३. 

बिहान सबेरै उठेर बाले  आफ्नो नित्य पुजा आजामा लाग्नु भयो  । बाले  ज्वाइलाइ नुहाउन पानी  तताइदिन छोरालाई अह्राउनु भयो। जाडोको महिना बाहिर तुसारो परेर अरु जाडो बनाएको थियो ।आमा भान्छामा गएर ज्वाइलाइ खाना बनाउन थाल्नु भयो । मैले तरकारी काटकुट गर्न सघाउ थाले ।  कान्छा भिनाजु मेरो मेरो दुलाहा नुवाइध्वाइ सकाएर ठुलो ओछ्यानमा चियाको चुस्की लिदै आगो तापेर टोलाएर बस्नु भयो । के सोच्नु भएको होला ? म जस्ती केटा केटीलाई किन बिहे गरे हुँला भनेर हो कि ! भिनाजु मायालु त हुनु हुन्छ तर मैले यति ठुलो मान्छेलाइ लोग्ने भन्न कसरि मिला ?  पक्कै मैले गल्ति गरे भनेर सोचेको होला भन्ने मलाइ लाग्यो । 

मन्टो झुकाएर बसेका ज्वाईलाइ आमाले ज्वाइसाप भान्छा तयार भयो, भन्नु भयो  ।  झसंग हुदै   हस भन्दै धोती फेर्न गए र भान्सामा पिर्का बिछ्याईएको थियो । उनि पिर्का बसेर थाल वरिपरि मन्त्र पढ्दै पानि घुमाए । एउटा सानो दुनो मागेर भात दाल तरकारी समेत राखी श्रीकृष्ण अर्पण भन्दै थाल छेउमा राखे । चरेसको थालमा झिनियाको भात, चरेसको कचौरिमा ताजा घ्यू, चरेसकै कचौरामा दाल र पांच सातवटा  सालका बौताहरुमा तरकारी अचार चटनी अनि गिलासमा  दुध र अम्खोरामा पानी सबैलाइ नियालेर, पहाडमा आटो बिनाको जस्तै जिम्माल कहाँ पनी भान्सा हुन्न ।  वहांले यस्तो मान गर्न पर्दैन भन्नु भयो । आमाले यति  धेरै व्यंजन तयार गरेको मलाइ कहिले थाहा थिएन । साच्चै ज्वाई आउदा यति धेरै बनाएर खुवाउन पर्दो रहेछ । म अचम्म परे । 

भलै दुध घ्यु गोरसको कमि हुन्थेन, हाम्रा घराँ । भान्सामा अर्को कसौडीमा मकैको आटो पाकेकै थियो । यसो हेरेर आमासंग अलिकति आटो पनी थालमा राखिदिनोस न, भनेर वहाँले माग्नु भयो । अलिकति यो भात कम गरि दिनु है। तर आमाले पहिलो पटक आएको ज्वाइलाइ मैले त मरिगए आटो खुवाएर पठाउन्न भनेर मान्दै मान्नु भएन । खाना खान शुरु गर्नु भयो । खाना खाइसकेपछि चुठाउन आम्खोरामा पानि लिएर दाइ  पछि पछि गएर पानी खन्याई दिनु भयो। जेठान भए पनी उमेरमा आठ दश बर्ष कान्छो हुनु हुन्थ्यो, दाइ । भो भो जेठान भन्दै आफै अम्खोरा समात्न खोज्नु भएको थियो वहांले, तर दाइले दिदै दिनु भएन। 

अव दुलाहा भिनाजु  घर जान ढिलो गरे रात पर्ने हुनाले घर जाने तरखर गर्न लाग्नु भयो । त्यतिन्जेल भरिया दाइले पनी खाना खाएर तयार भैसकेका थिए । बा आमाले ज्वाइलाइ रातो टिका लगाई दिएर दक्षिणा कोटको गोजीमा राखी दिनु भयो ।  ढकनिको अर्नी र दुधको कुराउनी र सेल रोटीको पोको बनाएर भरियाको डोकोमा राखी दिनु भयो, आमाले ।

बाले ज्वाइको खुट्टामा ढोगेर, हाम्री बाल्ख छोरी जुनालाई तपाइलाइ जल खाएर दान गरेका छौ । माया गरेर पाल्नु होला । दुइ दुइवटा झडकेला छोरा छन् । यो केटा केटि नै छ । छोरी अलि गरिखाने नहुन्जेल यही राख्छम । भन्नु भयो । यो कुरा सुने पछी अब मलाइ के चाहिएको थियो । म त आकाशमा उडने चरी जस्तै भएकी थिए । भिनाजुले पनि बालाई आस्वस्थ बनाउदै भन्नु भयो : म जुनालाइ छोडेर जान्छु र उपयुक्त समयमा लिन आउने छु । तपाइले दान दिएकि छोरी अब मेरी हुन । यिनलाई नासोको रुपमा राखिदिनु होला । भन्दै बिदा हुनु भयो । जुना तिम्रो काञ्छॊ भिनाजुलाई बिदा गर्न आउदिनौ । भन्दै बा आमाले बोलाउनु भयो । तर मलाइ नजिक जाने मन लागेन । तपाइलाइ टाढै बाट बिदा है, भिनाजु  अब त म कहिल्यै तपाइको घर जान्न के !!!! भनेर ढोका बन्द गरिदिए । 

क्रमश :

*****