१. 

 

गुल्मीको रमणीय स्थान लिम्घा, लिम्घा गाउ, बाहुन र मगरहरुको  बस्ती थियो । लिम्घा पुगे पछि बाटो सकियो भन्ने भनाइ थियो, त्यति बेला । गाव बेशी लेक हुन्थ्यो त्यहा, बेसी  स्याङ्गमा धानखेती लगाइन्थ्यो भने घाँस दाउराकोलागी लेक थियो । ज्ञवालीथर भएका बाहुनहरुको बस्ती  गाँवमा ढिक माथी र तल लस्करै केहि घर थिए । केहि अलि पर गाउँका सवै आफ्नै नातेदार घर भित्र कै ठहरिंठे ।  मधेशतिरबाट जाँदा रिणी खोला तरेर गण्डकीको तिरको बाटो लिएर रुद्रवेनीको घाट तरेर अस्लेवा र  लुम्पेक हुदै जान सकिन्छ भने बुर्तिवांग तर्फबाट आउदा भने ज्वांग हसरा हुदै जान पनि सकिन्छ । मामला बाजे त्यस गाउँका मुखिया थिए, नाम त वहांको हरिलाल थियो ।  त्यस गाउका असाध्य राम्रो व्यक्तित्व भएका करिब छ फिट भन्दा अग्ला व्यक्ति थिए । सरिर देखेर पनी  कसैले हेप्न सक्दैनथे । गाउँघरका साना तिना झैँ झगडा मिलाउन उनि नै जान पर्ने हुन्थ्यो र उनि गैसकेपछी मिलाएर छोडने हुदा उनलाई मामला बाजे भनेर चिन्दथे । 

कर्मकाण्डी संस्कृतको पढेका भए पनी माम्ला बाजे, पन्डीत्याई भने गर्दैनथे । चारवटी छोरी, एउटा छोरो, आफु गाउको ठुलो ठालु भएर हिडने भए पछि, मानबहादुर थापा मगरले उनको खेतीपाती स्याहार्दिने र गाइभैसीको सुसार र गोरसको बन्दोबस्त मिलाई दिन्थे  । मामला बाजेको मन पनी ठुलै थियो । मान बहादुरको परिवारको दुख:सुख रासन पानीको आफैले बन्दोवस्त गरिदिन्थे आफ्नै परिवार सरह ब्यबहार गरेकोले मान बहादुरले पनी मामला बाजेलाई छोडन सक्दैनथ्यो । अरु कसैले पनी काम गर्ने मान्छेको यति सारो ख्याल गर्दैनथे ।

 मामला बाजेको रेसुङ्गाका प्रभुसंग राम्रो सम्बन्ध पनी थियो रे । रेसुङ्गाका प्रभुको राजा महेन्द्रसँगको पहुँच थियो । वहाँको ख्याति नेपाल भरि नै थियो त्यति बेला । रेसुङ्गा प्रभुको आश्रममा धेरै जसो पुगी रहने र वहाँको साथ सहयोगमा जुटी रहने हुनाले प्रभुको वहाँलाइ बिशेष आशिर्बाद पनि थियो भन्दथे गाउलेहरु । रेसुङ्गाका प्रभुले मामला बाजेलाई भनेका थिए रे । बाजे तपाइले मलाइ तपाइको  छोरो दिनुस, मैले उसलाई चेलो बनाएर मेरो उत्तराधिकार बनाउछु । मेरो मठको सम्पत्तिको कुनै उत्तराधिकार छैनन भनेर पटक पटक भनेको कुरा सुनाउनु हुन्थ्यो मामला बाजेले गाँउमा । मामला बाजेको एक्लो छोरो प्रभुलाई दिन सक्नु भएन । माम्ला बाजेले यस कुराको दुखेसो जहिले पनी मनाई रहनु हुन्थ्यो । दुइटा छोरा भएको भए, एउटा छोरा प्रभुको शरणमा पठाउने थिए । भन्नु हुन्थ्यो, आफन्तसंग । 

