दुनियाँ छ।
नखोल कमजोरीका बात खोल्न दुनियाँ छ
नखोल दुखब्यथाका पोका खोल्न दुनियाँ छ

खोज्ने परेपछी यहाँ आफूभित्रको खुबी खोज
भरोशा आफ्नै गर कमजोरी खोज्न दुनिया छ

आफ्नो पाइला बढाउन पर्छ अगाडी बढन
आश नगर्नु है अरुको, खुट्टा तान्न दुनिया छ

देख्ने परे सपना ठुला ठुला देख्न पर्छ आफै
पौरख देखाउनु पर्छ, निचो देख्न दुनिया छ

गर्ने परेसी इख केहि तरक्की गरी देखाउ
पौरखी बने पछी जीवनमा जल्न दुनिया छ

सक्नु पर्छ जीन्दगीलाइ यादगार बनाउन
छोडी देउ सबैलाइ कुरा काट्न दुनिया छ

यदी प्रेम गर्नु छ भने यहाँ आफै लाइ गर
कहाँ हुन्न र बैगुनी दुश्मनी साध्न दुनिया छ

०९/२५/२०२०

Leave a Reply