तिमी माया माया भंछेउ, यहाँ देशको चिन्ता छ
कोरोना याँ सल्कि सक्यो,महामारीको चिन्ता छ
सके उस्को नसके आफ्नै, पार्टी फुटाउन छ रे
मृत्युको कहरमा याँ अध्यादेशको चिन्ता छ रे

काम कुरो एका तीर कुम्लो बोकी ठीमी तिर
तिमी प्र. म. भन्दै माग्छौ, छ यहाँ चिन्ता र पिर ।
लकडाउनमा छन , सिमा पारी अड़ केका को
के कुरा गर्छौ भोकको, यहाँ चिन्ता छ नक्साको

नक्सा छाप्दा के फरक, पर्ला र भूमी हाम्रै त हो
फरक परिसके छ, अब कसरी पार लाउने हो
नक्सा संबिधांमा पार्न, खोज्या मालिक् आइसक्यो
पेश गर्न लाग्या प्रति पक्षले रोक्यो भन्न पाइयो

हामी मिलेरै बाडेरै खाएकै हो देशलाई
हाम्रा मालिक एकै हुन, मान्नै पर्छ आदेशलाइ
जनता भेडा हुन रे , कार्यकर्ता अरिङ्ग्याल
दलाल भनेर चिन्ने छन जनता राखौ है ख्याल

०५/२९/२०२०

Leave a Reply