 मुखिया र जिम्मालहरुसंगको बसाउठीले समाजमा उनको इज्जत बढेको सझंथे उनी । बढी बाहिर पट्टिकै ध्यानले गर्दा घर ब्यबहार काम काजमा मान बहादुर कै भर गर्न परिरहेको थियो । त्यति धेरै प्रसस्त धन सम्पत्ति नभए पनी खानलाई मानबहादुरलाई छुट्याएर आफुलाई आटो पिठोको कमि थिएन । रह्यो दाम पैसाको कुरो । नुन चिनी केहि लुगा फाटोको कुरा सालमा एकआध चोटी फेर्न पाए सुखी भएको ठानिन्थ्यो नै, त्यसबेला । 

मामला बाजेको ठुलीछोरीको बिबाह पछि, माइली छोरीको अचानक मृत्यु हुन् पुग्यो ।  बिबाह हुने उमेरकि छोरीको मृत्युले चोट परेकै थियो, उनलाई । मामला बाजेका छोरीहरु असाध्यै राम्रा थिए । छोरी माग्नेको कमि थिएन । बस छोरीको उमेर बढन मात्रै त बाँकी थियो । मामला बाजेले ज्योतिषलाइ बोलाएर छोरा छोरीको चिना देखाए । आफ्नो सन्तानको भविष्यको कुन आमाबाबुलाई पिर हुन् र !  पिर गर्नु स्वभाविकै थियो । 

ज्योतिसले चिना पल्टाएर ग्रह गोचर केलाउन थाले र भने यी दुइटी छोरीको बिहे गरेको घरमा घरबार नहुने देखिन्छ । अनि छोराको पनी सन्तानको एउटै बिहे बारीले घरजम नहुने पक्का छ, ग्रहले यहि भन्छ । ज्योतिसको भविष्यवाणीले मामला बाजे अरु त्रसित हुन् पुगे । छोराको बिहे अर्को गरे पनी भयो तर छोरीको बिहे गरेको घरबार बिग्रियो भने मेरो इज्जत कहाँ पुग्ला ? यो चिन्ताले बाजेलाई भोक न निद्रा बनाएर भित्र भित्रै अतालिन पुगेका । उनलाई छोरी मरेको पिर हुदाँ हुदै फेरी बचेका छोरीहरुको घरवार बिग्रने ज्योतिषको त्यो भविष्य वाणीले उनले ज्योतिषसंग फेरी त्यसको निदान खोज्न पुगे । 

ज्योतिसले एउटा उपाए सुझाए । महिना वारी नहुँदै, दोश्रो बिहेको केटोलाई छोरीको बिहे गरे दोष काटिन्छ भन्दछन । यसो गरेमा आफ्नो इज्जत जोगिने कुरामा ज्योतिसले ढाडस दिए ।  साहिली छोरी थिइन् जुना, केटाकेटी देखी नै सरलक्ककि गोरी नाक नक्सा मिलेकी साच्चै चन्द्रमा जस्ती उज्याली । यो छोरीलाई बिहे गरेर जल खाने बिचार गरे । जुना भर्खरै नौ बर्ष पुगेर दशमा मात्रै टेकेकी थिइन् ।

माम्लाबाजेको आफ्नै काकाबा कि नातिनी खुमालाई काकाले जिम्मालसंग बिहे गरिदिएका थिए । जिम्मालको चौथो पत्नीको रुपमा कान्छी बनाउन उमेर पाको भए पनि सम्बन्ध जोडन कै दिएका थिए । बाउको आफ्नै स्वार्थ थियो । 

गाउका सबैले उनलाइ छोरी बुढो र सौता माथि बिहे गरिदिएको भनेर कत्रो बेइज्जत गरेका थिए । बाहिर केहि भन्न नसकेपनि भित्र भित्र त कुरा काटनेको के कमि थियो र ।  सम्बन्धले भाइकि छोरी भए पछि जिम्मालसंग  ज्वाइको रुपमा पनि मामला बुढाको राम्रै बसाउठी थियो । जिम्मालका कान्छा भाइ चक्रपाणिको दुइटा छोरा जन्माएर स्वास्नी मरेकी थिइन् । बा आमा भएको घरमा भाइबुहारी बितेपछि घर समाल्ने कोइ थिएनन । उसको बिहे नगर्दिए बा आमालाई आफै पाल्नु पर्ने भएकोले पनी भाइको बिहेको लागी उनी नै कस्सिनु पर्ने नै  थियो । उमेर पाको भएको घरमा दुइ दुइ वटा छोरा भएको, अलि उमेर मिल्ने केटि पाउन मुश्किल नै थियो । समाजमा केटा केटि सानै उमेरमा बाल बिबाह गर्ने चलन थियो, त्यतिखेर । अलि उमेर पुगेकी केटि पाइन्नथ्यो  । छोरीलाइ महिनावारी हुनु अगाडी नै जल खाएर कन्यादान दिन पाउदा बाउ आमा खुशी हुँने जमाना थियो, धर्म हुन्छ भन्ने भ्रम त्यत्तिकै व्याप्त थियो । 

