी  जान्न बा आमा ! भिनाजुका दुइटा छोरा पनि रहेछन । किन बिहे  गर्दिनु भयो मलाइ भनेर खुब रोए ।  बैनी झुमालाइ भने उत्रे केटो भेटाउने, मलाइ त्यत्रो बा जस्तो भिनाजुलाई किन बिहे गर्देको । आमासँग रातभरी नसुती कराई रहे र  रोइ रहे । 

*****