खुमा माइत आएको बेला जुनालाई दोश्रो बिहे गर्ने केटालाइ बिहा गरिदिने रे भन्ने कुरा थाहा पाइकि रहिछिन । उनलाई के चाहियो । आफु सौता माथि र झडकेला छोरा माथि, त्यसमा पनी बुढोसंग बिहे भएको कुराले जहिले पनि ग्लानी भएकै हुन्थ्यो । तर गाउलेहरुले कान्छी जिम्मालनी भनेर सम्बोधन गरेको इज्जत गरेको पाउदा त खुमा खुशी नै थिइन् । जिम्लालले पनि कान्छी भनेर हुरुक्कै हुन्थे । हिमा अलि बाठी भएकोले जिम्मालसंगको बसाउठी बोलीचालीले गर्दा आफुमा पनी निखार आइसकेको थियो । भलादमीपन लवाइखवाइ, भात भान्छा बनाउन पकाउन जिम्मालले तालिम नै दिएका थिए, खुमालाई ।  खुमाले जिम्माललाइ बैनी जुनाको  कान्छा देवरको बिहे गरिदिने कुरा जिम्मालसंग राखिन र जिम्माललाइ कुरा चलाउन लगाइन । 

अन्तत: जिम्माल माम्ला बुढासँग तपाइको छोरी जुनालाइ मेरो भाइको लागी मैले नै मागे, दिनुस । भनेर अक्कर थापी हाले ।  के भो त ! तपाइँ कि छोरी दश लागेकी रहिछन । बिहे गरेर दुइ चार बर्ष माइती राख्नु होला । पन्द्र सोह्र बर्ष भएपछी घर पठाई दी हाल्नु होला । भाइको उमेरसँग पन्द्र बिस बर्ष मात्रै त  हो फरक । त्यसै पनी आइमाई मान्छे एक दुइवटा सन्तान पाए पछि बुढी भैहाल्छन । केटोसँग उमेर धेरै फरक भयो भनेर पिर मान्नु पर्दैन । हेर्नुस न मेरो र खुमाको उमेर पनी फरक नै छ, खुमासंग माइत आउन जान पनि सजिलै हुन्छ । जुनालाइ कुनै किसिमको दुख हुन मैले दिन्न । झडकेला छोरा छन् भनेर पिर नगर्नु, पढाउन  भनेर बनारस तिर पठाइदिञ्छु । उनीहरुले आफ्नो ब्यबस्था गरिहाल्छन । बिहे गरेपछि साली मात्रै होइन बुहारी पनी हुन्छिन, जुना । पिर गर्न पर्दैन । खान लाउन दु:ख हुदैन क्यारे ! केहि परे म छदै छु । हुनत जिम्मालले खुमालाइ पचिस तिस बर्ष कान्छी उमेरकिलाइ चौथो स्वास्नी बनाएर बिहे गरेर लगेका थिए । 

नाताले पनि जिम्माल ज्वाई नै पर्दथे । जिम्मालको गाउघरमा पुरै शासन चल्थ्यो । मामला बुढाले जिम्मालाको कुरो के काटन सक्थे र !  जिम्माल्का कुरा बाहिर बाहिर मात्रै काटने न हुन् । सामन्ने परे पछि जदौ भन्ने सिवाए कसैको आँट हुन्थेन । मामला बुढालाई कुरा चलाई पासो भयो । जिम्मालका परिवारलाइ नचिनेका कहाँ हुन र मामला बाजेले ! पांच सात बर्षको फरक होला जिम्मालाका भाइको उमेर र आफ्नो । बाउ सरहको मान्छेलाई छोरी कसरी दिने ? इन्कार गर्न जिम्माललाइ सकिने अबस्था थिएन । टाउको समाए माम्ला बुढाले, अन्तमा माम्लाबाजेले जुनाको बिहे चक्रपाणिसंग गर्ने पर्ने निर्णयमा पुगे । 

क्रमश :